बेडा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेडा

বেড়া
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लापाबना जिल्ला
क्षेत्रफल
 • जम्मा२४८.६ किमी (९६.० वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा२०८,८९७
 • घनत्व८४०/किमी (२,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटबेडाको आधिकारिक नक्शा

बेडा बङ्गाली: বেড়া बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

बेडा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°४८' देखि २४°०६' उत्तर अक्षांश र ८९°४४' देखि ८९°४४' पूर्वी देशान्तरमा अवस्थित छ। बेडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४८.६० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई शाहजादपुरचौहाली उपजिल्लाले उत्तर, गोलन्दराजबाडी उपजिल्ला दक्षिण, चौहाली, दौलतपुरशिवालय उपजिल्लाले पूर्व र सुजानगरसाँथिया उपजिल्लाले पश्चिमबाट घेरेको छ।पद्मा, जमुना, इचामती, धलाई बिल, इचहार बिल र हुरासागर यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने ३१ मार्च १९७१ का दिन पाकिस्तानी सेनालाई बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले नगरबाडी फेरि घाट प्रवेश गर्न लाग्दा प्रतिरोध गरेका थिए। पाकिस्तानी सेनाले ९ अप्रिल १९७१ का दिन बङ्गलादेशी लडाकुहरूलाई घर वा वासस्थानबाट हटाउने क्रममा हवाई हमला गरेका थिए जसका कारण कयौं सर्वसाधारणको मृत्यु भएको थियो। १९ अप्रिलका दिन बेडा उपजिल्लाको नगरबाडी-बगुडा रेल मार्गमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ २५ लडाकु सहित १५० पाकिस्तानी सेनाको मृत्यु भएको थियो। जुलाई र अगष्ट महिनामा पाकिस्तानी सेनाले बङ्गलादेशी लडाकुलाई आक्रमण गरि ५७ बन्दुकहरू कब्जा गरेका थिए। बेडा १४ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २३१४० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२०६१५ छ भने महिलाको जनसङ्ख्या ११०८१५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२०१११ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११२८१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २५ रहेको छ। यस उपजिल्लामा १५५ मस्जिद, ४३ हिन्दु मन्दिर र १ गिर्जाघर र १ प्यागोडा रहेका छन्। दर्गाबारी मस्जिद, बेडा बाजार जामे मस्जिद, बुरोमाटी मन्दिर, हरिबाडी हिन्दु मन्दिर आदि यस उपजिल्लाका केही चर्चित धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.३२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.३१% ले पोखरी, ०.४४% ले टुटी र ३.०२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र र ५ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ६.३४% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, लसुन, प्याज, हरियो खुर्सानी, अदुवा तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, छालाका सामग्री, उखु, लुङ्गी तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, कोदो, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४०.०७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.९४% मजदुरीमा, उद्योगमा ७.९२%, वाणिज्यमा २१.८०%, सञ्चार र यातायातमा ४.९२%, निर्माण क्षेत्रमा १.०८%, सुविधामा ५.७७%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.४८% र अन्यमा १३.८१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय मथुरा थानाको स्थापना सन् १८२८ मा गरिएको थियो भने यसलाई पछि सन् १९२७ मा बेडामा नाम सारि गरिएको थियो। बेडा थानालाई १९८३ मा उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १० सङ्घ परिषद्, १८९ मौजा/महल्ला र १५७ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३४.५९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.१% छ भने महिलाको साक्षरता दर २८.६% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, १६ माध्यमिक विद्यालय, १०४ प्राथमिक विद्यालय, १५ बाल उद्धान केन्द्र र २० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; बेडा डिग्री क्याम्पस (सन् १९६४), भेरङ्गा शिक्षण संस्था (सन् १८५८), बेडा बिबि उच्च विद्यालय (सन १८९९), बेडम उच्च विद्यालय (सन् १९०६), धोवाखोला राज्यभिषेक उच्च विद्यालय (सन् १९१२), नकलिया सन्देशिया बानिक उच्च विद्यालय (सन् १९१९), व्यवसायीक बिबि विद्यालय, व्यवसायीक बेडा पाइलट कन्या विद्यालय, बेडा आलिम मदरसा (सन् १९३८) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৬ ডিসেম্বর ২০১৪), "এক নজরে বেড়া", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "बेडा जिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]