बाङ्लादेश स्वतन्त्रता युद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाङ्लादेश स्वतन्त्रता युद्ध
মুক্তিযুদ্ধ
भाग: शीतयुद्ध
मिति २६ मार्च १९७१ – १६ डिसेम्बर १९७१
स्थान पूर्व पाकिस्तान
(बाङ्लादेश)
भारत पूर्वी पाकिस्तान सिमाना, बङ्गालको खाडी
परिणाम बाङ्लादेश विजयी
  • पाकिस्तानी सेनाद्वारा आत्मसमर्पण
  • बाङ्लादेशको सार्वभौमिकताको स्थापना
भौगोलिक
परिवर्तन
पूर्वी पाकिस्तानबाट बाङ्लादेश स्वतन्त्र
युद्धरत
बाङ्लादेशको अस्थायी सरकार
  • मुक्ति बाहिनी

Flag of India.svg भारत

  • भारती सशस्त्र बल
    (३–१६ डिसेम्बर १९७१)
Flag of Pakistan.svg पाकिस्तान
  • पूर्व पाकिस्तानी सरकार

  • पाकिस्तानी सशस्त्र बल
    • पाकिस्तानको अर्धसैनिक बल:
  • जामत-ए-इस्लामी
  • नागरिक शान्ति समिति
  • राजाकार
  • आल बदर
  • आल शामस
उच्चाधिकारी तथा नेताहरू
शेख मुजिबुर रहमान
(बाङ्लादेशका अस्थायी सरकारका राष्ट्रपति)

ताजुद्दिन आहमद
(बाङ्लादेशका अस्थायी सरकारका प्रधानमन्त्री)
मुहाम्मद आताउल गनी अोसमानी
बाङ्लादेश सशस्त्र बलका प्रमुख)
सेनानी काजी मुहाम्मद सफिउल्लाह
(बाङ्लादेश एस फोर्स)
सेनानी जियाउर रहमान
(कमाण्डर, जि फोर्स
सेनानी खालेद मोशाररफ
(कमाण्डर, के फोर्स)
समूह कप्तान आबदुल करिम खन्दकार
बाङ्लादेश सशस्त्र बल)


बराहगिरि वेङ्कट गिरी
(भारतका राष्ट्रपति)
इन्दिरा गान्धी
(भारतकी प्रधानमन्त्री)
सेना प्रमुख श्याम मानेकश
(प्रमुख अधिकारी))
लेफ्टनेण्ट जनरल (जगजित सिंह अरोरा)
(प्रमुख कमाण्डर
लेफ्टनेण्ट जनरल सगत सिंह
सेनानी (इन्द्रजित सिंह गिल

सेनानी (अोम प्रकास मलोत्त्र

सेनानी (जेएफआर ज्याकव
(पूर्वी कमाण्डर)
सेनानी शवेग सिंह

उप जहाजीसैन्य अध्यक्ष (निलकान्त किष्णान)
पूर्वी सामुन्द्रीक कमाण्डर)
हवाई आदेशकर्ता (हरिचन्द्र देवान)

याह्या खान
(पाकिस्तानका राष्ट्रपति))
नूरुल आमीन
(पाकिस्तानका प्रधानमन्त्री)
प्रमुख अधिकारी (आब्दुल हामिद खान)
(Chief of Staff, Army GHQ)
Lt-Gen आमिस अाब्दुल्लाह खान नियाजम  Surrendered
(Commander, Eastern Command)
Maj-Gen राअो फरमान अाली  Surrendered
(Mil.Adv., Govt. EPk)
Flag of the Pakistani Army.svg Maj-Gen खादेम हुसेन राजा  Surrendered
(GOC, 14th Infantry Division)
R-Adm मुहाम्मद शरिफ  Surrendered
(Cdr, Eastern Naval Command)
Capt. अहमद जमिर  Surrendered
(CO, Pakistan Marines East)
जाफार मुहाम्मद खान 
(CO, PNS Ghazi)
(हवाई सैनिक प्रमुख) इमानुल हक  Surrendered
(हवाई तर्फका अध्यक्ष
Air Cdre मिटि मासुद


आबदुल मुतालिक मालेक
(पूर्वी पाकिस्तानका गभर्नर)
गोलाम आजेम
(नागरिक शान्ति समितिका सचिव)
मतिउर रहमान निजामी
(जामत-ए-इसलामका सेनापति)
आब्दुल कादेर मोल्ला
(नेता, आल-बदर)
आब्दुल कालम आजाद
(राजाकारका नेता
फजलुल क्वादेर चौधरी
(नेता, आल-शमास )

शक्ति
१,७५०,००[१]
२,५००,००
~२,६५०,०० सैनिक (~९७,०००+ पूर्वी पाकिस्तानमा)
~२५,००० सैन्य तालिम पाएका स्थानीय[२]
धनजनको क्षती
~३०,००० मृत्यु[३][४]
१,४२६–१,५२५ मृत्यु[५]
३,६११–४,०६१ घाइते[५]
~८,००० मृत्युु
~१०,००० घाइते
९०,०००—९३,००० समातिएका[६] (७९,६७६ योद्धा सहित १०,३२४—१२,१९२ स्थानीय)[५][७][८]
मृत्यु:[४] ३ लाख देखि ३० लाख सम्मको अनुमान


बाङ्लादेश स्वतन्त्रता युद्ध बङ्गाली राष्ट्रवादी र स्व-दृढताको एक क्रान्ति र सशस्त्र सङ्घर्ष आन्दोलन थियो जसको सुरुवात २६ मार्च १९७१ भएको थियो भने अन्त्य १६ डिसेम्बर १९७१ मा भएको थियो। यो युद्धका कारण बाङ्लादेश स्वतन्त्र भएको थियो। यो युद्ध २५ मार्च १९७१ का दिन राति पश्चिम पाकिस्तानले पूर्व पाकिस्तानमा रहेका मानिसहरूलाई आक्रमण गरेपछि सुरु भएको थियो। यस युद्धमा बाङ्लादेशका नागरिकहरू, विद्यार्थीहरू, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारीहरू संलग्न थिए। यो युद्ध १६ डिसेम्बर १९७१ का दिन पश्चिम पाकिस्तानले आत्मासमर्पण गरेपछि अन्त्य भएको थियो।


पूर्वी पाकिस्तानको ग्रामीण र सहरी क्षेत्रहरू व्यापक सैनिक सञ्चालन र हवाई हमला भएको थियो। उर्दू-बोल्ने बिहारहरू बङ्गलादेशमा (जातीय अल्पसंख्यक) पनि पाकिस्तानी सैनिकको समर्थनमा थिए। पाकिस्तानी सेना र सेनाका सहयोगीहरूले यस युद्धमा स्थानीय मानिसहरूको सामूहिक हत्या, लुटपाट र सामूहिक बलात्कार गर्ने गरेका थिए। यस युद्धको समयमा बङ्गलादेशको राजधानी ढाकामा विभिन्न हत्या काण्डहरू घटेका थिए जसमा ढाका विश्वविद्यालय हत्याकाण्ड समावेश छ। अनुमानित १ करोड बङ्गाली शरणार्थीहरू छिमेकी मुलुक भारतमा शरण लिएका थिए जबकि ३ करोड मानिसहरू घरवारविहीन बनेका थिए। बङ्गलादेश स्वतन्त्र भएको घोषणा चट्टग्रामबाट बङ्गलादेशको मुक्तिको लागि लडिरहेका एक संस्था मुक्ति बाहिनीले गरेको थियो। यस युद्धमा पूर्वी बङ्गाली पल्टन र पूर्वी पाकिस्तान बन्दुकधारीहरूले प्रतिरोधमा महत्त्वपूर्ण भूमिका खेलेकन थिए। प्रबन्धक एम.जि.ए अोसमानी र ११ क्षेत्रीय वरिष्ठ सैनिकले नेतृत्व गरी बङ्गलादेशी सेनाले पाकिस्तानी सेनाको विरुद्धमा एक ठूलो युद्धको नेतृत्व गरेको थियो। बङ्गलादेशी लडाकुहरूले सङ्घर्षको प्रारम्भिक महिनामा थुप्रै सहरहरूलाई मुक्त गराएका थिए। पाकिस्तानी सेनाले वर्षाऋतीको शुरूवातमा पुन गति पाएको थियो। पछि बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी नौसेना विरुद्ध विभिन्न हमला र आक्रमणहरूलाई तिव्र बनाएका थिए। बङ्गलादेश वायु सेनाले पाकिस्तानी सेनाको आधार सिविरमा आक्रमण गर्न शुरू गरेका थिए भने नोभेम्बर सम्ममा बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी सेनालाई रात्रिमा आक्रमण गरेका थिए। त्यसपछि लडाकुहरूले ग्रामीण इलाकाको र अधिकतम भूभागहरूलाई नियन्त्रण लिन सफल भएका थिए। बङ्गलादेशको प्रावधानवादी सरकार १७ अप्रैल १९७७ मा मुझिबनगरमा गठन गरिएको थियो। पश्चिम पाकिस्तानमा हजारौं बंगाली परिवारहरू पश्चिम पाकिस्तान छिरेका थिए भने त्यहाँबाट धेरैजना अफगानिस्तान तर्फ भागेका थिए। बङ्गाली सांस्कृतिक कार्यकर्ताहरूले गोप्य नि: शुल्क बङ्गाल रेडियो स्टेसन सञ्चालन गरेका थिए। बङ्गाली नागरिकहरूले यस युद्धको प्रचार विश्वव्यापी गरिसकेपछि इन्दिया गान्धीको नेतृत्वमा रहेक‍ो भारतीय राज्यले बङ्गलादेश राष्ट्रियबादीहरूलाई पर्याप्त राजनैतिक, आर्थिक र सैन्य सहयोग प्रदान गरेको थियो। ब्रिटिस्ट, भारतीय र अमेरिकी सङ्गीतकारहरूले बङ्गलादेशी नागरिकहरूको समर्थन गर्दै न्यूयर्क सहरमा विश्वको पहिलो प्रत्यक्ष साङ्गीतिक कार्यक्रमको आयोजना गरेको थियो। संयुक्त राज्य अमेरिकामा ब्यवस्थापन सभाका सदस्य टेड केनेडीले काङ्ग्रेस अभियानको पाकिस्तानी सेनाको विरुद्धमा आवाज उठाएका थिए।


पाकिस्तानले उत्तर भारतमा उपप्रथम समुद्री आक्रमण शुरू गरेपछि भातर पनि युद्धमा सामेल भएक‍ो थियो र त्यस घटना पछि पाकिस्तानी सेनाहरू दुई पक्षमा विभाजित भएका थिए। पाकिस्तानले डेकामा २६ डिसेम्बर १९७९ मा आत्मसमर्पण गरेको थियो।

युद्धले दक्षिण एसियाको भौगोलिक परिदृश्य परिवर्तन गर्‍यो भने बङ्गलादेश उद्भवसँग विश्वको सातौँ सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको थियो। जटिल क्षेत्रीय गठबन्धनहरू र यस युद्धका कारण संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ र गणतन्त्र चीन बीच शीत युद्ध तथा तनाव बढेको थियो। संयुक्त राष्ट्रका अधिकांश सदस्यहरूले सन् १९७२ मा बङ्गलादेशलाई एक सार्वभौम राष्ट्रको रूपमा मान्यता दिएको थियो।

पृष्ठभूमि[सम्पादन गर्ने]

बेलायती भारतको विभाजन अघि, लाहोर प्रस्तावको शुरूमा हिन्दू-बहुसंख्यक राज्यहरूलाई ब्रिटिस भारतको पूर्वी र उत्तरपश्चिम क्षेत्रहरूमा प्रस्तुत गरेको थियो। एक स्वतन्त्र संयुक्त बङ्गला को लागि प्रस्ताव १९४६ मा प्रधानमन्त्री हुसेन शाहिद सुरावर्डी द्वारा प्रस्ताव गरिएको थियो तर औपनिवेशिक अधिकारीहरूले उक्त प्रस्तावको विरोध गरेका थिए। पूर्वी पाकिस्तान पुनर्जागरणले पूर्वी ब्रिटिस भारतमा एक सार्वभौमिक राज्य को निर्माण को वकालत गरे। अन्ततः राजनैतिक वार्तालापले अगस्ट १९४७ मा दुई राज्य, पाकिस्तान र भारतको आधिकारिक रुपमा विभाजन गरेको थियो जसले पाकिस्तानमा मुस्लिम र भारतमा हिन्दुहरूका लागि स्थायी घरहरू प्रदान गर्‍यो। ब्रिटिस भारतको विभाजन पछि पाकिस्तानका प्रशासकीय राज्यहरू दुई भौगोलिक र सांस्कृतिक रूपमा विभाजित भएका थिए। पश्चिमी क्षेत्र लोकप्रिय थियो (र एक अवधिको लागि पनि आधिकारिक रूपमा) जुन पछि पश्चिम पाकिस्तानक‍ो रुपमा स्थापना भयो भने र पूर्वी क्षेत्र (हाल बङ्गलादेश) पुर्वी पाकिस्तानक‍ रुपमा स्थापना भयो। यद्यपि दुई क्षेत्रहरूको जनसङ्ख्या बराबर भएता पनि राजनीतिक शक्ति पश्चिम पाकिस्तानमा केन्द्रित थियो भने पूर्वी पाकिस्तान आर्थिक रूपले शोषण भइरहेको थियो जहाँ धेरै समस्याहरु आइलाग्थ्यो। पछि दुई प्रशासकीय क्षेत्रहरूको असमानता मिलाउन एक चुनौतीक‍ रुपमा देखिएको थियो। २५ मार्च १९७१ का दिन भएको चुनाव पूर्वी पाकिस्तानको एक राजनितीक दल अवामी लिगले जितेता पनि पश्चिम पाकिस्तान द्वरा पूर्वी पाकिस्तानलाई शासन सत्ता चलाउन बहिस्कार गरिएको थियो। पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तान बीच बढ्दो राजनीतिक असमानता र सांस्कृतिक राष्ट्रियता क्रान्तिकारी प्रकसीकरणीय शक्तिले गर्दा पश्चिम पाकिस्तानले अपरेसन सर्चलाइटको योजना बनाएको थियो। पाकिस्तान सेना द्वारा हिंस्रक दमनको नेतृत्व मा अवामी लीगका नेता शेख मजिकिब रहमानले २६ मार्च १९७१ का दिन पूर्वी पाकिस्तानलाई स्वतन्त्र बङ्गलादेशको रुपमा घोषणा गरेका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Pakistan & the Karakoram Highway By Owen Bennett-Jones, Lindsay Brown, John Mock, Sarina Singh, Pg 30
  2. p. 442 Indian Army after Independence by KC Pravel: Lancer 1987 आइएसबिएन ८१-७०६२-०१४-७
  3. Traitors : suspicion, intimacy, and the ethics of state-building. Philadelphia, Pa.: University of Pennsylvania Press. 2012. ISBN 978-0812222371. 
  4. ४.० ४.१ "Bangladesh Islamist leader Ghulam Azam charged", BBC, १३ मे २०१२, अन्तिम पहुँच १३ मे २०१२ 
  5. ५.० ५.१ ५.२ Figures from The Fall of Dacca by Jagjit Singh Aurora in The Illustrated Weekly of India dated 23 December 1973 quoted in Indian Army after Independence by KC Pravel: Lancer 1987 आइएसबिएन ८१-७०६२-०१४-७
  6. Khan, Shahnawaz (१९ जनवरी २००५), "54 Indian PoWs of 1971 war still in Pakistan", Daily Times (Lahore), अन्तिम पहुँच ११ अक्टोबर २०११ 
  7. Figure from Pakistani Prisoners of War in India by Col S.P. Salunke p.10 quoted in Indian Army after Independence by KC Pravel: Lancer 1987 (आइएसबिएन ८१-७०६२-०१४-७)
  8. Orton, Anna (2010). India's Borderland Disputes: China, Pakistan, Bangladesh, and Nepal. Epitome Books. प॰ 117. ISBN 9789380297156. https://books.google.com/books?id=0RBOnS8KsgcC&pg=PA117. 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]