सामग्रीमा जानुहोस्

कुमिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमिल्ला
महानगरपालिका
माथिबाट तलसम्म घडीको सुई विपरीत: कुमिल्लाको सहरी दृश्य, माध्यमिक तथा उच्च माध्यमिक शिक्षा बोर्ड , लालमाई चण्डी मन्दिर, मयनामाती युद्ध चिहान, धर्मसागर, रूपसागर पार्क, बङ्गलादेश ग्रामीण विकास एकेडेमी तथा मयनामती
कुमिल्ला is located in चट्टोग्राम विभाग
कुमिल्ला
कुमिल्ला
चट्टोग्राम विभागमा कुमिल्लाको अवस्थिति
कुमिल्ला is located in बङ्गलादेश
कुमिल्ला
कुमिल्ला
बङ्गलादेशको नक्सामा कुमिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°२७′उ॰ ९१°१२′पू॰ / २३.४५०°N ९१.२००°E / 23.450; 91.200निर्देशाङ्कहरू: २३°२७′उ॰ ९१°१२′पू॰ / २३.४५०°N ९१.२००°E / 23.450; 91.200
देश बङ्गलादेश
विभागचट्टोग्राम विभाग
जिल्लाकुमिल्ला जिल्ला
पौरसभा स्थापना স্থাপনसन् १८९०
सहर निगम१० जुलाई २०११
सरकार
 • प्रकारनगरप्रमुख - परिषद्
 • अङ्गकुमिल्ला सहर निगम
 • नगरप्रमुखआरफानुल हक रिफात
क्षेत्रफल
 • महानगरपालिका५३.०४ किमी (२०.४८ वर्ग माइल)
उन्नतांश
७२ मिटर (२३६ फिट)
जनसङ्ख्या
 (सन् २०२२)
 • महानगरपालिका१२०९१३३
 • घनत्व२००००/किमी (५००००/वर्ग माइल)
 • महानगर
१०८३८७६
समय क्षेत्रयुटिसी+६ (बप्रस)
हुलाक कोड
३,५००–३५८३
इलाका अनुसार टेलिफोन कोड०८१
उल्लेखनीय खेलकुद क्लबकुमिल्ला वरियर्स
वेबसाइटआधिकारिक वेबसाइट

कुमिल्ला बङ्गलादेशको दक्षिण-पूर्वी भागमा पर्ने गोमती नदीको किनारमा अवस्थित चट्टोग्राम विभागको एक महानगर हो। कुमिल्ला महानगरपालिकाको कुल क्षेत्रफल ५३.०४ वर्ग किलोमिटर र जनसङ्ख्या १२ लाख रहेको छ। कुमिल्ला सहर एक व्यापक जनघनत्व भएको सहरहरू मध्ये पर्दछ।[१]कुमिल्ला सहर प्रस्तावित मेघना विभागको मुख्यालय हुनेछ। कुमिल्ला सहर ६ जिल्लाहरूको केन्द्रीय सहर हो र यो सहर ढाका-चट्टोग्राम राजमार्गको छेउमा अवस्थित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन काल[सम्पादन गर्नुहोस्]

सालबान बिहार मन्दिर

कुमिल्ला क्षेत्र एकपटक पुरातात्विक प्राचीन अवस्थामा त्रिपुरा राज्यसँग सामेल भएको थियो। यो जिल्ला नवौँ शताब्दीमा हरिकोलाका राजाहरूको शासनमा आएको थियो। दिबावंशकी महारानी लालमाई मिनामतीले आठौँ शताब्दी एस सहरमा शासन चलाएकी थिइन्।[२] सन् १७६४ मा समसेर घाजीको नेतृत्वमा त्रिपुराका राजा विरुद्ध आन्दोलन भएको थियो जुन कुमिल्लाको उल्लेखनीय ऐतिहासिक घटना हो।[३] सन् १७६५ मा यो सहर इस्ट इन्डिया कम्पनीको कब्जामा आएको थियो र त्यसपछि सन् १७९० मा यो सहरलाई त्रिपुरा जिल्लामा नामाकरण गरिएको थियो भने सन् १९६० यस सहरलाई कुमिल्लामा नाममा परिवर्तन गरिएको थियो।

ब्रिटिस युग[सम्पादन गर्नुहोस्]

द्वितीय विश्वयुद्धको चिहान स्मारक

सन् १९०५ मा बङ्गालको विभाजनको क्रममा कुमिलामा एक मुसलमानलाई गोली हानेपछि साम्प्रदायिक तनाव फैलिएको थियो। २१ नोभेम्बर सन् १९२१ नोभेम्बर २१ का दिन काजी नजरुल इसलामले देशभक्तिपूर्ण गीतहरू रचना गर्दै वेल्सका राजकुमारको भारत भ्रमणको विरोध गरेर नगरवासीहरूलाई जागृत गर्ने प्रयास गरेका थिए।[४] यस अवधिमा अवय आश्रमले क्रान्तिकारी संस्थाको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। कवि रवीन्द्रनाथ ठाकुरमहात्मा गान्धी पनि त्यस समय कुमिल्ला गएका थिए। सन् १९३१ मा चौद्दग्राम उपजिल्लाको मोहिनी गाउँका लगभग ४,००० किसानहरूले मालपोत करको विरोधमा विद्रोह गरेका थिए। ब्रिटिस गोर्खा सैनिकहरूले भीडमाथि अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो। सन् १९३२ मा एक ठूलो किसान भेलामा प्रहरीले लाकसाम उपजिल्लाको हासानाबादमा गोली चलाउँदा दुई जनाको मृत्यु भने कैयौँ घाइते भएका थिए।[५] सहरको कुमिल्ला भिक्टोरिया सरकारी कलेज महारानी भिक्टोरियाको सम्झनामा राखिएको थियो।

भूगोल[सम्पादन गर्नुहोस्]

गोम्ती नदी, कुकिल्ला

कुमिल्ला भौगोलिक रूपमा २३°२७'०" उत्तर र ९१°१२′०" पूर्वमा अवस्थित छ। कर्कट रेखा (२३°५') कुमिल्ला सहरको दक्षिणतर्फको टोमसोम पुलमाथिबाट पार हुन्छ। यसको उत्तरमा बुरिचाङ र त्रिपुरा, दक्षिणमा लाक्साम र चौद्दग्राम र पश्चिममा बरुरा पर्दछन्। कुमिल्ला नदीबाट बग्ने नदीमध्ये गोमती र छोटो फेनी उल्लेखनीय छन्।

खेलकुद[सम्पादन गर्नुहोस्]

कोमिल्ला भिक्टोरियान्स एस सहरको प्रमुख क्रिकेट टोटी हो । [६] यो बङ्गलादेश प्रिमियर लिगका दोश्रो सबै भन्दा सफल टोली हो । कोमिल्ला भिक्टोरियन्सले प्रिमियर लिगामा सबै भन्दा बढी खेल जितेको छ ।[७]

यातायात[सम्पादन गर्नुहोस्]

ढाका-कोमिल्ला राजमार्ग

राजमार्ग[सम्पादन गर्नुहोस्]

कोमिल्फा बङ्गलादेशको पूर्वी भागको लागि सडक सञ्चारको केन्द्र हो यो भारतीय उपमहाद्वीपको सबैभन्दा पुरानो राजमार्गहरू, 'द ग्रेट ट्रंक रोड', शहर मार्फत पास हुन्छ । कोमिल्ला राजधानी ढाकाबाट ९७ किलोमिटरको दुरीमा रहेको छ जहाँ सडक वा रेल मार्गबाट ​​पुग्न सकिन्छ ।

रेल[सम्पादन गर्नुहोस्]

कोमिल्ला पास नजिकैको लखन जङ्क्शन र अकौरा रेलवे जङ्क्शन नजिक रहेको छ जुन देशको सबैभन्दा ठूलो रेलवे सुविधा हो । रेल सुविधा ढाका, चित्गोंग, ब्राह्मणिया र सिलिहिटमा उपलब्ध छ ।

हवाई[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "সীমানা জটিলতায় কুমিল্লা সিটি নির্বাচন অনিশ্চিত"। দৈনিক মানবজমিন। २४ अक्टोबर २०१६। सङ्ग्रह मिति २०११-०७-११ 
  2. Kilikhar, Bidhas Kanti (१९९५), Tripura of the 18th Century with Samsher Gazi Against Feudalism: A Historical Study, Agartula: Chhapa Kathi, Tripura State Tribal Cultural Research Institute and Museum, पृ: ५५, ओसिएलसी 39290375 
  3. Nawaz, Ali (२०१२), "Shamsher Gazi", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh 
  4. Islam, Rafiqul (२०१२), "Islam, Kazi Nazrul", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh। 
  5. Siddiqi, Mamun (२००३), "Comilla District", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (First संस्करण), Asiatic Society of Bangladesh। 
  6. "क्रिकेट रेकर्ड | बङ्गलादेश प्रिमियर लिग| रेकर्ड | नतिजाको सरंस", इएसपियन क्रिक इन्फो, मूलबाट १० सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०७-२२ 
  7. "क्रिकेट रेकर्ड | बङ्गलादेश प्रिमियर लिग | रेकर्ड | सिरिज नतिजाहरू", इएसपिएन क्रिक इन्फो, अन्तिम पहुँच २०१६-०७-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]