चारघाट उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
चारघाट

চারঘাট
चारघाट is located in बङ्गलादेश
चारघाट
चारघाट
बङ्गलादेशको नक्शामा चारघाट उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°१७′उ॰ ८८°४६.५′पू॰ / २४.२८३°N ८८.७७५०°E / 24.283; 88.7750निर्देशाङ्कहरू: २४°१७′उ॰ ८८°४६.५′पू॰ / २४.२८३°N ८८.७७५०°E / 24.283; 88.7750
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
क्षेत्रफल
 • जम्मा१६४.५२ किमी (६३.५२ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१[१])
 • जम्मा१६३,८६२
 • घनत्व९९६/किमी (२,५८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटचारघाट उपजिल्लाको आधिकारिक नक्शा

चारघाट (बङ्गाली: চারঘাট) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

चारघाट बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१४' देखि २४°२२' उत्तर अक्षांश र ८९°४६' देखि ८८°५२' पूर्वी देशान्तरमा अवस्थित छ। चारघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६४.५२ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पुठियापबा उपजिल्लाले उत्तर, बाघा उपजिल्ला दक्षिण, बागतीपाडाबाघा उपजिल्लाले पूर्व, छिमेकी देश भारतको।पश्चिम बङ्गाल राज्य र पबा उपजिल्लाले पश्चिमबाट घेरेको छ। बडाल र पद्मा यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने पाकिस्तानी सेनालाई यस क्षेत्रमा प्रवेशका लागि प्रतिरोध सरदहा प्रहरी प्रशिक्षण केन्द्र र राजशाही सैनिक क्याम्पसबाट शुरू गरिएको थियो। १३ अप्रिल १९७१ का दिन बेलपुकार नदि नजिक पाकिस्तानी सेनालाई प्रतिरोध गर्ने क्रममा सेनाले प्रहार गरेको गोली लागि प्रवक्ता एबी सदिकसँगै केही बङ्गलादेशी लडाकुको ज्यान गएको थियो। सोही दिन अन्सार बलका एक सदस्य मेजर अलीको चारघाट उपजिल्ला नगरबाडी भन्ने ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको युद्धमा मारिएका थिए। पाकिस्तानी सेना चारघाट प्रवेश गर्ने क्रममा अन्सार बलका एक सदस्य रइस उद्दिनलाई सरदहा बजारमा र बानेश्वरमा नगर सचिवको हत्या गरेका थिए। पाकिस्तानी सेनाले पछि पद्मा नदिको किनारमा पनि पुगेका थिए भने सेनाले पद्मा नदिबाट छिमेकी देश भारत तर्फ जान लागेका सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए भने सेनाले चारघाट बजारलाई समेत पूर्ण आगजनी गरेका थिए। पाकिस्तानी सेनाले पछि महिला र बङ्गलादेशी लडाकुलाई प्रहरी शिक्षण क्याम्पस र सैनिक क्याम्पसमा मानसिक यातना दिएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १८३९२१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९४९८६ छ भने महिलाको जनसङ्ख्या ८८९३५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७६०९६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७७४५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३६, इसाई धर्मवलम्बीको जनसङ्ख्या १२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३२ रहेको छ। यस उपजिल्लामा सन्थल जनजातिहरू बसोबास गर्ने गर्छन्। यस उपजिल्लामा ३४१ मस्जिद, ३० हिन्दु मन्दिर, १ गिर्जाघर र १ चिहान रहेका छन्।[३] यस उपजिल्लाका ९७.४३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०४% ले पोखरी, ०.७२% ले टुटी र २.११% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ६ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, १ आँखा अस्पताल, १ शिशु स्वस्थ्य जाँच केन्द्र, १ सारदह प्रहरी शिक्षण अस्पताल रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३४.२७% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन।[४] सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, बेसार, आलु खयर तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, खैनी कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, आँप, लिची, उखु तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १० माछापालन केन्द्र, १० दुग्ध सङ्कलन केन्द्र तथा,१० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५५.०५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.९६% मजदुरीमा, उद्योगमा ०.५९%, वाणिज्यमा १८.०%, सञ्चार र यातायातमा ६.११%, निर्माण क्षेत्रमा १.९२%, सुविधामा ६.८०%, धार्मिक सेवामा ०.११%, वैदेशिक रोजगारी तथा भाडामा ०.२९% र अन्यमा ७.१७% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय चारघाट थानाको स्थापना सन् १९१९ मा भएको थियो भने सन् १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्/वडा, ९३ मौजा/महल्ला र १२९ गाउँहरू रहेका छन्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४५.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०% छ भने महिलाको साक्षरता दर ४१% रहेको छ। यस उपजिल्लामा १३ क्याम्पस, १ प्रहरी शिक्षण क्याम्पस, ६२ माध्यमिक विद्यालय, ६८ प्राथमिक विद्यालय, १ सामुदायिक प्राथमिक विद्यालय र १२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सारदह प्रहरी शिक्षण संस्था (सन् १९१२), राजशाही सैनिक क्याम्पस (सन् १०६५), युसुफपुर कृषि उच्च विद्यालय (सन् १९०५), सारदह पाइलट उच्च विद्यालय (सन् १९१६), सलुहा सरकारी प्राथमिक विद्यालय (सन् १९८५), हालिदगाछी सरकारी प्राथमिक विद्यालय (सन् १९८५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ ডিসেম্বর ২০১৪), "চারঘাট উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. आलम (सन् २०१२), "चारघाट", in इसलाम, सिराजुल; जामाल, अहमद, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "Bangladesh Population and Housing Census 2011: Zila Report – Rajshahi", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८ 
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्ने]