बाघा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाघा

বাঘা
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
क्षेत्रफल
 • जम्मा१८४.२५ किमी (७१.१४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१५३,९३१
 • घनत्व८४०/किमी (२,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटबाघा उपजिल्लाको आधिकारिक नक्शा

बाघा (बाङ्ला: বাঘা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

बाघा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०७' देखि २४°१९' उत्तर अक्षांश र ८८°४४' देखि ८८°५५' पूर्वी देशान्तरमा अवस्थित छ। बाघा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८४.२५ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई चारघाटबागातिपाडा उपजिल्लाले उत्तर, कुष्टिया जिल्लाको दौतलपुर उपजिल्ला दक्षिण, लालपुरबागातिपाडा उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्य र पद्मा नदिले पश्चिमबाट घेरेको छ। पद्मा र बडाल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[३][४]

इतिहास[सम्पादन गर्ने]

१६ औं शताब्दीमा बाघाको एक गाउँ अलाइपुर लसकार खान जागिरदारको सदरमुकाम थियो। हजरत शाहले बाघामा यहि समयमा सरण लिएका थिए भने उनले त्यहाँ रहेका मुसलमानहरूलाई उपदेश दिन शुरू गरेका थिए भने उनले त्यहाँ एक मदरसाको स्थापना गरेका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने पाकिस्तानी सेनाले बाघा उपजिल्लाको अरनाई, बाघा, नारायणपुर, पुकारिया, चौकराजपुर र अलाईपुरमा अस्थायी सैनिक किल्लाहरू खडा गरेका थिए। तात्कालिक समयमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको विभिन्न स्थानहरूमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो। बङ्गलादेशी लडाकुले पाकिस्तानी सेनालाई पाबना, अरनाई, नाटोर जस्ता स्थानहरूमा प्रतिरोध गरेका थिए भने लडाकुले केही पाकिस्तानी सेनालाई समेत मारेका थिए। बङ्गलादेश मुक्ति अभियानमा बाघा उपजिल्लाका लगभग ४०० बङ्गलादेशी लडाकुले युद्धमा भाग लिएका थिए जहाँ ७ को मृत्युु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १६९५२७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८७८८५ छ भने महिलाको जनसङ्ख्या ८१६४२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६०२८३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ९१८०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २७ रहेको छ। यस उपजिल्लामा ३४३ मस्जिद, ३६ हिन्दु मन्दिर, २ गिर्जाघर र १ प्यागोडा रहेका छन्। हाजरत शाह दोलाहको चिहान, कप्पा बाबाको मन्दिर आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.२९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३१% ले पोखरी, ०.१६% ले टुटी र ३.२४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ६ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, १ आँखा अस्पताल, ६ शिशु स्वस्थ्य जाँच केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २९.५९% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए। सन् २००९ मा ४ किलोमिटर जमिन भूभाग र ६७७.२६ हेक्टर जमिन पद्मा नदिमा डुबेको थियो।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, लसुन, प्याज, हरियो खुर्सानी, अदुवा तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा १५ धान कुटानी केन्द्र, २ बरफ कारखाना, ५ श मिल, २० फलाम तथा वेल्डिङ उद्योग, २५० बाँसका सामाग्री उत्पादन केन्द्र, ३२५ काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ, जुट, बाँस, अाँप, कटर, उखु तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, अमन जातको धान, बदाम, कोदो, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ११० माछापालन केन्द्र, १८ दुग्ध सङ्कलन केन्द्र तथा,१०६ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६३.५७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.४७% मजदुरीमा, उद्योगमा १.१४%, वाणिज्यमा १७%, सञ्चार र यातायातमा २.०५%, निर्माण क्षेत्रमा ०.५३%, सुविधामा ३.३६%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.११% र अन्यमा ६.६४% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बाघा उपजिल्लाको स्थापना २६ मार्च १९८३ का दिन गरिएको थियो। हाल यस उपजिल्लामा २ नगरपालिका, ७ सङ्घ परिषद्/वडा, ९८ मौजा/महल्ला र १०१ गाउँहरू रहेका छन्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४१.८३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.६६% छ भने महिलाको साक्षरता दर ३७.७३% रहेको छ। यस उपजिल्लामा १९ क्याम्पस, ४९ माध्यमिक विद्यालय, ४२ प्राथमिक विद्यालय र २५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका।केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; शाह दोलहा डिग्री क्याम्पस, अब्दुल घानी क्याम्पस, मिरगञ्ज क्याम्पस, अलहाज इरसाद अलि मोहिला क्याम्पस, अरानी क्याम्पस, अरानी मनमोहिनी उच्च विद्यालउ (सन् १८६५), बाघा उच्च विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৫ ডিসেম্বর ২০১৪), "এক নজরে বাঘা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "बाघा उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "बाघा उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  4. "Tehsil Map of Murshidabad", CD Block/ Tehsil, Maps of India, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]