सामग्रीमा जानुहोस्

पाबना जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाबना
পাবনা
आदर्श वाक्य(हरू): 
"২১ এর চেতনায়,আলোকিত পাবনা!"
बङ्गलादेशको नक्सामा पाबनाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा पाबनाको अवस्थिति
देश बङ्गलादेश
विभागराजशाही
पाबना जिल्ला१८३२
राष्ट्रिय सभा
सरकार
क्षेत्रफल
 • जम्मा२,३७१.५० किमी (९१५.६४ वर्ग माइल)
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (२०१६)
 • जम्मा२,८१८,०००
 • घनत्व१२००/किमी (३१००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा६८.५६%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
६६००–६६८२
वेबसाइटpabna.gov.bd

पाबना (बङ्गाली: পাবনা জেলা) बङ्गलादेशको राजशाही विभागमा पर्ने एक जिल्ला हो। यस जिल्ला राजधानी पाबना सहर हो। []

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २९ मार्च १९७१ मन दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस जिल्लाको पाबना सदर उपजिल्लाको टेलिफोन सेवा केन्द्रमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ३३ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। सोही दिन पाकिस्तानी सेनाले ईश्वरदी उपजिल्लाका ५ युवाहरूको सामूहिक हत्या गरेका थिए। ३१ मार्च १९७१ का दिन बङ्गलादेशी लडाकुले बेडा उपजिल्लाको नगरबाडी फेरी घाटमा पाकिस्तानी सेनाको प्रतिरोध गरेका थिए। ९ अप्रिल मा पाकिस्तानी सेनाले हवाई आक्रमण गरी बङ्गलादेशी लडाकु र सर्वसाधारणहरूलाई नगरबाडी फेरी घाटबाट लखटेका थिए जहाँ केही स्थानीय मानिसहरूले ज्यान गुमाएका थिए। १९ अप्रिल १९७१ का दिन बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच यस जिल्लाक‍ो बेडा र साँथिया उपजिल्लाको सम्मेलन हुने ठाउँमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ १५ बङ्गलादेशी लडाकु सहित १५० पाकिस्तानी सेनाले ज्यान गुमाएका थिए। २२ मे १९७१ का दिन पाकिस्तानी सेना यस जिल्लाको फरिदपुर उपजिल्लामा प्रवेश गरी १५६ सर्वसाधारणहरूको‍ सामूहिक हत्या गरेका थिए भने सेनाले ७० घरटहराहरूमा आगजनी तथा महिला माथि दुर्ववहार पनि गरेका थिए। ३० वैशाखमा पाकिस्तानी सेनाले यस जिल्लामा बसोबास गरेका स्थानीय राजाकारसँग सहकार्य गर्दै फरिदपुर उपजिल्लाको दिमरा गाउँका लगभग ८०० सर्वसाधारणहरूको हत्या गरेका थिए भने सेनाले यस स्थानका विद्यालय, घरटहरा, मस्जिद, मन्दिरमा आगजनी गरी महिला माथि दुर्ववहार गरेका थिए। ४ भाद्रमा पाकिस्तानी सेनाले फरिदपुर उपजिल्लाको गोपालपुरमा लगभग ७०० सर्वसाधारणहरूको अपहरण गर्दै २६ को हत्या गरेका थिए। सेनाले यस स्थानमा ठूलो मात्रामा जनहत्या र महिला माथि दुर्ववहार गरेका थिए। २७ रमजानमा (हजरी महिना) पाकिस्तानी सेनाले फरिदपुर उपजिल्लाको रत्नपुरमा ३ मानिसहरूको हत्या गरेका थिए। अक्टोबर १९७१ का दिन चाटम‍हर उपजिल्लाको चिकनाई रेलवे पुलमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच युद्ध तथा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ७ लडाकुको मृत्यु भएको थियो। २७ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले साँथिया उपजिल्लाको नागदिमरा सङ्घ परिषद् अन्तर्गत धुलाउडा फकिर पाडामा महिला माथि दुर्ववहार गरेका थिए। पाकिस्तानी सेनाले पछि २२ बङ्गलादेशी लडाकुको अपहरण गर्दै २१ को गोली हानी हत्या गरेका थिए भने एक लडाकु चाँही भाग्न सफल भएका थिए। १४ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले यस जिल्लाको सुजानगर उपजिल्लामा ३ बङ्गलादेशी लडाकुको गोली हानी हत्या गरेका थिए। [][][]

यो जिल्ला २३°४८' देखि २४°२१' उत्तर अक्षांश र ८९°००' देखि ८९°४४' पुर्व देशान्तरणमा अवस्थित छ। पाबना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३७१.५० वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई नाटोरसिराजगञ्ज जिल्लाले उत्तरबाट घेरेका छन् भने यस जिल्लाको दक्षिण राजबाडीकुष्टिया जिल्ला रहेका छन्। त्यस्तै गरी यस जिल्लाको पूर्वमा मानिकगञ्ज जिल्ला रहेको छ भने पश्चिमा पद्मा नदि र कुष्टिया जिल्ला रहेका छन्। यस जिल्लाको वार्सिक अधिकतम तापक्रम ३६.८ डिग्री रहेको छ भने न्युनतम ९.६ डिग्री रहेको छ। यस जिल्लामा वार्सिक १८७२ मिलिमिटर वर्ष हुने गरेको छ।[][]

पाबनाको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) २३.३
(७३.९)
२७.५
(८१.५)
३३.६
(९२.५)
३६.८
(९८.२)
३५.२
(९५.४)
३२.८
(९१.०)
३१.७
(८९.१)
३१.८
(८९.२)
३२.२
(९०.०)
३१.६
(८८.९)
२९.१
(८४.४)
२५.९
(७८.६)
३१.०
(८७.७)
दैनिक औसत °से (°फे) १६.४
(६१.५)
२०.२
(६८.४)
२६.०
(७८.८)
२९.७
(८५.५)
२९.९
(८५.८)
२९.१
(८४.४)
२८.८
(८३.८)
२९.१
(८४.४)
२९.२
(८४.६)
२७.६
(८१.७)
२३.३
(७३.९)
१९.१
(६६.४)
२५.७
(७८.३)
न्यूनतम औसत °से (°फे) ९.६
(४९.३)
१२.९
(५५.२)
१८.५
(६५.३)
२२.८
(७३.०)
२४.६
(७६.३)
२५.६
(७८.१)
२५.९
(७८.६)
२६.४
(७९.५)
२६.२
(७९.२)
२३.६
(७४.५)
१७.५
(६३.५)
१२.४
(५४.३)
२०.५
(६८.९)
औसत वर्षा मिमी (इन्च) १९
(०.७)
१८
(०.७)
३४
(१.३)
५६
(२.२)
१५९
(६.३)
३००
(११.८)
२६०
(१०.२)
२९४
(११.६)
२४२
(९.५)
२०१
(७.९)
१७
(०.७)

(०.१)
१,६०३
(६३)
औसत सापेक्ष आर्द्रता (%) ४५ ३६ ३९ ४४ ५९ ७३ ७४ ७६ ७२ ६८ ५२ ४९ ५७
स्रोत: राष्ट्रिय पत्रीका

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या २१,६७२,७० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११,२६०,८४ छ भने महिलाको जनसङ्ख्या १०,५०१,८६ रहेको छ । यस जिल्लाको जनधनत्व १००० प्रति वर्ग किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या २०,९९१,६० रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या ७३,८३९ छ । त्यस्तै गरी बुद्ध धर्मको जनसङ्ख्या ३,०२३, इसाई धर्मको ७८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १७० रहेको छ । यस जिल्लामा २३५३ मस्जिद, ४२० मन्दिर र ११ चर्च रहेका छन् ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ५३.७५% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.५७% मजदुरी, व्यापार र उद्योगमा ४.५८%, वाणिज्यमा १४.९७%, सञ्चार र यातायातमा ४.१४%, रेमिटेन्समा ०.४९%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.१६% र अन्यमा ८.२९% रहेका छन् । []

यस जिल्लाको कुल साक्षरता दर ४२.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४५.२% छ भने महिलाको साक्षरता दर ३९.५% रहेको छन् जसमध्ये- पाबना जिल्ला विद्यालय (१८५३), पाबना सरकारी छात्रा उच्च विद्यालय (१८८३), पाबना विश्वविद्यालय (२००८), पाबना मेडिकल कलेज (२००८), पाबना कडेट कलेज (१९८१) आदि यहाँका उत्कृष्ट विद्यालयहरू हुन् ।

प्रशासकीय पाबना जिल्ला १८३२ मा गठन भएको थियो। यस जिल्लामा ९ वटा उपजिल्लाहरू रहेका छन् जसमध्ये पाबना सदर सबैभन्दा ठूलो (४४३.९० वर्ग किलोमिटर) उपजिल्ला हो जसले यस जिल्लाको कुल क्षेत्रफल मध्ये १८.७२% ओगटेको छ भने भाङ्गुडा सबैभन्दा सानो (१३६ वर्ग किलोमिटर) उपजिल्ला हो। यस जिल्लाका उपजिल्लाहरू यस प्रकार छन् :

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]