बरिशाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बरिसाल

বরিশাল
सहर
Barisal Cityscape, 2015.jpg
Guthia mosque,Barisal.jpg
দুর্গাসাগর.JPG
Hotel Grand Park, Barisal.JPG
Kirtonkhola River Barisal 14.jpg
BM College, Barisal.jpg
बरिसालका सम्पदाहरू
उपनाम(हरू): 
पूर्वको भेनिस
विभागबरिसाल विभाग
जिल्लाबरिसाल
नगरपालिकाको स्थापना१८७६; १४४ वर्ष अघि (१८७६)
सहर निगम२००२; १८ वर्ष अघि (२००२)
सहर१९ अप्रिल २००१[१]
सरकार
 • प्रकारमेयर परिसद
 • अङ्गबरिसाल परिसर निगम
क्षेत्रफल
 • शहर
५८ किमी (२२ वर्ग माइल)
उन्नतांश
१ मिटर (४ फिट)
जनसङ्ख्या
 (२०११)[३]
 • सहर३२८,२७८
 • घनत्व१०,५२४/किमी (२७,२६०/वर्ग माइल)
 • महानगर
३८५,०९३
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
८२००
टोलिफोन कोड०४३१
वेबसाइटअाधिकारिक वेबसाइट

बारिसाल (बङ्गाली: বরিশাল) बङ्गलादेशको एक प्रमुख सहर हो जुन क्रितनखोला नदिको किनारमा रहेको छ । यो सहर बङ्गलादेशको दक्षिण-मध्य क्षेत्रमा अवस्थित छ । यो सबैभन्दा ठूलो सहर हो र दुवै बरिसाल जिल्ला र बरिसाल विभागको प्रशासनिक मुख्यालय र सबैभन्दा ठूलो सहर हो । यो बङ्गलादेशको सबैभन्दा पुरानो नगरपालिका र नदी बन्दरगाह रुपमा रहेको छ । बिरसल नगरपालिका १९७६ मा ब्रिटिश राजको समयमा स्थापना भएको थियो र २५ जुलाई २००२ मा नगरपालिका निगममा स्थान अभिब्रिद्घी गरियको थियो । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ३२८,२७८ रहेको छ र यस सहरमा ३० वार्डहरू र ५० वटा महलहरू छन् । यस सहरको कुल क्षेत्रफल ५८ वर्ग किलोमिटर रहेको छ ।

जनसाङ्ख्यिकी[सम्पादन गर्ने]

२०११ राष्ट्रिय जनगणनाको अनन्त परिणामको अनुसार बरिसालको जनसङ्ख्या (बरिसाल नगर निगमको अधिकार क्षेत्र अन्तर्गत) ३२८,२७८ रहेको छ जसमध्ये परुषको जनसङ्ख्या ५१.६३ र ४८.३७ % महिला को जनसङ्ख्या रहेको छ ।

बरिसालको सहरीया मानिसको साक्षरता दर ७५.३ % रहेको छ जुन राष्ट्रिय औसत ५६.५ % भन्दा अधिक छ । बरिसालमा लगभग सबै मानिसहरू बङ्गाली हुन ।

भूगोल[सम्पादन गर्ने]

बरिसला जिल्ला कुल क्षेत्रफल २७९०.५१ वर्ग किलोमिटर रहेको छ जुन मदारीपुर ,लक्ष्मीपुर ,चाँदपुर ,शरियतपुर जिल्लाले उत्तर तर्फबाट धेरेको छ भने पटुवाखाली ,बर्जुना र झालोकोटी जिल्लाले दक्षण तर्फबाट धेरेको छ र भोला जिल्लाले पुर्वीमा र पिरोजपुर ,झालोकोटी र गोपालगंजले पश्चिम तर्फबाट धेरेको छ । खोरदबाद , एरियल खान ,कमलीजरा र क्रितनखोला यस सहरका प्रमुख नदिहरू हुन् ।

अर्थतन्त्र[सम्पादन गर्ने]

बरिसाल बङ्गलादेशको सबैभन्दा धेरै धान उत्पादन गर्ने सहर हो । यस सहरमा बलाम (एक प्रकारको बासमती धान) यहाँको लोकप्रिय धान हो । यो सहर पानको लागि प्रख्यात छ । सहरलाई नदिहरूले धेरेको हुँदा यहाँ माछा पनि धेरै मात्रमा पाईन्छ । नरिवल यस सहरको एक प्रमुख फलफुल हो । सहरले हालसम्म हल्सा माछा ,सिमेन्ट ,धान ,अौसधीहरू अायात गर्दै अाएको छ ।

खेलकुद[सम्पादन गर्ने]

यस सहरमा क्रिकेट र फुटबल अत्याधिक रुचाईएको खेल हो भने कब्ड्डि र टेनिस पनि प्रख्यात रहेको छ । सहरको बरिसाल विभागीय रङ्गशाला अन्तर्राष्ट्रिय रङ्गशाला हो जिसमा विभिन्न किसिममा खेलहरू खेलीदै अाएको छ यस रङ्गशालाको कुल क्षमता १५,००० रहेको छ । हाल यो रङ्गशाला लाई क्रिकेट खेलहरूको लागि प्रयोग गरिन्छ । यो फुटबल र अन्य खेलकुदहरूको लागि पनि प्रयोग गरिदै अाएको थियो । विभिन्न खेलहरू बाहेक त्यहाँ कहिलेकाहीँ खेल सम्बन्धि कार्यक्रमहरू पनि गरिदै अाऐको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "बरिसाल सहरको अग्रिम योजना -", बङ्गलादेश सरकार, मूलबाट १४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "बरिसाल सहर परिसद, बङ्गलादेश", अन्तिम पहुँच १२ अप्रिल २०१५ 
  3. "२०११ राष्ट्रिय जनगणना , बङ्गलादेश", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, पृ: ३८, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]