बानियाचङ उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बानियाचङ
বানিয়াচং
—  उपजिल्ला  —
बानियाचङको स्थान-बङ्गलादेशको नक्सामा
बानियाचङ
बानियाचङ
बाङ्लादेशको नक्शामा बानियाचङ उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग सिलेट विभाग
जिल्ला हबिगञ्ज जिल्ला
क्षेत्रफल
 - जम्मा ४८२.२५ किमी (१८६.२ वर्ग मी)
जनसङ्ख्या (सन् १९९१)
 - जम्मा २३५,८५५
 जनघनत्व
मूलबासी नाम बानियाचङ्गी
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
हुलाक ३३५०
वेबसाइट baniachong.habiganj.gov.bd

बानियाचङ (बाङ्ला: বানিয়াচং) बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। बानियाचङ उपजिल्लामा रहेको बानियाचङ गाउँ एसियाकै सबैभन्दा ठूलो गाउँ हो।[१][२]

भूगोल[सम्पादन गर्ने]

बानियाचङ उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°२१' देखि २४°४१' उत्तर अक्षांश र ९१°१३' देखि ९१°३०' पूर्वी देशान्तरणमा अवस्थित छ। बानियाचङ उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४८२.२५ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई दिराई, शाल्लाआजमिरिगञ्ज उपजिल्लाले उत्तर, हबिगञ्ज सदरलाखाई उपजिल्लाले दक्षिण, हबिगञ्ज सदरनबिगञ्ज उपजिल्लाले पूर्व, आजमिरिगञ्ज, मिटामइन मिटामइनअष्टग्राम उपजिल्लाले पश्चिमबाट घेरेको छ। कालनी, चोरगाँउ बिल, चाकुया बिल, धला बिल, बाउडाबान्दा बिल, कान्दाइयाल बिल आदि यस जिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

१७ औँ शताब्दीको पहिलो दशकमा बानियाचङ क्षेत्रमा अनवार खान (बानियाचङ्का जमीदार) र मुगल फौजबीच युद्ध भएको थियो भने अनवार खान बारा भुँइयासँग मिलेर मुगलहरूको विरूद्धमा युद्धमा उत्रिएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २६८६९१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३७९१२ छ भने महिलाको जनसङ्ख्या १३०७७९ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१५४०१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५२७९९ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३०४ रहेको छ।[३] यस जिल्लामा २३० मस्जिद, ७० हिन्दु मन्दिर र ५ चिहानहरू रहेका छन्। प्राचीन कालिका मस्जिद, पुरणबाग मस्जिद, बबिर दरगाह मस्जिद, श्याम बहुलको अखरा आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८२.८७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १०.१२% ले पोखरी, ०.७३% ले टुटी र ६.२८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ६.४८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, तोरी, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कागती, भूइँकटहर, अम्बा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल, अस धान र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७५.०१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.८९%, वाणिज्यमा ५.८८%, सञ्चार र यातायातमा ०.८४%, निर्माण क्षेत्रमा १.८०%, सुविधामा २.१९%, धार्मिक सेवामा ०.३८%, वैदेशिक रोजगारी तथा भाडामा १.५०% र अन्यमा ८.५०% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बानियाचङ थानको स्थापना सन् १७९० मा भएको थियो भने सन् १९३४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लामा १५ सङ्घ परिषद्, २३७ मौजा र ३३७ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३१.५४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३४.११% छ भने महिलाको साक्षरता दर २८.८७%रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, २२ माध्यमिक विद्यालय, ५१ प्राथमिक विद्यालय, २ बाल उद्धान केन्द्र र २३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; एलआर सरकारी उच्च विद्यालय (सन् १८९६), नगुडा उच्च विद्यालय, बानियाचङ सिनियर मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. http://baniachong.habiganj.gov.bd/site/page/3f66a340-5781-42e2-98dd-1abff8e2ae88/%E0%A6%8F%E0%A6%95%20%E0%A6%A8%E0%A6%9C%E0%A6%B0%E0%A7%87%20%E0%A6%AC%E0%A6%BE%E0%A6%A8%E0%A6%BF%E0%A7%9F%E0%A6%BE%E0%A6%9A%E0%A6%82
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "बानियाचङ", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]