सामग्रीमा जानुहोस्

पबा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पबा
পবা
उपजिल्ला
पबा is located in बङ्गलादेश
पबा
पबा
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°२६.५′उ॰ ८८°३७.७′पू॰ / २४.४४१७°N ८८.६२८३°E / 24.4417; 88.6283निर्देशाङ्कहरू: २४°२६.५′उ॰ ८८°३७.७′पू॰ / २४.४४१७°N ८८.६२८३°E / 24.4417; 88.6283
देशबङ्गलादेश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
क्षेत्रफल
 • जम्मा२८०.४२ किमी (१०८.२७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२१३,३७९
 • घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटयस उपजिल्लाको आधिकारिक नक्सा

पबा (बङ्गाली: পবা) बङ्गलादेशको राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

पबा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१८' देखि २४°३१' उत्तर अक्षांश र ८८°२८' देखि ८८°४३' पूर्वी देशान्तरणमा अवस्थित छ। पबा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८०.४२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई मोहनपुरतानोर उपजिल्लाले उत्तर, भारतको पश्चिम बङ्गाल राज्य र चाररघाट उपजिल्लाले दक्षिण, पुठियनदुर्गापुर उपजिल्लाले पूर्व र गोदागाडी उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा र शिव यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

भारतमा हिन्दु मुस्लिम बीच भएको युद्ध तथा दङ्गा शुरू भएपछि सन् १९६२ मा पनि यसको असर देखिएको थियो। ब्रिटिस भारतको विभाजन पश्चात् भारतको माल्दहा र मुरसिदाबादबाट थुप्रै मुसलमानहरू यस उपजिल्लामा स्थायी बसोबासका लागि आएका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गतका सोनियाकान्दी र हरिपुर सङ्घका स्थानीय युवाहरूलाई एक ठूलो खाडल खन्ने प्रतिस्पर्धा राखेका थिए भने सेनाले त्यस प्रतिस्पर्धामा भाग लिने सबै युवाहरूलाई सामूहिक रूपमा गोली हानी हत्या गरी त्यहि खाडलमा पुरिदिएका थिए। पाकिस्तानी सेनाले यस उपजिल्लाको बोलनपुर भन्ने ठाउँमा रहेको एक प्रहरी चौकीमा अचानक आक्रमण गरी त्यहाँ कार्यरत सबै प्रहरी जवानहरूको सामूहिक हत्या गरेका थिए। बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुहरूले राजशाही-नवावगञ्ज सडक खण्ड अन्तर्गत पाकिस्तानी सेना सवार एक सवारी साधनमा अचानक आक्रमण गरी १२ पाकिस्तानी सेनालाई मारेका थिए। पाकिस्तानी सेनाले यस उपजिल्लाको गोदागाडी हटमा एक सैनिक किल्ला खडा गरी त्यहाँ वरपर रहेका मानिस तथा मानव बस्तीमा आतङ्क मच्चाएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २६२२५१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३६७९४ छ भने महिलाको जनसङ्ख्या १२५४५८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २५४४२० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५०२१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २१२३, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६४१ रहेको छ। यस उपजिल्लामा सन्थल, उराँव, पहाडी र बुनो जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ४०० मस्जिद, ५ हिन्दु मन्दिर र ७ गिर्जाघरहरू रहेका छन्। बगधानी मस्जिद, नोवाहाट जामे मस्जिद, खाडखाडी हिन्दु मन्दिर, नडिखेफ बाडीया मन्दिर आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.६९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२०% ले पोखरी, ०.७८% ले टुटी र २.३३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।[३] यस उपजिल्लाका ९ सङ्घ मध्ये ६ सङ्घ अन्तर्गतका धारा तथा पानीको स्रोतमा आर्सनिकको मात्रा प्रयाप्त रहेक१ पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ३०.७२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।पलाशबाडी उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ७ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[४]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, उखु, लसुन, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा १ चिनी उत्पादन केन्द्र, १ जुट उत्पादन केन्द्र, ६५ गहुँ कुटानी केन्द्र, १२ श मिल, १० बरफ कारखाना तथा चिस्यान केन्द्र, ४५ वेल्डिङ उद्योग, ३० बिडी तथा खैनी कारखाना, ६६ ईट्टा भट्टी तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया चिनी, गहुँ, धान, आलु, मेवा, लिची, आँप, केरा, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, पानको पात, सखरखण्ड, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ५० माछापालन केन्द्र, २२२ दुग्ध सङ्कलन केन्द्र तथा, ४८ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५४.६८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.८९% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.८३% वाणिज्यमा १४.८८%, सञ्चार तथा यातायातमा ६.४९%, निर्माण क्षेत्रमा २.३७%, सुविधामा ३८.३०%, धार्मिक सेवामा ०.१६%, वैदेशिक रोजगारी तथा भाडामा ०.२०% र अन्यमा ७.२८% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

पबा थानको स्थापना सन् १९४९ मा भएको थियो भने सन् ११ नोभेम्बर १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो।हाल यस उपजिल्लामा १ नगरपालिका, ९ सङ्घ परिषद्/वडा, १९५ मौजा/महल्ला र २६१ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४३.६२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४६.८२% छ भने महिलाको साक्षरता दर ४.१३% रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, २ प्राबिधिक शिक्षण संस्था, ५६ माध्यमिक विद्यालय, १७५ प्राथमिक विद्यालय र १६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्: हाट रामचन्द्रपुर क्याम्पस (हाट ग‍दागाडी), नवाहाट महिला क्याम्पस, मास्काटादिया बहुभाषिक प्राबिधिक शिक्षण संस्था (सन् १९५३), बाडागाछी माध्यमिक विद्यालय (सन् १९४४), खारखाडी सरकारी प्राथमिक विद्यालय (सन् १८८५), शितलाल सरकारी प्राथमिक विद्यालय (सन् १८८५), बया सरकारी प्राथमिक विद्यालय (सन् १८८७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. रुहुल इस्लाम (सन् २०१२), "পবা উপজেলা", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "पबा उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  3. "बङ्गलादेशको राष्ट्रिय जनगणना सन् २०११: जिल्लाको प्रतिवेदन – राजशाही", बङ्गलादेश केन्द्रिय तथ्याङ्क विभाग, योजना मन्त्रालय, जनवादी गणतन्त्र बङ्गलादेश, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१८ मिति
  4. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]