बङ्गलादेशको स्वतन्त्रता युद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बङ्गलादेशको स्वतन्त्रता युद्ध
BangladeshLiberationWarMontage.jpg
घडीको दिशामा शीर्ष बायाँदेखि; बुद्धिजीवी सहिद स्मारक, बङ्गलादेशी सेनाको हाउइट्सर, बङ्गलादेशी र भारतीय सेनासमक्ष पाकिस्तानी सेनाको आत्मसमर्पण,[१३] पाकिस्तानी पनडुब्बी पीएनएस गाजी
मिति२६ मार्च – १६ डिसेम्बर १९७१
स्थान
बङ्गलादेशबङ्गलादेश (तत्कालीन पूर्व पाकिस्तान), बङ्गालको खाडी, पश्चिम पाकिस्तान, अरबी सागर, भारतको केही भाग
परिणाम बङ्गलादेशको जित
भौगोलिक
परिवर्तन
पाकिस्तानबाट पूर्व पाकिस्तान स्वतन्त्र हुँदै स्वाधीन बङ्गलादेश परिणत भयो
योद्धा

बङ्गलादेश बङ्गलादेश *बङ्गलादेश बङ्गलादेशभारत भारत (३ डिसेम्बर १९७१ युद्धमा भाग लिएको)* भारतीय सशस्त्र सेना[१]

समर्थनकारी देश
सोभियत सङ्घ सोभियत सङ्घ[२]
पाकिस्तान पाकिस्तान * पाकिस्तानी सशस्त्र सेनाअर्धसैनिक लडाकु
* पूर्व पाकिस्तान केन्द्रीय शान्ति समिति* राजाकार* आल बदर* आल शामस
समर्थनकारी देश:
संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका[३]
संयुक्त अधिराज्य संयुक्त अधिराज्य[४][५]
श्रीलङ्काश्रीलङ्का
चीनी जनवादी गणराज्य चीन[६][७]
साउदी अरब साउदी अरब[८][९][१०][११][१२]
टर्की तुर्की[२]
सेनापतिहरू
बङ्गलादेश शेख मुजिबुर रहमान
बङ्गलादेश ताजउद्दिन आहमेद
बङ्गलादेश सैयद नजरुल इसलाम
बङ्गलादेश मुहाम्मद मनसुर आली
बङ्गलादेश आबुल हासनात मोहाम्मद कामारुज्जामान
बङ्गलादेश एमएजि ओसमानी
बङ्गलादेश जियाउर रहमान
बङ्गलादेश खालेद मोशार्रफ
बङ्गलादेश काजी मुहम्मद शफिउल्लाह
श्याम मानेकश
जगजित सिंह अरोरा
ज्याकब फार्ज राफायेल ज्याकब

पाकिस्तान याह्या खान
पाकिस्तान नुरुल आमिन
पाकिस्तान आब्दुल मोतालेब मालिक (युद्धबन्दी)
आमिर आबदुल्लाह खान नियाजी (युद्धबन्दी)
राओ फरमान आली (युद्धबन्दी)
मोहाम्मद जामशेद (युद्धबन्दी)
टिक्का खान
मोहाम्मद शरिफ (युद्धबन्दी)
लेस्ली मुङ्गाभिन (युद्धबन्दी)
प्याट्रिक डेसमन्ड कालाघान (युद्धबन्दी)
पाकिस्तान (पूर्व पाकिस्तान केन्द्रीय शान्ति समिति)
पाकिस्तान (आल बदर)


पाकिस्तान (आल शामस)
शक्ति

बङ्गलादेश बङ्गलादेश

११०,०००[१४]
२५०,०००[१५][१६]
पाकिस्तान सशस्त्र सेना:
१००,०००
अर्धसैनिक:
२५,०००[१७]
मृत्यु र क्षति
बङ्गलादेश बङ्गलादेश ~३०,००,००० योद्धा तथा निरीह सर्वसाधारण सहिद भए[१८][१९]
१,४२६–१,५२५ सेना सहिद भए
३,६११–४,०६१ सेना घाइते[२०]
पाकिस्तान ८,००० सैनिक मारिए
१०,००० सैनिक घाइते भए
९१,००० युद्धबन्धि (५६,६९४ लडाकु सैनिक, १२,१९२ अर्धसैनिक र बाँकी नागरिकहरू)[२०][२१]
सर्वसाधारणहरूको प्राणहानी: अनुमानित २७,९०,०००[२२] देखि ३०,००००० सम्म[२३]

बङ्गलादेशको स्वतन्त्रता युद्ध (बङ्गाली: বাংলাদেশের স্বাধীনতা যুদ্ধ; उच्चारण: बाङ्लादेशेर स्वाधीनता जुद्धो) बङ्गलादेशी राष्ट्रवादी तथा स्व-दृढताको एक क्रान्ति र सशस्त्र सङ्घर्ष आन्दोलन थियो जसको सुरुवात २६ मार्च १९७१ भएको थियो भने अन्त्य १६ डिसेम्बर १९७१ मा भएको थियो। यो युद्धका कारण बङ्गलादेश स्वतन्त्र भएको थियो। यो युद्ध २५ मार्च १९७१ को रात पश्चिम पाकिस्तानले पूर्व पाकिस्तानमा रहेका मानिसहरूलाई आक्रमण गरेपछि सुरु भएको थियो।[२४] यस युद्धमा बङ्गलादेशका नागरिकहरू, विद्यार्थीहरू, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारीहरू संलग्न रहेका थिए। यो युद्ध १६ डिसेम्बर १९७१ का दिन पश्चिम पाकिस्तानले आत्मसमर्पण गरेपछि अन्त्य भएको थियो।

पूर्वी पाकिस्तानको ग्रामीण र सहरी क्षेत्रहरू व्यापक सैनिक सञ्चालन र हवाई हमला भएको थियो। उर्दू-बोल्ने बिहारीहरू बङ्गलादेशमा (जातीय अल्पसाङ्ख्यक) पनि पाकिस्तानी सैनिकको समर्थनमा थिए। पाकिस्तानी सेना र सेनाका सहयोगीहरूले यस युद्धमा स्थानीय मानिसहरूको सामूहिक हत्या, लुटपाट र सामूहिक बलात्कार गर्ने गरेका थिए। यस युद्धको समयमा बङ्गलादेशको राजधानी ढाकामा विभिन्न हत्या काण्डहरू घटेका थिए जसमा ढाका विश्वविद्यालय हत्याकाण्ड समावेश रहेको छ।[२५][२६] अनुमानित १ करोड बङ्गाली शरणार्थीहरू छिमेकी मुलुक भारतमा शरण लिएका थिए जबकि ३ करोड मानिसहरू घरवारविहीन बनेका थिए। बङ्गलादेश स्वतन्त्र भएको घोषणा चट्टोग्रामबाट बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका एक संस्था मुक्तिवाहिनीले गरेको थियो। यस युद्धमा पूर्वी बङ्गाली पल्टन र पूर्वी पाकिस्तान बन्दुकधारीहरूले प्रतिरोधमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। सेनापति एमजिए ओसमानी र ११ क्षेत्रीय वरिष्ठ सैनिकले नेतृत्वमा रहेको बङ्गलादेशी सेनाले पाकिस्तानी सेनाको विरुद्धमा एक ठूलो युद्धको गरेको थियो। बङ्गलादेशी लडाकुहरूले सङ्घर्षको प्रारम्भिक महिनामा थुप्रै सहरहरूलाई स्वतन्त्र गराएका थिए। पाकिस्तानी सेनाले वर्षाऋतुको सुरुवातमा पुनः गति पाएको थियो भने पछि बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी नौसेना विरुद्ध विभिन्न कार्वाही र आक्रमणहरूलाई तिव्र बनाएका थिए। बङ्गलादेश वायु सेनाले पाकिस्तानी सेनाको आधार सिविरमा आक्रमण गर्न सुरु गरेका थिए भने नोभेम्बर सम्ममा बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी सेनालाई रातको समयमा आक्रमण गरेका थिए।[२७][२८] त्यसपछि लडाकुहरूले ग्रामीण इलाकाको र अधिकतम भूभागहरूलाई नियन्त्रण लिन सफल भएका थिए। बङ्गलादेशको प्रावधानवादी सरकार १७ अप्रिल १९७७ मा मुजिबनगरमा गठन गरिएको थियो। पश्चिम पाकिस्तानमा हजारौँ बङ्गाली परिवारहरू पूर्वी पाकिस्तान छिरेका थिए भने त्यहाँबाट धेरैजना अफगानिस्तान तर्फ भागेका थिए। युद्ध कालीन समयमा बङ्गाली सांस्कृतिक कार्यकर्ताहरूले गोप्य नि:शुल्क बङ्गाल रेडियो स्टेसन सञ्चालन गरेका थिए। बङ्गाली नागरिकहरूले यस युद्धको प्रचार विश्वव्यापी गरिसकेपछि इन्दिरा गान्धीको नेतृत्वमा रहेक‍ो भारतीय राज्यले बङ्गलादेश राष्ट्रवादीहरूलाई पर्याप्त राजनैतिक, आर्थिक र सैन्य सहयोग प्रदान गरेको थियो। बेलायती, भारतीय र अमेरिकी सङ्गीतकारहरूले बङ्गलादेशी नागरिकहरूको समर्थन गर्दै न्यु योर्क सहरमा विश्वको पहिलो प्रत्यक्ष साङ्गीतिक कार्यक्रमको आयोजना गरेका थिए।[२९] संयुक्त राज्य अमेरिकामा व्यवस्थापन सभाका सदस्य टेड केनेडीले काङ्ग्रेस अभियानमा पाकिस्तानी सेनाको विरुद्धमा आवाज उठाएका थिए।

पाकिस्तानले उत्तर भारतमा उपप्रथम समुद्री आक्रमण सुरु गरेपछि भारत पनि युद्धमा सामेल भएक‍ो थियो र त्यस घटना पछि पाकिस्तानी सेनाहरू दुई पक्षमा विभाजित भएका थिए। पाकिस्तानी सेनाले २६ डिसेम्बर १९७९ का दिन ढाकामा आत्मसमर्पण गरेको थियो। युद्धले दक्षिण एसियाको भौगोलिक परिदृश्य परिवर्तन गरेको थियो भने बङ्गलादेश उद्भवसँग विश्वको सातौँ सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको थियो।[३०] जटिल क्षेत्रीय गठबन्धनहरू र यस युद्धका कारण संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ र गणतन्त्र चीनबीच शीतयुद्ध तथा तनाव बढेको थियो। संयुक्त राष्ट्र सङ्घका अधिकांश सदस्यहरूले सन् १९७२ मा बङ्गलादेशलाई एक सार्वभौम राष्ट्रको रूपमा मान्यता प्रदान गरेका थिए।

पृष्ठभूमि[सम्पादन गर्ने]

बेलायती भारतको विभाजन अघि, लाहोर प्रस्तावले हिन्दु-बहुसाङ्ख्यक राज्यहरूलाई बेलायती भारतको पूर्वी र उत्तरपश्चिम क्षेत्रहरूमा प्रस्तुत गरेको थियो।[३१] एक स्वतन्त्र संयुक्त बङ्गलाको लागि प्रस्ताव सन् १९४६ मा प्रधानमन्त्री होसेन सहिद सोहरावार्दीद्वारा प्रस्ताव गरिएको थियो तर औपनिवेशिक अधिकारीहरूले उक्त प्रस्तावको विरोध गरेका थिए।[३२] पूर्वी पाकिस्तान पुनर्जागरणले पूर्वी ब्रिटिस भारतमा एक सार्वभौमिक राज्यको निर्माणको वकालत गरेको थियो।[३३] अन्ततः राजनैतिक वार्तालापले अगस्ट १९४७ मा दुई राज्य, पाकिस्तान र भारतको आधिकारिक रूपमा विभाजन गरेको थियो जसले पाकिस्तानमा मुस्लिम र भारतमा हिन्दुहरूका लागि स्थायी घरहरू प्रदान गरेको थियो।[३४] ब्रिटिस भारतको विभाजन पछि पाकिस्तानका प्रशासकीय राज्यहरू दुई भौगोलिक र सांस्कृतिक रूपमा विभाजित भएका थिए।[३५] पश्चिमी क्षेत्र लोकप्रिय थियो (एक समयकालका लागि आधिकारिक रूपमा) जुन पछि पश्चिम पाकिस्तानक‍ो रूपमा स्थापना भयो भने पूर्वी क्षेत्र (हाल बङ्गलादेश) पूर्वी पाकिस्तानको रूपमा स्थापना भएको थियो।[३६] यद्यपि दुई क्षेत्रहरूको जनसङ्ख्या लगभग बराबर भएतापनि राजनीतिक शक्ति पश्चिम पाकिस्तानमा केन्द्रित थियो भने पूर्वी पाकिस्तान आर्थिक रूपले शोषण भइरहेको थियो जहाँ धेरै समस्याहरू आइलाग्ने गरेको थियो। पछि यी दुई प्रशासकीय क्षेत्रहरूको असमानता मिलाउने कार्य एक चुनौतीको रूपमा देखा पर्न सुरु भएको थियो। २५ मार्च १९७१ का दिन भएको चुनावमा पूर्वी पाकिस्तानको एक राजनितीक दल आवामी लिगले जितेता पनि पश्चिम पाकिस्तानद्वारा पूर्वी पाकिस्तानलाई शासन सत्ता चलाउन बहिस्कार गरिएको थियो।[३७] पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तान बीच बढ्दो राजनीतिक असमानता र सांस्कृतिक राष्ट्रियता क्रान्तिकारी प्रकसीकरणीय शक्तिले गर्दा पश्चिम पाकिस्तानले अपारेसन सार्चलाइटको योजना बनाएको थियो। पाकिस्तान सेनाद्वारा हिंस्रक दमनको नेतृत्वमा अवामी लिगका नेता शेख मुजिबुर रहमानले २६ मार्च १९७१ का दिन पूर्वी पाकिस्तानलाई स्वतन्त्र बङ्गलादेशको रूपमा घोषणा गरेका थिए। यस कदमलाई अधिकांश बङ्गालीहरूले समर्थन जनाएता पनि इस्लामी र बिहारीहरूले यसको विरोध गर्दै पाकिस्तानी सेनाको पक्ष लिन सुरु गरेका थिए।[३८] पाकिस्तानी राष्ट्रपति याह्या खानले पाकिस्तानी सेनालाई गृहयुद्ध सुरु गरेर पाकिस्तानी सरकारको अख्तियार फिर्ता लिन आदेश दिएका थिए भने यस गृहयुद्धका कारण शरणार्थीहरू समुद्री किनारमा घर बसाल्न बाध्य बनेका थिए (त्यतिखेर करिब १० करोड अनुमान गरिएको) र पछि भारतको पूर्वी प्रदेशहरूमा भिषण बाढी आएका कारण कयौँ मानिसहरू विस्थापित तथा घरवारविहीन हुन पुगेका थिए।[३९][४०] बढ्दो मानवीय र आर्थिक सङ्कट सामना गर्दै भारतले मुक्तिवाहिनी नामक बङ्गलादेशी प्रतिरोध सेनालाई सक्रिय सहयोग र सङ्गठित गर्न सुरु गरेको थियो।

भाषा विवाद[सम्पादन गर्ने]

भाषा आन्दोलन स्मारक

सन् १९४८ मा पाकिस्तानका तत्कालीन जनरल महम्मद ली जिनाहद्वारा मात्र उर्दू भाषालाई पाकिस्तानको सङ्घीय भाषा हुनेछ भनि घोषणा गरेका थिए। यद्यपि उर्दू ऐतिहासिक रूपमा उपमहाद्वीपको उत्तर, मध्य र पश्चिमी क्षेत्रमा मात्र प्रचलित भाषा थियो जबकि पूर्वी बङ्गालमा बङ्गालीहरूको मातृभाषा बङ्गला थियो जुन दुई भारतीय-युरोपेली भाषाहरूको महत्त्वपूर्ण भाषाहरू हुन्।[४१][४२] पाकिस्तानमा बङ्गला मातृभाषा हुने मानिसहरूको सङ्ख्या देशको ३० प्रतिशत थिए। भाषा सम्बन्धि त्यस सरकारी अडानले पूर्वी क्षेत्रको संस्कृति माथि दमन गर्ने प्रयास गरेको रूपमा अनुमान गरिएको थियो। पूर्वी बङ्गालका मानिसहरूले उनीहरूको मातृभाषा बङ्गलालाई उर्दु र अङ्ग्रेजीको साथसाथै सङ्घीय दर्जा दिने माग गरेका थिए। पाकिस्तानमा भाषा आन्दोलन सन् १९४८ मा सुरु भएको थियो जब नागरिक समाजले बङ्गला लिपिलाई मुद्रा र टिकटबाट हटाउने निर्णयलाई विरोध गरेको थियो यद्यपि बेलायती राजको समयदेखिनै चलनचल्तीमा ल्याइएको थियो। [४३] सन्‌ १९७२ मा यो आन्दोलन चरम सीमामा पुगेको थियो जब २१ फेब्रुअरीमा प्रहरीले प्रदर्शनकारी, विद्यार्थी र सर्वसाधारणलाई गोली हान्दै कयौँको हत्या गरेका थिए। यो दिन बङ्गलादेशमा भाषा आन्दोलन दिवसको रूपमा मनाइँदै आएको छ।[४४] पछि सन् १९५२ मा भएको मृत्युको सम्झनामा युनेस्कोले २१ फेब्रुअरीलाई नोभेम्बर १९९९ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो।

असमानता[सम्पादन गर्ने]

पूर्वी पाकिस्तानको जनसङ्ख्या पश्चिमको भन्दा बढी भएता पनि पश्चिम पाकिस्तानले विभाजित देशलाई राजनैतिक रूपमा दमन गर्दै साधारण बजेटबाट पश्चिम पाकिस्तानका लागि बढी रकम विनियोजन गर्ने गरेको थियो। पूर्वी पाकिस्तान पुरै पाकिस्तानको निर्माणको क्रममा आर्थिक हिसाबले पहिलेनै वञ्चित भइसकेको थियो।[४५] विभिन्न कारकहरूले विकास नीतिहरूमा जानाजानी राज्य बीच भेदभाव मात्र समावेश गरेन तर देशको राजधानी र पश्चिम पाकिस्तानमा बढी आप्रवासी व्यवसायीको उपस्थितिले त्यहाँ सरकारको ठूलो रकम छुट्याएको तथ्यलाई पनि समेटेको थियो। पूर्वी पाकिस्तानमा थोरै सङ्ख्यामा मात्रै स्वदेशी व्यवसायी, पर्याप्त श्रम अशान्ति र तनावपूर्ण राजनैतिक वातावरणका कारण पूर्वी पाकिस्तानमा विदेशी लगानी पनि कम रहेको थियो। पाकिस्तानी राज्यको आर्थिक दृष्टिकोण सहरी उद्योगतर्फ अग्रसर थियो जुन पूर्वी पाकिस्तानको मुख्यतया कृषि अर्थव्यवस्थासँग उपयुक्त थिएन।[४६]

बङ्गालीहरूलाई पाकिस्तानी सेनाको प्रतिनिधित्व गराइएको थियो। सशस्त्र सेनाका विभिन्न शाखामा बङ्गाली मूलका अधिकारीहरू सन् १९६५ सम्ममा कुल सेनाको ५ प्रतिशत मात्रै थिए। यी मध्ये केवल थोरै मात्रै सेनापतिको स्थानमा बहुमत प्राविधिक वा प्रशासकको भूमिकामा रहेको थियो। यस बाहेक पूर्वी पाकिस्तानमा अधिक सेनाको बाहुल्यता रहेता पनि यहाँका सेनाहरूले सैन्य खरिदको सुविधाबाट बञ्चित हुनु परेको थियो।[४७][४८] सन् १९६५ काश्मीरको भारत पाकिस्तान युद्धले बङ्गालीहरूमा सैनिक असुरक्षाको भावनालाई पनि प्रकाश पारेको थियो किनकि द्वन्द्वको क्रममा कुनै पनि भारतीय प्रतिरोधलाई असफल तुल्याउन पूर्व पाकिस्तानी सेनालाई खटाइएको थियो जसमा मात्र १५ लडाकु विमानहरू रहेका थिए।

वैचारिक र साँस्कृतिक भिन्नता[सम्पादन गर्ने]

सन् १९४७ मा बङ्गाली मुलका मुसलमानहरूले आफूलाई पाकिस्तानको मुसलमानको रूपमा चिनाएका थिए तर सन् १९७० को दशकमा पूर्वी पाकिस्तानका मानिसहरूले आफ्नो धार्मिक पहिचानलाई भन्दा बङ्गाली जातीयतालाई प्राथमिकता दिँदै धर्मनिरपेक्षता, लोकतन्त्र र समाजवाद जस्ता पश्चिमी सिद्धान्तहरू अनुसार समाजको चाहना गरेका थिए।[४९] धेरै बङ्गाली मुसलमानहरूले पाकिस्तानी राज्यले लगाएको इस्लामिक दृष्टान्तको कडा विरोध गरेका थिए।[५०] पश्चिम पाकिस्तानका शासक अभिजात वर्गका अधिकांश सदस्यहरू पनि उदार समाजवादी धारणा राख्नेहरूमा थिए तर पनि उनीहरूले साझा विश्वासलाई पाकिस्तानको सृष्टि र पाकिस्तानको बहु पहिचानलाई एकमा परिणत गर्ने गतिशील कारकको रूपमा बुझेका थिए।[५१][५२]

दुई पाकिस्तान बीचको साँस्कृतिक र भाषिक भिन्नताले कुनै पनि धार्मिक एकतालाई पछाडि पारेको थियो।[५३] बङ्गालीहरू आफ्नो संस्कृति र भाषामा ठूलो गर्व गर्थे जुन यसको बङ्गला लिपि र शब्दावली पश्चिमी पाकिस्तानी अभिजात वर्गलाई अस्वीकार्य थियो भने उनीहरू यसमा पर्याप्त हिन्दु सांस्कृतिक प्रभाव रहेको छ भनी।विश्वास गर्दथे। [५४] पश्चिम पाकिस्तानीहरू पूर्वीलाई 'इस्लामीकरण' गर्ने प्रयासमा बङ्गालीहरूले उर्दु भाषा अपनाउँदै बोलीचालीको भाषा बनाएको हेर्न चाहन्थे।[५४] भाषा आन्दोलनको घटनाले बङ्गालीहरूमा धर्मनिरपेक्ष आड लिइ राजनीतिको पक्षमा पाकिस्तानको साम्प्रदायिकतालाई त्याग्ने पक्षमा भावना उत्पन्न गराएको थियो भने आवामी लिगले यसको प्रचार प्रसार गर्न सुरु गर्दै पत्रिका मार्फत बङ्गाली पाठकहरूलाई धर्मनिरपेक्ष सन्देश प्रवाह गरेको थियो।[५५]

धर्मनिरपेक्षताको विषयमा आवामी लिगको यस कदम मुस्लिम लिगको भन्दा पृथक् थियो।[५६] सन् १९७१ मा पाकिस्तानको विरुद्ध बङ्गलादेशी मुक्ति सङ्ग्रामको नेतृत्व धर्मनिरपेक्षवादी नेताहरूले गरेका थिए र धर्मनिरपेक्षवादीहरूले बङ्गलादेशको विजयलाई धर्म केन्द्रित पाकिस्तानी राष्ट्रवादमा धर्मनिरपेक्ष बङ्गाली राष्ट्रवादको विजयको रूपमा स्वागत गरेका थिए।[५७] पाकिस्तानको सरकारले मुस्लिम राज्यको लागि प्रयत्न गर्दा बङ्गलादेशमा धर्मनिरपेक्ष स्थापना भएको थियो।[५८] बङ्गलादेशको विजय पछि आवामी लिगले धर्मनिरपेक्ष व्यवस्था निर्माण गर्ने प्रयास गर्दै पाकिस्तान समर्थक इस्लामी राजनैतिक दलहरूलाई राजनीतिक सहभागिताबाट प्रतिबन्ध लगाइदिएको थियो।[५९] पूर्वी पाकिस्तानी उलामाहरू पछि तटस्थ हुँदै पाकिस्तानी राज्यलाई समर्थन गरेका थिए भने पाकिस्तानको विच्छेद इस्लामको लागि हानिकारक हुनेछ भनी उनीहरूले आँकलन गरिसकेका थिए।

राजनीतिक भिन्नता[सम्पादन गर्ने]

७ मार्च १९७१ का दिन रेसकोर्स मैदानमा लाखौँ मानिसको अगाडि बोङ्गोबोन्धुले एक ऐतिहासिक भाषण दिएका थिए

पूर्वी पाकिस्तानले पाकिस्तान भरिको जनसङ्ख्याको धेरै हिस्सा ओगटेता पनि राजनीतिक शक्ति पश्चिम पाकिस्तानीको हातमा रहेको थियो। जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्ने स्पष्ट प्रणालीले पूर्वी पाकिस्तानमा राजनीतिक शक्ति केन्द्रित हुने भएकोले पश्चिम पाकिस्तानी प्रतिष्ठानले "एक इकाई" योजना ल्यायो जसले पश्चिमी पाकिस्तानलाई एउटा प्रदेश मानिन्थ्यो। सन् १९५१ मा पाकिस्तानको पहिलो प्रधानमन्त्री लियाकत आली खानको हत्या पछि पाकिस्तानको नयाँ राष्ट्रपतिलाई राजनीतिक शक्तिले परिवर्तन गर्न थाल्यो जसले पाकिस्तानको गणतन्त्र भए पछि गभर्नर जनरलको पदलाई प्रतिस्थापित गर्‍यो र अन्ततः सेनाले पनि प्रतिस्थापन गरेको थियो।[६०] सन् १९६४ मा पूर्वी पाकिस्तान आन्दोलनमा बङ्गाली हिन्दुलाई जातीय सफाया देखियो र सन् १९६९ को विरोध प्रदर्शनहरू पछि पाकिस्तानका राष्ट्रपति अयुब खानले राष्ट्रपति पदबाट राजिनामा दिएका थिए र पाकिस्तानी सरकारको प्रमुख पद सम्हाल्नका लागि पाकिस्तानी सेनाका प्रमुख याह्या खानलाई आमन्त्रण दिएका थिए जसकारण पछि याह्या खान पाकिस्तानको राष्ट्रपति बनेका थिए।

७ दिसेम्बर १९७० मा पाकिस्तानमा भएको पहिलो साधारण निर्वाचन पूर्वी पाकिस्तानको अवामी लिगको जित्न सफल भएको थियो जसले पूर्वी पाकिस्तान विधानसभामा १६९ मा १६७ सिटहरूका साथ पूर्ण बहुमत हासिल गर्‍यो र ३१३ सिटहरू भएको राष्ट्रिय विधानसभामा लगभग पूर्ण बहुमत प्राप्त गर्न सफल भएको थियो भने तात्कालिक समयमा अवामी लिगका नेता शेख मुजिबुर रहमान थिए। पाकिस्तान पिपल्स राजनितीक दलले पश्चिम पाकिस्तानमा राष्ट्रिय विधानसभामा ८१ सिटहरूको साथ अधिकांश मत जित्न सफल भएको थियो भने तात्कालिक समयमा उक्त राजनितीक दलका नेता जुलफिकार अली भुट्टो रहेका थिए।

अवामी लिगका नेता शेख मुजीबुर रहमानले छ बुँदे आन्दोलनको नेतृत्व गरेका थिए जसले पूर्वी पाकिस्तानका लागि अधिक स्वायत्ततामा जोड दिएको थियो। उनले बङ्गालीको शासनको अधिकारका लागि पनि वकालत गरेका थिए। ७ मार्च १९७१ मा शेख मुजीबुर रहमान सोहरावार्दी उद्यानमा भाषण दिएका थिए। यस भाषणमा उनले २५ मार्चको राष्ट्रियसभाको बैठकमा विचार गर्नुपर्ने थप चार बुँदे सर्त उल्लेख गरेका थिए जुन यस प्रकार छ:

  • सैनिक कानूनको तत्काल उठान गरिनु पर्ने
  • उनीहरूको सैनिक किल्लामा सबै सैनिक कर्मीहरूको तत्काल फिर्ता लिने
  • मृत्यु भएका मानिसहरूको जाँच गरिनु पर्ने
  • सभाको बैठक भन्दा अघि जनताको प्रतिनिधित्व गर्ने प्रतिनिधिलाई तत्काल शक्ति हस्तान्तरण गरिनु पर्ने

यही भाषणमा उनले पछि प्रत्येक घरलाई प्रतिरोधको किल्लामा परिवर्तन गर्न आग्रह गरेका थिए। "हाम्रो सङ्घर्ष हाम्रो स्वतन्त्रताको लागि हो। भन्दै उनले आफ्नो भाषण बन्द गरेका थिए जसले देशलाई यसको स्वतन्त्रताको लागि लड्न प्रेरित गर्‍यो। पछि जनरल टिक्का खानलाई पूर्वी बङ्गालको गभर्नर बन्न ढाका पठाइएको थियो तर पूर्व-पाकिस्तानी न्यायाधीशहरू, जस्टिस सिद्दिक लगायतले उनको शपथ लिन अस्वीकार गरिएका थिए। अर्कोतर्फ पश्चिम पाकिस्तानमा पाकिस्तान पिपुल्स राजनितीक दल र राष्ट्रपति याह्या खान सरकारमा पूर्वी पाकिस्तानबाट एक पार्टी हुनको पक्षमा थिएनन् जसकारण विधानसभा सत्र आयोजना गरिएको थिएन। पूर्वी पाकिस्तान बङ्गालीहरू र बहु-जातीय पश्चिम पाकिस्तानिहरूको बीच पाकिस्तानको संविधान र शासनको अधिकारको मुद्दाले अन्तत पूर्वी पाकिस्तानमा अशान्ति मच्चाएको थियो जसले केही समयमै गृह युद्धको रूप लिएको थियो। पूर्वी पाकिस्तानमा पश्चिमी पाकिस्तानको समर्थन गर्नेहरूमा बिहारी समुदायलाई मार्च १९७१ को सुरुवात दिनमा एक दङ्गाको समयमा चट्टोग्राममा बङ्गाली मानिसहरूद्वारा लगभग ३०० बिहारीहरूको हत्या गर्नको परिणामस्वरूप भएको असन्तुष्टीको प्रकोपको सामना गर्नु परेको थियो। चट्टोग्राममा भएको एक दङ्गाका कारण कयौँ बिहारीहरूको मृत्यु भएपछि पश्चिम पाकिस्तानले बिहारी नरसंहारको उपयोग गर्दै यस महिनाको २५ तारिखमा पूर्वी पाकिस्तानमा सेना तैनात गरेको थियो जसको नेतृत्व टिक्का खानले गरेका थिए जुन पछि उनको उत्तरदायित्व अन्तर्गत भएको अत्याचार र हत्याको लागि उनी "बङ्गालीको हत्यारा" को रूपमा परिचित भएका थिए बङ्गाली राष्ट्रवादी आन्दोलनलाई प्रतिबन्धित गर्नका र निरुत्साहित गर्नका लागि पाकिस्तानी सेनाले २६ मार्च १९८१ देखि २५ मे १९७१ ‘अपारेशन सार्चलाइट’ एक सुनियोजित सैन्य कार्वाहीको सुरुवात गरेका थिए।[६१] यस सैन्य कार्वाहीले पहिलो फेब्रुअरी सन् १९७१ मा राष्ट्रपति याह्या खानले पूर्वी पाकिस्तानमा रहेका तीन लाख मानिसहरूको हत्या गर्नका लागि आदेश दिएका थिए र चुनावमा अत्याधिक बहुमतका कारण विजयी भएको पूर्वी पाकिस्तानको अवामी लिगलाई सरकारले रद्द गर्दै मार्च महिनाको अन्तिम दिनहरू तिर प्रधानमन्त्री पदका उम्मेदवार शेख मुजीबुर रहमानलाई गिरफ्तार गरी पश्चिम पाकिस्तान लिएर गएका थिए जबकि पार्टी का अन्य सदस्य र सहानुभूति राख्ने मानिसहरू पूर्वी पाकिस्तान भागेका थिए।

सन् १९७० को चक्रवात[सम्पादन गर्ने]

सन्‌ १९७० मा भोला नामक एक चक्रवातले पूर्वी पाकिस्तानको तटवर्ती क्षेत्रमा नोभेम्बर १२ को साँझको समयमा आँधीको प्रभाव परेको थियो जसकारण अनुमानित ३ देखि ५ लाख मानिसहरूको मृत्यु भएको थियो।[६२] यद्यपि सहि मृत्यु हुनेहरूको सङ्ख्या थाहा भएको थिएन।[६३] यो इतिहासमै सबैभन्दा घातक उष्णकटिबन्धीय चक्रवात मानिन्छ। आँधीको एक हप्ता पछि सरकारले विपत्तिको परिमाण बुझ्न नसक्दा राहत कार्यहरूलाई सम्बोधन गर्न ढिलाइ भएको भनी राष्ट्रपति खानले स्वीकार गरेका थिए।[६४]

पूर्वी पाकिस्तानका ११ राजनीतिक नेताहरूद्वारा जारी एक बयान चक्रवातको दश दिन पछि जारी गरिएको थियो जसले सरकारलाई घोर उपेक्षा, कठोर र पूर्ण उदासीनताका आरोप लगाएको थियो।[६५] उनीहरूले राष्ट्रपति माथि समाचार नबनाइएको समस्याको परिमाणलाई कम गर्नेहरूको पनि आरोप लगाएका थिए। १९ नोभेम्बरमा विद्यार्थीहरूले सरकारले प्रतिक्रिया दिनलाई ढिलासुस्ती गरेको भन्दै ढाकामा एक विरोध र्‍यालिको आयोजना गरेका थिए।[६६] आब्दुल हामिद खान भसानीले २४ नोभेम्बरमा ५० हजार मानिसहरूको एक र्‍यालीलाई सम्बोधित गरेका थिए जहाँ उनले राष्ट्रपति माथि अक्षमताको आरोप लगाउँदै उनको राजिनामा माग गरेका थिए।

मार्चमा पूर्वी र पश्चिम पाकिस्तान बीचको द्वन्द्व बढ्दै जाँदा राहत कार्यमा संलग्न दुई सरकारी सङ्गठनहरूको ढाका कार्यालयहरू कम्तीमा दुई हप्तासम्म बन्द भएका थिए।[६७] पहिलो साधारण हडताल गरेर र त्यसपछि पूर्वी पाकिस्तानमा सरकारी काममा प्रतिबन्ध लगाएर आवामी लिग तनावको यो वृद्धिसँगै हिंसाको डरले विदेशी कामदारहरूलाई बाहिर निकालिदिएको थियो।[६८] राहत क्षेत्रमा काम जारी रहेतापनि दीर्घकालीन योजनालाई कटौती गरिएको थियो। यो द्वन्द्व डिसेम्बरमा बङ्गलादेशको स्वतन्त्रता युद्धमा विस्तार भई बङ्गलादेशको स्थापनासँगै समाप्त भएको थियो। भोला चक्रवात यस्तो प्राकृतिक विपत बन्यो जसले गृहयुद्धलाई सघाउन मद्दत गरेको थियो।

मुजिबुर-याह्या बैठक[सम्पादन गर्ने]

जब पूर्वी पाकिस्तानका मानिसहरू स्वतन्त्रताको खोजीमा थिए तब याह्या खान ढाका आउँदै सरकार गठन गर्ने र सत्ता हस्तान्तरण गर्ने सम्बन्धमा शेख मुजिबसँग छलफल गर्न सुरु गरेका थिए। तर सोही समयमा पश्चिम पाकिस्तानी सेनाले पूर्वी पाकिस्तानमा नरसंहार गर्ने तयारी गरिरहेको थियो। बलूचिस्तानका हत्यारा भनेर चिनिने जनरल टिक्का खानलाई पूर्वी पाकिस्तानको गभर्नरका रूपमा ढाका पठाइएको थियो तर पूर्व-पाकिस्तानी न्यायाधीशहरू, जस्टिस सिद्दिक लगायतले उनको शपथ लिन अस्वीकार गरेका थिए। पश्चिम पाकिस्तानबाट पछि भारि मात्रामा सेना र हतियारहरू पूर्वी पाकिस्तानमा ल्याउन सुरु गरिएको थियो। मार्च १० देखि १३ मार्चको बीचमा पाकिस्तान एअरलाइन्सले पूर्वी पाकिस्तानमा "सरकारी यात्रीहरू" ढुवानी गर्न सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको थियो। प्राय: ती सबै "सरकारी यात्रीहरू" सेता पोशाक लगाएका पश्चिम पाकिस्तानी सैनिकहरू थिए। गोला बारुद र हतियारले भरिएको एमभी स्वाट नामक पाकिस्तानी पानीजहाज चट्टोग्रामको बन्दरगाहमा ल्याइएको थियो तर बन्दरगाहामा काम गर्नेहरूले सामानहरू उतार्न अस्वीकार गरेका थिए। पूर्वी पाकिस्तान राइफल्स नामक एक समूहले बङ्गाली प्रदर्शनकारीहरूलाई गोली हान्न अस्वीकार गरे जसकारण बङ्गाली सेनाले विद्रोहको सुरुवात गरेका थिए। धेरै आशाहरूको बाबजुद पनि, मुजिबुर-याह्या बैठक असफल बनेको थियो। मार्च २५ को रात पाकिस्तानी राष्ट्रपति याह्या खानले पश्चिम पाकिस्तानी सेनालाई पूर्वी पाकिस्तान र सर्वसाधारणहरूलाई मार्नका लागि हरित सङ्केत दिँदै साँझ तिर पश्चिम पाकिस्तानको लागि प्रस्थान गरेका थिए।

अपारेशन सार्चलाइट[सम्पादन गर्ने]

बङ्गाली राष्ट्रवादी आन्दोलनलाई प्रतिबन्धित गर्न र निरुत्साहित गर्नका लागि पाकिस्तानी सेनाले २६ मार्च १९८१ देखि २५ मे १९७१ ‘अपारेशन सार्चलाइट’ नामक एक सुनियोजित सैन्य कार्वाहीको सुरुवात गरेका थिए भने उक्त सैन्य कार्वाहीले एक महिनाको भित्रै पूर्वी पाकिस्तानका केही प्रमुख सहरहरूमा रहेका सबै राजनैतिक दल तथा सेनाहरूलाई त्यहाँबाट हटाएका थिए।[६९] पाकिस्तानी राज्यले मार्चको सुरुमा बङ्गालीहरूलाई बिहारी विरोधी हिंसाको (जो पश्चिम पाकिस्तानका समर्थक थिए) आधारमा अपारेशन सार्चलाइट सुरु गर्न औचित्य प्रमाणित गरेको थियो।[७०] उक्त सैन्य कार्वाही हुनु भन्दा अगाडि सबै विदेशी पत्रकारहरूलाई योजनाबद्ध रूपमा पूर्वी पाकिस्तानबाट हटाइएको थियो।[७१][७२] [७३]

সামরিক বাহিনীর বড় বড় অফিসারদের নিয়ে বৈঠকে ইয়াহিয়া খান ঘোষণা করেন "তিরিশ লক্ষ বাঙালিকে হত্যা করো, তখন দেখবে বাকিরা আমাদের হাত চেটে খাবে।" সে পরিকল্পনা মতোই ২৫ মার্চ রাতে পাকিস্তানি সেনাবাহিনী অপারেশন সার্চলাইট আরম্ভ করে যার উদ্দেশ্য ছিল বাঙালি প্রতিরোধ গুঁড়িয়ে দেয়া। এরই অংশ হিসাবে সামরিক বাহিনীর বাঙালি সদস্যদের নিরস্ত্র করে হত্যা করা হয়, ছাত্র ও বুদ্ধিজীবীদের নিধন করা হয় এবং সারা বাংলাদেশে নির্বিচারে সাধারণ মানুষ হত্যা করা হয়।

अपारेशन सार्चलाइटको मुख्य चरण मध्य मे महिनामा बङ्गालीले अन्तिम प्रमुख सहरहरूमा कब्जा जमाएपछि समाप्त भएको थियो। यस सैन्य कार्वाहीले सन् १९७१ को बङ्गलादेश नरसंहार पनि सुरु गरेको थियो।[७४] यस्ता सैन्या कार्वाही र नरसंहारले बङ्गालीहरूलाई स्वतन्त्रताका लागि थप कडा रूपमा प्रस्तुत हुन प्रेरित गर्‍यो जसको फलस्वरूप त्यही वर्ष पूर्वी पाकिस्तानमा पश्चिम पाकिस्तानबाट छुट्टिएर बङ्गलादेशको रूपमा स्थापित भएको थियो।[७५] बङ्गलादेशी सञ्चार माध्यम र अङ्ग्रेजीमा रहेका सन्दर्भ पुस्तकहरूले आकस्मिक तथ्या प्रकाशित गरेका थिए जसले ढाकमा ३,००० देखि ३५ हजार र पुरै बङ्गलादेश भरी २,००,००० देखि ३०,००,००० को बीच मानिसहरूको मृत्यु भएको आँकलन गरिको थियो।[७६] यद्यपि बेलायती मेडिकल जर्नल सहित स्वतन्त्र अनुसन्धानकर्ताहरूले यो तथ्या १,२५,००० देखि ५,०५,००० को बीच रहेको भन्दै तथ्य सार्वजनिक गरेका थिए।[७७] अमेरिकी राजनीतिक वैज्ञानिक रुडोल्फ रुम्मेले १५ लाख व्यक्तिको मृत्यु भएको भनि भनाइ सार्वजनिक गरेका थिए। अपारेशन सार्चलाइटलाई भयानक नरसंहारको संज्ञा दिइएको थियो।

यस हिंसा प्रान्तीय राजधानी ढाकामा केन्द्रित भए पनि यसले पूर्वी पाकिस्तानको सबै भागलाई असर गरेको थियो। ढाका विश्वविद्यालयका आवासीय छात्रवासहरू विषेश रूपमा आक्रमण लक्षित थिए।[७८] पछि पाकिस्तान सेनाले ढाका विश्वविद्यालयलाई चारै तर्फबाट घेरा हाली त्यहाँ उपस्थित विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सामूहिक हत्या गरेका थिए। जगन्नाथ हल नामक एक हिन्दु आवसीय हललाई पाकिस्तानी सशस्त्र सेनाले ध्वस्त पार्दै त्यहाँका ६०० देखि ७०० जनाको सामूहिक हत्या गरेका थिए।[७९] यस सैन्य कार्वाहीले पहिलो फेब्रुअरी सन् १९७१ मा राष्ट्रपति याह्या खानले पूर्वी पाकिस्तानमा रहेका तीन लाख मानिसहरूको हत्या गर्नका लागि आदेश दिएका थिए र चुनावमा अत्याधिक बहुमतका कारण विजयी भएको पूर्वी पाकिस्तानको आवामी लिगलाई सरकारले रद्द गर्दै मार्च महिनाको अन्तिम दिनहरू तिर प्रधानमन्त्री पदका उम्मेदवार शेख मुजिबुर रहमानलाई गिरफ्तार गरी पश्चिम पाकिस्तान लिएर गएका थिए।[८०]

सन् १९७१ को नरसंहार[सम्पादन गर्ने]

पूर्वी पाकिस्तानमा यो नरसंहार २६ मार्च १९७१ मा अपारेशन सार्चलाइट नामक एक सैन्य कार्वाहीको सँगसँगै सुरु भएको थियो। यसद्वारा बङ्गालीको आत्मनिर्णयको अधिकारको मागलाई दबाउन र बङ्गालीहरूलाई स्वतन्त्रता आन्दोलन गर्नबाट निरुत्साहित गर्नका लागि तत्कालीन पश्चिम पाकिस्तानले पूर्वी पाकिस्तान माथि सैनिक कार्वाही सुरु गरेको थियो। यस नरसंहार चलिरहँदा पूर्वी पाकिस्तानका सर्वसाधारणहरूले स्वतन्त्रता युद्धको सुरुवात गरेका थिए जसलाई बर्बरतापूर्वक दबाउनका लागि पश्चिम पाकिस्तानी सेना र जमाते इस्लामी नामक एक कट्टर इस्लामी लडाकु दलले भयानक नरसंहार गरेका थिए जसमा ३ लाखदेखि ३० लाखसम्म अनुमानित सङ्ख्यामा सर्वसाधारणहरूको हत्या गरिएको थियो। यस नरसंहार चलिरहँदा २ लाखदेखि ४ लाखको बीच बङ्गाली महिला तथा युवतीहरू पश्चिम पाकिस्तानी सेनाद्वारा बलात्कृत भएका थिए।।महिलाहरूको विरुद्ध गरिएको अपराधहरूलाई जमाते इस्लामीको समर्थन प्राप्त थियो। जमाते इस्लामका नेताहरूले बङ्गाली महिलाहरू 'सार्वजनिक सम्पत्ति' हुन् भनि घोषणा गरेका थिए। यस सैन्य कार्वाही तथा सङ्घर्षका कारण ८० लाखदेखि १ करोड मानिसहरू पूर्वी पाकिस्तानबाट भागेर छिमेकी देश भारतमा शरणार्थीको रूपमा शरण लिएका थिए जसमा अधिकांश हिन्दु धर्मवलम्बी थिए। यसै समय बङ्गाला र उर्दु भाषी बिहारीको बीच पनि दङ्गाको सुरुवात भएको थियो।

स्वतन्त्रता घोषणा[सम्पादन गर्ने]

शेख मुजिबुर रहमानले बङ्गलादेश पश्चिम पाकिस्तानबाट स्वतन्त्रत हुनु भन्दा अगाडिनै बङ्गलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए।

सन् १९७१ मार्च ३१ का दिन बङ्गोबोन्धु शेख मुजिबुर रहमानको तर्फबाट जियाउर रहमानले बङ्गलादेशका जनतालाई औपचारिक रूपमा चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट स्वतन्त्रता युद्धमा भाग लिन आग्रह गरेका थिए।[८१] सन् १९७१ मार्च २५ को आधी रातमा (लगभग बिहानको १:३० बजे तिर) शेख मुजिबुर रहमानलाई पाकिस्तानी आक्रमणकारीहरूले पक्राउ गरेका थिए भने पक्राउ पर्नुभन्दा केही समय अघि २५ मार्च बिहानको १२ बजेतिर उनले बङ्गलादेशको स्वतन्त्रता घोषणा पत्रमा हस्ताक्षर गरेका थिए जसलाई प्रसारण गर्न चट्टोग्रामको तत्कालीन इपिआर प्रसारण केन्द्रमा पठाइएको थियो।[८२] २६ मार्चका दिन बेलाल मोहाम्मद, आबुल कासिम र चट्टोग्राम रेडियो केन्द्रका केही अन्य अधिकारीहरू र स्थानीय आवामी लिगका नेता एमए हान्नानले सर्वप्रथम भाषण गर्दै शेख मुजिबको स्वतन्त्रताको घोषणालाई प्रचार गरेका थिए।[८३] २६ मार्चमा तत्कालीन पाकिस्तान सेनाका बङ्गाली अधिकारी मेजर जियाउर रहमानले चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट बङ्गलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए।[८४]

এটাই হয়ত আমার শেষ বার্তা, আজ থেকে বাংলাদেশ স্বাধীন। আমি বাংলাদেশের মানুষকে আহ্বান জানাই, আপনারা যেখানেই থাকুন, আপনাদের সর্বস্ব দিয়ে দখলদার সেনাবাহিনীর বিরুদ্ধে শেষ পর্যন্ত প্রতিরোধ চালিয়ে যান। বাংলাদেশের মাটি থেকে সর্বশেষ পাকিস্তানি সৈন্যটিকে উৎখাত করা এবং চূড়ান্ত বিজয় অর্জনের আগ পর্যন্ত আপনাদের যুদ্ধ অব্যাহত থাকুক।

शेख मुजिबुर रहमानको घोषणा पत्र टेलिग्राम मार्फत चट्टोग्राका केही विद्यार्थीसम्म पुगेको थियो। उक्त सन्देशलाई बङ्गलामा अनुवाद डा मञ्जुला अनवरले गरेका थिए।[८५] केही विद्यार्थीहरूले पाकिस्तान प्रसारण निगमको नजिक एबटआबाद स्टेसनबाट सन्देश प्रसारित गर्नका लागि उच्च अधिकारीहरूबाट अनुमति प्राप्त गर्न विफल रहेका थिए।[८६] तर यस सन्देशलाई केहीपटक स्वतन्त्र स्वाधीन बाङ्ला रेडियो केन्द्र कलुरघाटमा केही विद्रोही बङ्गाली रेडियो कार्यकर्ताहरूद्वारा स्थापित गरिएको थियो। पछि उक्त रेडियो स्टेसनलाई सुरक्षा प्रदान गर्न र उक्त घोषणालाई पढ्न प्रमुख अधिकारी जियाउर रहमानलाई आग्रह गरिएको थियो। जियाउर रहमानले शेख मुजिबुर रहमानको तर्फबाट बङ्गलादेश स्वतन्त्र भएको भन्दै घोषणा गरेका थिए। कलुरघाट रेडियो स्टेसनको प्रसारण क्षमता सीमित थियो तर सन्देश बङ्गालको खाडीमा रहेको एक जापानी जहाजद्वारा पुनः प्रसारण गरिएको थियो र त्यसपछि रेडियो अस्ट्रेलिया र पछि बीबीसीद्वारा पनि यस समाचारलाई प्रसारण गरिएको थियो।[८७][८८][८९] सन् १९७१ मार्च २७ को यो घोषणाले बङ्गलादेशी भूमिमा ९ महिनासम्म चलेको स्वतन्त्रताको रक्तपातपूर्ण युद्धको सुरूवात गर्दछ।[९०]

আমাদের মহান নেতা, বাংলাদেশের সর্বাধিনায়ক শেখ মুজিবুর রহমানের হয়ে আমি বাংলাদেশের স্বাধীনতা ঘোষণা করছি। এটি আরও ঘোষণা করা হচ্ছে যে বাংলাদেশের সাড়ে সাত কোটি জনগণের নির্বাচিত জনপ্রতিনিধিদের একমাত্র নেতা হচ্ছেন শেখ মুজিবুর রহমান। আমি সেই কারণে আমাদের মহান নেতা শেখ মুজিবুর রহমানের হয়ে বিশ্বের সকল গণতান্ত্রিক রাষ্ট্র বিশেষ করে বৃহৎ বিশ্ব ও প্রতিবেশীদের কাছে কার্যকারী পদক্ষেপ নেয়ার জন্য অনুরোধ করছি। পাকিস্তানের সেনাবাহিনীর হামলার ফলে ভয়াবহ গণহত্যা শুরু হয়েছে। অধিকাংশ জনগণের বৈধভাবে নির্বাচিত জনপ্রতিনিধি নিপীড়নকারী, এটি একটি ক্রূর কৌতুক ও মিথ্যা অপবাদ যার কাউকে বোকা বানানো উচিত নয়। বিরোধ নিষ্পত্তির ক্ষেত্রে প্রধান পদক্ষেপগুলোর মধ্যে প্রথম হতে হবে নিরপেক্ষতা, দ্বিতীয় শান্তি এং তৃতীয় সকলের সাথে বন্ধুভাবপন্ন ও কারো সম্বন্ধে অজ্ঞানতা নয়। ─ আল্লাহ্ সহায় হোক, জয় বাংলা।

२६ मार्च १९७१ को दिनलाई बङ्गलादेशको आधिकारिक स्वतन्त्रता दिवसको रूपमा लिइन्छ।[९१] जुलाई १९७१ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पुरानो पूर्वी पाकिस्तानलाई बङ्गलादेश भनेर जनसमुदाय समक्ष उल्लेख गरेकी थिइन् तर केही पाकिस्तानी र भारतीय अधिकारीहरूले १६ डिसेम्बर १९७१ सम्म पनि "पूर्वी पाकिस्तान"कै नाम प्रयोग गरिरहेका थिए।[९२][९३]

स्वतन्त्रता युद्ध[सम्पादन गर्ने]

अस्थायी सरकार गठन[सम्पादन गर्ने]

सन् १९७१ अप्रिल १७ का दिन बङ्गलादेशको अस्थायी सरकार कुष्टिया जिल्लाको मेहेरपुर उपविभाग (हाल जिल्ला) वैद्यनाथला अन्तर्गत भाबेरपारा (हालको मुजिबनगर) गाउँमा स्वतन्त्रा युद्ध गर्नका लागि औपचारिक रूपमा स्थापना भएको थियो। शेख मुजिबुर रहमानको अनुपस्थितिमा उनलाई राष्ट्रपति बनाई अस्थायी सरकारको गठन गरिएको थियो भने तत्कालीन समयमा सैयल नजरुल इस्लामले कार्यवाहक राष्ट्रपतिको रूपमा र ताजउद्दसन अहमदले प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। बङ्गलादेशको पहिलो सरकारले स्थानीय र विदेशी पत्रकारहरूको अगाडि शपथ लिँदै आधिकारिक रूपमा आफ्नो कर्तव्य सुरु पालन गर्न सुरु गरेको थियो। शपथ ग्रहण समारोहमा स्वतन्त्रताको घोषणा पत्र पढेर बङ्गलादेशलाई मार्च २६ देखि औपचारिक रूपमा एक स्वतन्त्र सार्वभौम राज्यको रूपमा घोषणा गरिएको थियो।

सन् १९७१ को अस्थायी बङ्गलादेश सरकारका मन्त्री परिषद्का सदस्यहरू

अगस्ट महिना लगत्तै बङ्गलादेशका विभिन्न भागमा अधिक सङ्ख्यामा स्वतन्त्रता सेनानीले (मुक्तिवाहिनी) पाकिस्तानी सेना र त्यसका सहयोगी दलहरू माथि आक्रमण गर्न सुरु गरेका थिए। बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुले पाकिस्तानी सैन्य आधरदेखि लिएर सैन्य प्रतिष्ठानहरू, सडकहरू, पुलहरू आदि जस्ता स्थानहरूमा पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए। पछि बङ्गलादेशी लडाकुहरूले छापामार आक्रमण गर्न सुरु गरेका थिए। १६ अगस्त १९७१ मा मुक्तिवाहिनीको नौसेना सेनापतिले अपारेशन ज्याकपटको माध्यमबाट चट्टोग्राम बन्दरगाहमा कयौँ युद्धजहाजहरूलाई ध्वस्त पारेका थिए। विस्तारै विस्तारै बङ्गलादेशको विभिन्न स्थान पश्चिम पाकिस्तानबाट स्वतन्त्र हुँदै गएको थियो।

मार्चदेखि जुन महिनासम्मको युद्ध[सम्पादन गर्ने]

बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरू देशको सम्पूर्ण स्थानमा फैलिएको बसेका थिए तर उक्त सेनाले पाकिस्तानी सेनालाई सहर प्रवेश गर्नबाट प्रतिरोध गर्नु सहज थिएन र प्रतिरोधी कार्यहरू लामो समयसम्म हुने आशा गरिएको थिएन। यद्यपि जब पाकिस्तानी सेनाहरू विभिन्न स्थानमा छरिन थाले, त्यसपछि बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी सेनालाई केही स्थानहरूमा प्रतिरोध गर्न सफल बनेका थिए भने उनीहरू थप सक्रियता पूर्वक विभिन्न स्थानमा छरिएका थिए।[९४] पाकिस्तानी सेनाले उनीहरूलाई विभिन्न स्थानमा आक्रमण गर्न खोज्दा बङ्गाली सेनाको बढ्दो सङ्ख्याले यस भूमिगत बङ्गलादेशी सेना लाई असक्षम तुल्याएको थियो। पछि विभिन्न स्थानमा रहेका यस्ता लडाकुहरू विस्तारै मुक्तिवाहिनीमा विलय हुँदै गए पछि उनीहरूका लागि हातहतियार भारतबाट आयात गरिएको थियो। पाकिस्तानले पछि दुई विभागहरूमा हवाईयात्राका साथ आफ्नो सेनाको पुनर्गठन गरेको थियो। पाकिस्तानी सेनाले राजाकार, अल-बद्रस र अल-शमश (अधिकांश मुस्लिम लिग र अन्य इस्लामी समूहका सदस्य) र स्वतन्त्रताको विरोध गर्ने अन्य बङ्गालीहरू र विभाजनको समयमा बसोबास गर्ने बिहारी मुसलमानको अर्धसैन्य बल पनि खडा गर्न सफल भएका थिए। ढाकामा भएको नरसंहार पछि पाकिस्तानी सैन्य बलले १० अप्रिलसम्म पुरै बङ्गलादेशलाई आफ्नो कब्जामा लिने योजना बनाएका थिए तर बङ्गलादेशी सेनाका सदस्यहरू, विद्यार्थी र सर्वसाधारणहरूले पाकिस्तानी सेनालाई प्रतिरोध गर्न सुरु गरेका थिए। चट्टोग्राममा बङ्गाली सेनाका सदस्यहरूले विद्रोह गर्दै सहरका ठूला भूभागहरूमा नियन्त्रण प्राप्त गर्न सफल भएका थिए। चट्टोग्राम सहरमा नियन्त्रण पाउनका लागि बङ्गाली सेनाले पाकिस्तानी सेना विरुद्ध निकै सङ्घर्ष गर्नु परेको थियो। कुष्टिया, पाबना, बगुडा, दिनाजपुर र अन्य जिलहरूमा पनि बङ्गाली सेनाले विद्रोह गर्दै उक्त स्थानहरूलाई नियन्त्रणमा लिएका थिए।[९५] पाकिस्तानी सेनाले पछि अधिक सङ्ख्यामा सेना र हातहतियारसहित थुप्रै क्षेत्रहरूमा कब्जा गरेका थिए। मार्च महिनाको अन्त्यतिर पाकिस्तानी सेनाहरू बङ्गलादेशका विभिन्न गाउँहरूमा पुगेर आतङ्क मच्चाउन सुरु गरेका थिए।

सन् १९७१ अप्रिल १७ का दिन बङ्गलादेशको अस्थायी सरकार कुष्टिया जिल्लाको मेहेरपुर उपविभाग (हाल जिल्ला) वैद्यनाथला अन्तर्गत भाबेरपारा (हालको मुजिबनगर) गाउँमा स्वतन्त्रा युद्ध गर्नका लागि औपचारिक रूपमा स्थापना भएको थियो।[९६] शेख मुजिबुर रहमानको अनुपस्थितिमा उनलाई राष्ट्रपति बनाई अस्थायी सरकारको गठन गरिएको थियो भने तत्कालीन समयमा सैयल नजरुल इस्लामले कार्यवाहक राष्ट्रपतिको रूपमा र ताजउद्दसन अहमदले प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। पाकिस्तानी सेना र बङ्गाली मुक्तिबहिनीको बिचमा बीचको बढ्दो युद्धका कारण अनुमानित १ करोड बङ्गालीहरूले भारतीय राज्य असम र पश्चिम बङ्गालमा शरण लिएका थिए।

जुनदेखि सेप्टेम्बरसम्मको युद्ध[सम्पादन गर्ने]

बङ्गलादेशी सेनाको एक समूह ११ जुलाईमा गठन गरिएको थियो जसमा मुहम्मद आताउल गनि ओसमानीलाई मन्त्रिमण्डलको एक सदस्यको रूपमा सेनापति घोषित गरिएको थियो भने आब्दुर रबलाई प्रमुख सेनानीको भूमिकामा राखिएको थियो।[९७] त्यस्तैगरि आब्दुल करिम खन्दोकारलाई कर्मचारीहरूको उपप्रमुख र एआर चौधुरीलाई सहायक प्रमुखको भूमिकामा खटाइएको थियो। द्वन्द्वका बेला मुक्तिवाहिनीको भूमिकाबारे सेनापति ओसमानी भारतीय नेतृत्वसँग असहमत थिए।[९८][९९] भारतीय नेतृत्वले सुरुमा ८,००० बङ्गाली सेनाहरूलाई सैनिक प्रशिक्षण दिने कल्पना गरेका थिए।

जुलाईमा बङ्गलादेशलाई ११ क्षेत्रहरूमा विभाजन गरिएको थियो जसमा प्रत्येक क्षेत्रहरूमा एक सेनापति र उनको समूहहरूलाई खटाइएको थियो जो पाकिस्तानी सेनाद्वारा सेनापदबाट निकालिएको थियो भने उनीहरू बङ्गलादेश स्वतन्त्रता युद्धमा प्रशिक्षकको भूमिका सम्हाल्दै मुक्तिवाहिनीमा सामेल भएका थिए। उनीहरूको अधिकांश प्रशिक्षण शिविर सीमा क्षेत्र वरिपरिका क्षेत्रहरूमा हुन्थ्यो उक्त शिविर भारतको सहायताबाट सञ्चालित थियो।[१००] १०औँ क्षेत्र ओसमानीको अधिनमा राखिएको थियो जसमा नौसेना सेनापति र कर्णेलहरूको विशेष बल सामेल थिए। मुक्ति युद्धका लागि अनुमानित १ लाख सैनिकहरूलाई प्रशिक्षण दिइएको थियो। जुन र जुलाई महिनाको बीच मुक्तिवाहिनीले अपारेशन ज्याकपट नामक एक सैन्य कार्वाहीको सुरुवात गरेका थिए भने उक्त सैन्य कार्वाहीको माध्यमबाट भारतीय सहायताको साथ सीमामा सेनाको पुनः सङ्गठित गर्न सफल हुँदै सीमामा २,००० देखि ५,००० लडाकुहरूलाई पठाउन सुरु गरेका थिए। पछि विभिन्न कारणहरूले गर्दा (उचित प्रशिक्षणको अभाव, आपूर्तिको अभाव, बङ्गलादेश भित्र उचित समर्थन सञ्जालको अभाव) मुक्तिवाहिनी आफ्नो उद्देश्य प्राप्त गर्न असफल भएको थिए।[१०१] बङ्गाली नियमित सैन्य बलले मयमनसिङ्ह, कुमिल्ला र सिलेटमा पाकिस्तानी सेना माथि आक्रमण गरेका थिए।

छापामार आक्रमण प्रशिक्षणको समयमा केही बेरका लागि स्थगित भएता पनि त्यसलाई पुनः निरन्तर दिइएको थियो।[१०२] स्वतन्त्रता वाहिनीले पछि ढाकाका आर्थिक र सैन्य किल्लाहरूमा आक्रमण गरेका थिए जसको सफलताको प्रमुख कारण अपारेशन ज्याकपट थियो। [१०३] मुक्तिवाहिनीद्वारा सञ्चालन अपारेशन ज्याकपट नामक एक सैन्य कार्वाहीले १५ अगस्ट १९७१ मा चट्टोग्राम, मोङ्ला, नारायनगञ्ज र चाँदपुरमा रहेका पाकिस्तानी सेनाका पानी जहाजहरूमा बम बारुद खसाली ध्वस्त पारेका थिए जसकारण थुप्रै पाकिस्तानी सेना मारिएका थिए।[१०४]

रणभूमि संरचना[सम्पादन गर्ने]

বাংলাদেশের স্বাধীনতা যুদ্ধে সেক্টরসমূহের তালিকা

क्षेत्र सङ्ख्या १

यस क्षेत्रमा चट्टोग्राम सहर, चट्टोग्राम पर्वतीय जिल्ला, नोवाखली जिल्लामा मुहुरी नदीको पूर्वका क्षेत्रहरू सामेल थिए। यस क्षेत्रको प्रधानकार्यालय हरिनामा रहेको थियो। यस क्षेत्रका प्रमुख पहला मेजर जियाउर रहमान र त्यसपछि मेजर रफिकुल इसलाम थिए। यस क्षेत्रका पाँच उपक्षेत्र (सेनापतिहरूको नाम सहित); ऋषिमुख (कप्तान शमसुल इस्लाम), श्रीनगर (कप्तान मतीउर रहमान र पछि कप्तान माहफुजुर रहमान), मनुघाट (कप्तान माहफुजुर रहमान), तबलछडी (सबेदार आली होसेन) र दीमागिरी (एक सुबेदार) थिए। लगभग दस हजार स्वतन्त्रता सैनिकहरूले यस क्षेत्रको स्वतन्त्रताका लागि युद्ध लडेका थिए जसमा प्रहरी, सेना, नौसेना र वायु सेनाका लगभग दुई हजार नियमित सैनिक र लगभग आठ हजार मानिसहरू रहेका थिए।

क्षेत्र सङ्ख्या २

यस क्षेत्रमा ढाका, कुमिल्ला, फरिदपुर र नोवाखाली जिल्ला सामेल थिए। यस क्षेत्रको प्रधान कार्यालय अगरतला भन्दा २० माइल दक्षिणमा मेलाघरमा थियो।यस क्षेत्रका सेनापति सुरुमा मेजर खालिद मुशर्रफ र पछि मेजर एमटिएम हायदर बनेका थिए। यस क्षेत्रका लागि लगभग ३५,००० लडाकुहरू युद्धमा होमिएका थिए भने नियमित सैन्य बलको सङ्ख्या लगभग ६ हजार थियो। यस क्षेत्रका छ उपक्षेत्रहरू (सेनापतिहरूको नाम सहित); गङ्गासागर, अखाउडा र कसबा (माहबुब पछि सेनानी फारूक र सेनानी हुमायुन कबीर), मन्दभार (कप्तान गाफफार), शालदान्दी (आब्दुस सालेक चौधुरी), मतिनगर (सेनानी दिदारुल आलम), निर्भयपुर (कप्तान आकबर पछि सेनानी माहबुब), र राजनगर (कप्तान जफर इमाम पछि कप्तान सहिद र सेनानी इमामुज्जमाज) थिए। यस क्षेत्रमा सैन्य बल परिचालन गरेको परिणाम स्वरूप कुमिल्ला र फेनीको बीच ढाका-चट्टोग्राम राजमार्गबाट पाक सेनालाई सम्पूर्ण रूपमा निस्कासित गरिएको थियो भने यस क्षेत्र बङ्गलादेशको स्वतन्त्रता युद्धभरी स्वतन्त्रता सेनानीहरूको कब्जामा रहेको थियो। यस क्षेत्रमा परिचालित सैन्य बलको मुख्य सफलताहरू मध्ये एक बलोनिया सुचिबूजहको प्रतिरक्षा रहेको थियो। क्षेत्र नम्बर १ र २ का स्वतन्त्रता लडाकुहरूको संयुक्त अभियानको फलस्वरूप बलोनिया सुचिबुजहमा प्रवेश २१ जुनसम्म खुला गरिएको थियो जसअन्तर्गत क्षेत्र २ मा नियमित कम्पनीहरू बङ्गलादेश भित्र सञ्चालनमा रहेका थिए।

क्षेत्र सङ्ख्या ३

यस अन्तर्गत उत्तरमा चूडामनकाठी (श्रीमङ्गल नजिक) देखि लिएर दक्षिणमा ब्राह्मनबाडियाको सिङ्गारबिलसम्मको क्षेत्र गठित गरिएको थियो।यस क्षेत्रका सेनापति मेजर केएम शफिउल्लाह र त्यसपछि मेजर एएनएम नूरुज्जमान रहेका थिए। यस क्षेत्रमा पूर्वी बङ्गालका सिलेट र मयमनसिङ्ह इपिआरको समन्वयमा गठन गरिएको थियो। यस क्षेत्रको प्रधान कार्यालय हेजामारामा रहेको थियो। यस क्षेत्र अन्तर्गत १९ गेरिला समूहहरू परिचालन गरिएको थियो। सन् १९७१ नोभेम्बरसम्ममा यस क्षेत्रका स्वतन्त्रता लडाकुहरूको सङ्ख्या लगभग ३० हजार रहेको थिए भने सेनानीहरूले कुमिल्ला सिफेत मार्गका केही पुलहरू नष्ट गर्दै पाकिस्तानी सेनाका लागि यातायातको मार्ग बन्द गराउन सफल भएका थिए। स्वतन्त्रता लडाकुहरूले रेल मार्ग नष्ट गरेका थिए जुन स्वतन्त्रता लडाकुहरूको सबैभन्दा सफल आक्रमण मध्ये एक थियो। यस क्षेत्र अन्तर्गत दश उपक्षेत्रहरू; (सेनापतिहरूको नाम सहित) आश्रमबाडि (कप्तान आजिज र उनी पछि कप्तान एजाज), बाघाइबाडि (कप्तान अजीज र उनी पछि कप्तान एजाज), हतकटा (कप्तान मतिउर रहमान), सिमला (कप्तान मतिन), पञ्चबटी (कप्तान नासिम), मनतला (कप्तान एमएसए भूँइया), विजयनगर (एमएसए भूँइया), कालाछडा (सेनानी मजुमदार), कलकलिया (सेनानी गोलम हेलाल मोरशेद) र बामुटिया (सेनानी साईद) थिए।

क्षेत्र सङ्ख्या ४

यस क्षेत्र अन्तर्गत उत्तरमा सिलेटको हबिगञ्ज उपखण्ड देखि दक्षिणमा कानाइघाट थानासम्म १०० माइल सीमा क्षेत्र सामेल थियो। सिलेटमा विद्यार्थी मुक्तिवाहिनीको सहयोगमा बङ्गलादेश सीमा सुरक्षा कर्मीद्वारा यस क्षेत्रको गठन गरिएको थियो। यस क्षेत्रका सेनापति मेजर चितरञ्जन दत्त थिए भने त्यसपछि यस क्षेत्रका सेनापति कप्तान ए रब बनेका थिए। यस क्षेत्रको प्रधान कार्यालय पहिला करिमगञ्ज थियो भने त्यसपछि यसको प्रधान कार्यालय आसामको मासिमपुरमा सारिएको थियो। यस क्षेत्रमा स्वतन्त्रता लडाकुहरूको सङ्ख्या लगभग ९,००० थियो नियमित सैन्य बल लगभग ४,००० रहेको थियो। यस क्षेत्रको छ उपक्षेत्रहरू (सेनापतिहरूको नाम सहित); जालालपुर (मसदुर राब शादी), बडपञ्जी (कप्तान ए रब), अमलासिद (सेनानी जहिर), कुकितल (सेनानी कादेर र उनी पछि शरिफुल हक), कैलाश शहोर (सेनानी उयाकिउज्जामान), र कमलपुर (कप्तान एनाम) थिए।

क्षेत्र सङ्ख्या ५

यस क्षेत्रले सिलेट जिल्लाको दुर्गापुरदेखि डाउकी (तमाबिल) सम्मको विस्तृत क्षेत्र र जिल्लाको पूर्वी सीमालाई ओगटेको थियो भने यस क्षेत्रका सेनापति मेजर मिर शओकत आली थिए। यस क्षेत्रको सदरमुकाम बाँशतलामा रहेको थियो। यस क्षेत्रमा ८ सय नियमित स्वतन्त्रता लडाकु तथा पाँच हजार स्वतन्त्रता लडाकु र गोरिलाहरूको रहेका थिए। यस क्षेत्रमा सुनामगञ्ज र छातकको अधिकांश भूमिहरू समावेश थिए। यस क्षेत्रका छ उपक्षेत्र (सेनापतिहरूको नाम सहित); मुक्तापुर (सूबेदार नजिज होसेर र लडाकु फारुक यस क्षेत्रका दोस्रो सेनापति थिए), डाउकि (सुबेदार मेजर बीआर चौधुरी), शेला (कप्तान हेलाल सहयोग सेनापति सेनानी माहबुबर रहमान र सेनानी आब्दुर रउफ), भोलागञ्ज (सेनानी ताहेरुद्दीन अखुञ्जी, सहयोग सेनापति सेनानी एसएम खालेद), बालाट (सुबेदार गनी र उनी पछि कप्तान सालाउद्दीन र इनामुल हक चौधुरी) र बडछडा (कप्तान मुस्लिम उद्दीन) थिए। यस क्षेत्रका स्वतन्त्रता लडाकुहरूले सिलेट, तामाबिल र सिलेट-सुनामगञ्ज सडकखण्डका कयौँ पुलहरूलाई नष्ट गरेका थिए जसकारण पाकिस्तानी सेना आउने बाटो अवरोध भएको थियो। यस क्षेत्र सबैभन्दा सफल आक्रमण छातक आक्रमण थियो।

क्षेत्र सङ्ख्या ६

यस क्षेत्रमा समग्र रङ्पुर जिल्लादिनाजपुर जिल्लाको ठाकुरगाँउ उपखण्ड सामेल थियो। यस क्षेत्रलाई मुख्य रूपबाट रङ्पुर र दिनाजपुरका स्वतन्त्रता लडाकु तथा सीमा सुरक्षा कर्मीहरूको सक्रियतामा गठित गरिएको थियो। यस क्षेत्रका सेनापति खादेमुल बाशार थिए। यस क्षेत्रको सदरमुकाम पाटग्रामको नजिक बुडीमारिमा रहेको थियो। यस क्षेत्रमा सैन्य लडाकुहरूको सङ्ख्या ७०० थियो भने डिसेम्बर महिनासम्म यस सङ्ख्या लगभग ११ हजार पुगेको थियो। यस मध्ये २,००० नियमित सैनिक र ९,००० बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु थिए। यस क्षेत्रका पाँच उपक्षेत्र (सेनापतिहरूको नाम सहित); भजनपुर (कप्तान नजरुल र उनी पछि सदरुद्दीन र कप्तान शाहरियार), पाटग्राम (सुरुमा केही बङ्गलादेशी सीमा सुरक्षा बलले यस क्षेत्रको सेनापतिको रूपमन काम गरेका थिए र पछि कप्तान मतिउर रहमानले यस क्षेत्रको नेतृत्व गरेका थिए), साहेबगञ्ज (कप्तान नवाजेश उद्दिन), मोगलहाट (कप्तान डेलवार) र चिलाहाटी (सेनानी इकबाल) थिए। यस क्षेत्रको सेनाहरूले रङ्पुर जिल्लाको उत्तरी भागमा कब्जा गर्न सफल भएका थिए।

क्षेत्र सङ्ख्या ७

यस क्षेत्रमा राजशाही, पाबना, बगुडा र दिनाजपुर जिल्लाको दक्षिण क्षेत्रहरूलाई लिएर गठन गरिएको थियो। यस क्षेत्रमा बङ्गलादेशी सैन्य सुरक्षा बल तैपनि गरिएको थियो। यस क्षेत्रका सेनापति मेजर नाजमुल हक र उनी पछि सुबेदार मेजर ए रब र मेजर काजी नूरुज्जामार रहेका थिए। यस क्षेत्रको सदरमुकाम बालुरघाटको नजिक तरङ्गपुरमा रहेको थियो। यस क्षेत्रमा २५०० नियमित सैन्य बल परिचालित थिए भने १२,५०० लडाकु समन्वयमा १५ हजार मुक्तियोद्धाहरू युद्धमा होमिएका थिए। यस क्षेत्रमा ८ उपक्षेत्रहरू (सेनापतिको नाम सहित); मालन (सुरुवातमा कयेकजन जुनियर अफिसर र उनको पछि कप्तान महिउद्दिन जाहाङ्गीर), तपन (मेजर नजमुल हक र उनको पछि कयेकजर जुनियर बङ्गलादेशी सीमा सुरक्षा बलका कप्तान महिउद्दीन जाहाङ्गीर), हामजापुर (कप्तान इद्रिस), आङ्गिनाबाद (एकजना जनवाहिनीका सदस्य), शेखपाडा (कप्तान रशीद), ठोकराबाडि (सुबेदार मोयाज्जेम) र लालगोला (कप्तान जियासउद्दिन चौधुरी) थिए। यस क्षेत्रमा परिचालित सैन्य बलले जुन महिनामा महेशकान्द र परागपुर प्रहरी चौकीमा आक्रमण गर्दै अगस्ट महिनामा मोहनपुरमा थानामा अधिक सङ्ख्यामा दुश्मनहरू माथि सफल आक्रमण गरेका थिए। हामजापुर उपक्षेत्रका सेनापति कप्तान इद्रिसले आफ्ना सैन्य बलको साथमा पाक बाहिनी माथि एक आकासमात आक्रमण गर्दै पार्वतीपुर नजिक रहेको एक रेललाई नष्ट गरेका थिए।

क्षेत्र सङ्ख्या ८

अप्रिल महिनासम्ममा यस क्षेत्रमा कुष्टिया, जशोर, खुलना, बरिशाल, फरिदपुर र पटुयाखाली जिल्लाहरूलाई समावेश गरी यस क्षेत्रको गठन गरिएको थियो भने मे महिनामा यस क्षेत्रमा कुष्टिया, जशोर, खुलना, सातखीरा उपविभाग र फरिदपुरको उत्तरी क्षेत्रहरू समावेश गरी पुनर्गठन गरिएको थियो। यस क्षेत्रका सेनापति मेजर आबु ओसमान चौधुरी र उनी पछि मेजर एम ए मञ्जुर रहेका थिए। यस क्षेत्रको सदरमुकाम कल्यानीमा रहेको थियो। यस क्षेत्रका सैन्य बल मध्ये ३,००० नियमित लडाकु तथा २५,००० स्वतन्त्रता सेनानी रहेका थिए। यस क्षेत्रमा परिचालित नियमित सैन्य बलले कयौँ क्षेत्रहरूमा आफ्नो अधिकार स्थापना गर्दै लडाकु बलले बङ्गलादेश भित्र कयौँ सैन्य किल्लाहरूको निर्माण गरेका थिए। यस क्षेत्रका सैनिक योद्धाहरूले एक कौशल रणनीति पनि बनाएका थिए। नियमित सैन्य बलले बङ्गलादेश भित्र पाक बाहिनीको किल्लाहरू भन्दा ६-७ माइलको दूरीमा उक्त क्षेत्र प्रवेश गर्दै स्थितिलाई सम्हाल्दै पाकिस्तानी सेना माथि आक्रमण गरेका थिए। यस रणनीतिलाई अपनाई बङ्गलादेशका लागि लडिरहेका लडाकुहरूले कयौँ पाकिस्तान सेनालाई मार्न सफल भएका थिए। यस क्षेत्रमा ८ उपक्षेत्रहरू (सेनापतिको नाम सहित); बयरा (कप्तान खोन्दकार नजमुल हुदा), हाकिमपुर (कप्तान शफिक उल्लाह), भोमरा (कप्तान सालाहउद्दीन र उनी पछि कप्तान शाहाबुद्दीन), लालबाजार (कप्तान ए आर आजम चौधुरी), बानपुर (कप्तान मुस्ताफिजुर रहमान), बेनापोल (कप्तान आबदुल हालिम र उनी पछि कप्तान तौफिक-ई-एलाही चौधुरी), शिकारपुर (कप्तान तौफिक-इ-एलाही चौधुरी र उनी पछि सेनानी जाहाङ्गीर) थिए।

क्षेत्र सङ्ख्या ९

क्षेत्र सङ्ख्या ९ मा बरिसाल, पटुयाखली, खुलनाफरिदपुर जिल्लाका केही भागहरू सामेल थिए। यस क्षेत्रको प्रधानकार्यालय बशिरहाटको नजिकको स्थान रहेको थियो। यस क्षेत्रका सेनापति मेजर एमए जलिल र उनी पछि मेजर एमए मञ्जुर र मेजर जयनाल अबेदीन थिए। यस क्षेत्रका लागि लगभग बीस हजार स्वतन्त्रता सेनानीले लडाइ लडेका थिए। यस क्षेत्र टाकि, हिङ्गलगञ्ज, शमसेरनगर गरी तीन उपक्षेत्रअरूमा विभाजित थिए। यस क्षेत्रका स्वतन्त्रता सैन्य बललाई मुक्तिवाहिनीको रूपमा काम गरेका थिए। कप्तान शाहजहान ओमरको नेतृत्वमा स्वतन्त्रता लडाकुले बरिशालका थुप्रै क्षेत्रहरूमा छापामार आक्रमण गरेका थिए। कप्तान मेहदी आली इमामले पटुयाखलीमा एक स्थायी सैनिक किल्लाबाट आक्रमणको सञ्चालन गर्ने गरेका थिए। सेनानी जियाले सुन्दोरवनमा वरिपरिका क्षेत्रहरूको नेतृत्व गरेका थिए। कप्तान हुदाले नियमित सैन्य बलहरूको साथमा ठूलो क्षेत्रमा नियन्त्रण जमाउन सफल भएका थिए। उनले जुन महिनामा सीमा चौकी वरिपरिको क्षेत्रमा नियन्त्रण जमाउँदै स्वतन्त्रता सैनिकहरूको साथमा केही क्षेत्रमा नियन्त्रण जमाउन सफल भएका थिए। यस क्षेत्रमा परिचालित सैन्य बल तथा बङ्गलादेशको स्वतन्त्रका लागि लडिरहेका लडाकुहरूले देभाता र श्यामनगर प्रहरी चौकीमा आक्रमण गर्दै उक्त स्थानमा नियन्त्रण जमाएका थिए।

क्षेत्र सङ्ख्या १०

यस क्षेत्र एक नौसेनाका सेनापतिको नेतृत्वमा गठित भएको थियो। यस क्षेत्रमा परिचालित सैन्य बलको गठनको सुरुवात फ्रान्समा प्रशिक्षित पाकिस्तानी नौसेनाका आठ बङ्गाली नौसैनिकहरूले गरेका थिए। जसमा गाजी मोहाम्मद रहमतुल्लाह (प्रमुख सैनिक अधिकारी), सैयद मोशर्रफ होसेन (अधिकारी), आमिन उल्लाह शेख, आहसान उल्लाह, एडब्ल्यू चौधुर, बदीउल आलम, एआर मिया र आबेदुर रहमान रहेका थिए। यी आठ बङ्गाली सैनिकहरूलाई भारतीय नौसेनाको व्यवस्थापन अन्तर्गत दिल्लीको नजिकको जमुना नदीमा विशेष नौसेना प्रशिक्षण दिइएको थियो। त्यस पछि पाकिस्तान नौसेनाको केही सैनिकहरूले बङ्गलादेशी नौसेनामा सामेल भएका थिए। पौडी खेल्न कौशल १५० विद्यार्थीहरूलाई विभिन्न स्थानबाट छनोट गरी विद्यार्थी प्रशिक्षणको लागि प्रशिक्षण केन्द्रमा पठाइएको थियो। उनीहरूलाई बम फाल्ने र बमहरूको प्रयो गरी जहाजहरू माथि आक्रमण गर्न प्रशिक्षण दिइएको थियो। प्रशिक्षण पछि चार टोलीहरूलाई अगस्टको पहिलो हप्तामा चट्टोग्राम, नारायनगञ्ज, दाउडकान्दि र मङ्ला बन्दरगाहमा पठाइएको थियो जसलाई समुद्री किनारमा गरेका जहाजहरूलाई नष्ट गर्न आदेश दिइएको थियो। पाकिस्तानको स्वतन्त्रता दिवस (१४ अगस्ट) का दिन, चार समूहहरूले एकैसाथ कयौँ पाकिस्तानी जहाजहरू माथि आक्रमण गरी नष्ट गरिदिएका थिए। चट्टोग्राम बन्दरगाहमम एडब्ल्यू चौधुरीको नेतृत्वमा रहेको एक दलले सात जहाजहरूलाई नष्ट गरेका थिए जसमा पाकिस्तानी मालवाहक जहाज एमडी ओह्रमाज्द र एमभी अल-अब्बास सामेल थिए। यसपछि अक्टोबर र नोभेम्बरमा देशको सबै बन्दरगाहहरूमा यही तरिकाबाट केही सफल आक्रमणहरू गरिएका थिए जसकारण पाकिस्तानी सेनाका कयौँ जहाजहरू डुबेका थिए।

क्षेत्र सङ्ख्या ११

यस क्षेत्रमा टाङ्गाइल जिल्लाकिशोरगञ्ज उपखण्डलाई छोडेर पुरै मयमनसिङ्ह जिल्ला सामेल थिए। यस क्षेत्रका सेनापति मेजर एम आबु ताहेर थिए। जब मेजर ताहेर एक लडाइमा गम्भीर घाइते भए तब एक समूहका नेतृत्वकर्ता हामिदुल्लाहलाई यस क्षेत्रको सेनापति बनाइएको थियो। यस क्षेत्रका सदरमुकाम महेन्द्रगञ्जमा रहेको थियो। यस क्षेत्रका लागि लगभग २५ हजार स्वतन्त्रता सैनिकहरू युद्धका होमिएका थिए। यस क्षेत्रका आठ उपक्षेत्र (सेनापतिहरूको नाम सहित); मानइकारचर (हामिदुल्लाह), महेन्द्रगञ्ज (सेनानी मिजान), पुरखासिया (सेनानी हासेम), ढालु (सेनानी ताहेर आहमद र उनी पछि सेनानी कामाल), रङरा (मतिउर रहमान), शिवबाडि (बङ्गलादेश सीमा सुरक्षा बलका केही अधिकारीहरू), बागमारा (बङ्गलादेश सीमा सुरक्षा बलका केही अधिकारीहरू) र महेशखोला (एक बङ्गलादेश सीमा सुरक्षा बलका सदस्य) थिए। यस क्षेत्रमा व्यापक छापामार सैन्य कार्वाहीहरू सञ्चालनमा आएका थिए भने सीमावर्ती क्षेत्रहरूमा नियमित सैन्य बलको कब्जा रहेको थियो। सुबेदार आफताबले युद्धको नौ महिनासम्मका स्वतन्त्र क्षेत्रहरूमा कब्जा गरेका थिए। यस क्षेत्रका महिलाहरूले पनि हातहतियारसाथ पाकिस्तानी सेनाको विरुद्ध लडाइ लडेका थिए। भने यस बाहेक टाङ्गाइलको एक स्वतन्त्रता सेनानी क्वादेर सिद्दीकीले आफ्नो जिल्लामा १८,००० छापामार सैनिकहरूलाई सङ्गठित गर्दै पाकिस्तानी सेना विरुद्ध केही सफल आक्रमणहरू गरेका थिए।

अक्टोबरदेखि डिसेम्बरसम्मको युद्ध[सम्पादन गर्ने]

मुक्तिवाहिनीले छापामार आक्रमण गर्दै पाकिस्तानी सेनालाई सीमावर्ती क्षेत्रबाट विस्थापित गर्दै विभिन्न ठाउँहरूलाई पश्चिम पाकिस्तानबाट स्वतन्त्र बनाएका थिए। बङ्गलादेशी सेनाहरूले पाकिस्तानी सेना रहेको कमलपुर, बिलोनिया, बोयरा, आदि जस्ता सीमावर्ती क्षेत्रहरूमा आक्रमण गर्दै ३०६ स्थान मध्ये ९० क्षेत्रहरूमा नियन्त्रण जमाउन सफल भएका थिए। यस बाहेक मुक्तिबाहिनीले थप तीब्रताका साथ छापामार आक्रमण गर्न सुरु गरेका थिए। पाकिस्तानी सेना र त्यससँग सम्बन्धित राजाकारहरूको नियमित कार्य सर्वसाधारहरूको हत्या गर्दै विभिन्न स्थानहरूमा आतङ्क मच्चाउनु थियो। सीमा र देश भित्र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी सेनाद्वारा गरिएको भयङ्कर आक्रमणको फलस्वरूप पाकिस्तानी सेना र राजाकार माथि थप सक्रियतासाथ आक्रमण गर्न सुरु गरेका थिए।[१०५] अक्टोबरको महिनाको अन्त्य तिर पाकिस्तानी सेनाले बङ्गलादेशका स्वतन्त्रताका लागि लडिरहेका लडाकुको विरुद्ध कडा प्रतिरोधको सामना गर्नु परेको थियो जसकारण पश्चिम पाकिस्तानबाट ५ लडाकु दल सहितका पाकिस्तानी सेनाहरू पूर्वी पाकिस्तानमा आपातकालीन परिचालनका लागि ल्याइएको थियो।

सन् १९७१ भारत-पाकिस्तान युद्ध[सम्पादन गर्ने]

सन् १९७१ को भारत-पाकिस्तान युद्धलाई इतिहासकै सबैभन्दा छोटो युद्धहरू मध्येमा लिइन्छ।[१०६][१०७][१०८] यो युद्ध भारत र पाकिस्तानको बीच एक सैन्य लडाइ थियो जुन पूर्वी पाकिस्तानमा बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा भएको थियो।[१०९][११०][१११] ३ डिसेम्बर १९७१ का दिन उत्तर भारतका ११ भारतीय वायु सैन्य किल्लाहरूमा पाकिस्तानद्वारा हवाई आक्रकण सुरु गरेपछि भारत-पाकिस्तान युद्ध चर्किएको थियो।[११२] बङ्गाली राष्ट्रवादीहरूको समर्थनमा बङ्गलादेश स्वतन्त्रता युद्धकै समयमा भारत र पाकिस्तानको युद्ध सुरुवात भएको थियो। पाकिस्तानको साथ पूर्वी र पश्चिमी गरी दुवै क्षेत्रहरूमा सैन्य लडाइ तथा सङ्घर्ष सुरुवात भएको थियो।[११३][११४]

इन्दिरा गान्धीको प्रधानमन्त्री मन्त्रालयले २८ अप्रिल १९७१ मा भारतीय सेनाका तत्कालीन सेनाध्यक्ष श्याम मानेकशलाई पूर्वी पाकिस्तानमा जानका लागि निर्देशन दिइएको थियो।[११५][११६] केही समयपछि भारतमा रहेका शरणार्थी शिविरहरूको प्रयोग भारतको विदेशी गुप्तचर निकाय र पूर्वी पाकिस्तानका सैन्य अधिकारीहरूद्वारा गरिएको थियो।[११७][११८][११९] जब भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको नेतृत्वमा भारत पाकिस्तान विरुद्धको युद्धका लागि तैयार थियो तब सोभियत सङ्घले कथित रूपमा पाकिस्तानका राष्ट्रपति याह्या खानलाई भारत विरुद्ध युद्धबाट बच्न र पूर्वी पाकिस्तानमा शान्तिपूर्ण राजनीतिक समझौता गर्नका लागि एक गुप्त सन्देश पठाइएको थियो किनभने यदि भारत विरुद्ध युद्धमा पाकिस्तान सामेल भयो भने पाकिस्तानी सेनालाई दुई पक्षको नियन्त्रण गर्न लगभग असम्भव जस्तै हुने।अनुमनन लगाइएको थियो।[१२०][१२१] त्यसको बाबजुद पाकिस्तानका तत्कालीन राष्ट्रपति याह्या खानले आफ्ना लडाकु तथा सेनाहरूलाई युद्धका लागि तैयार रहन आदेश दिएका थिए।[१२२] २३ नोभेम्बर १९७१ का दिन पाकिस्तानमा आपातकालको स्थिति घोषित गरिएको थियो जबकि अर्कोतर्फ भारतले भारतीय सेनाहरूलाई तैनातीका साथ आफ्ना पश्चिमी सीमाहरूमा नियन्त्रण गर्न सुरु गरेका थिए।

पाकिस्तान र भारतको बीच शत्रुताको सुरुवात सन् १९७१ मा भारत-पाकिस्तान युद्धको परिणामस्वरूप भएको थियो जब पाकिस्तानी वायु सेनाले ३ डिसेम्बर साँझ ५:४० बजे भारतको सीमावर्ती क्षेत्रमा आक्रमण गरेको थियो। उत्तर-पश्चिमी भारतमा ११ हवाई क्षेत्रहरूमा आक्रमण भएको थियो जसमा सबैभन्दा महत्त्वपूर्ण निशाना सीमाभन्दा ४८० किलोमिटर टाढा आगरा क्षेत्र थियो।[१२३] कश्मीरमा भारतीय सैनिक किल्लामा पाकिस्तानी सेनाद्वारा तोपद्वारा आक्रमण गरिएको थियो तर भारतले पहिलेनै आक्रमण हुन सक्ने अनुमान लगाउँदै त्यहाँ रहेका सबै लडाकु र हातहतियारहरूलाई अन्य सैनिक किल्लामा स्थानान्तरण गरेको थियो जसकारण मानवीय क्षति हुनबाट भारतीय सैनिकलाई बचाइएको थियो।[१२४]

पाकिस्तानी सेनाद्वारा आक्रमण गरिएकै साँझ इन्दिरा गान्धीले रेडियो मार्फत भारतका मानिसरूलाई सम्बोधन गर्दै भारतको विरुद्ध पाकिस्तानद्वारा युद्धको घोषणा भएका कारण यस्तो आक्रमण भएको जानकारी दिएकी थिइन्।[१२५] सोही दिनको रातमा भारतीय वायु सेनाले सैन्य आक्रमणको कार्वाही हवाई आक्रमण गरेको थियो भने भोलिपल्ट बिहान भारतीय सेनाद्वारा हवाई आक्रमण गरिएको थियो। भारत र पाकिस्तानले अघिल्लो बिहान दुवै राष्ट्रहरूको बीच युद्धको स्थितिको पुष्टि गर्ने वयानहरू आएको थियो तर भारत-पाकिस्तान युद्धको घोषणाको औपचारिक कार्वाही कुनै पनि राष्ट्रद्वारा जारी गरिएको थिएन।[१२६] इन्दिरा गान्धीले सेनापतिहरूलाई सैनिहरूलाई एकसाथ जुटाउन निर्देशन दिएकी थिइन् भने त्यसपछि पाकिस्तानमा चौतर्फी आक्रमण सुरु गरिएको थियो जसमा भारतीय सेना, नौसेना र वायु सेनाको प्रयोग गरिएको थियो। भारतको मुख्य लक्ष्य पूर्वी पाकिस्तानी क्षेत्र ढाकामा कब्जा गर्ने र पश्चिमी क्षेत्रमा पाकिस्तानलाई भारतमा अतिक्रमण गर्नबाट प्रतिरोध गर्नु थियो।

भारतीय नौसेनाले समुद्रबाट पाकिस्तानी सेनाको दमन गर्न सुरु गरेका थिए। युद्धको पूर्वी रङ्गमञ्च माथि भारतीय सेना र मुक्तिवाहिनीले भारतीय वायु सेना, भारतीय नौसेना र बङ्गलादेशी वायु सेनाबाट समर्थन प्राप्त गरेको थियो। भारतको वायुले ४ डिसेम्बर १९७१ का दिन पूर्वी पाकिस्तानमा परिचालन सुरु गरेको थियो। भारतीय वायु सेनाको सहायताद्वारा मुक्तिवाहिनी एक विमानको साथ युद्ध स्थानमा प्रस्थान गरेको थियो।[१२७] भारत र बङ्गलादेशको संयुक्त सेनाको सैन्य कार्वाही पाकिस्तानी सेनामाथि हावी हुँदै गयो जसले पाकिस्तानी सेनालाई आत्मसमर्पण गर्नका लागि प्रेरित गरेको थियो। १६ डिसेम्बर १९८१ का दिन ढाका सहर वरिपरि रहँदै महासेनानी जगजीत सिंह अरोराको नेतृत्वमा भारतीय सेनाले मेजर-जनरल राफेल जेकबको माध्यमबाट एक सन्देश पठायो जसमा पाकिस्तानी सेनालाई ३० मिनेटमा आत्मसमर्पण गर्नका लागि अन्तिम चेतावनी दिइएको थियो।

पाकिस्तानी सेना प्रभावी रूपबाट भारतीय आक्रमणको प्रतिउत्तर दिन असमर्थ रह्यो किनभने पाकिस्तानी सेनाको एक सानो समूह मुक्तिवाहिनीद्वारा गरिएको छापामार आक्रमणको प्रतिरोध गर्नका लागि सीमा वरिपरिका क्षेत्रहरूमा तैनाथ गरिएको थियो जहाँ पाकिस्तानी सेना नराम्रोसँग पराजित भएको थियो जसको फलस्वरूप पाकिस्तानी सेनाद्वारा १६ डिसेम्बर १९७१ का दिन आत्मसमर्पण गरिएको थियो जुन पाकिस्तानको एक सबैभन्दा ठूला पराजित थियो जसमा ८,००० मानिसहरूको मृत्यु भयो भने २५,००० युद्धको समयमा घाइते भएका थिए। अर्कोतर्फ भारतीय पक्षमा ३,००० लडाकुको मृत्यु भयो भने १२,००० लडाकुको मृत्यु भएको थियो।

भारत र बङ्गलादेशको सम्बद्ध सेनाहरूले सामूहिक रूपमा पाकिस्तानी सेनालाई आक्रमण गर्न सुरु गरेका थिए। १६ डिसेम्बर १९७१ ढाकामा पाकिस्तान भारत युद्ध समाप्त भएको थियो जब पाकिस्तानको सैन्य बलका पूर्वी सेनापति द्वारा आत्मसमर्पण पत्रमा हस्ताक्षर गरिएको थियो।[१२८] जसको फलस्वरूप पूर्वी पाकिस्तानलाई स्वतन्त्रता प्राप्त भयो र एक नयाँ राष्ट्रको रूपमा बङ्गलादेशको उदय भएको थियो। यस सङ्घर्षमा हजारोँ सर्वसाधारणहरू पाकिस्तानी सैनिकहरू र राजाकारद्वारा मारिएका थिए जबकि लाखोँ मानिस भारतमा शरण लिन बङ्गलादेशबाट भागेका थिए भने भारतीय सेनाद्वारा हजारोँ पाकिस्तानी सैनिकहरूलाई बन्दी बनाइएको थियो।

पाकिस्तानी सेनाद्वारा आत्मसमर्पण[सम्पादन गर्ने]

१६ डिसेम्बर १९७१, पाकिस्तानी सैन्य अधिकारिकद्वारा आत्मसमर्पण पत्रमा हस्ताक्षर गरिँदै

सन् १९७१ डिसेम्बरको सुरुवाती दिनहरूमा भारत र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुहरू सिधै पाकिस्तान विरुद्धको युद्धमा सामेल भएको थियो।[१२९] बङ्गलादेशको स्वतन्त्राका लागि लडिरहेका लडाकु र भारतीय सेनाको संयुक्त आक्रमणका कारण पाकिस्तान पहिले देखिनै विभिन्न स्थानहरूमा पराजित भएको थियो जसकारण पाकिस्तानी सेनाले आत्मसमर्पण गर्ने निर्णय लिएको थियो। १६ डिसेम्बरका दिन लगभग ९३,००० सैनिकहरूको साथ पाकिस्तानी सैन्य अधिकारीहरूले ढाका स्थित रेसकोर्स मैदानमा औपचारिक रूपबाट आत्मसमर्पण गरेका थिए।[१३०] जसकारण ९ महिनासम्म चलेको रक्तपात युक्त युद्धको समाप्त हुँदै एक स्वाधीनता देशको रूपमा बङ्गलादेशको उदय भएको थियो।

९ डिसेम्बरका दिन गभर्नर मालिकले पाकिस्तानी राष्ट्रपतिलाई सैन्य स्थिति खराब भएको जानकारी गराएका थिए भने उनले सोही सन्देशमा पश्चिममा दुश्मनहरू फरिदपुरको नजिक आइरहेका छन् र पूर्वमा हाम्रो सैनिक किल्लाको नजिक कुमिल्ला वरिपरिका क्षेत्रहरू र मेघना नदीको तटसम्म आएका छन् भनी सन्देश मार्फत सार्वजनिक गरेका थिए। १० डिसेम्बरमा गभर्नरका सैन्य सल्लाहकार मेजर जनरल राओ फरमान आली र पश्चिम पाकिस्तानका मुख्य सचिव मुजफ्फर होसेनले एक सैन्य किल्लामा जनरल नियाजीसँग विस्तृत छलफल गर्दै ढाकामा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि समक्ष आत्मसमर्पण पत्र हस्तान्तरण गरेका थिए।[१३१] तथापि यस आत्मसमर्पण पत्रमा आत्मसमर्पणको सट्टा हातहतियार विश्राम जस्ता शब्दावलीहरूको प्रयोग गरिएको थियो जुन यस प्रकार छ। "राजनीतिक कारणले नै यो सङ्कट उत्पन्न भएकोले यसलाई राजनीतिक तरिका मार्फत समाधान गर्नुपर्दछ। त्यसकारण म पाकिस्तानको राष्ट्रपतिले अधिकार पाएको पूर्वी पाकिस्तानका निर्वाचित प्रतिनिधिहरूलाई ढाकामा सरकार गठन गर्न आग्रह गर्दछु। म संयुक्त राष्ट्र सङ्घलाई शान्तिपूर्वक सत्ता हस्तान्तरणको लागि काम गर्न आह्वान गर्दछु"।

ढाकामा रहेका संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि पल मार्क हेनरीलाई उक्त आवेदन हस्तान्तरण गरिएको थियो। पाकिस्तानी समूहहरूमा भने यो सन्देश मालिक-फरमान आली सन्देशको रूपमा परिचित छ। तर अर्को दिन यस आवेदनलाई पाकिस्तानी पक्षका तर्फबाट फिर्ता लिइएको थियो। बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका स्वतन्त्र सेनानी र भारतीय सेनाले पुनः ढाकामा घेरा हाली पाकिस्तानी सेनाको आत्मसमर्पणको माग गरेका थिए।[१३२] गभर्नर मालिकको नेतृत्वमा पूर्वी पाकिस्तानको कठपुतली सरकारले पनि गठबन्धनको घर (अहिले बङ्गाभवन) मा भएको बम विष्फोटका कारण राजीनामा दिँदै होटल इन्टरकन्टिनेन्टल (अहिलेको होटल शेराटन) मा शरण लिएका थिए। त्यस समयमा शान्तिपूर्ण आत्मसमर्पणका लागि आकाशबाट निरन्तर रूपमा प्रचारपत्रहरू तथा प्रचाहरू खसालिएको थियो।

भारत पाकिस्तान युद्ध पछि आत्मसमर्पण दस्तावेजहरूलाई प्रमुख सेनानी जगजीत सिंह अरोरा र अन्य भारतीय सेनाका सेनानीहरू; जनरल सगत सिंह र जनरल राफेल फराज ज्याकबद्वारा हेलिकप्टरको माध्यमबाट ढाका ल्याइएको थियो।[१३३] आत्मसमर्पणको पत्रमा १६ डिसेम्बर १९७१ का दिन दिउँसोको ४ बजेर ३१ मिनेटमा हस्ताक्षर गरिएको थियो जो प्रमुख सेनानी जगजीत सिंह अरोरा र ए.ए को बीच ढाकामा रमना रेसकोर्स मैदानमा भएको थियो। यस प्रकार समझौताले बङ्गलादेश स्वतन्त्रता युद्धलाई समाप्त गरेको थियो। १६ डिसेम्बरलाई बङ्गलादेशमा विजय दिवसको रूपमा मनाइन्छ। जनरल नियाजी र उनका बङ्गाली समर्थकहरू सहित लगभग ९०,००० पाकिस्तान पूर्वी सैनिकहरूलाई भारतीय सेनाद्वारा युद्ध बन्धिको रूपमा लिइएको थियो। पाकिस्तानले गरेको यस आत्मसमर्पण द्वितीय विश्व युद्ध पछिको सबैभन्दा ठूला आत्मसमर्पण रूपमा परिचित छ।

१६ डिसेम्बरको दिन दिउँसोको रेसकोर्स मैदान (हाल सोहरावर्दी उद्यान) मा बङ्गलादेशमा पाकिस्तानी सेनाका महासेनानी नियाजीले हजारोँ उत्साहीत मानिसहरूको अगाडि आत्मसमर्पण दस्तावेजमा हस्ताक्षर गरेका थिए। द्वितीय विश्व युद्ध पछि लगभग ९३,००० पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण गरेका थिए।[१३४] पाकिस्तानी सेनाले १६ डिसेम्बरका दिन आत्मसमर्पण गरेतापनि आत्मसमर्पण गर्नका लागि देशभरीका सबै पाकिस्तानी सैनिकहरूलाई २२ डिसेम्बरसम्म लागेको थियो। पाकिस्तानी सेनाको आत्मसमर्पणको दिन अमेरिकाको सातौँ फ्लाइटले बङ्गालको खाडीको दक्षिण क्षेत्रमा प्रवेश गरेको थियो तर बङ्गलादेश तब पाकिस्तानको कब्जाबाट पूर्णतया स्वतन्त्रत भैसकेको थियो।

सन् १९७२ मा संयुक्त राष्ट्रका अधिकांश सदस्य देशहरूद्वारा बङ्गलादेशलाई एक सर्वभौम सम्पन्न राष्ट्रको रूपमा मान्यता प्रदान गरेका थिए। [[शेख मुजिबुर रहमलाई पाकिस्तानको सदरमुकाम कारागारबाट रिहा गरिएको थियो भने त्यसपछि उनी पुनः बङ्गलादेश फिर्ता हुँदै बङ्गलादेशका पहिलो राष्ट्रपति बनेका थिए।[१३५] २ जुलाई १९७२ का दिन सिमलामा आयोजित भारत-पाकिस्तान शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानका राष्ट्रपति जुल्फिकार अली भुट्टोका बीच सिमला समझौते पत्रमा हस्ताक्षर गरिएको थियो।समझौताले पाकिस्तानलाई बङ्गलादेशको सर्वभौम राष्ट्रको मान्यता प्रदान गर्न मार्गदर्शन गरेको थियो। समझौताको अनुसार भारतले युद्धको समय भारतीय सेनाद्वारा कब्जा गरिएको पाकिस्तानको १३,००० वर्ग किलोमिटर भन्दा बढी भूमि फिर्ता गरेको थियो। भारतद्वारा ९०,००० भन्दा अधिक युद्ध बन्धिहरूलाई पाँच महिनाको अवधिमा रिहा गरिएको थियो जहाँ पाकिस्तानका प्रमुख सेनानी नियाजी रिहा हुनेहरूमा अन्तिममा परेका थिए।

अन्तर्राष्ट्रिय मान्यता[सम्पादन गर्ने]

६ डिसेम्बर १९७१ का दिन दक्षिण एसियाली देश भुटानभारतले औपचारिक रूपमा बङ्गलादेशलाई एक स्वतन्त्र तथा सर्वभौम राष्ट्रको मान्यता प्रदान गरेको थियो। सबैभन्दा पहिला भुटानले मान्यता प्रदान गरेको केही घण्टा पश्चात् भारतले टेलिग्रामको माध्यमबाट बङ्गलादेशलाई दोस्रो मान्यता दिएको थियो।[१३६] ६ दिसेम्बरका दिन भारत सरकारले आधिकारिक रूपमा बङ्गलादेशलाई राजनैतिक मान्यता घोषणा गरेको थियो। दिउँसोको ११ बजे तिर अल इन्डिया रेडियो मार्फत भारतले बङ्गलादेशलाई एक सर्वभौम राज्यको रूपमा मान्यता प्रादन गरेको भनी घोषणा गरिएको थियो।[१३७]

अत्याचार[सम्पादन गर्ने]

जनहत्याकाण्ड[सम्पादन गर्ने]

बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा बङ्गलादेशको इतिहासमै सबैभन्दा भयङ्कर नरसंहार गरिएको थियो। २५ मार्च १९७१ का दिन कलोरामा पाकिस्तानी सेनाद्वारा सुरु गरिएको अपारेशन सार्चलाइट नामक एक सैन्य कार्वाही बङ्गलादेशको पाकिस्तानबाट स्वतन्त्रता हुनेबेलासम्म पनि चलिरहेको थियो र त्यही नौ महिनाको अन्तरालमा बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु र लाखौँ सर्वसाधारणहरूको देशका विभिन्न स्थानहरूमा निर्मम सामूहिक हत्या गरिएक‍ थियो।[१३८] स्वतन्त्रता युद्धको समयमा मृत्यु हुने मानिसहरूको केही बङ्गलादेशी सञ्चार माध्यमहरूसँग आँकडाहरू रहेका थिए। विश्वभरीका विभिन्न विश्वकोशहरू र पुस्तकहरूमा यस सङ्ख्याको उल्लेख गरिएको छ जसमा २ लाख देखि तीन करोडसम्मको अनुमान लगाइएको थियो। बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा सहिद हुनेहरूको सङ्ख्या अनुमानित तीन करोड छ। स्वतन्त्रता युद्धको समयमा लगभग एक करोड शरणार्थीहरूले भारतमा शरण लिएका थिए तर जो आफ्नो देश छाडेर अन्त नगएको खण्डमा उनीहरूको साथ सबै परिवारको नरसंहार हुनु निश्चित थियो। स्वतन्त्रताको पूर्व सन्ध्यामा १४ डिसेम्बरका दिन राजाकार, अल-बद्र र अल-शम्स नामक पाकिस्तानी सेनाका सहयोग समूहहरूले पाकिस्तानी सेनाको आदेशमा शिक्षकहरू, चिकित्सक, अभियान्त्रिक, कलाकार, कवि, लेखक, वैज्ञानिक सहित लगभग ३०० बङ्गलादेशी बुद्धिजीवीहरूलाई गिरफ्तार गरी निर्मम हत्या गरेका थिए।[१३९] पाकिस्तान समर्थक बङ्गाली राजाकारहरूले डिसेम्बर महिनाको सुरुवातमा युद्ध परिणाम महसुस गर्दै स्वतन्त्रता भन्दा ठिक केही दिन अघि एक सुनियोजित तरिकाले सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। बुद्धिजीविहरूको हत्या गर्नुको पछाडि मुख्य उद्देश्य नयाँ स्वतन्त्र बङ्गलादेशको उन्नति र प्रगतिलाई अवरुद्ध गर्नु थियो। सामूहिक हत्या गरी मारिएका बुद्धिजीवीहरूको शवलाई १४ डिसेम्बर १९७१ का दिन देश भित्र रहेका विभिन्न चिहानहरूमा त्यत्तिकै फालिएको थियो जसमा रायरबाजार नरसंहार स्थल (हाल नरसंहार स्थल भएको स्थानमा एक बौद्धिक स्मारक बनाइएको छ) सामेल छ। हालका दिनहरूमा ढाका र बङ्गलादेशको अन्य हिस्साहरूमा थुप्रै सामूहिक हत्या स्थल र चिहानहरू पाइएको थियो र यस्तै नयाँ सामूहिक हत्या स्थलहरूको कहिलेकाँही खोजी गरिन्छ।[१४०] (उदाहरणका लागि सन् १९९९ अगस्टमा ढाकामा एक गैर-बङ्गाली मानिसहरू बसेको क्षेत्रमा थुप्रै चिहानहरू फेला पारिएको थियो)। ढाकामा अमेरिकी वाणिज्य दूतावासबाट अमेरिकी विदेश विभागलाई पठाइएको एक खबरमा युद्धको सुरुवातको रात ढाका विश्वविद्यालयको विद्यार्थी तथा नागरिकहरूको निर्मम हत्याहरूको उल्लेख भएको थियो।

बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा लाखौँ बङ्गाली महिलाहरूका साथ बलात्कार गरिएको थियो भने पीडित महिलाहरूको सङ्ख्या अज्ञात छ। स्वतन्त्रता युद्धको समयमा लगभग २ लाख महिलाहरू बलात्कारको सिकार भएका थिए भने थुप्रै महिलाहरूको पेटमा पाकिस्तान सेनाको बच्चाहरू पनि हुर्किरहेका थिए भनी अनुमान लगाइएको थियो। [१४१] ढाका स्थित एक सैनिक किल्लामा पाकिस्तानी सैनिकहरूले थुप्रै सङ्ख्यामा महिलाहरूलाई गिरफ्तार गरेका थिए जसमा अधिकांश ढाका विश्वविद्यालयका छात्रा तथा सामान्य परिवारका छोरीहरू थिए।

बुद्धिजीवी हत्याकाण्ड[सम्पादन गर्ने]

सामूहिक हत्या पछि कैद गरिएको बङ्गाली बुद्धिजीवीहरूको लाशको तस्वीर (छविकार: रशिद तालुकदार, सन् १९७१)

बुद्धिजीवी हत्याकाण्ड सन् १९७१ मा बङ्गलादेशको सम्पूर्ण मुक्ति युद्धका बेला पाकिस्तानी सेना र त्यससँग सम्बन्धित लडाकु समूहहरूले बङ्गलादेशका शिक्षकहरू, चिकित्सक, अभियान्त्रिक, कलाकार, कवि, लेखक, वैज्ञानिक लगायतका बुद्धिजीवीहरूलाई गिरफ्तार गरी सामूहिक हत्या गरेका थिए।[१४२] डिसेम्बर १९७१ मा जब पाकिस्तानी सेनाहरू थुप्रै क्षेत्रहरूबाट पराजित भएका थिए र उनीहरूको हारको समय आएको महसुस हुने बित्तिकै पाकिस्तानी सेना र राजाकारहरूको समूहले सांस्कृतिक, सामाजिक र शैक्षिक रूपबाट नवगठित देशलाई कमजोर गराउन उद्देश्यका साथ यस हत्याकाण्डको योजना बनाएका थिए।[१४३] यस योजना अनुसार १४ डिसेम्बरको रात पाकिस्तानी सेनाले आफ्नो स्थानीय सहयोगीहरू; रजाकर, अल - बदर अल-शम्सलाई देशका विभिन्न स्थाहरूबाट बुद्धिजीवीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए भने उनीहरूले पछि केही बुद्धिजीवीहरूलाई गिरफ्तार गरी एक सामूहिक हत्या स्थलमा लगि बुद्धिजीवीहरूको सामूहिक हत्या गरेका थिए।[१४४] मारिएकाहरूमा मानिसहरू मध्ये लगभग ३०० जना बुद्धिजीवीहरू रहेका थिए। [१४५]

यस नियोजित नरसंहार बङ्गलादेशको इतिहासमा बुद्धिजीवी हत्याकाण्डको रूपमा परिचित छ। कैद गरी राखिएका बङ्गलादेशी बुद्धिजीवीहरूलाई विभिन्न सामूहिक हत्याकाण्डको समयमा मारिएको थियो।[१४६] बङ्गलादेशको स्वतन्त्रता पश्चात् बुद्धिजीवीहरूको मृत शरीर मिरपुर हत्या स्थलबाट बरामद गरिएको थियो भने थुप्रै शवहरूको पहिचान गर्न पनि कठिनाइ परेको थियो।[१४७] १४ डिसेम्बर १९७१ को यस नरसंहारको स्मरण गर्दै बङ्गलादेशमा प्रत्येक वर्ष १४ डिसेम्बरको दिन सहिद बौद्धिक दिवस मनाइन्छ।[१४८] बुद्धिजीवीहरूको हत्याको स्मरण गर्दै राजधानी ढाकामा एक बौद्धिक स्मारक पनि स्थापन गरिएको छ।[१४९]

२५ मार्चको रात अपारेशन सार्चलाइटको योजनाका साथसाथै बुद्धिजीवीहरूको हत्याको पनि योजना बनाइएको थियो।[१५०] पाकिस्तानी सेना उक्त सैन्य कार्वाहीको समय बुद्धिजीवीहरूलाई खोजी खोजी उनीहरूको हत्या गरिरहेका थिए। २५ मार्चको रात ढाका विश्वविद्यालयका थुप्रै शिक्षकहरूलाई पनि पाकिस्तानी सेनाले निशान बनाइ चौतर्फी रूपबाट आक्रमण गरी सबैको हत्या गरेका थिए। युद्ध समाप्ति हुनु भन्दा केही दिन पहिला थुप्रै योजनाबद्ध आक्रमणहरू सञ्चालन गरिएको थियो जसमा थुप्रै मानिसहरूका साथ बुद्धिजीवीहरूको पनि मृत्यु भएको थियो।[१५१] युद्धको समय पाकिस्तानी सेना र त्यसका प्रशिक्षित अर्धसैनिक बलहरू अल-बदर र अल-शम्सले यी सबै स्वतन्त्रताका लागि आवाज उठाइरहेका बुद्धिजीवीहरूको नाम सङ्कलन गरी एक सूची तयार पारेका थिए। यी सबै योजनाबद्ध हमला तथा सामूहिक हत्याको पछाडि सबैभन्दा ठूलो हात पाकिस्तान सेनाका महासेनानी राओ फरमान आलीको रहेको मानिन्छ। [१५२] आलीद्वारा लिखित केही कापीहरूमा उनको अक्षरका साथ यो अनुमान लगाइएको हो जसलाई बङ्गभवनबाट बरामद गरिएको थियो।

विदेशी प्रतिक्रियाहरू[सम्पादन गर्ने]

सन् १९७१ मा शेख मुजिबुर रहमानले बङ्गलादेशको स्वतन्त्रता घोषणा गरेपछि, बङ्गलादेशको अस्थायी सरकारले पूर्वी पाकिस्तानको स्वतन्त्रताको लागि राजनीतिक समर्थनको साथसाथै बङ्गाली जनताको मानवीय सहयोगका लागि एक अभियान चलाएको थियो।[१५३][१५४]

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा व्यापक कुटनीतिक र राजनैतिक समर्थन प्रदान गरेकी थिइन्। उनले बङ्गाली सर्वसाधारणहरू माथि पाकिस्तानी सेना र त्यससँग सम्बन्धि आलङ्ककारी संस्थाले गरेको अत्याचार र उत्पीडितको बारेमा सचेतना जगाउनका लागि धेरै देशको भ्रमण गरेकी थिइन्।[१५५] यस प्रयासले युद्धको पछाडि विश्वको सन्दर्भमा र भारतले सैन्य कारबाहीको औचित्य प्रमाणित गर्न महत्त्वपूर्ण घटनाक्रमको साबित गर्न खोजेको थियो भने पाकिस्तानको पराजय पछि यसले बङ्गलादेशको नयाँ स्वतन्त्र राज्यलाई शीघ्र सर्वभौम राष्ट्रको मान्यता सुनिश्चित गरेको थियो।

संयुक्त राष्ट्र[सम्पादन गर्ने]

संयुक्त राष्ट्रले पाकिस्तानी सेनाद्वारा आयोजित अपारेशन सार्चलाइट सैन्य कार्वाहीको समयमा र त्यसले निम्त्याएको मानव अधिकारको उल्लङ्घनलाई निन्दा गरेको थियो। तर यो युद्धको सुरुवात भन्दा पहला राजनीतिक रूपबाट स्थितिलाई परिभाषित गर्न विफल बनेको थियो। युद्धमा भारतको हस्तक्षेप पश्चात् पाकिस्तानले हारको डरले संयुक्त राष्ट्रबाट हस्तक्षेप गर्ने र भारतलाई युद्ध विरामका लागि बाध्य गर्नका लागि तत्काल सुझाव दिएको थियो। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले ४ डिसेम्बर १९७१ का दिन दक्षिण एसियामा शत्रुता माथि चर्चा गर्नका लागि एक सम्मेलनको आयोजना गरेको थियो।[१५६] ७ डिसेम्बरका दिन गरिएको एक लामो बैठक पश्चात् संयुक्त राज्य अमेरिकाले "तत्काल सङ्घर्ष विराम तथा सैन्य बल फिर्ता गर्नका लागि एक प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव बहुमतद्वारा समर्थित भएतापनि तत्कालीन सोभियत सङ्घले दुईपटक यस प्रस्ताव माथि भिटो अधिकार लगाइ यसलाई विफाल पारेको थियो। बङ्गालीहरूको विरुद्धमा पाकिस्तानी सेना तथा त्यससँग सम्बन्धि सैन्य बलले गरेको अत्याचारलाई प्रकाश पार्दै संयुक्त अधिराज्यफ्रान्सले उक्त प्रस्तावलाई रोक लगाएको थियो।

१२ डिसेम्बर १९७१ का दिन पाकिस्तानले हारको सामना गर्दै गर्दा सुरक्षा परिषद्को पुनर्गठन गरियोस् भनि संयुक्त राज्य अमेरिका सामु पाकिस्तानले अनुरोध गरेको थियो। पाकिस्तानका उपप्रधानमन्त्री तर विदेश मन्त्री जुल्फिकार अली भुट्टोलाई युद्धको वार्तालाप समाधानको लागि न्यु योर्क सहर पठाइएको थियो भने परिषद्ले चार दिनसम्म विचार-विमर्श जारी रखेको थियो। जब प्रस्तावहरूलाई अन्तिम रूप दिइयो तब पूर्वमा पाकिस्तानको सेनाले आत्मसमर्पण गरिसकेको थियो र युद्ध समाप्त भैसकेको थियो। उक्त प्रस्तावको असफलता र संयुक्त राष्ट्र सङ्घको असक्रियताको कारण निराश भुट्टोले आफ्नो भाषणलाई रोक्दै परिषद् छाडेका थिए।

संयुक्त राष्ट्रका अधिकांश सदस्य राष्ट्रहरूले बङ्गलादेशको स्वतन्त्रता पश्चात् केही महिनाको भित्रै बङ्गलादेशलाई सर्वभौम राष्ट्रको मान्यता प्रदान गर्न तत्पर रहेका थिए।

भुटान[सम्पादन गर्ने]

बङ्गलादेश स्वतन्त्रता युद्धले पाकिस्तानी सेनाको हार बेहोरेका कारण भुटानले ६ डिसेम्बर १९७१ का दिन बङ्गलादेशलाई नयाँ स्वतन्त्र देश मान्यता प्रदान गरेको थियो।[१५७] बङ्गलादेशका पहिला राष्ट्रपति शेख मुजिबुर रहमान जुन १९८४ मा भुटानका चौथा राजा जिग्मे सिङ्गये वाङ्चुकको राज्यभिषेकमा सामेल हुनका लागि भुटान गएका थिए।

चीन[सम्पादन गर्ने]

पाकिस्तानको दीर्घकालिन सहयोगीका रूपमा जन गणतन्त्र चीनले पूर्वी पाकिस्तानको विकसित अवस्था र पश्चिमी पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतले आक्रमण गर्ने सम्भावना प्रति चिन्ता व्यक्त गरेको थियो।[१५८][१५९][१६०] १० डिसेम्बर १९७१ मा अमेरिकी राष्ट्रपति निक्सनले हेनरी किसिन्जरलाई चिनियाँहरूलाई भारतसँगको सीमानामा केही सेनाहरू सार्न निर्देशन दिएका थिए। किसिन्जरले पछिल्लो बेलुका संयुक्त राष्ट्र सङ्घका लागि चीनका स्थायी प्रतिनिधि हुआङ हुआसँग भेटवार्ता गरेका थिए तथापि, चिनियाँहरूले यस प्रोत्साहनलाई प्रतिक्रिया दिएनन्, किनभने सन् १९६२ को चीन-भारतीय युद्धको विरुद्ध जब भारत पूर्ण रूपले अज्ञात रहेको थियो, यस पटक भारतीय सेना तयार भइसकेका थिए र चीन भारतीय सीमामा आठ पर्वतीय श्रृङ्खलाहरूमा तैनाथ रहेका थिए। [१६१]

पाकिस्तानले युद्धका बन्दी र नागरिकहरूलाई फिर्ता दिने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको दुई प्रस्तावलाई कार्यनयनमा ल्याएका कारण सन् १९७२ मा बङ्गलादेशले संयुक्त राष्ट्र सङ्घको सदस्यताका लागि आवेदन पेश गर्दा चीनले उनीहरूको आवेदनलाई भिटो अधिकारको प्रयोग गरी बहिष्कार गरेको थियो। [१६२] स्वतन्त्र बङ्गलादेशलाई सर्वभौम राष्ट्रको मान्यता प्रदान गर्ने पनि अन्तिम देशहरू मध्ये चीन रहेको थियो जसले ३१ अगस्ट १९७५ सम्म बङ्गलादेशलाई सर्वभौम राष्ट्रको मान्यता प्रदान गर्नबाट अस्वीकार गरिरहेको थियो।

श्रीलङ्का[सम्पादन गर्ने]

भारतले भविष्यमा श्रीलङ्काको विरुद्ध आफ्नो बढी रहेको शक्ति प्रयोग गर्न सक्ने ठान्दै श्रीलङ्काले पाकिस्तानको विभाजनलाई लिएर आफ्ना लागि यो एक उदाहरण रूपमा हेर्दै चिन्ता व्यक्त गरेको थियो। [१६३] एक गैर गठबन्धन विदेश नीति पछि सिरिमावो बन्दरानाइकको वामपन्थी सरकारको बाबजुद पनि श्रीलङ्काले युद्धमा पाकिस्तानको मद्दत गर्ने निर्णय लिएको थियो।[१६४][१६५] पाकिस्तानी विमानले भारतीय क्षेत्रमा उडान भर्न नसक्ने भएकाले पाकिस्तानी सेना र लडाकु विमानहरूलाई भारतको चारैतिरबाट एक लामो यात्रा तय गरी श्रीलङ्काको बन्दरानाइके विमानस्थलमा लगिने गरिन्थ्यो भने त्यहाँ गएर लडाकु विमानमा इन्धन भर्ने काम गरिएको थियो।[१६६]

संयुक्त राज्य अमेरिका[सम्पादन गर्ने]

संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले बङ्गलादेशको स्वतन्त्रता युद्धका बेला यो युद्ध पाकिस्तानको आन्तरिक मामलाको रूपमा रहेको भन्दै परिस्थितिलाई नियन्त्रण गर्नमा उनीहरूको कुनै सम्बन्ध नहरेको धारणा व्यक्त गरेको थियो।[१६७] सन् १९७१ मा संयुक्त राज्य अमेरिका पाकिस्तानको मुख्य सहयोगी थियो र युद्धको समयमा संयुक्त राज्यले पाकिस्तानलाई राजनीतिक र भौतिक रूपबाट सहयोग प्रदान गरेको थियो।[१६८] पाकिस्तानका लागि एक अपरिहार्य पराजितको घोषणा गर्दै निक्सनले युएस इन्टरप्राइज नामक जहाजलाई तैनाथ गराएका थिए भने संयुक्त राज्य अमेरिकाबाट बङ्गालको खाडी पठाइएको थियो जसमा भारतमा परमाणु युद्ध सुरु गर्न उल्लेख गरिएको थियो।[१६९] ११ डिसेम्बर १९७१ का दिन त्यस विमानलाई आफ्नो गन्तव्यमा पुर्‍याइएको थियो। अमेरिकी खतराको जवाफमा सोभियत नौसेनाले ६ र १३ डिसेम्बरका दिन भ्लादिभोस्तोकबाट बङ्गालको खाडीमा दुई परमाणु सञ्चालित पनडुब्बिहरूलाई पठाइएको थियो जसले १६ डिसेम्बरदेखि ६ जनवरी १९७२ सम्म अमेरिकी टास्क फोर्स ७४ लाई हिन्द महासागरमा पिछा गरेको थियो।[१७०] सोभियत सङ्घले मुक्ति युद्धका बेला बङ्गलादेश र भारतीय सेनाको साथसाथै मुक्ति बहिनीलाई पनि समर्थन गरेको थियो।[१७१][१७२][१७३] सोभियत सङ्घले बङ्गलादेशको स्वतन्त्रताले आफ्ना प्रतिद्वन्द्वीहरूको स्थिति कमजोर पार्नेछ भन्ने कुरालाई स्वीकार्दै गरेको थियो भने सोभियत सङ्घको प्रतिद्वन्द्वी अमेरिका र जन गणतन्त्र चीन थिए।[१७४] यदि संयुक्त राज्य वा चीनसँगको युद्ध भयो भने सोभियत सङ्घले प्रतिरोधको काम गर्नेछ भनेर भारतमा आश्वासन दिइएको थियो। सन् १९७१ अगस्टमा हस्ताक्षर गरिएको भारत सोभियत मित्रता सन्धिमा समावेश गरिएको कुरा यसमा उल्लेख गरिएको थियो। [१७५] सोभियतहरूले हिन्द महासागरमा युएसएस इन्टरप्राइजेसको खतराबाट बच्न आणविक पनडुब्बीहरू पनि पठाएको थियो।[१७६]

जनप्रिय संस्कृतिमा स्वतन्त्रता युद्ध[सम्पादन गर्ने]

बङ्गलादेश र देश बाहिर युद्धका बेला र युद्धको समाप्ति पश्चात् बङ्गलादेश स्वतन्त्रता युद्ध सम्बन्धि कयौँ कृति रचनाहरू सार्वजनिक गरिएका थिए। सन् १९७१ मा द बिटल्सका सदस्यहरूद्वारा बङ्गलादेशमा आयोजित एक साङ्गीतिक कार्यक्रम बङ्गलादेश स्वतन्त्रता युद्धका लागि हौसलाको रूपमा एक ठूलो कार्यक्रमको रूपमा लिइएको थियो। स्वाधीन बाङ्ला रेडियो केन्द्रद्वारा प्रसारित र प्रसारित गरिने गीतहरू मध्ये यी गीतहरू आज पनि बङ्गलादेशमा लोकप्रिय रहेका छन्।

युद्धको समयमा बनाइएको ४ दस्तावेजहरूमा जहिर रहानको स्टप जेनोसाइट र ए स्टेट इज बोर्न, बाबुल चौधुरीको इनोसेन्ट मिलियन्स, आलमगीर कबीरको लिबारेशन फाइटार्स, बङ्गलादेशमा बनेको पहिलो चलचित्रको रूपमा वर्णित थियो किनभने त्यस भन्दा पहिला सबै चलचित्रहरू पाकिस्तान वा भारतमा बनाइने गरिन्थ्यो। मुक्तिर गान युद्धको बेला लेर लेभिनद्वारा रेकर्ड गरिएको भिडिओ तथा तस्वीरहरूको आधारमा बनाइएको एक वृत्तचित्र थियो। बङ्गलादेश स्वतन्त्रता युद्धमा आधारित कयौँ उपन्यास, कविता तथा गीतहरू रचानम गरिएका छन्। जसमा युद्धको समयमा लेखिएको शामसुर रहमानको प्रसिद्ध कविताहरू रहेका छन्। बङ्गलादेशको स्वतन्त्रता युद्ध सन् १९७१ पछि बङ्गलादेशी साहित्यका लागि सबैभन्दा अधिक प्रयोग गरिने विषय मध्ये एक थियो। युद्धको स्मरण तथा सहिदहरू प्रति श्रद्धा सुमन प्रकट गर्नका लागि बङ्गलादेशका कयौँ स्थानहरूमा सहिद स्मारकहरू बनाइएका छन्।

चलचित्रहरू[सम्पादन गर्ने]

  • स्टप जेनोसाइड – तथ्यचित्र (जहिर रायहान) (सन् सन् १९७१)
  • लेट देयर बि लाइट (जहिर रायहान) (सन् १९७१)
  • नाइन मान्थस टु फ्रिडम: द स्टोरी अफ बङ्गलादेश – तथ्यचित्र (सन् १९७२)
  • ओरा सन् ११ जन निर्माता (चाषी नजरुल इसलाम) (सन् १९७२)
  • रक्तात्त बाङ्ला (ममताज आली) (सन् १९७२)
  • धीरे बोहे मेघना (आलमगीर कविर) (सन् १९७३)
  • आमार जन्मभूमि (सन् १९७३)
  • आमि स्वाधीनता एनेछि निर्माता (सागर लोहानी) (सन् २००३)
  • सङ्ग्राम, खालेद मोशार्रफ एर लेखा अवलम्बने, निर्माता (चाषी नजरुल इसलाम) (सन् १९७३)
  • अरुनोदयेर अग्गीसाखी सुभाष दत्त (सन् १९७४)
  • मेघना अनेक रङ (हारुनर रशीद) (सन् १९७६)
  • कलाीतला शहीदुल आलम खान (सन् १९८१)
  • चित्तकार (सन् १९९२)
  • आगामी (मार्शेदुल इसलाम) (सन् १९८४)
  • हुलिया (निर्मेन्दु गुओन) (सन् १९८५)
  • प्रत्यावर्तन (सन् १९८६)
  • सूचना (मोशादुल इसलामद्वारा) (सन् १९८८)
  • छाडपत्र (सन् १९८८)
  • बखाटे (सन् १९८९)
  • दुरन्त (सन् १९८९)
  • पताक (सन् १९८९)
  • नोदीर नाम मोधुमति (तानभीर मोकाम्मेल) (सन् १९९०)
  • कालो चिल'७१ (सन् १९९०)
  • धूसर जात्रा (सन् १९९२)
  • एकात्तरेर जीशु शाहवियार कविरको कथामा आधारित - (नासिरउद्दीन इउसुफद्वारा) निर्मित चलचित्र। (सन् १९९३)
  • मुक्तिर गान (सन् १९९५), मुक्तिर कोथा (सन् १९९९) र नाबीर कोथा – तीन विभिन्न भाषामा, निर्माता तारेक मासुद र कथ्यारिन मासुद
  • आगुनेर परिशमनि – (हुमायून आहमेद) (सन् १९९५)
  • एखाने ओनेक रात (सन् १९९७)
  • हाङरा नोदी ग्रेनेड, सेलिना होसेनको उपन्यासमा आधारित, निर्माता (चाषी नजरुल इसलाम) (सन् १९९७)
  • गौरर (सन् १९९८)
  • छाना ओ मुक्तिजुद्दो (सन् १९९८)
  • एकात्तोरेर लाश (सन् १९९८)
  • इतिहास कान्ना (सन् १९९९)
  • शोभनेर एकात्तोर (सन् २०००)
  • मुक्तिजुद्दो ओ जीवोन (सन् २०००)
  • सेइ रातेर कथा बोलते एसेछि – तथ्यचित्र (काउसार चौधुरी) (सन् २००१)
  • एकजोन मुक्तिजोद्धा (सन् २००१)
  • एकात्तोरेर मिछिल (कबरी सारोवार) (सन् २००१)
  • एकात्तोरेर रङ पेन्सिफ मान्नार हीरो (सन् २००१)
  • मार्टिर मोयना व्यवस्थापक, तारेक मासुद, (सन् २००२) – कान चलचित्र उत्सव (सन् २००२) [१७७]
  • शीलालिपी सेलिना पारभिन, आक्तारको जीवनमा आधारित, (सन् २००२)
  • हृदयगाँथा (सन् २००२)
  • स्पार्टाकास ७१
  • शरत्त'७१ (मोर्शेदुल इसलाम) (सन् २००२)
  • जोयजात्री – (तरिकुर आहमेद), (सन् २००४)
  • मेधेर परे मेध (चाषी नजरुल इसलाम) (सन् २००४)
  • ध्रुवतार (सन् २००६)
  • स्वाधीनता (इयासमिन कबिर) (सन् २००६)
  • श्यामल छाया – हुमायून आहमेद, (सन् २००६)
  • खेलाघोर (मोर्शेदुल इसलाम), (सन् २००६)
  • नि:सङ्ग सारथी ताजउद्दिन आहमेदको जीवनी, निर्माता (तानभीर मोकाम्मेल), (सन् २००७)
  • राबेया (तानभीर मोकाम्मेल) (सन् २००९)
  • मेहेरजान (रुबाइय्यात होसेन) (सन् २०११)
  • गेरिला (नासिर उद्दिन इउसुफ) (सन् २०११)
  • खण्ड जल्पो'७१ (सन् २०११)
  • आमार बोन्धु राशेद मुहाम्मद जाफर इकबाल एक उपन्यासमा आधारित, निर्माता, (मोर्शेदुफ इसलाम) (सन् २०११)
  • पिता मासुद आकन्द (सन् २०१२)
  • दि वार क्राइम्स फाइल डेभिड बार्गम्यान (युद्दोपराधेर दाये तिनजन पुरुषेर भूमिका) (सन् २०१३)
  • डेइटलाइन बाङ्लादेश गीता मेहता (सन् २०१३)
  • नोकाब्बरेर महाप्रायन निर्मेन्दु गुनको कवितामा आधारित, निर्माता तथा निर्देशक (मासुम पथिक) (सन् २०१४)
  • सङ्ग्राम (सन् २०१४)
  • चिल्ड्रेन अफ वार्स बङ्गलादेश स्वतन्त्रता युद्धमा आधारित भारतीय चलचित्र (सन् २०१४)
  • भूवन माझि (फखरुल आरेफिन खान) (सन् २०१७)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Gen. Tikka Khan, 87; 'Butcher of Bengal' Led Pakistani Army"The Los Angeles Times। ३० मार्च २००२। 
  2. २.० २.१ Rakesh Krishnan Simha (डिसेम्बर २०, २०११)। "1971 War: How Russia sank Nixon's gunboat diplomacy"In.rbth.com। Russia & India Report। सङ्ग्रह मिति २ मार्च २०१५ 
  3. "Document 172"। 2001-2009.state.gov। १९७१-१२-१०। सङ्ग्रह मिति २०१५-०५-३१ 
  4. "1971 India Pakistan War: Role of Russia, China, America and Britain"The World Reporter। सङ्ग्रह मिति ३० अक्टोबर २०११ 
  5. "British aircraft carrier 'HMS Eagle' tried to intervene in 1971 India – Pakistan war – Frontier India – News, Analysis, Opinion – Frontier India – News, Analysis, Opinion"। Frontier India। १८ डिसेम्बर २०१०। सङ्ग्रह मिति २७ जुलाई २०१२ 
  6. Singh, edited by Swaran (२००७)। "China-Pakistan strategic cooperation : Indian perspectives"। New Delhi: Manohar। 
  7. Jaffrelot, Christophe। "Pakistan at the Crossroads: Domestic Dynamics and External Pressures" (अङ्ग्रेजी भाषा)। Columbia University Press। सङ्ग्रह मिति २५ डिसेम्बर २०१६ 
  8. "সংরক্ষণাগারভুক্ত অনুলিপি" (PDF)। सङ्ग्रह मिति १७ मार्च २०१७ 
  9. "India – Pakistan War, 1971; Introduction"। Acig.org। सङ्ग्रह मिति २०१३-०७-०१ 
  10. [१]
  11. "India's Foreign Policy"। Pearson Education India। २००९। पृष्ठ ३१७–। सङ्ग्रह मिति १ जुलाई २०१३ 
  12. Richard Edmund Ward (१ जनवरी १९९२)। "India's Pro-Arab Policy: A Study in Continuity"। Greenwood Publishing Group। पृष्ठ 85–। सङ्ग्रह मिति १ जुलाई २०१३ 
  13. http://www.mea.gov.in/bilateral-documents.htm?dtl/5312/Instrument+of+Surrender+of+Pakistan+forces+in+Dacca "The Pakistan Eastern Command agree to surrender all Pakistan Armed Forces in Bangladesh to Lieutenant General Jagjit Singh Aurora, General Officer Commanding-in –chief of the Indian and Bangladesh forces in the eastern theatre."
  14. Pakistan & the Karakoram Highway By Owen Bennett-Jones, Lindsay Brown, John Mock, Sarina Singh, Pg 30
  15. India - Pakistan War, 1971; Introduction
  16. [२] - Tom Cooper, Khan Syed Shaiz Ali
  17. p442 Indian Army after Independence by KC Pravel: Lancer 1987|आइएसबिएन=81-7062-014-7]
  18. Thiranagama, edited by Sharika; Kelly, Tobias (२०१२)। "Traitors : suspicion, intimacy, and the ethics of state-building"। Philadelphia, Pa.: University of Pennsylvania Press। 
  19. "Bangladesh Islamist leader Ghulam Azam charged"। BBC। १३ मे २०१२। सङ्ग्रह मिति १३ मे २०१२ 
  20. २०.० २०.१ Figures from The Fall of Dacca by जगजित सिंह अरोरा in The Illustrated Weekly of India dated 23 December 1973 quoted in Indian Army after Independence by KC Pravel: Lancer 1987 [ आइएसबिएन=81-7062-014-7
  21. Figure from Pakistani Prisioners of War in India by Col S.P. Salunke p.10 quoted in Indian Army after Independence by KC Pravel: Lancer 1987|आइएसबिएन=81-7062-014-7
  22. Daily Observer,Bangladesh, 11th January 1972,Dhaka,Bangladesh
  23. Matthew White's Death Tolls for the Major Wars and Atrocities of the Twentieth Century
  24. Moss, Peter (२००५), Secondary Social Studies For Pakistan, Karachi: Oxford University Press, पृ: ९३, आइएसबिएन 9780195977042, ओसिएलसी 651126824 
  25. Schneider, B.; Post, J.; Kindt, M. (२००९), The World's Most Threatening Terrorist Networks and Criminal Gangs (अङ्ग्रेजीमा), Springer, पृ: ५७, आइएसबिएन 9780230623293 
  26. Kalia, Ravi (२०१२), Pakistan: From the Rhetoric of Democracy to the Rise of Militancy (अङ्ग्रेजीमा), Routledge, पृ: १६८, आइएसबिएन 9781136516412 
  27. Pg. 240 Tomsen, Peter (2011). The Wars of Afghanistan: Messianic Terrorism, Tribal Conflicts, and the Failures of Great Powers. Public Affairs. आइएसबिएन ९७८-१-५८६४८-७६३-८.
  28. Roy, Dr Kaushik; Gates, Professor Scott (२०१४), Unconventional Warfare in South Asia: Shadow Warriors and Counterinsurgency (अङ्ग्रेजीमा), Ashgate Publishing, Ltd., आइएसबिएन 9781472405791 
  29. Totten, Samuel; Bartrop, Paul Robert (२००८), Dictionary of Genocide: A-L (अङ्ग्रेजीमा), ABC-CLIO, पृ: ३४, आइएसबिएन 9780313346422 
  30. Jamal, Ahmed (५–१७ अक्टोबर २००८), "Mukti Bahini and the liberation war of Bangladesh: A review of conflicting views", Asian Affairs 30, मूलबाट ३ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१५ 
  31. "Britain Proposes Indian Partition", The Leader-Post, २ जुन १९४७, अन्तिम पहुँच ११ जुन २०१७ 
  32. "India Partition with Present Many Problems", Sarasota Herald-Tribune, ८ जुन १९४७, अन्तिम पहुँच ११ जुन २०१७ 
  33. "Problems of Partition", The Sydney Morning Herald, १४ जुन १९४७, अन्तिम पहुँच ११ जुन २०१७ 
  34. "Gendercide Watch: Genocide in Bangladesh, 1971", gendercide.org, मूलबाट २१ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१७ 
  35. "Bangladesh – The Zia Regime and Its Aftermath, 1977–82", countrystudies.us, मूलबाट १३ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१७ 
  36. Bose, Sarmila (८ अक्टोबर २००५), "Anatomy of Violence, Analysis of Civil War in East Pakistan in 1971", Economic and Political Weekly 40 (41), मूलबाट १ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१५ 
  37. "Civil War Rocks East Pakistan", Daytona Beach Morning Journal, २७ मार्च १९७१, अन्तिम पहुँच ११ जुन २०१७ 
  38. Bose, Sarmila (८ अक्टोबर २००५), "Anatomy of Violence: Analysis of Civil War in East Pakistan in 1971", Economic and Political Weekly: ४४६३। 
  39. "World Refugee Day: Five human influxes that have shaped India", The Indian Express, २० जुन २०१६, अन्तिम पहुँच ११ जुन २०१७ 
  40. "The World: India and Pakistan: Over the Edge", Time, १३ डिसेम्बर १९७१, आइएसएसएन 0040-781X, मूलबाट २३ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१७ 
  41. "Language Movement", बाङ्लापिडिया, आन्दोलन मूलबाट ७ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१७ 
  42. Hornberger, Nancy H.; McKay, Sandra Lee (२०१०), Sociolinguistics and Language Education (अङ्ग्रेजीमा), Multilingual Matters, पृ: 158, आइएसबिएन 9781847694010 
  43. "SOAS Language Centre – Bengali Language Courses", soas.ac.uk 
  44. "International Mother Language Day", United Nations, अन्तिम पहुँच १९ फेब्रुअरी २०१६ 
  45. Willem van Schendel (२००९), A History of Bangladesh, Cambridge University Press, पृ: १३६, आइएसबिएन 978-0-511-99741-9 
  46. "Library of Congress studies", Memory.loc.gov, १ जुलाई १९४७, अन्तिम पहुँच २३ जुन २०११ 
  47. "Demons of December – Road from East Pakistan to Bangladesh", Defencejournal.com, मूलबाट ९ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११ 
  48. Rounaq Jahan (१९७२), Pakistan: Failure in National Integration, Columbia University Press, पृ: 166–167, आइएसबिएन 978-0-231-03625-2 
  49. Willem van Schendel (२००९), A History of Bangladesh, Cambridge University Press, पृ: १८३, आइएसबिएन 978-0-511-99741-9 
  50. Husain Haqqani (२०१०), Pakistan: Between Mosque and Military, Carnegie Endowment, पृ: 19–, आइएसबिएन 978-0-87003-285-1 
  51. Baxter, Craig (१९९७), Bangladesh: From A Nation To A State, Westview Press, पृ: ७०, आइएसबिएन 978-0-813-33632-9 
  52. Anne Noronha dos Santos (२००७), Military Intervention and Secession in South Asia: The Cases of Bangladesh, Sri Lanka, Kashmir, and Punjab, पृ: 24, आइएसबिएन 9780275999490 
  53. Willem van Schendel (२००९), A History of Bangladesh, Cambridge University Press, पृ: ११४, आइएसबिएन 978-0-511-99741-9 
  54. ५४.० ५४.१ Willem van Schendel (२००९), A History of Bangladesh, Cambridge University Press, पृ: ११७, आइएसबिएन 978-0-511-99741-9 
  55. Pakistan: From the Rhetoric of Democracy to the Rise of Militancy, Routledge, २०१२, पृ: 168, आइएसबिएन 9781136516412 
  56. Ali Riaz; Mohammad Sajjadur Rahman (२०१६), Routledge Handbook of Contemporary Bangladesh, Routledge, पृ: 46–, आइएसबिएन 978-1-317-30877-5 
  57. Craig Baxter (२०१८), Bangladesh: From A Nation To A State, Taylor & Francis, पृ: xiii, आइएसबिएन 978-0-813-33632-9 
  58. Willem van Schendel (२००९), A History of Bangladesh, Cambridge University Press, पृ: १७५, आइएसबिएन 978-0-511-99741-9 
  59. Ishtiaq Ahmed (१९९८), State, Nation and Ethnicity in Contemporary South Asia, A&C Black, पृ: 223–, आइएसबिएन 978-1-85567-578-0 
  60. Sayeed, Khalid B. (१९६७), The Political System of Pakistan, Houghton Mifflin, पृ: ६१। 
  61. Hassan, Doctor of Philosophy (PhD), Dr. Professor Mubashir (२०००), "§Zulfikar Ali Bhutto: All Power to People! Democracy and Socialism to People!", The Mirage of Power, Oxford University, United Kingdom: Dr. Professor Mubashir Hassan, professor of Civil Engineering at the University of Engineering and Technology and the Oxford University Press, पृ: 50–90, आइएसबिएन 978-0-19-579300-0 
  62. India Meteorological Department (१९७०), "Annual Summary – Storms & Depressions" (PDF), India Weather Review 1970, पृ: 10–11, अन्तिम पहुँच १५ अप्रिल २००७ 
  63. Fritz, Hermann M.; Blount, Chris, "Thematic paper: Role of forests and trees in protecting coastal areas against cyclones", Coastal protection in the aftermath of the Indian Ocean tsunami: What role for forests and trees?, Food and Agriculture Organization of the United Nations Regional Office for Asia and the Pacific, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१५ 
  64. Schanberg, Sydney (२२ नोभेम्बर १९७०), "Yahya Condedes 'Slips' In Relief", The New York Times 
  65. "East Pakistani Leaders Assail Yahya on Cyclone Relief", The New York Times, Reuters, २३ नोभेम्बर १९७०। 
  66. "Copter Shortage Balks Cyclone Aid", The New York Times, १८ नोभेम्बर १९७०। 
  67. Durdin, Tillman (११ मार्च १९७१), "Pakistanis Crisis Virtually Halts Rehabilitation Work in Cyclone Region", The New York Times, पृ: २। 
  68. Olson, Richard (२१ फेब्रुअरी २००५), "A Critical Juncture Analysis, 1964–2003", USAID, मूलबाट १४ अप्रिल २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २००७ 
  69. Salik, Siddiq, Witness To Surrender, pp 63, 228–9 आइएसबिएन ९८४-०५-१३७३-७
  70. D' Costa, Bina (२०११), Nationbuilding, Gender and War Crimes in South Asia, Routledge, पृ: १०३, आइएसबिएन 9780415565660 
  71. Siddiqui, Asif (डिसेम्बर १९९७), "From Deterrence and Coercive Diplomacy to War: The 1971 Crisis in South Asia", Journal of International and Area Studies 4 (1): 73–92, जेएसटिओआर 43106996 
  72. "Twentieth Century Atlas – Death Tolls", necrometrics.com, अन्तिम पहुँच ११ जुन २०१७ 
  73. Debasish Roy Chowdhury (२००५-०६-२३)। "'Indians are bastards anyway'"। Asia Times। 
  74. Bergman, David (२४ अप्रिल २०१४), "Questioning an iconic number", The Hindu, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१६ 
  75. Rummel, Rudolph (१९९८), "Chapter 8: Statistics of Pakistan's Democide Estimates, Calculations, And Sources", Statistics of Democide: Genocide and Mass Murder since 1900, पृ: ५४४, आइएसबिएन 978-3-8258-4010-5 
  76. Zunaid Kazi, "History : The Bangali Genocide, 1971", Virtual Bangladesh, मूलबाट २३ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११ 
  77. Debasish Roy Chowdhury (२३ जुन २००५), "Indians are bastards anyway", Asia Times 
  78. Malik, Amita (१९७२), The Year of the Vulture, New Delhi: Orient Longmans, पृ: 79–83, आइएसबिएन 978-0-8046-8817-8 
  79. "Bangladesh war: The article that changed history – Asia", BBC, १६ डिसेम्बर २०११। 
  80. "Encyclopædia Britannica Agha Mohammad Yahya Khan", Encyclopædia Britannica, मूलबाट ४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११ 
  81. "The Sheikh Mujib Declaration of Independence of Bangladesh : U.S. Government Records and Media Documentation" (PDF)। Cbgr1971.org। पृष्ठ ২। सङ्ग्रह मिति २८ फेब्रुअरी २०१५ 
  82. Afreen Mallick, Sadya (२५ डिसेम्बर २००९), "'Potua' and freedom's colours", The Daily Star, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६ 
  83. "সংযোজনস্বাধীনতার ঘোষণা: বেলাল মোহাম্মদের সাক্ষাৎকার", bdnews24.com (बाङ्लामा)। 
  84. "Troops Battle Rag-Tag Battle" (PDF)হাওয়ার্ড হুইটেন। २९ मार्च १९७१। सङ्ग्रह मिति १ मार्च २०१५ 
  85. "CIVIL WAR FLARE E.PAKISTAN" (PDF)ডেভিড লোশহাক। सङ्ग्रह मिति १ मार्च २०१५ 
  86. Sen Gupta, Jyoti (१९७४), History of freedom movement in Bangladesh, 1943–1973: some involvement, Calcutta: Naya Prokash, पृ: 325–326, अन्तिम पहुँच १८ फेब्रुअरी २०१३ 
  87. Gupta, Jyoti Sen (१९७४), History of freedom movement in Bangladesh, 1943–1973: some involvement (अङ्ग्रेजीमा), Naya Prokash, पृ: 325–326। 
  88. "declaration of independence of Bangladesh-Original Speech by Ziaur Rahman"ইউটিউব 
  89. "Sheik Mijib Arrested After a Broadcast Proclaiming Region's Independence DACCA CURFEW EASED Troops Said to Be Gaining in Fighting in Cities -Heavy Losses Seen"। सङ्ग्रह मिति २७ फेब्रुअरी २०१५ 
  90. "Swadhin Bangla Betar Kendro and Bangladesh's Declaration of Independence", Mashuqur Rahman and Mahbubur Rahman Jalal, দ্য ডেইলি স্টার, মার্চ ২০০৮, मूलबाट ২৭-শে ফেব্রুয়ারি-मा सङ्ग्रहित। 
  91. "History : The Declaration of Independence", Virtual Bangladesh, मूलबाट १ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित। 
  92. M1 India, Pakistan, and the United States: Breaking with the Past By Shirin R. Tahir-Kheli आइएसबिएन ०-८७६०९-१९९-०, 1997, Council on Foreign Relations. pp 37
  93. "Bangladesh Genocide Archives – Foreign Newspaper Reports"Docstrangelove.com। सङ्ग्रह मिति १ मार्च २०१५ 
  94. "Bangladesh", State.gov, २४ मे २०१०, अन्तिम पहुँच २३ जुन २०११ 
  95. Jacob, Lt. Gen. JFR, Surrender at Dacca, pp 90–91
  96. Islam, Major Rafiqul, A Tale of Millions, pp. 227, 235
  97. "Bangladesh Liberation Armed Force", Liberation War Museum, Bangladesh 
  98. Roy, Mihir, K (१९९५), War in the Indian Ocean, 56, Gautaum Nagar, New-Delhi, 110049, India: Lancer Publisher & Distributor, पृ: १५४, आइएसबिएन 978-1-897829-11-0 
  99. Robi, Mir Mustak Ahmed (२००८), Chetonai Ekattor, 38, Bangla Bazar (2nd Floor), Dacca-1100, Bangladesh: Zonaki Publisher, पृ: ६९। 
  100. মুক্তিযুদ্ধের ইতিহাস (পৃষ্ঠা ৯) - মুহম্মদ জাফর ইকবাল
  101. গেরিলাদেৱ ইতিহাস (পৃষ্ঠা ১০) - মুহম্মদ জাফর ইকবাল
  102. "Bangladesh Liberation Armed Force" 
  103. List of Sectors in Bangladesh Liberation War
  104. সেক্টরসমূহের তালিকা
  105. "India – Pakistan War, 1971; Introduction By Tom Cooper, with Khan Syed Shaiz Ali", Acig.org, मूलबाट ६ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११ 
  106. Lyon, Peter (२००८), Conflict between India and Pakistan: An Encyclopedia, ABC-CLIO, पृ: १६६, आइएसबिएन 978-1-57607-712-2, "India's decisive victory over Pakistan in the 1971 war and emergence of independent Bangladesh dramatically transformed the power balance of South Asia" 
  107. Kemp, Geoffrey (२०१०), The East Moves West India, China, and Asia's Growing Presence in the Middle East, Brookings Institution Press, पृ: ५२, आइएसबिएन 978-0-8157-0388-4, "However, India's decisive victory over Pakistan in 1971 led the Shah to pursue closer relations with India" 
  108. Byman, Daniel (२००५), Deadly connections: States that Sponsor Terrorism, Cambridge University Press, पृ: १५९, आइएसबिएन 978-0-521-83973-0, "India's decisive victory in 1971 led to the signing of the Simla Agreement in 1972" 
  109. Nawaz, Shuja (२००८), Crossed Swords: Pakistan, Its Army, and the Wars Within, Oxford University Press, पृ: ३२९, आइएसबिएन 978-0-19-547697-2 
  110. Chitkara, M. G (१९९६), Benazir, a Profile – M. G. Chitkara, आइएसबिएन 9788170247524, अन्तिम पहुँच २७ जुलाई २०१२ 
  111. Schofield, Victoria (१८ जनवरी २००३), Kashmir in Conflict: India, Pakistan and the Unending War – Victoria Schofield, आइएसबिएन 9781860648984, अन्तिम पहुँच २७ जुलाई २०१२ 
  112. "1971: Making Bangladesh a reality – I", Indian Defence Review, अन्तिम पहुँच २१ जुन २०१५ 
  113. "This Vijay Diwas, remember the sacrifices and do good by our disabled soldiers", Times of India, १६ डिसेम्बर २०१८, मूलबाट १७ डिसेम्बर २०१८-मा सङ्ग्रहित, "About 3,843 Indian soldiers died in this war that resulted in the unilateral surrender of the Pakistan Army and led to the creation of Bangladesh. Among the soldiers who returned home triumphant were also 9,851 injured; many of them disabled." 
  114. Vulnerable India: A Geographical Study of Disaster By Anu Kapur
  115. "Chapter 10: Naval Operations In The Western Naval Command", Indian Navy, मूलबाट २३ फेब्रुअरी २०१२-मा सङ्ग्रहित। 
  116. "Damage Assessment– 1971 Indo Pak Naval War", Orbat.com, मूलबाट १९ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१२ 
  117. "Pakistan Air Force Combat Expirence", Global Security, ९ जुलाई २०११, "Pakistan retaliated by causing extensive damage through a single B-57 attack on Indian naval base Okha. The bombs scored direct hits on fuel dumps, ammunition dump and the missile boats jetty." 
  118. Dr. He Hemant Kumar Pandey & Manish Raj Singh (१ अगस्ट २०१७), INDIA’S MAJOR MILITARY & RESCUE OPERATIONS, Horizon Books ( A Division of Ignited Minds Edutech P Ltd), 2017, पृ: ११७। 
  119. Col Y Udaya Chandar (Retd) (२ जनवरी २०१८), Independent India's All the Seven Wars, Notion Press, 2018। 
  120. Air Chief Marshal P C Lal (१९८६), My Days with the IAF, Lancer, पृ: २८६, आइएसबिएन 978-81-7062-008-2 
  121. "The Battle of Longewala—The Truth", India Defence Update, मूलबाट ८ जुन २०११-मा सङ्ग्रहित। 
  122. "Indo-Pakistani Wars", MSN Encarta, मूलबाट १ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अक्टोबर २००९ 
  123. "India and Pakistan: Over the Edge", Time, १३ डिसेम्बर १९७१, अन्तिम पहुँच १८ मे २०२० 
  124. "India – Pakistan War, 1971; Western Front, Part I", acig.com, मूलबाट १ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०११ 
  125. "Aircraft Losses in Pakistan - 1971 War", मूलबाट १ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१० 
  126. "Bangladesh: Out of War, a Nation Is Born", Time, २० डिसेम्बर १९७१, अन्तिम पहुँच २३ जुन २०११ 
  127. Indian Army after Independence by Maj KC Praval 1993 Lancer, p. 317 आइएसबिएन १-८९७८२९-४५-०
  128. "Naval Commandos in Operation Jackpot", The Daily Star, २६ मार्च २०१५। 
  129. "India's Strategic Blunders in the 1971 War", Rediff.com, अन्तिम पहुँच ३ अगस्ट २०१४ 
  130. "The Simla Agreement 1972 – Story of Pakistan", Story of Pakistan, १ जुन २००३, मूलबाट १४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११ 
  131. "Bangladesh: Unfinished Justice for the crimes of 1971 – South Asia Citizens Web", Sacw.net, मूलबाट २२ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११ 
  132. Guess who's coming to dinner वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २००७ मिति Naeem Bangali
  133. "Situation in the Indian Subcontinent", mofa.go.jp 
  134. Ahmad Faruqui (२००३), Rethinking the National Security of Pakistan: The Price of Strategic Myopia, Ashgate, पृ: ५५, आइएसबिएन 978-0-7546-1497-5, "১৯৭১ সালে ভারতীয় সেনাবাহিনীর চিফ অফ স্টাফ ফিল্ড মার্শাল মানেকশওয়া তাদের চূড়ান্ত প্রশংসা কুড়িয়েছিলেন যখন তিনি বলেছিলেন: পূর্ব পাকিস্তানের পাকিস্তান সেনাবাহিনী খুব সাহসিকতার সাথে লড়াই করেছিল। তবে তাদের কোনও সুযোগ ছিল না। তারা তাদের বেস থেকে হাজার মাইল দূরে ছিল। এবং আমার প্রস্তুতিগুলি করার জন্য আমার আট বা নয় মাস ছিল। আমার প্রায় পাঁচ-থেকে একজনের শ্রেষ্ঠত্ব ছিল" 
  135. "The 1971 war", BBC News, अन्तिम पहुँच ११ अक्टोबर २०११ 
  136. http://archive.prothom-alo.com/detail/news/23563 দৈনিক প্রথম আলো প্রকাশিত ধারাবাহিক নিবন্ধ
  137. "দৈনিক সংবাদ" 
  138. Rummel, Rudolph J., "Statistics of Democide: Genocide and Mass Murder Since 1900" Chapter 8, Table 8.2 Pakistan Genocide in Bangladesh Estimates, Sources, and Calcualtions: lowest estimate two million claimed by Pakistan (reported by Aziz, Qutubuddin. Blood and tears Karachi: United Press of Pakistan, 1974. pp. 74,226), all the other sources used by Rummel suggest a figure of between 8 and 10 million with one (Johnson, B. L. C. Bangladesh. New York: Barnes & Noble, 1975. pp. 73,75) that "could have been" 12 million.
  139. "125 Slain in Dacca Area, Believed Elite of Bengal"New York Times। New York, NY, USA। १९ डिसेम्बर १९७१। 
  140. Sajit Gandhi The Tilt: The U.S. and the South Asian Crisis of 1971 National Security Archive Electronic Briefing Book No. 79 16 December 2002
  141. East Pakistan: Even the Skies Weep, Time Magazine, 25 October 1971.
  142. "बुद्धिजीवीहरूको हत्याकाण्डमा" (दोस्रो संस्करण)। Asiatic Society of Bangladesh। 
  143. মুনতাসীর মামুন। "কিশোর মুক্তিযুদ্ধ কোষ"। সময় প্রকাশন। 
  144. মুনতাসীর মামুন। "যে সব হত্যার বিচার হয়নি"। সময় প্রকাশন। 
  145. Telegram 978 From the Consulate General in Dacca to the Department of State, March 29, 1971, 1130Z
  146. Dr. Rashid Askari, "Our martyerd intellectuals", editorial, the Daily Star, December 14, 2005
  147. দৈনিক বাংলা, ২৩ ডিসেম্বর ১৯৭১
  148. মুনতাসীর মামুন ও মহিউদ্দিন আহমেদ সম্পাদিত। "পাকিস্তানীদের দৃষ্টিতে মুক্তিযুদ্ধ"। দি ইউনিভার্সিটি প্রেস লিমিটেড। 
  149. ডঃ এম এ হাসান। "যুদ্ধাপরাধ,গণহত্যা ও বিচার অন্বেষণ"। War Crimes Fact Finding Committee and Genocide archive & Human Studies Centre, Dhaka। 
  150. "State, nation, identity: The quest for legitimacy in Bangladesh"। South Asia: Journal of South Asian Studies। डिसेम्बर २, १९९७। 
  151. "Killing of Intellectuals - Banglapedia"। सङ्ग्रह मिति १३ जनवरी २०१० 
  152. Asadullah Khan The loss continues to haunt us in The Daily Star (Bangladesh) 14 December 2005
  153. Lévy, Bernard-Henri (२८ अप्रिल २०१४), "Bernard-Henri Levy: Andre Malraux's Bangladesh, Before the Radicals", The Daily Beast 
  154. "André Malraux: A true friend of Bangladesh", The Independent, Dhaka, २५ अप्रिल २०१४, मूलबाट ११ अप्रिल २०१५-मा सङ्ग्रहित। 
  155. "The Recognition Story", Bangladesh Strategic and Development Forum, मूलबाट २५ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०११ 
  156. Bhutto, Zulfiqar Ali, Zulfiqar Ali Bhutto's farewell speech to the United Nations Security Council 
  157. "Bhutan recognised Bangladesh first", Dhaka Tribune, ८ डिसेम्बर २०१४। 
  158. "Foreign Relations, 1969-1976, Volume XI, South Asia Crisis, 1971", US Department of State, अन्तिम पहुँच १९ मे २०२० 
  159. Srinath Raghavan, 1971, Harvard University Press, पृ: 101–105। 
  160. Noah Berlatsky, East Pakistan, Greenhaven Publishing, पृ: 52–53। 
  161. "China Recognizes Bangladesh", Oxnard, California, US, Associated Press, १ सेप्टेम्बर १९७५। 
  162. "China Veto Downs Bangladesh UN Entry", Montreal, Quebec, Canada, United Press International, २६ अगस्ट १९७२। 
  163. https://www.cia.gov/library/readingroom/docs/CIA-RDP83S00854R000200130001-0.pdf
  164. "The Island", www.island.lk 
  165. "You are being redirected...", www.mfa.gov.lk 
  166. "Pak thanks Lanka for help in 1971 war", Hindustan Times, ११ जुन २०११, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९ 
  167. Jarrod Hayes (२०१२), "Securitization, social identity, and democratic security: Nixon, India, and the ties that bind", International Organization 66 (1): 63–93, जेएसटिओआर 41428946, डिओआई:10.1017/S0020818311000324 
  168. Shalom, Stephen R., The Men Behind Yahya in the Indo-Pak War of 1971
  169. "The triumvirate of the Diplomat, the Journalist and the Artist", The Daily Star, १७ डिसेम्बर २०१६, अन्तिम पहुँच ११ जनवरी २०१७ 
  170. Scott, Paul (२१ डिसेम्बर १९७१), "Naval 'Show of Force' By Nixon Meant as Blunt Warning to India", Bangor Daily News 
  171. Anna Orton (२०१०), India's Borderland Disputes: China, Pakistan, Bangladesh, and Nepal, Epitome Books, पृ: ११६, आइएसबिएन 978-93-80297-15-6 
  172. Matthew White (२०११), Atrocitology: Humanity's 100 Deadliest Achievements, Canongate Books, पृ: ४५, आइएसबिएन 978-0-85786-125-2 
  173. Dexter Filkins (२७ सेप्टेम्बर २०१३), "Collateral Damage:'The Blood Telegram,' by Gary J. Bass", The New York Times, अन्तिम पहुँच १६ डिसेम्बर २०१५ 
  174. "That same fleet but new face", The Telegraph, अन्तिम पहुँच ११ जनवरी २०१७ 
  175. "USSR, Czechoslovakia Recognize Bangladesh", Sumter, South Carolina, US, Associated Press, २५ जनवरी १९७२। 
  176. "Nixon Hopes for Subcontinent Peace", Spartanburg, South Carolina, US, Associated Press, ९ अप्रिल १९७२। 
  177. Matir moina (The Clay Bird)

बाह्य कडीहरू[सम्पादन गर्ने]