खेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खेत खास गरेर धान रोप्ने जमिनलाई भनिन्छ। जहाँ धानको खेती गरिन्छ त्यो जमिनलाई खेत भनिन्छ। खेत बनाउनको लागि प्रसस्त मात्रामा पानी हुनु पर्छ। हुनत धानको खेती पाखो जग्गामा पनि गर्न सकिन्छ तर प्राय जसो रोपाइ गरेर नै धान उत्पादन गरिन्छ। पहाड तिर खेतका गराहरूमा पानि लगाएर आलि लगाइन्छ। त्यसमा गोरु जोतेर दाँदे लगाएर सम्म बनाएपछी धानको बिउ रोपिन्छ भने तराइ तिर पानी जम्ने ठाँउमा माटोलाई हिलो बनाएर धानको बिउ रोपिन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=खेत&oldid=850305" बाट अनुप्रेषित