सामग्रीमा जानुहोस्

दिराई उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिराई उपजिल्ला
बाङ्लादेशको नक्शामा दिराई उपजिल्लाको अवस्थितिको अवस्थिति
बाङ्लादेशको नक्शामा दिराई उपजिल्लाको अवस्थिति
देश बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लासुनामगञ्ज जिल्ला
सरकार
जनसङ्ख्या
 (सन् १९९१[३])
 • जम्मा[२]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआधिकारिक नक्शा

दिराई (बङ्गाली: দিরাই) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[४]

भूगोल[सम्पादन गर्नुहोस्]

दिराई उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°३९' देखि २४°५३' उत्तर अक्षांश र ९१°१०' देखि ९१°२८' पूर्वी देशान्तरमा अवस्थित छ। दिराई उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४२०.९३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई दक्षिण सुनामगञ्जजामालगञ्ज उपजिल्लाले उत्तर, सलाह, बानियाचङनबीगञ्ज उपजिल्लाले दक्षिण, जगन्नाथपुर उपजिल्लाले पूर्व, सुलाह, खालियाजुरीजामालगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेका छन्। सुरमा, कुशीयारा, घहुका, अनिनल, ततुवा, जलालदी, हरिया भोगदोबा आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९३८ मा यस उपजिल्लामा कानकार आन्दोलन शुरू भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २५ अगष्ट १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लामा युद्ध भएको थियो जहाँ बङ्गलादेशी लडाकुहरू आजिम उल्लाह, कुटी मियाँ र गोपालदासको मृत्यु भएको थियो भने आतिउर रहमान र आब्दुल खलेक घाइते भएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २०२७९१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०५२५२ छ भने महिलाको जनसङ्ख्या ९७५३९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४४१३६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५८५७६ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४६ रहेको छ। यस उपजिल्लामा गरो र हाजङ जनजातिहरू बसोबास गर्छन्।[५] यस उपजिल्लामा २५३ मस्जिद र १५ मन्दिर, ६ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ७६.३०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १३.२३% ले पोखरी, ७% ले टुटी र ३.४७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १४.८६% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, १३ परिवार नियोजन तथा मातृ शिशु हेरचाह केन्द्र, २ गैरसरकारी स्वस्थ्य संस्था, १ क्षयरोग उपचार केन्द्र, १५ सामुदायिक स्वस्थ्य संस्था र १ पशुचिकित्सालय रहेका छन्। सन् १९७४ र १९८८ मा यस उपजिल्लामा आँधी आएको थियो जसका कारण हजारौँ मानिसहरूको मृत्यु भएको थियो भने त्यस बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, खुर्सानी, आलु, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कागती, केरा, लिची, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा १२ धान कुटानी केन्द्र, २ गहुँ पिसानी केन्द्र, ८ काष्ठ सामग्री उत्पादन केन्द्र, ५ इट्टा भट्टी, ३ बरफ उद्योग र १ प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। [६][७]यस उपजिल्लाले मुख्यतया धान, सुकाको माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १५० माछापालन केन्द्र, ५ चल्ला उत्पादन केन्द्र तथा १२० कुखुरापालन केन्द्रहरू रहेका छन्।[८][९]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७४.८५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.३०%, उद्योगमा ०.२४% वाणिज्यमा ८.१४%, सञ्चार र यातायातमा ०.२६%, निर्माण क्षेत्रमा ०.६४%, सुविधामा ३.१९%, धार्मिक सेवामा ०.३८%, वैदेशिक रोजगारी तथा भाडामा ०.७०% र अन्यमा ६.३०% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय दिराई थानाको स्थापना सन् १९४२ मा भएको थियो भने सन् १९८२ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ९ वडा, २९ मौजा/महल्ला, ९ र सङ्घ परिषद्, र २२२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; राफिनगर सङ्घ परिषद्, भातिपाडा सङ्घ परिषद्, राजानगर सङ्घ परिषद्, चर्नरचार सङ्घ परिषद्, दिराइ सर्मङ्गल सङ्घ परिषद्, कारिमपुर सङ्घ परिषद्, तरल सङ्घ परिषद्, कुलाञ्ज सङ्घ परिषद् र जगदल सङ्घ परिषद्।[१०]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३५.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.४% छ भने महिलाको साक्षरता दर ३२.२%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; दिराई डिग्री क्याम्पस (सन् १९७९), दिराई छात्रा उच्च विद्यालय (सन् १९१५), दिराई कन्या उच्च विद्यालय (सन् १९५८), फकिर मोहाम्मद नमुना उच्च विद्यालय (सन् १०८७), राजानगर कृष्णचन्द्र सामुदायिक माध्यमिक विद्यालय (सन् १९०३), दिराई नमुना सरकारी प्राथमिक विद्यालय (सन् १८०५), दिराई जामेई हाफिजिया होसइना मदरसा (सन् १९७८) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. সমস্ত উপ-জেলার কর্মজীবনের কর্মকর্তাদের তালিকা - জনপ্রশাসন মন্ত্রণালয়, বাংলাদেশ वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१३ मिति
  2. [१][स्थायी मृत कडी]
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই ২০১৫), "এক নজরে দিরাই", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৯ মে ২০১৫-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-०९ मिति
  4. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "दिराई उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. শিপন আলী (২৩ মার্চ ২০১৬), "শাহ আবদুল করিমের জন্মশতবর্ষে বছরব্যাপী অনুষ্ঠান", এনটিভি অনলাইন। 
  7. "বাউল সম্রাট শাহ আবদুল করিমের শততম জন্মদিন", সকালের খবর, ২৩ মার্চ ২০১৬। [स्थायी मृत कडी]
  8. "Suranjit Sengupta: At a glance", ডেইলি স্টার (ইংরেজিमा), २०१७-०२-०५। 
  9. "দিরাই থেকে ঢাকা", প্রথম আলো, ০৬ ফেব্রুয়ারি ২০১৭। [स्थायी मृत कडी]
  10. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]