सामग्रीमा जानुहोस्

बागेरहाट जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागेरहाट जिल्ला
বাগেরহাট জেলা
बागेरहाट जिल्लामा रहेको एक मस्जिद
बागेरहाट जिल्लामा रहेको एक मस्जिद
बङ्गलादेशको नक्सामा बागेरहाट जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा बागेरहाट जिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°४०′००″उ॰ ८९°४८′००″पू॰ / २२.६६६६७°N ८९.८००००°E / 22.66667; 89.80000निर्देशाङ्कहरू: २२°४०′००″उ॰ ८९°४८′००″पू॰ / २२.६६६६७°N ८९.८००००°E / 22.66667; 89.80000
देश बङ्गलादेश
विभागखुल्ना विभाग
राजधानीबागेरहाट
क्षेत्रफल
 • जम्मा३,९५९.११ किमी (१५२८.६२ वर्ग माइल)
उन्नतांश
२ मिटर (७ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,४७६,०९०
 • घनत्व३७०/किमी (९७०/वर्ग माइल)
साक्षरता दर
 • जम्मा४४.३%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
९३००

बागेरहाट जिल्ला (बङ्गाली: বাগেরহাট) बङ्गलादेशको खुल्ना विभागमा रहेको एक जिल्ला हो । यो जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिममा पर्दछ । [१]

बागेरहाट जिल्ला २१°४९' देखि २२°५९' उत्तर अक्षांश र ८९°३२' देखि ८९°९८' पुर्व देशान्तरणमा अवस्थित छ । यस जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३९५९.११ वर्ग किलोमिटरमा फैलिएको छ । यो जिल्लाको उत्तरमा गोपालगञ्ज र नरिल जिल्लाले घेरेको छ भने बङ्गालको खाडील दक्षिणमा रहेको छ । त्यस्तै गरी पुर्वमा फिरोजपुर, गोपालगञ्ज र विरगुना जिल्ला रहेको छन् भने खुल्ना जिल्ला पश्चिममा पर्छ ।

सन् २००१ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५,४९०,३१ रहेको छ जसमध्य पुरुषको जनसङ्ख्या ८,०४१,४३ छ भने महिलाको जनसङ्ख्या ७,४४८,८८ रहेको छ । यस जिल्लामा मुस्लिम धर्मीहरू १२,३७८,६२ छन् भने ३,०४४,२७ मानिसहरू हिन्दु धर्मीहरू हुन् । त्यस्तै गरी इसाई धर्मको जनसङ्ख्या ५४ छ भने अन्य धर्मका मानिसहरू ४२ रहेका छन् ।

यो जिल्ला दुई ऐतिहासिक नदिहरु ब्रह्मपुत्र र गंगा नदिको मिलन भएको स्थानमा रहेको छ । बागेरहाट जिल्लामा धेरै संख्या मा मस्जिदहरु भएका कारण यस जिल्लालाई मस्जिदको सहरले पनि चिनिन्छ । यस जिल्लामा १५ औँ शताब्दीमा इट्टाको प्रयोग गरेर बनाइएका मस्जिदहरूको सङ्ख्या धेरैमात्रमा छ भने यी सम्रचनाहरू निकै उत्कृष्ट छन् ।

बागेरहाटलाई सन् १९८४ मा जिल्ला घोषित गरिएको थियो । हाल बागेरहाट जिल्ला क्षेत्रफलका आधारमा बङ्गलादेशकै चौँथो सबैभन्दा ठूलो जिल्लाको रूपमा रहेको छ ।

बङ्गलादेशमा रहेका दुई मुख्य बन्दरगाह मध्य एक बन्दरगाह मङ्गोल बन्दरगाह यस जिल्ला रहेको छ जहाँबाट दैनिक हजारौंको सङ्ख्यामा माछाको व्यापार हुने गरेको छ । यस जिल्लामा रामपाल र फकीरहाट गरी दुई उपजिल्ला रहेका छन् । जहाँ मानिसहरूको मुख्य व्यवसाय माछा पालन र माछा व्यापार हो । यस जिल्लाको दुई उपजिल्लामा झिङ्गे माछाको व्यापार हुने भएकाले यी दुई उपजिल्लाले दैनिक लाखौंको विदेशी विनिमय कमाएको छ ।

बागेरहाट जिल्लामा पहिला एक रेल सञ्चारको सुविधा थियो भने हाल यो रेल सेवा बन्द गरिएको छ । ढाकाबाट बागेरहाट जाने सबै भन्दा राम्रो तरिका सडक यातायात हो जसले ५ देखि ८ घण्टा सम्म ढाका पुग्न लाग्छ । हवाई यातायातमा ढाका जान जेसौर विमानस्थल पुग्न पर्छ र त्यहाँबाट थोरै समय गाडीमा हिँडेपछि राजधानी पुग्न सकिन्छ ।[१]

यस जिल्लामा मुस्लिम धर्मका मानिसहरू १२,३७८,६२ छन् भने हिन्दु धर्ममा विश्वास गर्ने मानिसहरूको सङ्ख्या ३,०४४,२७ रहेको छ । त्यस्तै गरी इसाई धर्मको जनसङ्ख्या ५४ छ भने अन्य धर्मका मानिसहरू ४२ जना रहेका छन् । यस जिल्लामा कुल ७,८१५ मस्जिद रहेको छ भने २३८ मन्दिरहरू रहेका छन् । यहाँ १७ चर्च र ७ चिहानहरू रहेका छन् । यस जिल्लाका मस्जिदहरू मध्य साठ गाम्बुज मस्जिद र डोम्स मस्जिद निकै प्रख्यात छन् भने खान जाहन अलीको चिहान सबैभन्दा प्रख्यात छ ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "बागेरहाट जिल्लाको जानकारी", बङ्गलापिडिया:बङ्गलादेशको राष्ट्रिय बिश्वकोश। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]