बरिशाल विभाग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बरिशाल विभाग
বরিশাল বিভাগ
—  बाङ्लादेशको विभाग  —
बाङ्लादेशको नक्शामा बरिशाल विभागको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
स्थापना १७९७
सदरमुकाम बरिशाल
क्षेत्रफल
 - जम्मा १३,२२५.२० किमी (५,१०६.३ वर्ग मी)
अवनति १.२ मि (४ फिट)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 - जम्मा ८,३२५,६६६
 जनघनत्व ६२९.५/किमी (१,६३०.५/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
मानव विकास सूचकाङ्क (सन् २०१७) ०.६२२[१]
मध्यम
क्रिकेट टोलीहरू बरिशाल बुल्स, बरिशाल विभाग
जिल्ला
उपजिल्ला ४१
सङ्घ परिषद् ३५२
वेबसाइट barisaldiv.gov.bd

बरिशाल विभाग (बाङ्ला: বরিশাল বিভাগ) बङ्गलादेशको ८ वटा विभाग मध्ये एक हो। यो विभाग बङ्गलादेशको दक्षिण-मध्ये भागमा पर्छ।[२]

भूगोल[सम्पादन गर्ने]

बरिशाल विभाग बङ्गलादेशको दक्षिण-मध्य भागमा पर्छ भने यो विभाग २१°४८' देखि २२°२९' उत्तर अक्षांश र ८९°५२' देखि ९०°२२' पूर्वी देशान्तरमा अवस्थित छ। बरिशाल विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३२९५.५५ वर्ग किलोमिटर ओगटेको। यस विभागलाई गोपालगञ्ज, मादारिपुरशरियतपुर जिल्लाले उत्तर, बङ्गालको खाडीले दक्षिण, लक्ष्मीपुरनौखाली जिल्लाले पूर्व र बागेरहाट जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, मेघना, धलेश्वरी, कालीगङ्गा, जयन्ती, बिसखाली, कृतनखोला आदि यस जिल्लाको प्रमुख नदिहरू हुन्।[३]

जनशाङ्खिकि[सम्पादन गर्ने]

विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या ८१७३८१८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४१५९२१० छ भने महिलाको जनसङ्ख्या ४०१४६०८ रहेको छ। धर्मका अाधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ७३३८०८९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८१६०५१ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १४३४८, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३४९२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १७३८ रहेको छ। यस विभागमा १६९७९ मस्जिद, २७६९ मन्दिर, ५६ गिर्जाघर, ३३ बौद्ध गुम्बा, २२ प्यागोडा र ५ चिहानहरू रहेका छन्।


अर्थतन्त्र[सम्पादन गर्ने]

बरिशाल विभागमा अत्याधिक मात्रमा धन उत्पादन हुने भएकाले यसलाई बङ्गलादेशको अन्न भण्डार पनि भनिन्छ। यस विभागमा मध्ये काल देखिनै धान, मकै, तोरी, मुसुरोको दाल, गेडागुडी आदि उत्पादन गरिन्छ। यस विभागमा उत्पादन भएका औषधि, बुनेका कपडा, पाउरोटी आदि सामग्रीहरू बङ्गलादेशको विभिन्न विभागमा निर्यात गरिन्छ। यस विभागमा दुई महत्त्वपूर्ण मेडिकलहरू।रहेका छन्; शेर-इ-बाङ्ला मेडिकल कलेज (राष्ट्रिय विश्वविद्यालय द्वरा सम्बन्धन प्राप्त) र बि.एम. कलेज (सन् १८८९ मा स्थापना भएको एक मेडिकल कलेज)। बरिशाल विभागबाट सिधै कलकत्ता देखि बरिशाल हुँदै राजधानी ढाका सम्म पुग्ने मार्गको पनि सुविधा रहेको छ।

यस विभागको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५४.७२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.९७% मजदुरी, व्यापार र उद्योगमा ०.७४%, वाणिज्यमा १५.४२%, सञ्चार र यातायातमा २.३५%, रेमिटेन्समा १.००%, निर्माण क्षेत्रमा ४.८५%, सुविधा ६.६६%, धार्मिक सेवा ०.५१% र अन्य ८.७८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बरिशाल विभागलाई १ जनवरी १९९३ का दिन स्थापना गरिएको थियो भने बरिशाल नगरपालिकाको भने त्यसभन्दा अघि सन् १९५७ मा भएको थियो। बरिशाल सहर निगमको भने २००० मा ३० वडा गाभिएपछि भएको थियो। यस विभागमा हाल ३५३ सङ्ङ परिषद्, ३१५८ मौजाफ १२ नगरपालिका, २५ वडा र ४१६३ गाउँहरू रहेका छन्। यस विभागमा हाल ६ जिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो जिल्ला बरिशाल हो भने सबैभन्दा सानो जिल्ला पिरेजपुर हो। यस विभागका जिल्लाहरू यस प्रकार छन्;


शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ५५.०९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५६.४७% छ भने महिलाको साक्षरता दर ५५.६३% रहेको छ। यस विभागमा १ विश्वविद्यालय, १ मेडिकल क्याम्पस, ३ कानुन क्याम्पस, ४ शिक्षक शिक्षण केन्द्र, ८० क्याम्पस, ३ प्राबिधिक शिक्षण संस्था, १ नर्सिङ संस्था, १०५१ माध्यमिक विद्यालय, ४५६५ प्राथमिक विद्यालय र १७१६ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; पटुखाली विज्ञान र प्राबिधिक विश्वविद्यालय (सन् २००१), शेर-इ-बाङ्ला मेडिकल कलेज (सन् १९६९), बरिशाल प्राबिधिक शिक्षण संस्था (सन् २९६२), बरिशाल नर्सिङ शिक्षण संस्था, बिऐम क्याम्पस (सन् १८८४), बरिशाल सैनिक क्याम्पस (सन् १९८१) आदि।

यातायात[सम्पादन गर्ने]

यस विभागमा थुप्रै नदि नाला भएका कारण यहाँको एक यातायातको।सादन भनेको डुङ्गा हो। यस विभागका अरियाल खान, बिसखाली, बुरिश्वरी, पियरे, बलेश्वरी, केचा आदि नदिहरूमा डुङ्गाको व्यवस्था गरिएको छ। यस विभागमा उत्तरबाट देशको राजधानी ढाका सम्म १२७ किलोमिटर (७३ माइल) बाफबाट चल्ने जहाजको व्यवस्था पनि रहेको छ भने चट्टग्राम सम्म दक्षिण-पूर्वमा जोडिएको छ। यस विभागमा केही राजमार्गहरू पनि रहेका छन् भने यस जिल्लामा रहेको बरिशाल विमानस्थलले दैनिक राजधानी ढाका सम्म उडान भर्ने गर्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१३ 
  2. মাহাদী আল হাসনাত (२ अप्रिल २०१८), "সরকারী পাঁচটি জেলার নামের ইংরেজি বানান পরিবর্তন করায় মিশ্র প্রতিক্রিয়াগুলি", ঢাকা ট্রিবিউন, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  3. "দ্য রাইজ অব ইসলাম অ্যান্ড বেঙ্গল ফ্রন্টিয়ার", Escholarship.org, अन्तिम पहुँच २०१३-०२-१५ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]