कुडिग्राम जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुडिग्राम
কুড়িগ্রাম
—  जिल्ला  —
Bangladesh Kurigram District.pngबङ्गलादेशको नक्शामम कुडिग्राम जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग रङ्गपुर
क्षेत्रफल
 - जम्मा २,२४५.०४ किमी (८६६.८ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा २,०६९,२७३
 जनघनत्व ९२१.७/किमी (२,३८७.२/वर्ग मी)
साक्षरता दर
 - जम्मा ५६%
समय क्षेत्र बङ्गलादेशी समय (युटिसी+६)
हुलाक कोड ५६००
वेबसाइट अाधिकारिक वेबसाइट

कुडिग्राम (बङ्गाली: কুড়িগ্রাম) बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो । यो जिल्ला रङ्गपुर जिल्ला पर्छ । ब्रिटिश सरकार पहिला पटक २२ अप्रिल १९७५ मा कुडिग्राम महाकामा स्थापना भएको थियो । सर विलियम हन्टरले कुडिग्रामको वणन गर्ने क्रममा यसलाई कुडिगञ्ज भनेका थिए । यस जिल्ला अाठ थानाहरू रहेका छन् जस्तै- कुडिग्राम, लालमुनिरहट, उलीपुर, चलमारी, राउमारी, फुलबारी, नगेशवार र भुरुनगमाडि छन् । यो सन् १९८४ फेब्रुअरी १ का दिन जिल्लामा परिणत भएको थियो । यस जिल्लामा हाल ९ वटा उप-जिल्लाहरू रहेका छन् । [१]

भूगोल[सम्पादन गर्ने]

यो जिल्ला २५°२३' देखि २६°१४' उत्तर अक्षांश र ८९°२७' देखि ८९°५४' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२९६.१० वर्ग किलोमिटर अोगटेको छ । यस जिल्लालाई भारतको पश्चिम बङ्गाले उत्तरबाट घेरेका छन् भने यस जिल्लाको दक्षिणमा गाईबान्धा र जामलपुर जिल्ला रहेका छन् । त्यस्तै गरि भारतको असाम राज्यले पुर्वमा र रङ्गपुर र लालमनिरहाट जिल्लाले घेरेको छ । यस जिल्लामा जमुना, ब्रह्मपुत्र, टिस्टा, अादि जस्ता देशकै प्रमुख नदिहरू रहेका छन् ।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको प्रमुख आर्थिक उत्पादन चामल, जूट, गँहु, खैनी, आलु आदि हन् । जाडो मौसमको समयमा, जब पानीको स्तर सामान्यतया वर्षाको मौसम भन्दा कम हुन्छ, मानिसहरूले धान धेरै उच्च उपज खेती गर्न सिंचाई प्रणालीको प्रयोग गर्छन् । यस जिल्लामा रहेका चिस्यान केन्द्र भण्डारणले कृषि उत्पादनमा विशेष गरी आलुलाई गर्मी मौसमको समयमा संरक्षित गरेर यस जिल्ला को अर्थव्यवस्था धानेको छ ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ७०.४१% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.३७% मजदुरी, व्यापार र उद्योगमा ०.५१%, वाणिाज्यमा ९.४५%, सञ्चार र यातायातमा २.०२%, रेमिटेन्समा ०.२१%, सरकारी कार्यलयहरूमा ६.५८% ,धर्म सेवामा ०.२१% र अन्यमा ६.७६% रहेका छन् ।

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३३.४५% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३९.४२% छ भने महिलाको साक्षरता दर २७.५५% रहेको छ ।[२] यस जिल्लामा १ कानुन विषयको क्याम्पस, ४३ क्याम्पस, २५७ उच्च माध्यमिक विद्यालय, ५६३ सरकारी मान्यता र ५५२ दर्ता नगरिएका विद्यालय अादि रहेका छन् जसमध्ये- उलिपुर महारानी उच्च विद्यालय र क्याम्पस (१८६८), कुदिग्राम सरकारी क्याम्पस (१९६१), उलिपुर जिल्ला डिग्री क्याम्पस (१९६४), बरुणगमारी डिग्री क्याम्पस (१९६७), मिर इस्माइल हुसेन डिग्री क्याम्पस (१९७३), फुलबारी डिग्री क्याम्पस (१९७३), राजिवपुर डिग्री क्याम्पस (१९८७) अादि यहाँका उत्कृष्ट विद्यालय र क्याम्पसहरू हुन् ।

यातायात[सम्पादन गर्ने]

बस लामो दूरीको यात्राको लागि यो जिल्लाको सबै भन्दा सस्तो र प्रमुख यातायात प्रणाली रुपमा रहेको छ । यस जिल्लाको पश्चिम भागमा राम्रो रेलको सुविधा छ जसले पश्चिममा रजरहाट र दक्षिणमा चिलमारी र उलीपुर सम्म जोडेको छ । यस जिल्ला राजीवपुर र फुलबारीका जनजातिहरूले मुख्य बजारमा अाउनका लागि विषेश गरि यातायातका लागि डुङ्गाको प्रयोग गर्दै अाएका छन् । यस सहरमा सस्तो र धेरै मात्रामा रहेका कारण रिक्साहरूको पनि जिल्लै भरि प्रयोग गरिँदै अाएको छ । अन्तर जिल्ला र अन्तर उप-जिल्लाहरूमा बस छिनछिनमा कुडिग्राम बस टर्मिनलबाट सहरको पश्चिमी भागमा छुट्छ । यस जिल्लामा रेल पनि नजिकका जिलहरूसँग जोडिएको छ उदाहरणका लागी लालमुनिरहट, रङ्गपुर अादि तर बसहरु भन्दा कम मात्रामा रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "कुडिग्राम जिल्लाको जानकारी", बङ्गलापिडिया। 
  2. "कुडिग्राम जिल्ला", बङ्गलादेश राष्ट्रिय वेबसाइट पेर्टल 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]