सामग्रीमा जानुहोस्

चट्टोग्राम विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चट्टोग्राम विभाग
চট্টগ্রাম বিভাগ
विभाग
बङ्गलादेशको नक्शामा चट्टोग्राम विभागको नक्शाको अवस्थिति
बङ्गलादेशको नक्शामा चट्टोग्राम विभागको नक्शा
चट्टोग्राम विभागका जिल्लाहरूको अवस्थिति
चट्टोग्राम विभागका जिल्लाहरू
निर्देशाङ्क: २२°५५′उ ९१°३०′पू / 22.917°N 91.500°E / 22.917; 91.500
देश बङ्गलादेश
सदरमुकामचट्टोग्राम सहर
क्षेत्रफल
  जम्मा३३,७७१.१८ किमी (१३०३९.१३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
  जम्मा२८,४२३,०१९
  घनत्व८४०/किमी (२२००/वर्ग माइल)
आधिकारिक
  भाषाचट्टागोङ्गी, बाङ्ला
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
मानव विकास सूचकाङ्क (सन् २०१७)०.६१०[]
मध्यम
राष्ट्रिय खेलकुद टोलीचट्टोग्राम भाइकिङ्स, चट्टोग्राम आवहानी लिमिटेडले
वेबसाइटwww.chittagongdiv.gov.bd

चट्टोग्राम (बङ्गाली: চট্টগ্রাম বিভাগ) बङ्गलादेशको ८ वटा विभाग मध्ये सबैभन्दा ठूलो विभाग हो।[] यो विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा अवस्थित छ।[] प्रशासकीय विभागमा यस विभागको चट्टोग्राम जिल्ला, छिमेकी जिल्ला र चट्टोग्राम पहाड पर्छन्।[][][]

चट्टोग्राम विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा पर्छ भने यो विभाग २०°४३' देखि २४°१६' उत्तर अक्षांश र ९०°३२' देखि ९२°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। चट्टोग्राम विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३७७१.१८ वर्ग किलोमिटर ओगटेको। यस विभागलाई ढाकासिलेट विभागले उत्तर, बङ्गालको खाडी र अरकनले (म्यानमार) दक्षिण, मिजोरोम, भातरको त्रिपुरा राज्य र म्यानमारको चिन राज्यले पूर्व र ढाकाबरिशाल विभागले पश्चिमबाट घेरेको छ। यस विभागको पूर्वी भागमा रहेका जिल्लाहरूमा थुप्रै पहाडहरू अवस्थित छन्। पद्मा, मेघना, धलेश्वरी, कालीगङ्गा, टिटास, महेशकाली आदि यस विभागका प्रमुख नदिहरू हुन्।

विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या २४२९०३८४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२.०४% छ भने महिलाको जनसङ्ख्या ४७.९७% रहेको छ। धर्मका आधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ७९% छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १२.६५% छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ७.०८, इसाई धर्मवलम्बीको जनसङ्ख्या ०.८४% र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ०.४३% रहेको छ। यस विभागमा ३४०२५ मस्जिद, १४०२ मन्दिर, १७५ गिर्जाघर, ७०९ बौद्ध गुम्बा, २२ प्यागोडाहरू रहेका छन्।

चट्टग्रा विभाग बङ्गलादेशको दक्षिण पश्चिम भागमा अवस्थित छ भने यस विभागको अर्थतन्त्र अन्य विभागहरूको भन्दा धेरै र तिव्र गतिमा बढिरहेको छ। यो विभाग क्षेत्रफलको आधारमा बङ्गलादेशको सबैभन्दा ठूलो विभाग र जनसङ्ख्याको आधारमा दोस्रो ठूलो विभाग हो। सन् २०१४ को एक प्रतिवेदन अनुसार यस विभागमा बङ्गलादेशकै सबैभन्दा अधिक उत्पादन गर्ने उद्योगहरू र निगमहरू रहेका छन्। चट्टोग्राम विभागको चट्टोग्राम सहर बङ्गलादेशको दोस्रो ठूलो बन्दरगाह सहर हो। यो सहरका दक्षिण एसियाकै सर्वाधिक व्यस्त तथा धेरै जनसङ्ख्या भएको सहर पनि हो। चट्टोग्राम विभागमा रहेका उद्योग तथा कलकारखानाहरूले बङ्गलादेशकै सर्वाधिक २० विलियन अमेरिकी डलर बराबरको निर्यात गर्छन् जसले देशको ४५% अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेको छ। सन् २०१४ मा चट्टोग्राम विभागको कुल राज्य उत्पादन ४१.४५ अमेरिकी डलर रहेको थियो जुन म्यानमार र नेपालको भन्दा ४ गुणाले बढि थियो। सन् २०१४ को राष्ट्रिय प्रतिवेदन अनुसार चट्टोग्राम विभागको प्रति व्यक्ति आय बङ्गलादेशकै सर्वाधिक ५,७१९ अमेरिकी डलर र गरीबी दर र व्यरोजगार दर क्रमश सबैभन्दा कम ४% र ४.७०% रहको थियो। चट्टग्रा विभागका मानिसहरूको जीवन शैली बङ्गलादेशको अन्य विभागका मानिसहरूको भन्दा स्तरिय छ।

कुल राष्ट्रिय उत्पादन

[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको कुल राष्ट्रिय उत्पादनले चट्टोग्राम विभागलाई पनि सहयोग गर्दै आएको छ। चट्टोग्राम विभागमा रहेका उद्योग तथा कलकारखानाहरूले बङ्गलादेशकै सर्वाधिक २० विलियन अमेरिकी डलर बराबरको निर्यात गर्छन् जसले देशको ४५% अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेको छ। सन् २०१४ मा चट्टोग्राम विभागको कुल राज्य उत्पादन ४१.४५ अमेरिकी डलर रहेको थियो जुन बङ्गलादेशको २१% राष्ट्रिय अर्थतन्त्रमा सहयोग गर्छ। ढाका विभाग पछि चट्टोग्राम विभागले बङ्गलादेशको सर्वाधिक अर्थतन्त्रमा सहयोग गरिरहेको छ। चट्टग्रा विभागका उद्योग तथा कलकारखानाहरूले बुनेको कपडा तथा लुगाहरू उत्पादन तथा निर्यात गर्दछ। हाल चट्टोग्राम विभागमा ११ जिल्लाहरू रहेका छन् जसमा चट्टोग्रामकुमिल्ला समावेश छन्। हालसालै चट्टोग्राम विभागले खुलना विभाग सहित ठूला पानीजहाजहरू निर्माण गर्ने काम शुरू गरेको थियो। चट्टग्रा विभागबाट वर्षैनी ६०% कल सङ्कलन गरिन्छ।

पानजहाज निर्माण उद्योग

[सम्पादन गर्नुहोस्]

हालसालै चट्टोग्राम विभागले खुलना विभाग सहित ठूला पानीजहाजहरू निर्माण गर्ने काम शुरू गरेको थियो। चट्टग्रा विभागबाट वर्षैनी ६०% कल सङ्कलन गरिन्छ। यस विभागमा रहेको एक पानीजहाज निर्माता कम्पनी पश्चिमी मरपन सिपयार्डले डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, जर्मनी, केन्याभारतमा निर्यात गर्दै आएको छ। सन् २०१२ को अनुसार चट्टोग्राम विभागले वार्षिक ४०० अमेरिकी डलर बराबरको उत्पादन निर्यात गरिरहेको छ भने सन् २०२० सम्म ४ विलियन अमेरिकी डलर सम्म पुर्‍याउने लक्ष लिएको छ। यस विभागमा विश्वका विभिन्न बहुराष्ट्रिय कम्पनीहरू रहेका जसमा ग्यालेक्सो स्मिथ क्लेन, रेकिट बेन्केस्टर, युनिलिभर, जेम्स फिन्ले पिएलसी, बिअ‍सी बङ्गलादेश लिमिटेड, देनकेन आदि समावेश छन्।

चट्टोग्राम विभागमा रहेका उद्योगहरू

[सम्पादन गर्नुहोस्]

१. आबुल खइर ग्रुप २. एके खान एण्ड कम्पनी: एके खान एण्ड कम्पनी बङ्गलादेशको पुरानो र प्रख्यात कम्पनी मध्ये एक हो। आबुल कसिम खानले (एके खान नामले परिचित) यो कम्पनी दोस्रो विश्वयुद्ध पछि निर्माण गरेका थिए। खानले सन् १९४७ मा पाकिस्तान र भारको विभाजन पछि चट्टोग्राममा व्यापार गर्न शुरू गरेका थिए। ३. बिएसआरएम: यस कम्पनीले बङ्गलादेशकै कच्चा पदार्थहरू सङ्कलन गरी स्टिल बनाउने गर्दछ। यो कम्पनीको स्थापना सन् १९५२ मा गरिएको थियो।

४.हबिब ग्रुप: हबिब ग्रूपको स्थापना सन् १९४७ मा गरिएको थियो। हाल यस कम्पनीले वार्षिक ५०० मिलियन अमेरिकी डलरको व्यापार गर्दै आएको छ भने यस संस्थामा हाल २०,००० कर्मचारीहरू कार्यरत छन्।

५. जमुना तेल उद्योग: जमुना तेल उद्योग (सन् १९६४ मा पाकिस्तान राष्ट्रिय तेल उद्योगको रूपमा निर्मित, सन् १९७२ मा बङ्गलादेश तेल उद्योगको रूपमा परिणत) बङ्गलादेश पेट्रोलियम निगमको एक सहायक संस्था हो जसले बजारमा डिजेल, पेट्रोल, मट्टीतेल, आगोको भट्टीमा प्रयोग हुने तेल पठाउँछ।

६. केडिएस: यो कम्पनी सन् १९८३ मा बङ्गलादेशकै पहिलो कपडा उद्योगको रूपमा निर्माण भएको थियो। हाल यस कम्पनीमा २५,००० भन्दा बढी कामदारहरू कार्यरत छन्।

७. पद्मा तेल उद्योग: पद्मा तेल उद्योग स्थापना हुने क्रममा यसको नाम बर्मा पूर्वी लिमिटेड थियो भने यसको नाम परिणात गरिएको थियो। यो कम्पनीलाई बङ्गलादेश सरकारले सञ्चालन गरिरहेको छ। यसको मुख्यालय चट्टोग्राममा अवस्थित छ।

यस विभागको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४७.९४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.८०% मजदुरी, व्यापार र उद्योगमा ०.९%, वाणिज्यमा १४.३८%, सञ्चार र यातायातमा २.८२%, रेमिटेन्समा ४.६५%, निर्माण क्षेत्रमा १.८८%, सुविधा ११.९३%, धार्मिक सेवा ०.३४% र अन्य १०.८०% रहेका छन्।

प्रशासकीय चिट्टग्राम विभागको स्थापना सन् १९८४ मा भएको थियो भने यस विभाग अन्तर्गत ११ जिल्लाहरू समावेश थिए। सन् १९५५ मा सिलेट विभाग चट्टोग्राम विभागबाट छुट्टिएर नयाँ विभाग बनेको थियो। २७ जुन १९७७ का दिन चट्टोग्राम नगरपालिकाको स्थापना भएको थियो भने ३१ जुलाई १९९० मा चट्टोग्राम सहर निगमको पनि स्थापना गरिएको थियोे। चट्टोग्राम विभागमा हाल ११ जिल्ला छन् जसका ९९ उपजिल्लाहरू रहेका छन्।[]

নামপ্রধান শহরআয়তন (বর্গকিমি)জনসংখ্যা
১৯৯১ আদমশুমারি
জনসংখ্যা
২০০১ আদমশুমারি
জনসংখ্যা
২০১১ আদমশুমারি
ব্রাহ্মণবাড়িয়া জেলাব্রাহ্মণবাড়িয়া১,৮৮১.২০২১,৪১,৭৪৫২৩,৯৮,২৫৪২৮,৪০,৪৯৮
কুমিল্লা জেলাকুমিল্লা৩,১৪৬.৩০৪০,৩২,৬৬৬৪৫,৯৫,৫৩৯৫৩,৮৭,২৮৮
চাঁদপুর জেলাচাঁদপুর১,৬৪৫.৩২২০,৩২,৪৪৯২২,৭১,২২৯২৪,১৬,০১৮
লক্ষ্মীপুর জেলালক্ষ্মীপুর১,৪৪০.৩৯১৩,১২,৩৩৭১৪,৮৯,৯০১১৭,২৯,১৮৮
নোয়াখালী জেলামাইজদী৪২০২.৭০২২,১৭,১৩৪২৫,৭৭,২৪৪৩১,০৮,০৮৩
ফেনী জেলাফেনী৯৯০.৩৬১০,৯৬,৭৪৫১২,৪০,৩৮৪১৪,৩৭,৩৭১
খাগড়াছড়ি জেলাখাগড়াছড়ি২,৭৪৯.১৬৩,৪২,৪৮৮৫,২৫,৬৬৪৬,১৩,৯১৭
রাঙ্গামাটি জেলারাঙ্গামাটি৬,১১৬.১১৪,০১,৩৮৮৫,০৮,১৮২৫,৯৫,৯৭৯
বান্দরবান জেলাবান্দরবান৪,৪৭৯.০১২,৩০,৫৬৯২,৯৮,১২০৩,৮৮,৩৩৫
চট্টগ্রাম জেলাচট্টগ্রাম৫,২৮২.৯২৫২,৯৬,১২৭৬৬,১২,১৪০৭৬,১৬,৩৫২
কক্সবাজার জেলাকক্সবাজার২,৪৯১.৮৫১৪,১৯,২৬০১৭,৭৩,৭০৯২২,৮৯,৯৯০
মোটচট্টগ্রাম৩৩,৯০৮.৫৫২,০৫,৫২,৯০৮২,৪২,৯০,৩৮৪২,৮৪,২৩,০১৯


यस जिल्लाको कुल साक्षरता दर ४४.४१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४८.३८% छ भने महिलाको साक्षरता दर ३९.८४% रहेको छ। यस विभागमा ६ विश्वविद्यालय, २ मेडिकल कलेज, २ सैनिक कलेज , ४ प्राविधिक शिक्षण संस्था, ११ शिक्षक शिक्षण संस्था, ७ आयुर्वेदिक क्याम्पस, ३४५ क्याम्पस, ९ कानुन क्याम्पस, ५ नर्सिङ शिक्षण संस्था, २२०२ माध्यमिक विद्यालय, ८७८६ प्राथमिक विद्यालय, ३४१ सामुदायिक विद्यालय, २०१७ मदरसा आदि रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; चट्टोग्राम विश्वविद्यालय (सन् १९७७), चट्टोग्राम प्राबिधिक तथा इञ्जिनयरिङ विश्वविद्यालय (सन् १९६८), फेनी सरकारी कलेज (सन् १९२२), सर आसुतोस डिग्री कलेज (सन् १९३९), सतकनिया कलेज (सन् १९४९), कोक्सबाजार सरकारी कलेज (सन् १९६२), लक्ष्मीपुर सरकारी क्याम्पस (सन् १९६४), चकरिया कलेज (सन् १९६८), खजाराचरी सरकारी क्याम्पस (सन् १९७५), कुमिल्ला भिक्टोरिया कलेज, ब्रहम्मनबाडिया सरकारी कलेज, फरिदगञ्ज डिग्री कलेज, हिमचियर डिग्री कलेज, पुरन बाजार डिग्री कलेज, हजिगञ्ज मोडल कलेज, मतलब कलेजफ फुलगाजी सरकारी कलेज (सन् १९७२), सोनागाजी सरकारी कलेज (सन् १९७२), कुमिल्ला जिला विद्यालय (सन् १८३७), नओखाली जिला विद्यालय (सन् १८५३), आनन्द सरकारी उच्च विद्यालय (सन् १८७५), चन्दिपुर मान्सा उच्च विद्यालय (सन् १९२४), विष्णुपुर उच्च विद्यालय (सन् १९२५), फेनी नमुना उच्च विद्यालय (सन् १९२७), ब्रहम्मनबाडिया सरकारी उच्च विद्यालय, आदमपुर फजिल मदरसा (सन् १९१७), फिनी अलिया मदरसा (सन् १९२३) आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ सेप्टेम्बर २०१८
  2. মাহাদী আল হাসনাত (२ अप्रिल २०१८), "সরকারী পাঁচটি জেলার নামের ইংরেজি বানান পরিবর্তন করায় মিশ্র প্রতিক্রিয়াগুলি", ঢাকা ট্রিবিউন, अन्तिम पहुँच ८ अप्रिल २०१८
  3. Sajahan Miah (सन् २०१२), "চট্টগ্রাম বিভাগ", in সিরাজুল ইসলাম, আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
  4. Ethirajan, Anbarasan (२६ डिसेम्बर २०१२), "বাংলাদেশের কক্সবাজার", বিবিসি ওয়ার্ল্ড, अन्तिम पहुँच २९ जनवरी २०१५
  5. Panday, V.C., सम्पादक (२००४), Environment, Security and Tourism Development in South Asia: Tourism development in South Asia, Environment, Security and Tourism Development in South Asia 3, New Delhi: Gyan Publishing House, पृ: 100–101, आइएसबिएन 978-81-8205-139-3
  6. The Europa World Year Book 2003, Taylor & Francis, २००३, पृ: 679, आइएसबिएन 978-1-85743-227-5
  7. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। अभिलेखिकरण २०१९-११-०६ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]