शरियतपुर जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शरियतपुर

শরিয়তপুর
शरियतपुर
बङ्गलादेशको नक्शामा शरियतपुर जिल्लाको अवस्थिति
बङ्गलादेशको नक्शामा शरियतपुर जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°०७′N ९०°१३′E / २३.१२°N ९०.२१°E / 23.12; 90.21निर्देशाङ्कहरू: २३°०७′N ९०°१३′E / २३.१२°N ९०.२१°E / 23.12; 90.21
देशFlag of Bangladesh.svg बङ्गलादेश
क्षेत्रफल
 • जम्मा१,१८१.५३ किमी (४५६.१९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१,१५५,८२४
 • घनत्व९८०/किमी (२,५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
८०००
वेबसाइटhttp://www.shariatpur.gov.bd/

शरियतपुर (बाङ्ला: শরিয়তপুর জেলা) बङ्गलादेशको उत्तर-मध्य क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ।[१][२]

भूगोल[सम्पादन गर्ने]

शरियतपुर जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°०१' देखि २३°२७' उत्तर अक्षांश र ९०°१३' देखि ९०°३६' पुर्वी देशान्तरणमा अवस्थित छ। शरियतपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११८१.५३ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई मुन्सिगञ्जले उत्तर, बरिशाल जिल्लाले दक्षिण, चाँदपुर जिल्लाले पूर्व र मादारीपुर जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, पालोङ्, मेघना, जयन्ती आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्। यस जिल्लाको अौसत अधिकतम तापक्रम ३३.३ डिग्री हुन्छ भने अौसत न्युनतम तापक्रम १२ डिग्री हुन्छ। यस जिल्लामा वार्षिक २१७४ मिलिमिटर पानी पर्ने गर्छ।[३]

इतिहास[सम्पादन गर्ने]

शरियतपुर जिल्लाको नाम हजी शरियतुल्लाहको नाम बाट राखिएको हो जसले ब्रिटिस शासकहरूको विरुद्धमा आन्दोलन गर्ने गर्थे। [४]

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो जसमा तात्कालिक पाकिस्तानी सेनाले बङ्गलादेशका विभिन्न जिल्लाहरूमा मानिसको हत्या, लुटपाट र घरमा आगजनी गरेका थिए। उक्त युद्धमा शरियतपुर सदर उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीचको गोली हानाहानमम ३१३ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। पाकिस्तानी सेनासँगको युद्धमा कयौँ बङ्गलादेशी नागरिक र लडाकुहरूको भेदरगञ्ज उपजिल्लामा मृत्यु भएको थियो। ९ बङ्गलादेशी लडाकुको पाकिस्तानी सेनासँगको प्रत्यक्ष लडाइँमा दामुड्या कलेजमा मृत्यु भएको थियो। मुक्तिजोध र मुझिब बहिनीले पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए। भोसइरहाट उपजिल्लामा पाकिस्तानी सेना र लडाकु बीचको युद्धमा ५ लडाकुको मृत्यु भएको थियो। बङ्गलादेशी लडाकुले नाडिया उपजिल्लाको नाडिया प्रहरी चौकीलाई नियन्त्रणमा लिई थुप्रै बन्दुक र हातहतियारहरू कब्जा गरेका थिए। जाजीरी उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकुहरूको गोली हानाहानमा कयौं बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १०८२३०० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५४३८३८ छ भने महिलाको जनसङ्ख्या ५३८४६२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०४१५८४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४०४९१ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ६०, इसाई धर्मको २८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १३७ रहेको छ। सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लामा कुल २१३,६७७ घरहरू (अौसतमा ५ सदस्य प्रति परिवार) रहेका छन्। यस जिल्लाको पुरुष महिला अनुपात १०१:१०० रहेको छ।[५]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६१.६७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.६४% मजदुरी, व्यापार र उद्योगमा ०.९१%, वाणिज्यमा १४.३४%, सञ्चार र यातायातमा २.४१%, रेमिटेन्समा २.७१%, निर्माण क्षेत्रमा १.१३%, अन्य क्षेत्रमा ६.४१%, धार्मिक सेवा ०.२८% र अन्य ७.५१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय शरियतपुर जिल्लाको स्थापना सन् १९८४ मार्च १ का दिन भएको थियो। यस जिल्लामा हाल ६ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला भेदरगञ्ज (३११.२४ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला डामुड्या (९१.७६ वर्ग किलोमिटर) हो। [६]

यस जिल्लामा ६ उपजिल्ला,६ नगरपालिका, ६५ सङ्घ परिषद्, ६१६ मौजा, १२४३ गाउँ, २१३६७७ घरहरू रहेका छन्। यस जिल्लामा रहेका उपजिल्लाहरू यस प्रकार छन्;[७]

  1. शरियतपुर सदर उपजिल्ला
  2. डामुड्या उपजिल्ला
  3. नाडिया उपजिल्ला
  4. जाजिरा उपजिल्ला
  5. भेदरगञ्ज उपजिल्ला
  6. गोसाइरहाट उपजिल्ला

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३८.९५% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४२.१८% छ भने महिलाको साक्षरता दर ३५.७७% रहेको छ। यस जिल्लामा १६ कलेज, १०२ माध्यमिक विद्यालय, ७७२ प्राथमिक विद्यालय, ४२ मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; शरियतपुर सरकारी कलेज, शरियतपुर सरकारी कन्या उच्च विद्यालय, पालोङ तुलासार गुरुदास सरकारी उच्च विद्यालय, पालोङ बहुभाषी उच्च विद्यालय, दोमसार जगतचन्द्र शिक्षण संस्था (सन् १९०७), चिकण्डी सराफ अलि उच्च विद्यालय (सन् १८८४), रुद्रकार निलमणी उच्च विद्यालय (सन् १९१५), कागदी सरकारी प्राथमिक विद्यालय, शरियतपुर स्लामी सिनियर फजिल मदरासा, अङ्गरिया ओस्मानी कुमिया मदरासा, कुवादी दखिल मदरासा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "সংরক্ষণাগারভুক্ত অনুলিপি", ১৫ এপ্রিল ২০১৪। 
  2. "শরীয়তপুর জেলার পুরো বিশদ", উইকি দৃষ্টিভঙ্গি 
  3. শহিদুল হক (सन् २०१२), "শরিয়তপুর জেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. খান, মইন-উদ্দিন আহমদ (सन् २०१२), "শরীয়তউল্লাহ, হাজী", in ইসলাম, সিরাজুল; জামাল, আহমেদ এ, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় (দ্বিতীয় संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  5. বাংলাদেশের পরিসংখ্যান মেট্রোপলিটন অঞ্চলগুলির গৃহ ও জনসংখ্যা (पिडिएफ), জনসংখ্যা শুমারি উইং, বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट २००७-०९-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०९-०३ 
  6. "आधिकारिक वेबसाइट", १२ मार्च २०१५, अन्तिम पहुँच ३१ डिसेम्बर २०१६ 
  7. जिल्ला प्रतिवेदन सन् २०११: शरियतपुर, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]