सामग्रीमा जानुहोस्

ढाका विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढाका विभाग
ঢাকা বিভাগ
विभाग
को अवस्थिति
निर्देशाङ्क: २४°१०′उ ९०°२५′पू / 24.167°N 90.417°E / 24.167; 90.417
देश बङ्गलादेश
सदरमुकामढाका
क्षेत्रफल
  जम्मा२०,५०८.८ किमी (७९१८.५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
  जम्मा३६,४३३,५०५
  घनत्व१८००/किमी (४६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
मानव विकास सूचकाङ्क (सन् २०१७)०.६२०[]
मध्यम
क्रिकेट टोलीहरूढाका डाइनामाइट्स, ढाका क्रिकेट टोली, ढाका विभाग क्रिकेट टोली
वेबसाइटdhakadiv.gov.bd

ढाका (बङ्गाली: ঢাকা বিভাগ) बङ्गलादेशको आठ विभाग मध्ये एक विभाग हो। यस विभाग बङ्गलादेशको मध्ये भागमा अवस्थित छ। यस विभागको सबैभन्दा ठूलो सहर र सदरमुकाम ढाका हो। यस विभागबाट छुट्टिएर सन् २०१५ मा नयाँ मयमनसिङ्ह विभागको स्थापना भएको थियो।[]

ढाका विभाग बङ्गलादेशको मध्ये भागमा पर्छ भने यो विभाग २२°५१' देखि २५°२५' उत्तर अक्षांश र ८९°१९' देखि ९१°१५' पूर्वी देशान्तरमा अवस्थित छ। ढाका विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१०२६.५१ वर्ग किलोमिटर ओगटेको छ। यस विभागलाई कुडिग्राम जिल्ला र भारतको मेघालय राज्यले उत्तर, बागेरहाट, पिरोजपुर, बरिशालचाँदपुर जिल्लाले दक्षिण,सुनामगञ्ज, हबिगञ्ज, ब्रहम्मनबाडिया, कुमिल्लाचाँदपुर जिल्लाले पूर्व, नाडाइल, मगुरा, झिनाइदह, कुष्टिया, पाबना, सिराजगञ्ज, बोगडागाईबान्धा जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, मेघना, जमुना, कुमारी, ब्रहम्मपुत्र, धनु, कालीगङ्गा, लोहागञ्ज, तुराज, इचामती, हुण्डा, धलेश्वरी आदि यस विभागका प्रमुख नदिहरू हुन्।

विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या ३९०४४७१६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२.१५% छ भने महिलाको जनसङ्ख्या ४७.८५% रहेको छ। धर्मका आधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ९२.५८% छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६.९७% छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ०.३९, इसाई धर्मवलम्बीको जनसङ्ख्या ०.०२% र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ०.०४% रहेको छ। यस विभागमा ५१४९९ मस्जिद, ५५६५ मन्दिर, २५० गिर्जाघर, ३०१ बौद्ध गुम्बा, १५ प्यागोडाहरू रहेका छन्।

यस विभागको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५२.२६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१८% मजदुरी, व्यापार र उद्योगमा २.११%, वाणिज्यमा १५.६१%, सञ्चार र यातायातमा ३.८२%, रेमिटेन्समा १.८९%, निर्माण क्षेत्रमा १.७०%, सुविधा १०.६५%, धार्मिक सेवा ०.२१% र अन्य ८.५७% रहेका छन्।

प्रशासकीय ढाका विभागको स्थापना सन् १८२९ मा भएको थियो। ढाका नगरपालिकाको भने सन् १८६४ मा भएको थियो भने यसलाई सन् १९६० मा सहर विभागमा परिणत गरिएको थियो। सहर निगम सन् १९७२ मा खारेज गरी सन् १९८३ मा नगरपालिका निगममा वर्गीकृत गरिएको थियो र यसलाई सन् १९९० मा सहर निगममा परिणत गरिएको थियो।

नामसदरमुकामक्षेत्रफल (वर्ग किलोमिटर)जनसङ्ख्या
१९९१ जनसङ्ख्या
जनसङ्ख्या
२००१ जनगणना
जनसङ्ख्या
२००१ जनगणना
किशोरगञ्ज जिल्लाकिशोरगञ्ज२,७३१.२१२,३०६,०८७२,५९४,९५४२,८५३,०००
गाजीपुर जिल्लागाजीपुर१,७४१.५३१,६२१,५६२२,०३१,८९१३,३३३,०००
गोपालगञ्ज जिल्लागोपालगञ्ज१,४८९.९२१,०६०,७९११,१६५,२७३१,१४९,०००
टाङ्गाइल जिल्लाटाङ्गाइल३,४१४.३९३,००२,४२८३,२९०,६९६३,५७१,०००
ढाका जिल्लाढाका१,४५९.५६५,८३९,६४२८,५११,२२८११,८७५,०००/१२,०४३,९७७
नरसिङ्दी जिल्लानरसिङ्दी१,१४०.७६१,६५२,१२३१,८९५,९८४२,२०२,०००
नारायणगञ्ज जिल्लानारायणगञ्ज६८७.७६१,७५४,८०४२,१७३,९४८२,८९७,०००
फरिदपुर जिल्लाफरिदपुर२,०७२.७२१,५०५,६८६१,७५६,४७०१,८६७,०००
मादारिपुर जिल्लामादारिपुर१,१४४.९६१,०६९,१७६१,१४६,३४९१,१४९,०००
मानिकगञ्ज जिल्लामानिकगञ्ज१,३८३.०६१,१७५,९०९१,२८५,०८०१,३७९,०००
मुन्सिगञ्ज जिल्लामुन्सिगञ्ज९५४.९६१,१८८,३८७१,२९३,९७२१,४२०,०००
राजबाडी जिल्लाराजबाडी१,११८.८०८३५,१७३९५१,९०६१,०४०,०००
शरियतपुर जिल्लाशरियतपुर१,१८१.५३९५३,०२११,०८२,३००१,१४६,०००
विभागढाका३१,०५१.३९३२,६६५,९७५३९,०४४,७१६४६,७२९,०००/४७,४२४,४१८

यस जिल्लाको कुल साक्षरता दर ४३.४४% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.८०% छ भने महिलाको साक्षरता दर ४०.८०% रहेको छ। यस विभागमा ७५ विश्वविद्यालय, २३ मेडिकल कलेज, २५ प्राबिधिक शिक्षण विद्यालय, २० सरकारी शिक्षक शिक्षण संस्था, ३ आयुर्वेदिक क्याम्पस, ९ कानुन क्याम्पस, ६७२ क्याम्पस, ३ शिक्षक शिक्षण संस्था, ३८८४ माध्यमिक विद्यालय, ४ प्राबिधिक शिक्षण संस्था, १६५ सामुदायिक विद्यालय, १५ व्यवसायीक शिक्षण संस्था, १६१९७ प्राथमिक विद्यालय, ३२८८ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; ढाका विश्वविद्यालय (सन् १९२१), बङ्गलादेश कृषि विश्वविद्यालय (सन् १९६१), बङ्गलादेश प्राबिधिक तथा इञ्जिनियरिङ् विश्वविद्यालय (सन् १९६२), जहाँगिरनगर विश्वविद्यालय (सन् १९७०), राष्ट्रिय विश्वविद्यालय (सन् १९९२), बङ्गाबन्धु सिख मुझबिर रहमन कृषि विश्वविद्यालय (सन् १९९८), मैलाना भाषिनी विज्ञान र प्राबिधिक विश्वविद्यालय (सन् १९९९), शेर-इ-बाङ्ला कृषि विश्वविद्यालय (सन् २००१), जगन्नाथ विश्वविद्यालय (सन् २००५), जतिया कवि काजी निरुल स्लामी विश्वविद्यालय (सन् २००५), ढाका मेडिकल कलेज र अस्पताल (सन् १०४६), मयमनसिङ्ह मेडिकल कलेज (सन् १९६२), फरिदपुर मेडिकल क्याम्पस (सन् १९८५), सहिद सुरादहरी मेडिकल क्याम्पस (सन् २००६), एडन मोहिला क्याम्पस (सन् १८७३), सरकारी राजेन्द्र क्याम्पस (सन् १९१८), सरकारी सदत क्याम्पस (सन् १९२६), त‍लाराम क्याम्पस (सन् १९३७), सरकारी देवेन्द्र क्याम्पस (सन् १९४२), किश‍ोरगञ्ज गुरुदयाल क्याम्पस (सन् १९४३), कुमुदिनी सरकारी मोहिला क्याम्पस (सन् १९४३), सरकारी आषिक महमद क्याम्पस (सन् १९४६), नरसिङ्दी मोहिला क्याम्पस (सन् १९५५), आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१३
  2. সাজাহান মিয়া (सन् २०१२), "ढाका विभाग", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]