सामग्रीमा जानुहोस्

टाका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टाका
টাকা (बङ्गाली)

৳१०००
आइएसओ ४२१७
कोडBDT
मूल्यवर्ग
उप एकाई
१/१००पोयसा
(अप्रचलित)
चिह्न
बैङ्क नोटहरू
प्रचलित৳२, ৳५, ৳१०, ৳२०, ৳५०, ৳१००, ৳२००, ৳५०० र ৳१०००
अप्रचलित৳१, ৳२५, ৳४० र ৳६०
सिक्काहरू
प्रचलित৳१, ৳२ र ৳५
अप्रचलित१, ५, १०, २५ र ५० पोयसा
जनसाङ्ख्यिकी
राष्ट्र(हरू)बङ्गलादेश बङ्गलादेश
जारीकर्ता
केन्द्रीय बैङ्कबङ्गलादेश ब्याङ्क
वेबसाइटwww.bb.org.bd
मुद्रकबङ्गलादेश सुरक्षा निगम
वेबसाइटwww.spcbl.org.bd
टकसालबङ्गलादेश सुरक्षा निगम
मूल्याङ्कन
मुद्रास्फीति५.४८%
स्रोतबङ्गलादेश बैङ्क, मार्च, २०२०

टाका (बङ्गाली:টাকা, प्रतीक: ৳) जनप्रजातान्त्रिक बङ्गलादेशको आधिकारिक मुद्रा हो। ৳१० वा यो भन्दा अधिक मूल्यको बैङ्क नोटहरूलाई बङ्गलादेश बैङ्कद्वारा जारी तथा नियन्त्रित गरिएको छ भने ৳१, ৳२ तथा ৳५ बैङ्क नोटहरूलाई जारी गर्ने तथा नियन्त्रण गर्ने जिम्मेवारी बङ्गलादेश सरकारको अर्थ मन्त्रालयले गरिरहेको छ। ৳१ लाई १०० पोयसामा विभाजित गरिन्छ।

भाषाविदहरूको अनुसार, बाङ्ला टाका शब्द संस्कृत शब्द 'टोङ्क'बाट लिइएको हो भने यसको अर्थ चाँदीको सिक्का हुन्छ। बङ्गाली राज्यमा टाका शब्दको उपयोग कुनै सिक्का वा सिक्कासँग सम्बन्धित सन्दर्भहरूमा गरिन्छ। १४औँ शताब्दीमा इबन बतुताले देखे अनुसार बङ्गाली सुलतानहरूले सुन तथा चाँदीको धातुहरूलाई दीनारको सट्टा टाका भन्ने गर्दथे। बङ्गालीमा टाका शब्दको प्रयोग जुन कुनै देशको पैसालाई चिन्नका लागि गरिन्छ भने सिक्का तथा नोटहरूलाई पनि टाकानै भन्ने गरिन्छ। भारतीय रुपैयाँलाई पनि भारतको पश्चिम बङ्गाल तथा त्रिपुरा राज्यहरूमा भारतीय टाकाको नामले चिनिन्छ भने असममा यसलाई 'टोका' तथा ओडिसामा पैसालाई 'टोङ्का' भनिन्छ।

सन् १९४७ देखि सन् १९८१ सम्म

[सम्पादन गर्नुहोस्]

सन् १९४७ मा बङ्गालको विभाजन पश्चात् सन् १९५६ मा पूर्वी बङ्गाल (पाकिस्तान सङ्घको एक भाग) नाम परिवर्तन गरी पूर्व पाकिस्तान (हाल बङ्गलादेश) राखिएको थियो भने त्यस समय पाकिस्तानी रुपैयाँहरूमा 'टाका' शब्दलाई पनि समावेश गरिएको थियो। बङ्गलादेशको स्वतन्त्रता युद्धभन्दा पहिला पाकिस्तानी रुपैयाँहरूलाई भूखण्ड पाकिस्तानी रुपी भन्ने गरिन्थ्यो। पाकिस्तानी रुपैयाँ बङ्गलादेश स्वतन्त्रता भइसकेपछि पनि केही महिनासम्म प्रयोगमा ल्याइएको थियो तर बङ्गलादेशका सबै क्षेत्रहरूमा यसलाई पैसा भन्न कम भएको थियो। सन् १९७२ मार्च ४ का दिन स्वतन्त्र बङ्गलादेशको सरकारी मुद्राको हिसाबमा टाकाको घोषणा गरिएको थियो। बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा पाकिस्तानी शासनको विरुद्धमा बङ्गाली राष्ट्रवादीहरूद्वारा एक गैरसरकारी नीतिको अवलम्बन गरेका थिए जहाँ पाकिस्तानी रुपैयाँहरूमा बङ्गाली भाषामा 'बङ्गाली: বাংলা দেশ' शब्दलाई समावेश गरी रबरका निजी छापहरू लागाउन सुरु गरेका थिए। सन् १९७१ मा पाकिस्तानी सरकारले अवैध रूपमा छाप लगाइएका तथा बङ्गाली भाषा अङ्कित सबै मुद्राहरूलाई प्रचलनमा ल्याउनबाट हटाउने नीतिका साथ मूल्यहीन घोषणा गरिदिएको थियो।

सन् १९७२ देखि वर्तमानसम्म

[सम्पादन गर्नुहोस्]

सन् १९७२ मा बङ्गलादेश सरकारले स्वाधीन राष्ट्रिय बङ्गलादेशको मुद्रालाई आधिकारिक रूपमा 'टाका' नाम दिएको थियो भने त्यसपछि बङ्गलादेशी टाकाको प्रतीकको रूपमा (৳) यसलाई निर्धारित गरिएको थियो।

  • सन् १९७२ मा पहिलो ढुकुटी मुद्रा १ टाका थियो जसलाई सन् १९९३ सम्म प्रचलनमा ल्याइएको थियो।
  • एक टाकालाई १०० भागमा विभाजन गर्न सकिन्छ भने त्यसको एक भागलाई पोयसा भनिन्छ।
  • ৳२ लाई सन् १९८९ मा राष्ट्रिय पैसाको रूपमा मान्यता प्रदान गरिएको थियो।
  • सन् १९७२ मा पहिलोपटक टाकालाई कागजमा छपाइ गर्न सुरु गरिएको थियो भने त्यस समय ৳५, ৳१० तथा ৳१०० को मूल्य निर्धारण गरिएको थियो।
  • सन् १९७५ मा पहिलोपटक ৳५० को मूल्य निर्धारण गरि ५० टाकालाई प्रयोगमा ल्याइएको थियो भने सन् १९७७ मा ৳१०० को मूल्य निर्धारण गरी १०० टाकालाई प्रयोगमा ल्याइएको थियो। त्यसैगरि सन् १९८० मा पहिलोपटक ৳२० को मूल्य निर्धारण गरि २० टाकालाई प्रयोगमा ल्याइएको थियो।
  • सन् २००८ मा १००० मूल्य बराबरको ৳१००० छपाइ गरि सार्वजनिक गरिएको थियो भने यसलाई त्यसपछिका दिनहरूमा प्रयोगमा ल्याइएको थियो।
  • सन् २०२० मार्च १७ का दिन २०० मूल्य बराबरको ৳२०० लाई प्रयोगमा ल्याउन सुरु गरिएको थियो।

हाल बङ्गलादेशमा ৳१, ৳२, ৳५, ৳१०, ৳२०, ৳५०, ৳१००, ৳५००, ৳१,००० मूल्यका कागजी नोटहरू प्रचलनमा रहेका छन् भने यसबाहेक १ पोयसा, ५ पोयसा, १० पोयसा, २५ पोयसा, ५० पोयसा, ৳१, ৳२ र ৳५ मूल्यका सिक्का तथा मुद्राहरू पनि प्रचलनमै रहेका छन्। बङ्गलादेश सरकारको तर्फबाट कागजी नोटहरूको प्रचलन तथा नियन्त्रणका लागि बङ्गलादेश केन्द्रीय बैङ्क जिम्मेवार छ। यसबाहेक १ पोयसा, ५ पोयसा, १० पोयसा, २५ पोयसा तथा ५० पोयसा हाल अप्रचलित छन्।

बैङ्क नोट तथा समस्याहरू

[सम्पादन गर्नुहोस्]

सन् २००० मा बङ्गलादेश सरकारले प्रचलनमा ल्याउनका लागि प्लास्टिक लेपन गरिएको ৳१० को नोट जारी गरेको थियो जसको आकार तथा प्रकार अस्ट्रेलियाली डलर जस्तै रहेको थियो। ৳१० जारी गरिएपछि उक्त नोटको प्रचलन सोचे जस्तो नभएपछि बङ्गलादेश बैङ्कले उक्त नोटलाई पुनः फिर्ता लिएको थियो। हाल बङ्गलादेशमा ৳१ र ৳५ लाई बिस्तारै सिक्काहरूद्वारा प्रतिस्थापन गरिएको छ भने सन् २००८ मा बङ्गलादेश सरकारले १,००० मूल्य बराबरको ৳१,००० जारी गरी प्रचलनमा ल्याएको थियो।

सन् २०११ मा बङ्गलादेश सरकारले ৳२, ৳५, ৳१००, ৳५०० र ৳१००० का नयाँ नोटहरूको एक शृङ्खला जारी गरेको थियो भने सबै नोटहरू सन् २०११ पश्चात् प्रचलनामा आएका थिए। उक्त नयाँ शृङ्खलाका नोटहरूको एक तर्फ बङ्गलादेशका राष्ट्रपित बङ्गोबोन्धु शेख मुजिबुर रहमानको तस्विर राखिएको थियो।

सन् २०१२ मार्च ७ का दिन बङ्गलादेश बैङ्कले ৳१०, ৳२०, ৳५० का नयाँ नोटहरू जारी गरेको थियो। जारी गरिएका नोटहरूमा बङ्गलादेशका पहिलो राष्ट्रपति तथा बङ्गोबोन्धु शेख मुजिबुर रहमानको तस्वीर तथा अर्कोतर्फ राष्ट्रिय सहिद स्मारकको चित्र राखिएको थियो। उक्त नोटहरू मध्ये ৳१० मा बयतुल मोकररम मस्जिद समावेश गरिएको थियो भने ৳२० मा बागेरहाटस्थित षाट गम्बज मस्जिदको तस्विर राखिएको थियो। त्यसैगरि ৳५० को नयाँ नोटहरूमा प्रसिद्ध चित्रकार जायनुल आबेदीनको एक प्रख्यात तस्वीर 'खेत जोती रहेका एक किसान'लाई समावेश गरिएको थियो।

सन् २०१९ मार्च ७ का दिन बङ्गलादेश बैङ्कले १०० मूल्य बराबरको ৳१०० लाई प्रचलनमा ल्याउनका लागि जारी गरेको थियो भने उक्त बैङ्क नोटको बनावट पुरानो ৳१०० जस्तै रहेको थियो। ৳१०० को बनावट बलियो कागजी सामग्रीका साथ छपाइ गरिएको थियो। सन् २०१९ डिसेम्बर १५ का दिन बङ्गलादेश बैङ्कले ५० मूल्य बराबरको ৳५० लाई प्रचलनमा ल्याउनको लागि जारी गरेको थियो भने उक्त बैङ्क नोटको बनावट पुरानो ৳५० जस्तै रहेको थियो। ৳५० को बनावट बलियो कागजी सामग्रीका साथ छपाइ गरिएको थियो भने यस टाकामा अतिरिक्त सुरक्षाहरू पनि अपनाइएको थियो।

सन् २०२० मार्च १७ का दिन बङ्गलादेश बैङ्कले २०० मूल्य बराबरको ৳२०० लाई प्रचलनमा ल्याउनका लागि जारी गरेको थियो। ৳२०० को बनावट बलियो कागजी सामग्रीका साथ छपाइ गरिएको थियो भने यस टाकामा अतिरिक्त सुरक्षाहरू पनि अपनाइएको थियो। जारी गरिएका नयाँ ৳२०० को एकतर्फ बङ्गलादेशका राष्ट्रपति बङ्गोबोन्धु शेख मुजिबुर रहमानको तस्वीर राखिएको थियो भने अर्कातर्फ एक गाउँमा आधारित एक नदीमा त‌ैरिँदै गरेको एक डुङ्गाको तस्वीर समावेश गरिएको थियो।

स्मारकीय बैङ्क नोटहरू

[सम्पादन गर्नुहोस्]

सन् २०११ मा बङ्गलादेश बैङ्कले बङ्गलादेशको ४०औँ विजयको विजय उत्सवको अवसर पारी मूल्य ४० बराबरको ৳४० पनि जारी गरेको थियो। जारी गरिएका नयाँ बैङ्क नोटहरूको एकतर्फ बङ्गलादेशका राष्ट्रपित बङ्गोबोन्धु शेख मुजिबुर रहमानको तस्वीर राखिएको थियो भने अर्का तर्फ राष्ट्रिय सहिद स्मारकको तस्वीर राखिएको थियो र त्यहाँ छ जना सशस्त्र व्यक्तहरूको पनि तस्वीर समावेश थियो।

सन् २०१२ फेब्रुअरी १५ का दिन बङ्गलादेश बैङ्कले राष्ट्रिय आन्दोलनको ६०औँ वार्षिकोत्सवको अवसरमा ६० मूल्य बराबरको ৳६० बैङ्ब नोट जारी गरेको थियो भने उक्त स्मारकीय नोटको लम्बाइ तथा चौडाइ क्रमशः १३० र ६० मिलिमिटर रहेको थियो। जारी गरिएका ६० टाकाहरूमा सहिद स्मारकको साथसाथै पाँच व्यक्तित्वहरूको तस्वीर राखिएको थियो। जारी गरिएका नयाँ बैङ्क नोटहरूलाई सम्भावत अतिरिक्त ५० टाकाको बैङ्क नोट कागजमा छपाइ गरिएको थियो।

सन् २०१३ जनवरी २६ का दिन बङ्गलादेश बैङ्कले सुरक्षा मुद्रण निगम (बङ्गलादेश) लिमिटेडको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसर पारेर २५ मूल्य बराबरको ৳२५ टाका जारी गरेको थियो। जारी गरिएका २५ टाकामा राष्ट्रिय सहिद स्मारकको तस्वीर राखिएको थियो भने पहिला जारी गरिएका टाकामा जस्तै यसमा पनि हुलाक टिकट, चित्तल र डोयला पन्छीको तस्वीर समावेश गरिएको थियो। यस बैङ्क नोटहरूको पछिल्लो भागमा सुरक्षा मुद्रण निगमको मुख्यालयको एक तस्वीर राखिएको थियो। जारी गरिएका नयाँ बैङ्क नोटहरूलाई सम्भावत अतिरिक्त १० टाकाको बैङ्क नोट कागजमा छपाइ गरिएको थियो।

सन् २०१३ जुलाई ८ का दिन बङ्गलादेश बैङ्कले बङ्गलादेश राष्ट्रिय सङ्ग्राहलयको १००औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ शृङ्खलाका ৳१०० प्रचलनमा ल्याउनका लागि जारी गरेको थियो। १०० टाकाको अगाडिको भागमा १८औँ शताब्दीको टेराकोटामा घोडामा सवार मानिसको तस्वीर राखिएको छ भने पछाडिको भागमा बङ्गलादेश राष्ट्रिय सङ्ग्राहलयको एक तस्वीर समावेश गरिएको छ।

सन् १९७३ मा सिक्काहरूलाई ५, १०, २५ र ५० पोयसाको मूल्यवर्गमा जारी गरिएको थियो। सन् १९७५ मा पहिलोपटक ৳१ जारी गरिएको थियो। १,५ र १० पोयसालाई एलुमिनियमद्वारा लेपन गरिएको थियो भने २५ र ५० पोयसालाई स्टिलले लेपन गरिएको थियो। त्यस्तैगरि १ टाकाको सिक्कालाई तामा र निकेल धातुद्वारा लेपन गरिएको थियो। १ र ५ पोयसाको सिक्काहरूको प्रचलनमा रहेका छैनन् भने १०, २५,र ५० पोयसाका सिक्काहरूको प्रचलन हाल नगन्य छ भने ৳१, ৳२ र ৳५ भने हाल प्रचलनमा रहेका छन्।

सन् १९७३ को नोटशृङ्खला
चित्रमानधातुविवरणनोट प्रचलन भएको मिति
पछाडिको भागअगाडिको भागपछाडिको भागअगाडिको भाग
५ पोयसा आल्मुनियम राष्ट्रिय प्रतीक हलो र औद्योगिक पाङ्ग्रा सन् १९७३
१० पोयसा
२५ पोयसा इस्पात रोहु माछा
५० पोयसा पाटे बाघ
सन् १९७४ को नोट शृङ्खला
१ पोयसा आलमुनियम राष्ट्रिय प्रतीक गहनाको बनावट, पुष्प निदर्शन सन् १९७४
५ पोयसा
१० पोयसा
२५ पोयसा इस्पात
৳१ विभिन्न चार जना प्रख्यात व्यक्तित्वहरूको तस्वीर, नारा " परिवार - सबैका लागि खाद्यान्न" सन् १९७५
सन् १९७७ को नोट शृङ्खला
५ पोयसा आल्मुनियम राष्ट्रिय प्रतीक हलो, शिल्प पाङ्ग्रा सन् १९७७
१० पोयसा काखमा बच्चालाई लिएर एक अर्कालाई हेरिरहेका एक पुरुष र एक महिला
२५ पोयसा इस्पात पाटे बाघ
५० पोयसा इलिश, कुखुरा, भुइँकटहर, केरा
नयाँ प्रकाशित
५० पोयसा इस्पात राष्ट्रिय प्रतीक इलिश, कुखुरा, भुइँकटहर र केरा सन् २००१
৳१ चार जना मानिसहरूको तस्वीर, नारा "योजनाबद्ध परिवार - सबैका लागि खाद्यान्न" सन् १९९२
৳१ (सुनौलो रङ्गको) चारजना मानिसहरूको तस्वीर, नारा "योजनाबद्ध परिवार - सबैका लागि खाद्यान्न" सन् १९९६
৳१ चारजना मानिसहरूको तस्वीर, नारा "योजनाबद्ध परिवार - सबैका लागि खाद्यान्न" सन् २००३
৳1 शेख मुजिबुर रहमान सन् २०१०
৳२ इस्पात राष्ट्रिय प्रतीक सबैका लागि शिक्षा सन् २००४
৳२ शेख मुजिबुर रहमान सन् २०१०
৳५ जमुना बहुमुखी सेतु सन् १९९४
৳५ इस्पात शेख मुजिबुर रहमान बङ्गलादेश बैङ्कको प्रतीक सन् २०१२

कागजी नोटहरू

[सम्पादन गर्नुहोस्]

हाल ৳१ लगायत ৳२५, ৳४० र ৳५० का स्मारकीय बैङ्क नोटहरूको कम प्रचलनमा रहेका छन् भने सबैभन्दा अधिक प्रचलनमा ৳२, ৳५, ৳१०, ৳२०, ৳५०, ৳१००, ৳२००, ৳५०० ও ৳१००० हरू रहेका छन्। १० टाका भन्दा बढी मूल्यका कागजी बैङ्क नोटहरू बङ्गलादेश बैङ्कद्वारा जारी तथा नियमन गरिन्छ। सबै कागजी नोटहरूमा तत्कालीन बङ्गलादेशी गभर्नरको हस्ताक्षर समावेश गरिएको हुन्छ भने बङ्गलादेश सरकारको आर्थिक मन्त्रालयद्वारा ৳१, ৳२, ৳५ लाई नियन्त्रण गरिएको थियो भने यी बैङ्क नोटहरूमा आर्थ मन्त्रालयको सचिवको हस्ताक्षर समावेश गरिएको हुन्छ। सन् २०२० मार्च १७ का दिन मुजिब वर्षको अवसर पारी अर्थात् राष्ट्रपिता बङ्गोबोन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बङ्गलादेश बैङ्कले २०० मूल्य बराबरको २०० टाकालाई जारी गरेको थियो। यस नोटलाई राष्ट्रपिता बङ्गोबोन्धुको जन्मको शताब्दी वर्षको अवसरमा जारी गर्ने निर्णय गरिएको थियो भने यस नोटको माथिल्लो भागमा उनलाई स्मरण गर्दै केही लेखिएको छ। सन् २०२१ मा बङ्गलादेश बैङ्कले मुजिबको स्मरणमा लेखिएको वाणीलाई समावेश नगरी पुरानै शृङ्खलाका नोटहरू जारी गर्ने निर्णय गरेको थियो।

रुसको एक अनलाइन मनोरञ्जन केन्द्रमा गरिएको सर्वेक्षणमा बङ्गलादेशको २०० टाका नोटलाई विश्वको सबैभन्दा सुन्दर बैङ्क नोटको रूपमा मूल्याङ्क गरिएको थियो भने उक्त प्रतिस्पर्धामा विश्वका अन्य देशहरूका मुद्राहरूलाई पनि समावेश गराइएको थिए।[][][]

हाल प्रचलित नोटहरू
चित्रमूल्यमात्रारङ्गविवरणमिति
अगाडिको भागपछाडिको भागअगाडिको भागपछाडिको भागजारीस्थिति
৳१ ৳१ ৳१ ९९ × ६० सुन्तला-नीलो मुठ्ठीभरिको धान राष्ट्रिय प्रतीक २ मार्च, १९७३ देखि डिसेम्बर १९७३ सम्म, हाल अप्रचलित।
৳१ ৳१ ৳१ ९९ × ६० सुन्तला-नीलो एकजना महिला धान काट्दै मुठ्ठीभरी धान र राष्ट्रिय प्रतीक १८, डिसेम्बर १९७३ देखि १९७९ सम्म, हाल अप्रचलित।
৳१ ৳१ ৳१ ९९ × ६० वैजनी-सुन्तला राष्ट्रिय प्रतीक तीन चित्तल हरिण ३ सेप्टेम्बर १९७९ हाल कम प्रचलित
৳२ ৳२ ৳२ १०० × ६० सुन्तला-हरियो केन्द्रीय सहिद मिनार दोयेल चरा २९ डिसेम्बर १९८८ प्रचलित
৳२ १०० × ६० सुन्तला-हरियो शेख मुजिबुर रहमान केन्द्रीय सहिद मिनार ९ अगस्ट २०११ प्रचलित
৳५ ११९ × ६४ नवनीर शेख मुजिबुर रहमान कुसुम्बा मस्जिद ९ अगस्ट २०११ प्रचलित
৳१० ৳१० ৳१० १७० x ७० गुलाफी तारा मस्जिद, दायाँ र बीचमा धान खेती धान काटिरहेको दृश्य ११ अक्टोबर १९७६ हटाइएको
৳१० ৳१० ৳१० १७० x ७० गुलाफी आतिया जामे मस्जिद कर्नफूली जलविद्युत र काप्ताइ बाँध ३ सेप्टेम्बर, १९८२ हटाइएको
৳१० ৳१० ৳१० १५२ x ६४ हरियो तथा गुलाफी शेख मुजिबुर रहमान लालबागको किल्ला ११ डिसेम्बर, १९९७ हटाइएको
৳१० ৳१० ৳१० (পলিমার) १५२ x ६४ गुलाफी शेख मुजिबुर रहमान जातीय संसद भवन १४ डिसेम्बर २००० हटाइएको
৳१० ৳१० ৳१० १५२ x ६४ गुलाफी बायतुल मोकाररम जातीय संसद भवन ७ जनवरी २००२ हाल प्रचलित
৳१० १२२ × ५९ गुलाफी शेख मुजिबुर रहमान बायतुल मोकाररम २१ सेप्टेम्बर २००६ प्रचलित
৳१० ৳१० ৳१० १२२ × ५९ गुलाफी शेख मुजिबुर रहमान बायतुल मोकाररम ७ मार्च २०१२ प्रचलित
৳२० ৳२० ৳२० १३० × ६० हरियो छोट सोना मस्जिद ४ जना मानिस जुट प्रशोधन गर्दै १३ जुलाई २००२ प्रचलित
৳२० ৳२० ৳२० १३० × ६० हरियो शेख मुजिबुर रहमान षाट गोम्बुज मस्जिद ७ मार्च २०१२ प्रचलित
৳२५ ৳२५ ৳२५ १२३ x ६० नीलो, बैजनी र रातो राष्ट्रिय स्मृतिसौध, टाका नोट तथा डाक टिकेट, तीन चित्तल हरिण, दोयेल चरा सुरक्षा छपाइ निगमको सदर २६ जनवरी २०१३ प्रचलित
৳४० ৳४० ৳४० १२२ x ६० रातो, सुन्तला, हरियो शेख मुजिबुर रहमान सैनिकहरू २१ डिसेम्बर २०११ प्रचलित
৳५० ৳५० ৳५० १३० × ६० नवनीर, हरियो जातीय संसद भवन बाघा मस्जिद ३० जुलाई २००५ प्रचलित
৳५० ৳५० ৳५० १३० × ६० नीलो, नवनीर, रातो शेख मुजिबुर रहमान जयनुल आबेदीनद्वारा कोरिएको एक चित्र ७ मार्च २०१२ प्रचलित
৳६० ৳६० ৳६० १३० x ६० पहेँलो, खैरो, बैजनी, सुन्तला र नीलो केन्द्रीय सहिद मिनार बाङ्ला भाषा आन्दोलनका सहिदहरू, प्रथम सहिद मिनार (सन् १९५२) १५ फेब्रुअरी २०१२ प्रचलित
৳१०० ৳१०० ৳१०० १४० × ६२ नीलो राष्ट्रिय स्मृतिहरू बङ्गोबोन्धु सेतु १६ जुलाई २००६ प्रचलित
৳१०० ৳१०० ৳१०० १४० × ६२ नीलो शेख मुजिबुर रहमान तारा मस्जिद ९ अगस्ट २०११ प्रचलित
৳१०० ৳१०० ৳१०० १४० x ६२ नीलो-रातो १८औँ शताब्दीको अश्वारोही बङ्गलादेश राष्ट्रिय सङ्ग्राहलय ९ জুলাই २०१३ प्रचलित
৳२०० ৳२०० ৳२०० १४५ × ६४ फिका हरियो शेख मुजिबुर रहमान शेख मुजिबुर रहमान र नदीको नजिकको दृश्य १७ मार्च २०२० प्रचलित
৳५०० ৳५०० ৳५०० १५३ × ६९ बैजनी राष्ट्रिय स्मृतिसौध बङ्गलादेश सर्वोच्च अदालत २४ अक्टोबर २००४ प्रचलित
৳५०० ৳५०० ৳५०० १५३ × ६९ हरियो शेख मुजिबुर रहमान नदीको नजिक एक खेतीको दृश्य ९ अगस्ट २०११ प्रचलित
৳१००० ৳१००० ৳१००० १६० x ७२ फिका रातो र गुलाफी केन्द्रीय सहिद मिनार कार्ना हल २७ अक्टोबर २००८ प्रचलित
৳१००० ৳१००० ৳१००० १६० x ७२ बैजनी, पहेँलो शेख मुजिबुर रहमान जातीय संसद भवन ९ अगस्ट २०११ प्रचलित
सूत्र: बङ्गलादेश बैङ्क

ऐतिहासिक विनिमय दर

[सम्पादन गर्नुहोस्]

सन् १९७१ मा बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र भए पश्चात् टाकाको अन्तर्राष्ट्रिय मूल्य बेलायती पाउन्डसँग निर्धारण गरिएको थियो। पछि सत्तरीको दशकको अन्त्यतिर जब बेलायती पाउन्डको अन्तर्राष्ट्रिय मूल्य घट्दो क्रममा पुगेको अवस्थामा अमेरिकी डलरले अधिक अन्तर्राष्ट्रिय व्यापारमा विनिमय मुद्राको रूपमा प्रयोग गर्न थालिएको थियो त्यसकारण बङ्गलादेश सरकार र केन्द्रीय बैङ्कले बङ्गलादेशी टाकाको अन्तर्राष्ट्रिय मूल्य अमेरिकी डलरसँग निर्धारण गरेको थियो तर अमेरिकी डलर अनुसार निर्धारण गरिएको टाकाको विनिमय दर खासै प्रचलित छैन जसकारण बेलाबखतमा बङ्गलादेश बैङ्कले अमेरिकी डलरको विरुद्ध टाकाको विनिमय दर स्थितिशील राख्नका लागि हस्तक्षेप गर्दै आएको छ। हालको विनिमय दर अनुसार, १ बङ्गलादेशी टाका बराबर १.३९ नेपाली रुपैयाँ हुन आउँछ।[][]

अन्य विदेशी मुद्राहरूको तुलनामा बङ्गलादेशी टाका (प्रत्येक वर्षको जनवरीमा )[]
मुद्रासन् १९७१सन् १९८१सन् १९९१सन् १९९६सन् २०००सन् २००१सन् २००५सन् २००७सन् २००८सन् २००९सन् २०१०सन् २०११सन् २०१२सन् २०१३सन् २०१४सन् २०१५
अमेरिकी डलर७.८६१८.३१३६.७५४०.८५०.८२५३.८४५८.११६७.२९६७.३४६७.४०६८.११६९.८४८१.६४७८.३१७६.४५७६.५१
जापानी येन०.०२०.०९०.२७०.३८०.४८०.४६०.५६०.५५०.६२०.७४०.७४०.८४१.०६०.८८०.७३०.६४
सोभियती रुबल
रूसी रुबल
१४.९३२९.००५५.१२८.१६१.८५१.९१२.१७२.६२२.७९२.१४२.३१२.३५२.६६२.६३२.२९१.२०
युरो----५१.४८५०.५७७६.३७८७.४५९८.९९९०.०१९७.२८९३.२६१०५.२६१०३.९८१०४.२२८९.२६
पाउन्ड स्टर्लिङ१८.९२४४.०२७१.०१६२.४८८३.२३७९.५९१०९.३५१३१.७४१३२.६९७.६६११०.०१११०.०४१२६.५७१२५.१९१२५.९०११६.१३
स्विस फ्राङ्क१.८१०.०८२८.८९३४.६३३१.९७३३.०७४९.३८५३.७३६०.९९६०.२३६५.८७७३.१८६.९१८४.७८४.६६८१.२६
हङकङ डलर१.३१३.५३४.६८५.२८६.५३६.९७.४५८.६२८.६२८.६९८.७७८.९७१०.५११०.१९.८५९.८६
मलेसियाली रिङ्गित२.५५८.२३१३.५४१५.९७१३.३७१४.१६१५.२५१९.१२२०.५४१८.८६२०.०६२२.७१२६.१४२५.६८२३.१४२१.४१
कुवेती दिनार२२.०९६४.५११२८.७३१३६.२५१६७.०११७६.०५१९७.८२२३१.६९२४५.८३२३५.३१२३६.५२२४७.६२२९२.४६२७७.६२७०.१६२५९.६६
साउदी रियाल१.७५५.५९.७९१०.८८१३.५५१४.३५१५.४९१७.९३१७.९२१७.९५१८.१४१८.६२१.७६२०.८७२०.३८२०.३६
इमाराती दिरहाम१.६५४.८९९.९६११.१११३.८४१४.६५१५.८२१८.३११८.३३१८.३४१८.५४१९.०१२२.२२२१.३१२०.८१२०.८२
भारतीय रुपैयाँ१.००२.३२.००१.१४१.१६१.१५१.३२१.५११.७११.३५१.४७१.५११.५६१.४४१.२३१.२२
भुटानी ङुलत्रुम१.०५२.०७१.६०१.१७१.१६१.१६१.३७१.५७१.७४१.४०१.५०१.५६१.६२१.४६१.२४१.२३
बर्मेली क्यात१.६५२.४९५.८८७.१३८.११८.३३१०.७९१०.६९१०.५११०.४९१०.६११०.९११२.९००.०९०.०७८०.०७५
चिनियाँ रेन्मिन्बी३.१९११.७५७.०२५.०९६.४४६.५८७.२७८.९३९.४५९.९९१०.१२१०.७६१३.२०१२.७९१२.८११२.५०
  • सोभियती रुबल सन् १९९१ सम्म, रूसी रुबल सन् १९९१ देखि सन् १९९८, पुनर्मूल्यायित रूसी रुबल सन् १९९८ देखि हालसम्म।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bangladesh taka voted most beautiful bank note, ७ জানুয়ারি २०१२ তারিখে প্রকাশিত, PanARMENIAN.net, পরিদর্শনের তারিখ: १० মে २०१२ খ্রিস্টাব্দ।
  2. বাংলাদেশের २ টাকা পৃথিবীর সবেচেয়ে সুন্দর নোট
  3. "বাংলাদেশের টাকা"। २० अप्रिल २०१२। দৈনিক আমার দেশ ডেস্ক রিপোর্ট, ९ জানুয়ারি २०१२ খ্রিস্টাব্দে প্রকাশিত; পরিদর্শনের তারিখ: १० মে २०१२ খ্রিস্টাব্দ।
  4. "बङ्गलादेशसँगको व्यापारमा किन भयो घाटा?, सरकारको उदासिनताले नेपालले गुमायो अवसर"बिज मान्डु (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०
  5. "नेपाली रुपैयाँ - बङ्गलादेशी टाका मूल्य सहीमा अब विदेशी मुद्रा विनिमय बजार २३ डिसेम्बर २०२०"काल्कप्रोफी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०
  6. ঐতিহাসিক বিনিময়ের হার

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]