दौलतपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दौलतपुर

দৌলতপুর (কুষ্টিয়া)
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २४°०.१′उ॰ ८८°५२.५′पू॰ / २४.००१७°N ८८.८७५०°E / 24.0017; 88.8750निर्देशाङ्कहरू: २४°०.१′उ॰ ८८°५२.५′पू॰ / २४.००१७°N ८८.८७५०°E / 24.0017; 88.8750
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाकुष्टिया जिल्ला
क्षेत्रफल
 • जम्मा४६८.७६ किमी (१८०.९९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११[१])
 • जम्मा४५६,३७२
 • घनत्व९७०/किमी (२,५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटदौलतपुर उपजिल्लाको आधिकारिक नक्शा

दौलतपुर (बङ्गाली: দৌলতপুর (কুষ্টিয়া) बङ्गलादेशको कुष्टिया जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

दौलतपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°५२' देखि २४°१२' उत्तर अक्षांश र ८८°४२' देखि ८८°५८' पूर्वी देशान्तरणमा अवस्थित छ। दौलतपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४६८.७६ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई बाघा सदरलालपुर उपजिल्लाले उत्तर, गाङ्नीमिरपुर उपजिल्लाले दक्षिण, भेडामारामिरपुर उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। गङ्गा, माथाभाङ्गा नदी, कालुया बिल, पङ्खीर बिल, बोयालिया बिल, फकिरधारा आदि यस उपजिल्लाका प्रमुख नदी हो।[३]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने यस युद्धका समयमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको ब्याङ्गाडि माठ, बालियाडाङ्गा माठ, महिषकुण्डि, श्यामपुर, शेरपुर, चिलमारी, फराजी बाडि, गोयाल ग्राम जस्ता स्थानहरूमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो। १३ नोभेम्बर १९७१ का दिन दौलतपुरमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको युद्धमा थुप्रै पाकिस्तानी सेनाको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ४३३६५५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २२८०३२ छ भने महिलाको जनसङ्ख्या २१५६२३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४३०५७१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २९५६, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ६३, इसाई धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५१ रहेको छ।[४] शेख पाडार बायतसल मामुर जामे मस्जिद, दौलतखाली जामे मस्जिद, आन्दिया कालीकाडि मन्दिर, पाँचपीरेको चिहाना आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.३३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१०% ले पोखरी, ०.६०% ले टुटी र ३.९७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २९.७८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[५] यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, १० परिवार नियोजन केन्द्र र ४३ सामुदायिक स्वस्थ्य संस्थाहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, टमाटर, खैनी, उखु, मकै लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, अाँप, कटहर, केरा, नरिवल, मेवा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया खैनी, पानको पात, टमाटर, जुट लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको अालसको तेल र कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ७० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ७ माछापालन केन्द्र, २५० कुखुरापालन केन्द्र तथा २ चल्ला उत्पादन केन्द्रहरू रहेको छ।


यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.०२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.६३%, वाणिज्यमा १७.१६%, सञ्चार र यातायातमा २.६६%, उद्योगमा २.२०% निर्माण क्षेत्रमा ०.७१%, सुविधामा ३.८२%, धार्मिक सेवामा ०.१२%, वैदेशिक रोजगारी तथा भाडामा ०.३०% र अन्यमा ६.३८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय दौलतपुर थानाको स्थापना सन् १८५४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १४ सङ्घ परिषद्, १६१ मौजा/महल्ला र २४२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; आदाबाडिया सङ्घ परिषद्, अरिया सङ्घ परिषद्, बोलिया सङ्घ परिषद्, चिलमारी सङ्घ परिषद्, दौलतपुर सङ्घ परिषद्, हगलबाडिया सङ्घ परिषद्, खालिशाकुण्डि सङ्घ परिषद्, मरिचा सङ्घ परिषद्, मथुरापुर सङ्घ परिषद्, पियरपुर सङ्घ परिषद्, फिलिपनगर सङ्घ परिषद्, प्रागपुर सङ्घ परिषद्, हरिनगाछा सङ्घ परिषद् र रामकृष्णपुर सङ्घ परिषद्।[६]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३५.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.७% छ भने महिलाको साक्षरता दर ३२.३% रहेको छ। यस उपजिल्लामा १४ क्याम्पस, १ व्यवसायीक शिक्षण संस्था, १ प्राविधिक शिक्षण संस्था, ९५ माध्यमिक विद्यालय, १८७ प्राथमिक विद्यालय, ३ सामुदायिक विद्यालय र १२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; दौतलपुर कन्या क्याम्पस (सन् १९९८), फिलिपनगर मरिचा क्याम्पस (सन् १९९४), प्रागपुर सरकारी प्राथमिक विद्यालउ (सन् १९०५), श्यामपुर माध्यमिक विद्यालय (सन् १९२३), मथुरापुर उच्च विद्यालय (सन् १९४८), दौलतपुर पाइलट माध्यमिक विद्यालय (सन् १९५३), दौलतखाली माध्यमिक विद्यालय (सन् १९५७), मरिचा माध्यमिक विद्यालय (सन् १९७३), चिलमारी माध्यमिक विद्यालय (सन् १९७३), दौलतपुर पाइलट कन्या माध्यमिक विद्यालय (सन् १९७९), दौलतपुर दाखिल मदरसा (सन् १९९४) आदि।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার (২৭ জানুয়ারী, ২০১৫), "এক নজরে দৌলতপুর", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, মন্ত্রিপরিষদ বিভাগ, এটুআই, বিসিসি ও বেসিস, मूलबाट ৬ মার্চ ২০১৪-मा सङ्ग्रहित। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "दौलतपुर उपजिल्ला (कुष्टिया)", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "दौलतपुर उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  4. "Bangladesh Population and Housing Census 2011: Zila Report – Kushtia", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८ 
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]