हबिगन्ज जिल्ला
हबिगन्ज
হবিগঞ্জ ꠢꠛꠤꠉꠂꠘ꠆ꠎ | |
---|---|
देश | बङ्गलादेश |
विभाग | सिलेट विभाग |
क्षेत्रफल | |
• जम्मा | २,६३६.५९ किमी२ (१०१७.९९ वर्ग माइल) |
वासिन्दा | हबिगन्जी |
समय क्षेत्र | युटिसी+०६:०० (बङ्गलादेशी मानक समय) |
हुलाक कोड | ३३३०-३३७४ |
वेबसाइट | www |
हबिगन्ज पहिले हबिबगन्ज नाम द्वरा परिचित, बङ्गलादेशको उत्तर-पूर्वी क्षेत्रमा सिलेट विभागमा पर्ने एक जिल्ला हो। यस जिल्लालाई तरिफ राज्यका सायद हबिब उलाले पत्ता लगाएका थिए। तेह्रौँ शताब्दी देखि मध्य सत्रौँ शताब्दी सम्म हबिगन्ज नसिराबाद राज्यको एक भूभाग थियो भने हाल यो जिल्ला सिलेट विभागमा पर्छ।[१][२]
हबिगन्ज जिल्लालाई पहिला हबिबगन्ज भनिएता पनि हाल यसको नाम हबिगन्जमा परिवर्तन गरिएको छ। ब्रिटिस्ट शासन कालमा हबिगन्जलाई एक प्रहरी चौकीको रूपमा स्थापना गरिएको थियो भने सन् १७९० मा यो क्षेत्र ढाका राज्यको अधिनमा आएको थियो। ब्रिटिस्ट राज्य देखि प्रहरी चौकीको रूपमा स्थापना भएको हबिगन्ज सन् १८९६ सम्म चौकीकै रूपमा रहेको थियो।[१][२] २४ सेप्टेम्बर १८७४बाट यस जिल्ला सिलेट विभागमा गाभिएको थियो। हबिगन्जलाई सन् १८७६७ मा उप विभागको रूपमा घोषित गरिएको थियो। हबिगन्ज सन् १९११ मा पूर्वी बङ्गालमा गाभिएको थियो (हाल बङ्गलादेश)। १ मार्च १९८४ का दिन हबिगन्जलाई एक जिल्लाको रूपमा स्थापना गरिएको थियो।[३]
हाल हबिगन्ज जिल्लामा ८ उपजिल्ला, ६ नगरपालिका, ३६ वडा, ७७ सङ्घ परिसद, १२४ महल्ला, १२४१ मौजा र २०७६ गाउँहरू रहेका छन्।[४][५]
इतिहास
[सम्पादन गर्नुहोस्]तेलियापारा चिया बारीमा युद्ध
[सम्पादन गर्नुहोस्]४ अप्रिल १९७१ बङ्गलादेश मुक्ति युद्धका बेला तेलियापारा चिया बारीमा पूर्वी बङ्गालका बरिष्ठ सेन अधिकृतले स्थानीय मानिसहरूलाई एकीकृत गरेका थिए जहाँ कर्नल अब्दुर रब, बरिष्ठ अधिकारी सालाहुडिनी महम्मदपुर रेजा, काजी नुरुजामन, खलिद मोसराफ, नलुल इस्लाम, मैनुल हुसैन चौधरी र अन्य मानिसहरू समावेश थिए।
उक्त गोष्ठीमा चार सैनिक अधिकारीलाई चार विभिन्न स्थानहरूमा खटाइएको थियो। सिलेट ब्रहमनबारिया क्षेत्रमा वरिष्ठ अधिकारी सफुल्लाहलाई खटाइएको थियो भने कुमिल्ला-निखाली क्षेत्रको रेखदेखका लागि अधिकारी खलिद मुसराफ र उनका टोलीलाई खटाइएको थियो र त्यस्तै गरी चट्टग्राम डाँडामा वरिष्ठ अधिकारी जायुर रहमनको भागमा परेको थियो भने कुष्टिया-जशोर क्षेत्रको रेखदेखका लागि अबु ओस्मन चौधरीलाई खटाइएको थियो। उक्त गोष्ठीमा बङ्गलादेशी लडाकुलाई एकीकृत र कार्यक्षेत्र सम्हाल्नका लागि एमजिए ओसमानीलाई काम सुम्पिएका थिए।
अजमिरिगन्जमा युद्ध
[सम्पादन गर्नुहोस्]सन् १९७१ नोभेम्बर १६ का दिन बङ्गलादेश मुक्ति युद्धका बेला पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीचको १८ घण्टे गोली हानाहानमा ११ गाउँलेहरूलाई पाकिस्तानी सेनाले हत्या गरेका थिए।
भूगोल
[सम्पादन गर्नुहोस्]हबिगन्ज जिल्ला बङ्गलादेशको उत्तर पूर्वमा पर्छ भने यो जिल्ला २३°५८' देखि २४°४२' उत्तर अक्षांश र ९१°०९' देखि ९१°९०' पूर्वी देशान्तरणमा अवस्थित छ। हबिगन्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६३६.५८ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई सुनामगन्ज जिल्लाले उत्तर, भारतको त्रिपुरा राज्यले दक्षिण, मौलभीबाजार र सिलेट जिल्लाले पूर्व र किशोरगञ जिल्लाले पश्चिमबाट घेरेको छ।
यस जिल्लामा १५४९५३ हेक्टर खेती गर्न योग्य जमिन छ (कुल खेती योग्य जमिनको जमिनको ६०.२२%)। यस जिल्लामा ९५११६४४ हेक्टर जङ्गलले ढाकेको छ (कुल जमिनको ४.५३%)। यस जिल्लामा गोपाला, केल्नी, खवाई, रत्ना, सोनाई, मेघना आदि नदीहरू रहेका छन्।
उपजिल्ला
[सम्पादन गर्नुहोस्]हबिगन्ज जिल्लामा ९ उपजिल्लाहरू रहेका छन् जुन यस प्रकार छन्।
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २०८९००१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९२६५३१ छ भने महिलाको जनसङ्ख्या ९०४०२२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४३१८८६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३२१०७७ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १९७३, इसाई धर्मको २५८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २४७१ रहेको छ। यस जिल्लाको जन्म दर ३३.० प्रति १००० छ भने मृत्यु दर ११.४ प्रति हजार रहेको छ। यस जिल्लामा खासिया र मणिपुर जनजातिहरू बसोबास गर्छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस जिल्लाको मुख्य आय स्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६१.१३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ७.२०% मजदुरी, व्यापार र उद्योगमा १०.९५%, वाणिज्यमा ११.२९%, सञ्चार र यातायातमा १.९८%, रेमिटेन्समा ४.७१%, निर्माण क्षेत्रमा १.१३%, धार्मिक सेवा ०.३९% र अन्य ८.५९% रहेका छन्।
खेलकुद
[सम्पादन गर्नुहोस्]हबिगन्ज आधुनिक रङ्गशाला हबिगन्ज जिल्लाको सबैभन्दा ठुलो रङ्गशाला हो। यस रङ्गशाला २०,००० मानिसको क्षमताको छ भने यो रङ्गशाला फुटबल र क्रिकेटका लागि प्रयोग हुँदै आएको छ।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ३७.७२% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४१.७६% छ भने महिलाको साक्षरता दर ३३.६२% रहेको छ। यस जिल्लामा १९ क्याम्पस , १५५ माध्यमिक विद्यालय ,१५५ प्राथमिक विद्यालय, सामुदायिक विद्यालय २ र १४० मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; हबिगन्ज सरकारी बिन्दाबन कलेज, एलिफ सोभान कलेज, गोविन्दपुर सरकारी उच्च विद्यालय (सन् १८३२), हबिगन्ज सरकारी उच्च विद्यालय (सन् १८४३), राजरबजार सरकारी उच्च विद्यालय (सन् १८६७), जलखुस कृष्ण गोविन्द पब्लिक उच्च विद्यालय (सन् १८७६), फकिराबाद सरकारी विद्यालय (सन् १८९०), हबिगन्ज उच्च विद्यालय (सन् १९१३), नबिगन्ज जेके उच्च विद्यालय (सन् १९१६), दिनारपुर उच्च विद्यालय (सन् १९२१), दक्षिणा चरण पाइलट उच्च विद्यालय (सन् १९२८) आदि हुन्।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "अभिलेख", मूलबाट २०१६-०९-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०९-०३।
- ↑ २.० २.१ Songbad, Daily Sylheter (१७ नोभेम्बर २०१५), "প্রাচীন তরফ রাজ্যের সংক্ষিপ্ত ইতিবৃত্ত" (बाङ्लामा)। वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१६ मिति
- ↑ "এক নজরে হবিগঞ্জ", हबिगन्ज जिल्ला (बाङ्लामा)। वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
- ↑ Jayanta Sing Roy (सन् २०१२), "Habiganj District", in सिराजुल इसलाम र अहमद जामाल, बाङ्लापिडिया (Second संस्करण), एसियाटीक सोसाइटी अफ बङ्गलादेश।
- ↑ "জেলা প্রশাসকের প্রোফাইল", हबिगन्ज जिल्ला (बाङ्लामा), बङ्गलादेश राष्ट्रिय पोर्टल। वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति