बाङ्लापिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाङ्लापिडिया
बङ्गलादेशको राष्ट्रिय विश्वकोष
सम्पादकप्रवक्ता सिराजुल इसलाम
मूल शीर्षकবাংলাপিডিয়া
अनुवादकविभिन्न
देशबङ्गलादेश बङ्गलादेश
भाषाबाङ्ला, अङ्ग्रेजी
विषयविभिन्न
प्रकारविश्वकोष
प्रकाशकबङ्गलादेश कोष, बङ्गलादेशको एसियाली समाज
प्रकाशित मिति
सन् २००३ जनवरी
मिडियाको प्रकारसिडी रोम, अनलाइन
आइएसबिएन984-32-0576-6
OCLC52727562
Original पाठ
বাংলাপিডিয়া online

बाङ्लापिडिया वा बङ्गलादेशको राष्ट्रिय विश्वकोश ,(बङ्गाली: বাংলাপিডিয়া) बङ्गलादेशको एसियाली समाजद्वारा प्रकाशित एक द्विभाषी तथा पहला बङ्गलादेशको पहिलो विश्वकोश हो।[१] बाङ्लापिडिया बाङ्ला तथा अङ्ग्रेजी गरी दुई भाषामा उपलब्ध छ।[२] यस विश्वकोशलाई पहिलोपटक सन् २००३ मा ५०० पृष्ठहरूको १० खण्ड सहित प्रत्ययेक दुई वर्षमा अद्यावधिक गर्ने योजनाको साथ प्रकाशित गरिएको थियो।[३] मुद्रित तथा आनलाइन संस्करण बाहेक यो सीडी रोममा पनि उपलब्ध रहेको छ। बाङ्लापिडियाको दोस्रो संस्करण सन् २०१२ मा प्रकाशन गरिएको थियो। [४]

बाङ्लापिडिया एक सामान्य ज्ञानकोशको रूपमा नभई बङ्गलादेश सम्बन्धीत विषयको ज्ञानकोशको रूपमा बनोट गरिएको थियो।[५] विश्वकोशिय उद्देश्यका लागि बङ्गलादेशलाई ऐतिहासिक उत्तराधिकारमा प्राचीन पूर्वी भारत, बङ्गला सुबा, शाही बङ्गालाह , मुगल सुबा बङ्गला , बङ्गाल प्रेसिडेन्सी, बङ्गाल प्रान्त, पूर्वी बङ्गाल , पूर्वी पाकिस्तान र स्वतन्त्र बङ्गलादेश समाहित क्षेत्रको रूपमा परिभाषित गरिएको छ।[६]

बाङ्लापिडियाका प्रमुख सम्पादक सिराजुल इस्लाम हुन्। [४][५][७] बाङ्लापिडियाका प्रमुख सम्पादकहरू १२०० भन्दा बढी छन् जसमा बङ्गलादेशका भाषाविद्, विश्वविद्यालयका प्रवक्ता तथा केही विदेशी सम्पादकहरू सामेल छन् जसले बाङ्लापिडियामा पृष्ठ निर्माण तथा अद्यावधिक गर्नमा सहयोग पुर्‍याउँछन्। बाङ्लापिडियामा ५७०० भन्दा बढी लेखहरू रहेका छन् जुन ६ विभिन्न श्रेणीहरूमा विभाजित गरिएको छ जसलाई निरीक्षकहरू द्वारा निरीक्षण गरिन्छ। [५][८]

यो परियोजनालाई बङ्गलादेशी सरकार, निजी क्षेत्रका सङ्गठनहरू, शैक्षिक संस्थान तथा युनेस्कोद्वारा कोष प्राप्त भएको छ। यसको मूल बजेट ८,००,००० टाका (लगभग १०,००० अमेरिकी डलर) भएतापनि एसियाटिक सोसाइटीले यस परियोजनामा ​​८ करोड टाका (लगभग १ लाख अमेरिकी डलर) खर्च गरेको थियो। बङ्गलादेश मुक्ति युद्ध तथा आदिवासी जनजातिको पृष्ठमा विवादको उत्पन्न भएतापनि यो बङ्गाली तथा अङ्ग्रेजी भाषामा उपलब्ध भएपछि लोकप्रिय बनेको थियो।[९]

विवाद[सम्पादन गर्नुहोस्]

बाङ्लापिडियाको प्रकाशित हुनुभन्दा अघि नै विवाद खडा भयो, जब बङ्गलादेशको प्रमुख अखबार प्रकाशन इनकिलाब समूहले धर्म र यससम्बन्धी मुद्दाहरूमा केही प्रविष्टि गरेको थियो। बङ्गलादेश मुक्ति युद्धको क्रममा जमात-ए-इस्लामीको गतिविधिहरू छुटाइएको गुनासोहरू पनि पछि आएको थियो।[१०] बिडिनिउज २४ डटकम, एक समाचार पत्रले गरेको अध्ययनले बाङ्लापिडिया पक्षपाती र बङ्गलादेशको आदिवासी जनसङ्ख्याको बारेमा गलत तथ्याङ्क राखिएको दाबी गरिएको थियो। यछि यस विश्वकोशको मुख्य सम्पादक इस्लामले गुनासो स्वीकार गरे र दोस्रो संस्करणमा तथ्याङ्क तथा सामग्रीहरूलाई थप सुधार गर्ने आश्वासन दिएका थिए।[११]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Bangla Academy: The Hub of the Development of Bengali Language and Literature", এসিসিইউ/ইউনেস্কো, ইউনেস্কোর এশিয়া প্যাসিফিক সাংস্কৃতিক কেন্দ্র, ১৪ জানুয়ারি ২০১৯, मूलबाट ৭ জুন ২০০৭-मा सङ्ग्रहित। 
  2. "বাংলাদেশ স্টাডিজের মামলা" (ইংরেজিमा), দ্য ডেইলি স্টার, ৭ জুন ২০০৬। 
  3. প্রতিনিধি সংবাদদাতা (২ জানুয়ারি ২০০৪), "ফেব্রুয়ারি পর্যন্ত বাজারে সিডি-রোমে বাংলাপিডিয়া হিট" (ইংরেজিमा), নিউ এজ, मूलबाट ২৩ জুলাই ২০০৭-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००५-०२-०७ मिति
  4. ४.० ४.१ "বাংলাপিডিয়া সংস্করণ প্রতি ২ বছর" (ইংরেজিमा), The Weekly Holiday, ২৩ মে ২০০৪, मूलबाट ৭ জুন ২০০৭-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००५-१२-१३ मिति
  5. ५.० ५.१ ५.२ UNB (२००८-०१-१९), "Compilation of Banglapedia completed", General news, Sustainable Development Networking Programme (SDNP)।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०३ मिति
  6. "Professor Sirajul Islam: Making history", New Age New Year Special 2006, The New Age, २००७-०६-०७, मूलबाट ২০০৭-০৫-১১-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-११ मिति
  7. "Banglapedia: National Encyclopedia of Bangladesh", ढाका, बङ्गलादेश: Asiatic Society of Bangladesh, जनवरी २००३, आइएसबिएन 978-984-32-0576-6 
  8. Ahsan, Shamim (२०१५-०५-१२), "The Banglapedia and its Making", Star Magazine, The Daily Star।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-१८ मिति
  9. "Banglapedia", Bangladesh, Asia Pacific Cultural Centre for UNESCO, २००७-०६-०७। 
  10. BDNews24 (२००७-०२-२५), "Respect the languages and cultures of ethnic minorities", The New Age, मूलबाट २००९-०४-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०९-१०  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१५ मिति
  11. BDNews24 (२००७-०२-२४), "Wrong info on ethnic groups in Banglapedia", The New Age, मूलबाट २००९-०४-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०६-०७  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]