सामग्रीमा जानुहोस्

दीनार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दीनार (अरबी: دينار) भूमध्य सागर नजिकैका धेरै देशहरूमा प्रयोग हुने एक प्रमुख मुद्रा इकाई हो। यसको ऐतिहासिक प्रयोग व्यापक रूपमा रहेको छ।.[]

गाढा हरियो रङमा उल्लेखित देशहरूमा दीनारको प्रयोग गर्छन्। फिक्का हरियोमा उल्लेखित देशहरूले पहिला यसको प्रयोग गर्दथे। युगोस्लाभ देशहरू तलको बायाँ तिर उल्लेखित छ।

आधुनिक दिनारको ऐतिहासिक पूर्ववर्तीहरू सुनको दिनार हो जुन मध्यकालीन इस्लामी साम्राज्यको मुख्य सिक्का हो जसलाई खलिफा अबद अल-मलिक इब्न मर्वान इब्न अल-हकमद्वारा ६९६–६९७ ईसापूर्वमा, जारी गरिएको थियो। "दिनार" भन्ने शब्द पुरानो रोमको चाँदीको "देनारिउस" सिक्काबाट आएको थियो]

कुषाण शासन कालमा सुनको सिक्केको वजन ८.०३ ग्राम हुने गरेको थियो भने गुप्त कालमा यसको वजन ९.३३ ग्राम रहेको थियो।[][] यो कुषाणको सिक्काहरूमा आधारित थियो। रोमन रूपमा दीनारको मूल्य करिब साढे चार ग्राम स्वर्णको बराबर थियो। हाल तमाम देश तथा क्षेत्रहरूमा दीनार धातुको मुद्राको विपरीत कागजको नोटहरूको प्रयोग हुने गरेको छ।

चाँदीको दीनार सर्बियाली राजाको स्तेफान ओरस प्रथम (सन् १२४३–१२७६) को शासनकालमा

'दीनार' शब्द अरबी अथवा संस्कृत शब्दबाट आएको थियो जसको अर्थ सूवर्णमुद्रा वा असर्फी हुन्छ। मौलिक रूपमा यो शब्द रोमन शब्दबाट आएको थियो र करिब तीन दशक ईसा पू्र्व, स्वर्ण मुद्राको रूपमा यसको रोमन गणतन्त्रमा प्रचलन सुरु भएको थियो। रोमबाट नै 'देनारिउस' अरब क्षेत्रमा दीनारको रूपमा पुगेको थियो।

प्रयोग गर्ने देशहरू

[सम्पादन गर्नुहोस्]

दीनार वा यसको समान प्रयोग गर्ने देशहरू

[सम्पादन गर्नुहोस्]
उमायद खलिफाको सुनको दीनार
देशहरू मुद्रा आइएसओ ४२१७ कोड
 अल्जेरिया अल्जेरियाली दीनार DZD
 बहराइन बहराइनी दीनार BHD
 इराक इराकी दीनार IQD
 जोर्डन जोर्डनी दीनार JOD
 कुवेत कुवेती दीनार KWD
 लिबिया लिबियाली दीनार LYD
उत्तर म्यासेडोनिया उत्तर म्यासेडोनिया म्यासेडोनियाली दीनार MKN (सन् १९९२–१९९३)
MKD (सन् १९९३−हाल)
 सर्बिया सर्बियाली दीनार RSD
CSD (सन् २००३–२००६)
ट्युनिसिया तुनिसिया तुनिसियाली दीनार TND

बिसौँ शताब्दीमा दीनारको प्रयोग गर्ने देश तथा क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]
मार्सियाका राजा ओफा (७५७–७९५) को मान्कुस अथवा सुनको दीनार, अब्बासिया खलिफा (७७४) को दीनारको प्रतिलिपी।
देशहरू मुद्रा आइएसओ ४२१७ कोड प्रयोग द्वारा प्रतिस्थापन
Abu Dhabi (emirate) अबु धाबीबहराइनी दीनारBHD1966–1973संयुक्त अरब इमिरेट्स दिरहम
गणतन्त्र बोस्निया र हर्जगोभिना गणतन्त्र बोस्निया र हर्जगोभिनाबोस्निया र हर्जगोभिना दीनारBADसन् १९९२–१९९८बोस्निया र हर्जगोभिना परिवर्तनीय मार्क
 क्रोएसियाक्रोएसियाली दीनारHRDसन् १९९१–१९९४क्रोएसियाली कुना
 इरानइरानी रियाल सुरुमा १२५० र पछि १०० दीनारमा विभाजन गरिएको थियो।
People's Democratic Republic of Yemen दक्षिण यमनदक्षिण यमनी दीनारYDDसन् १९६५–१९९०यमनी रियाल
 सुडानसुडानी दीनारSDDसन् १९९२–२००७सुडानी पाउन्ड
युगोसलाभिया गणराज्य युगोस्लाभिया अधिराज्य
समाजवादी सङ्घीय युगोस्लाभिया गणतन्त्रसमाजवादी सङ्घीय युगोस्लाभिया गणतन्त्र
Federal Republic of Yugoslaviaसर्बिया र मोन्टेनेग्रो
युगोस्लाभ दीनारYUD (सन् १९६५–१९८९)
YUN (सन् १९९०–१९९२)
YUR (सन् १९९२–१९९३)
YUO (सन् १९९३)
YUG (सन् १९९४)
YUM (सन् १९९४–२००३)
सन् १९१८–२००३उल्लेख नभएको
  1. "اختلاف نظر دربارهٔ ریشه دینار", मूलबाट ۲۹ اوت ۲۰۱۳-मा सङ्ग्रहित, अन्तिम पहुँच ۲۸ ژوئیه ۲۰۱۱ अभिलेखिकरण २०१३-०८-२९ वेब्याक मेसिन
  2. Medieval European Coinage By Philip Grierson p.330 अभिलेखिकरण २०१६-०६-२९ वेब्याक मेसिन
  3. Friedberg, Arthur L.; Friedberg, Ira S. (२००९), &pg=PA457 Gold Coins of the World: From Ancient Times to the Present, Coin & Currency Institute, पृ: ४५७, आइएसबिएन 978-0-87184-308-1

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


ढाँचा:दीनार