बङ्गलादेशको राष्ट्रिय प्रतीक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेशको राष्ट्रिय प्रतीक
National emblem of Bangladesh.svg
विवरण
धारकFlag of Bangladesh.svg बङ्गलादेश
अंगिकरण भएकोसन् १९७१
Escutcheonराष्ट्रिय प्रतीकको केन्द्रमा पानीमा तैरिँदै गरेको शापला फूलको दुवै भागहरूमा धानका बालाहरूले गोलाकारी बनाइ फूललाई घेरेको र प्रतीकको शीर्ष भागको दुई विपरीत दिशामा क्रमशः दुईदुई ताराहरू राखिएको

सन् १९७१ को बङ्गलादेशको स्वतन्त्रता युद्धमा बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र भए लगत्तै नयाँ राष्ट्र बङ्गलादेशको राष्ट्रिय प्रतीकलाई अपनाइएको थियो। बङ्गलादेशको राष्ट्रिय प्रतीकको केन्द्रमा पानीमा तैरिँदै गरेको शापला फूलको तस्वीर राखिएको छ जुन बङ्गलादेशको राष्ट्रिय फूल हो। पानीमा तैरिँदै गरेको शापला फूलको दुवै भागहरूमा धानका बालाहरूले गोलाकारी बनाइ फूललाई घेरेका छन्। प्रतीकको शीर्ष भागको दुई विपरीत दिशामा क्रमशः दुईदुई ताराहरू राखिएको छ भने प्रतीकको शीर्ष भागमा जुटको तीन अन्तर्निर्मित पातहरू राखिएका छन्। प्रतीमा प्रयोग गरिएका ४ ताराहरूले बङ्गलादेश संविधानको ४ सिद्धान्तहरूलाई दर्शाउँदछन्। बङ्गलादेशको अर्थव्यवस्थालाई पानी, धान र जुटका प्रतीकहरूले परिभाषित गर्दछन्। यी तीन तत्वहरूमा राखिएको फक्रिएको फूल राष्ट्रको प्रतिज्ञा, सौन्दर्य र सुन्दरताको प्रतीक हो। देशको लक्ष र महत्वकांक्षाहरू ताराहरूमा अभिव्यक्त भएको छन्। बङ्गलादेशको राष्ट्रिय प्रतीकका नक्शा विकासकर्ता मोहाम्मद इद्रिस हुन्।[१]

প্রজাতন্ত্রের জাতীয় প্রতীক হইতেছে উভয় পার্শ্বে ধান্যশীর্ষবেষ্টিত, পানিতে ভাসমান জাতীয় পুষ্প শাপলা, তাহার শীর্ষদেশে পাটগাছের তিনটি পরস্পর-সংযুক্ত পত্র, তাহার উভয় পার্শ্বে দুইটি করিয়া তারকা৷

--बङ्गलादेशको संविधान, ४ (३)[२]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "জাতীয় প্রতীক"দৈনিক প্রথম আলো (बंगाली भाषा)। १६ जनवरी २०१३। सङ्ग्रह मिति १० मे २०१८ 
  2. "প্রথম ভাগ" (PDF)। सङ्ग्रह मिति २०१३-०६-२०