रङ्पुर जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रङ्पुर
রংপুর
—  जिल्ला  —
बाङ्लादेशको नक्शामा रङ्पुर जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग रङ्पुर विभाग
सरकार
 - विभागीय आयुक्त जशेम उद्दिन अहमद[१]
क्षेत्रफल
 - जम्मा २,४००.५६ किमी (९२६.९ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[२])
 - जम्मा २,९९६,३३६
 जनघनत्व १,२४८.२/किमी (३,२३२.८/वर्ग मी)
मूलबासी नाम रङ्पुरी
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+०६:००)
हुलाक कोड ५४००
वेबसाइट rangpur.gov.bd

रङ्पुर बङ्गलादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ। [३]

इतिहास[सम्पादन गर्ने]

सन् २०१० देखि रङ्पुरलाई बङ्गलादेशको विभागीय क्षेत्र बनाइएको थियो। रङ्पुरलाई प्राचीनकालमा विभिन्न शासकहरूले शासन गरेका थिए।

शब्दको उत्पत्ति[सम्पादन गर्ने]

रङ्पुरको नाम रङ्गोपुरबाट आएको हो भने पछि यसको नाम रङ्पुर राखिएको थियो। रङ्गोपुर दुई शब्दले बनेको छ जसमा पहिलो शब्दको रङ्गोको अर्थ आकर्षक र आनन्द हुन्छ भने पुरको अर्थ स्थान वा क्षेत्र हुन्छ त्यसैले रङ्गोपुरको अर्थ आनन्द र आकर्षक सहर हुन आउँछ। यस क्षेत्रमा प्राचीनकालमा कामरुप शासकका राजाले राज गरेका थिए जसको नाम बागादत्ता थियो। कामरुपका राजाले यस घघाट नदिको किनारमा रङ्गामहलको स्थापना गरेका थिए। रङ्गामहलमा प्राचीनकालमा बङ्गालका।राजाले समय बिताएका थिए। जसका लागि यो क्षेत्र रङ्गापुरको नामले परिचित थियो।

मुगल राज्य[सम्पादन गर्ने]

मुगल कालका शासकहरूले यस क्षेत्रमा सन् १५७५ मा कब्जा जमाएका थिए। तात्कालिक समयमा मुगल शासकहरूले यस क्षेत्रमा तीन विभागमा विभाजन गरि छुट्टाछुट्टै स्थाहरूमा राज गर्दै आएका थिए। रङ्पुर क्षेत्रमा शासकहरूले कारागारको सदरमुकामको स्थापना गरेका थिए।

ब्रिटिस शासनकाल[सम्पादन गर्ने]

मुगल शासककालको केही शताब्दी पश्चात् अन्ततः रङ्पुर ब्रिट्स इस्ट इण्डिया कम्पनीको कब्जामा आएको थियो। ब्रिटिस शासनको विरुद्धमा युद्ध सन् १९३० देखि शुरू भएको थियो। ब्रिटिस शासनकालमा तात्कालिक शासकहरूले यस क्षेत्रमा विभिन्न विद्यालयहरूको स्थापना गरेका थिए।

बाङ्लादेश स्वतन्त्रता युद्ध[सम्पादन गर्ने]

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो। तात्कालिक समयमा पाकिस्तानी सेनाले रङ्पुर सदरका अब्दुल कलम अजिज, साङ्खु समादर, मोकाबुल हुसेल र अोमार अलिको हत्या गरेका थिए। २८ मार्च १९७१ मिथा पुकार उपजिल्लाका मानिसहरूले रङ्पुर सैनिक अड्डा घेराउ गरेका थिए। तात्कालिक समयमा २९ घोडामा सवार सैनिकहरूले मेसिन गोली द्वारा थुप्रै मानिसहरूको हत्या गरेका थिए। पाकिस्तानी सेनाले उक्त उपजिल्लाका पिरादाबाद सङ्घका मानिसहरूको हत्या गरेका थिए। १ अप्रिल १९७१ मा बङ्गलादेशको मुक्ति युद्धमा लडिरहेका लडाकुहरूले कुनिया उपजिल्लामा प्रहरी जवानका हत्या गरेका थिए। १३ अप्रिलमा पाकिस्तानी सेनाले ११ जना मानिसहरूको पिरगञ्ज र नन्दीगञ्जमा बिभत्स हत्या गरेका थिए। १७ अप्रिलमा पाकिस्तानी सेनाले बदारगञ्ज उपजिल्लाका थुप्रै मानिसहरूको हत्या गरेका थिए। पाकिस्तानी सेनाले बङ्गाली विभागका प्रवक्ता चित्त राजन रोय, बोयम कृष्ण अधिकारी, सुनिल चन्द्र चक्रवर्तीको हत्या गरेका थिए भने प्रवक्ताहरू सोही दिन रङ्पुरको कार्मिचेल कलेजमा बसेका थिए र हत्या पश्चात् पाकिस्तानी सेनाले ३० अप्रिका दिन सबै शवहरूलाई एउटै चिहानमा गाडिदिएका थिए भने पाकिस्तानी सेनाले केही विद्यार्थी र शिक्षकहरूको पनि हत्या गरेका थिए भने सोही दिन देखि सेनाले स्थानीय मानिसहरूलाई समेत यातना दिन शुरू गरेका थिए। २ जुनमा दुई पाकिस्तानी सेना कुनियाँ उपजिल्लाको टिष्टा पुल नजिक रहेको एक गाउँमा गई महिला माथी दुर्ववहार गरेका थिए भने गाउँलेहरूले उक्त दुई पाकिस्तानी सेनाको हत्या गरिदिएका थिए। उक्त घटनाको फल स्वरुप पाकिस्तानी सेनाले उक्त गाउँमा पुन आक्रमण गरि ३० जुन १९७१ मा २०० भन्दा बढी स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। अगस्ट महिनामा पाकिस्तानी सेनाले तारागञ्ज उपजिल्लाका सएर भन्ने ठाउँमा थुप्रै मानिसलाई घेरा हालेका थिए र पछि सबैलाई गोली हानि हत्या गरेका थिए। अक्टोबर महिनामा पिरगाचा उपजिल्लाको शङ्करदह गाउँमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका सैनिक र पाकिस्तानी सेना बीच गोली हानाहान भएको थियो भने उक्त घटनामा ५ लडाकु सहित २ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। पाकिस्तानी सेनाले उक्त घटनाको केही दिन पश्चात् १७ मुसलमानहरूको टल्टला मस्जिदमा हत्या गरेका थिए। डिसेम्बर २ का दिन पिरगाचा उपजिल्लामा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका सैनिक र पाकिस्तानी सेना बीच गोली हानाहान भएको थियो भने उक्त घटनामा १ लडाकु सहित २ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। ३ डिसेम्बरका दिन पाकिस्तानी सेनाले बारती पुलमा थुप्रै मानिसहरूको सामूहिक हत्या गरेका थिए। १७ डिसेम्बरका दिन पाकिस्तानी सेनाले आत्मासमर्पण गरेपछि रङ्पुर जिल्ला स्वतन्त्र भएको थियो।

भूगोल[सम्पादन गर्ने]

रङ्पुर विभागमा (बङ्गलादेशको सात विभाग मध्ये एक विभाग) पर्ने यो जिल्ला बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्छ। यो जिल्ला २५°१८' देखि २५°५७' उत्तर अक्षांश र ८८°५६' देखि ८९°३२' पुर्वी देशान्तरणमा अवस्थित छ। रङ्पुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३७०.४५ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई लालमनिरहाट जिल्लानीलफामारी जिल्ला उत्तर, गाईबान्धा जिल्लाले दक्षिण, कुडिग्राम जिल्लाले पूर्व र दिनाजपुर जिल्लाले पश्चिमबाट घेरेको छ। रङ्पुर सहर यस जिल्लाको सदरमुकाम हो। यस जिल्लाको तापक्रम ३२ डिग्री देखि ११ डिग्री सम्म पुग्छ भने यस जिल्लामा २९३१ मिलिमिटर वर्षा हुन्छ।[४]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २५४२४४१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३०७३९६ छ भने महिलाको जनसङ्ख्या १२३५०४५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२९६७९० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २२९९६३ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ५७८१, इसाई धर्मको २०६९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७८४७ रहेको छ। यस जिल्लामा मुण्डा र सन्तल जनजातिहरू बसोबास गर्छन्। टिष्टा, जमुनेश्वरी, घघाट, अखिरा,चकाली अादि यस जिल्लाका प्रमुख नदिहरू हुन्।

भाषा[सम्पादन गर्ने]

रङ्पुर जिल्लामा मुख्यतया दुई भाषाहरू बोलिने गरिन्छ जो; रङ्पुरी र बङ्गाली हन्। यस जिल्लाका स्थानीय बासिन्दाहरू रङ्पुरी भाषा बढी बोल्छन् भने शिक्षित मानिसहरू र सहरमा बसोबास गर्ने मानिसहरू भने बङ्गाली भाषा बोल्ने गर्छन्। यस जिल्ला सन्तल र मुण्डा जनजातिहरू पनि बसोबास गर्ने हुनाले उक्त जनसमुदायले छुट्टै स्थानीय भाषा बोल्ने गर्छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६२.९९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.६६% मजदुरी, व्यापार र उद्योगमा १.१%, वाणिज्यमा १३.२८%, सञ्चार र यातायातमा ३.९०%, रेमिटेन्समा ०.२०%, निर्माण क्षेत्रमा १.१३%, धार्मिक सेवा ०.२०% र अन्य ६.१६% रहेका छन्।

सञ्चार माध्यम[सम्पादन गर्ने]

बङ्गलादेश बेतार रङ्पुर यस जिल्लाको प्रशारकको रुपमा काम गरेको छ। बङ्गलादेश टेलिभिजनको क्षेत्रीय प्रशारण रङ्पुरबाट हुन्छ। रङ्पुर प्रेस क्लब रङ्पुर सहरमा पर्छ। रङ्पुरमा १९ वटा चलचित्र मन्दिरहरू छन् भने यहाँ थुप्रै पत्रपत्रिका प्रकाशन गर्ने संस्थाहरू पनि छन्।

प्रशासक[सम्पादन गर्ने]

जिल्ला परिषद् भवन

यस जिल्लामा ३ नगरपालिकाहरू: रङ्पुर सदर, बडारगञ्ज र हरागच छन् भने ८ उपजिल्लाहरू छन् जुन यस प्रकार छन्;[५][६]

यस जिल्लाको सदरमुकाम रङ्पुर सहरले ४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ जुन घघाट नदिको किनारमा अवस्थित छ भने यस सहरलाई सन् १८६९ मा नगरपालिका घोषित गरिएको थियो। सन् २००६ को जनगणना अनुसार रङ्पुर नगरपालिकाको जनसङ्ख्या २५१७९९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२% छ भने महिलाको जनसङ्ख्या ४८% रहेको छ। यस सहरको साक्षरता दर ५४.६% रहेको छ। रङ्पुर सहर विभाग कुल १०० वर्ग किलोमिटरमा फैलिएको छ भने सन् २०११ को जनगणना अनुसार यसको जनसङ्ख्या ६० लाख रहेको छ। रङ्पुर सहर बङ्लादेशका ढाका (१२५ मिलियन) चट्टग्राम (३० मिलियन), खुलना (१० मिलियन) र राजशाही (८ मिलियन) पछिको पाँचौं ठूलो सहर हो।[८][९]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४१.९१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.५०% र महिलाको साक्षरता दर ३७.०६% रहेको छ। यस जिल्लामा १ विश्वविद्यालय, १ मिडिकल कलेज, २ शिक्षण अस्पताल, १ कानुन विद्यालय, १ आयुर्वेदिक कलेज, ६५ कलेज, ३२० माध्यमिक विद्यालय, ११६६ सामुदायिक विद्यालय, २५ मन्टेस्वरी, ३७० मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; बेगुम रोकाय विश्वविद्यालय (सन् २००८), रङ्पुर कलेज (सन् १९१६), बेगसम रोकाय सरकारी मोहिला कलेज (सन् १९६४), रङ्पुर मेडिकल कलेज (सन् १९६६), रङ्पुर सैनिक क्याम्पस (सन् १९७७), रङ्पुर जिला कलेज (सन् १८७६), रङ्पुर कन्या उच्च विद्यालय (सन् १८७६), कैलाश राजन उच्च विद्यालय (सन् १९१३) आदि छन्।

बेगुम रोकाय रोकाया विश्वविद्यालय रङ्पुर जिल्लाको एक मात्र विश्वविद्यालय हो। रङ्पुरमा अवस्थित रङ्पुर मेडिकल कलेज जुन बङ्गलादेशको प्रमुख शिक्षण विद्यालय हो।

केही प्रसिद्ध स्थानहरू[सम्पादन गर्ने]

रङ्पुरमा रहेको ताजहट दरबार
  • रङ्पुर सहरको दक्षिणमा ताजहट दरबार अवस्थित छ जसलाई पहिले जमिन्दार दरवार वा राजवरी दरवार पनि भन्ने गरिन्थ्यो। ब्रिटिस शासन कालको समाप्ति पश्चात् यो दरवार राम्रोसँग हेरचाह नगरेका कारण कमजोर बनेको थियो तर त्यसको बाबजुद पनि यो सन् १९८० को दशकमा एक न्याय लयको रुपमा परिचित थियो। सन् २००४ मा यस दरवारलाई पूर्ण रुपमा प्राचीन सामग्रीहरू र शैलीको प्रयोग गरी फेरबदल गरि एक सङ्ग्राहलय बनाइएको थियो। रङ्पुर सहरमा यसको अलावा विभिन्न अतिथी बस्नका लागि घर र अन्य थुप्रै सङ्ग्राहलयहरू रहेका छन्।
  • पिरबोधामा बेगम रोकायाको जन्म स्थलमा एक सङ्ग्राहल र महिला शिक्षण केन्द्रको स्थापना गरिएको छ। यो स्थलमा रङ्पुर सहरबाट आधा घण्टाको सवारी साधनमा यात्रा गरिसके पछि पुग्न सकिन्छ। ताजबरी सङ्ग्राहलय बाट केही दुरीमा रङ्पुर सहरमा एक सङ्ग्राहलय अवस्थित छ।
রংপুর টাউন হল
  • रङ्पुर सहरको मध्ये भागमा एक ठूलो चिडियाखाना अवस्थित छ र सोही स्थानको नजिकमा "टाउन हल" नामक एक ठूलो सभा मण्डप रहेको छ जहाँ विभिन्न साँस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछ। यस जिल्लामा आफ्नै खनिज उत्खनन् केन्द्र र कलकारखानाको कमीका कारण यस जिल्ला अर्थतन्त्र कृषिमा बढी निर्भर छ। यस जिल्लाका दुर्गम क्षेत्रका मानिसहरूको जमिन नभएका कारण आएको स्रोत कमजोर छ। यस जिल्लामा वर्ष याममा बाढी आउने गरेको छ जसका कारण जन धनको ठूलो मात्रामा क्षेती हुने गरेको छ। यस जिल्लाको विभिन्न स्थानहरूबाट कोइला उत्खनन् गरिएको छ। यस जिल्लामा थुप्रै सैनिक अड्डुहरू रहेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বিভাগীয় কমিশনারদের তালিকা – মন্ত্রিপরিষদ বিভাগ - বাংলাদেশ
  2. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জুন ২০১৮), "একনজরে রংপুর জেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  3. আবদুস সাত্তার (सन् २०१२). "রংপুর জেলা". In সিরাজুল ইসলাম ও আহমেদ এ জামাল. বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (দ্বিতীয় संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Rangpur_District. 
  4. "বাংলাপিডিয়া মানচিত্র" 
  5. "রংপুর জেলার উপজেলা তালিকা", কবিরহাট ডট কম 
  6. "রংপুর জেলার উপজেলা উপজেলা সমূহ", রংপুর বিভাগ বিডি 
  7. "পীরগাছা উপজেলা", রংপুর বিভাগ বিডি 
  8. "বাংলাদেশ মানচিত্র ৬৪ টি জেলা ও উপজেলার বাংলা ডিজিটাল মানচিত্র" 
  9. "বাংলাদেশের উপজেলাগুলির তালিকা ডাউনলোড করুন", ডাউনলোড