नबीगन्ज उपजिल्ला
नबीगन्ज নবীগঞ্জ | |
---|---|
निर्देशाङ्क: २४°३४′उ॰ ९१°३०.९′पू॰ / २४.५६७°N ९१.५१५०°E | |
विभाग | सिलेट विभाग |
जिल्ला | हबिगन्ज जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ४३९.६ किमी२ (१६९.७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४६,९३३[१] |
वासिन्दा | नबीगन्जी |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक | ३००० |
नबीगन्ज (बङ्गाली: নবীগঞ্জ) बङ्गलादेशको हबिगन्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]
भूगोल
[सम्पादन गर्नुहोस्]नबीगन्ज उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°२५' देखि २४°४१' उत्तर अक्षांश र ९१°२४' देखि ९१°४०' पूर्वी देशान्तरणमा अवस्थित छ। नबीगन्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३९.६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई दिराई र जगन्नाथपुर उपजिल्लाले उत्तर, हबिगन्ज सदर र बाहुबल उपजिल्लाले दक्षिण, श्रीमङ्गल, मौलभीबाजार सदर र बानियाचङ उपजिल्लाले उपजिल्लाले पूर्व र बानियाचङ उपजिल्लाले पश्चिमबाट घेरेका छन्। बराक, लङ्ला बिजनी, बिबियाना, दिमा, कुलकुलिया, जुरा बिल, कुलियाभाङ्गा बिल, गन्जुया बिल यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २८७०३० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४५४८५ छ भने महिलाको जनसङ्ख्या १४१५४५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३६८१५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४९८३८ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १२, इसाई धर्मवलम्बीको जनसङ्ख्या ६२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३०३ रहेको छ। यस उपजिल्लामा ३२१ मस्जिद, २७ मन्दिरमा र ६ चिहान रहेको छ। शाह ताजउद्दिन कोरेशीको चिहान, शाश सदरउद्दिन कोरेशीको चिहान र सायार टङ्गीटिलार माजार यस उपजिल्लाका लोकप्रिय धार्मिक स्थलहरू हुन्।[३]यस उपजिल्लाका ५९.७१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.२०% ले पोखरी, २९.३७% ले टुटी र ९.७२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये १४.०८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ५ परिवार नियोजन केन्द्र, १ अस्पताल, २ शिशु हेरचाह केन्द्र, १ पशु चिकित्सकलय रहेका छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज, तोरी, खुर्सानी, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, खरबुजा, कागती, भूइँकटहर, अम्बा, कटहर, मेवा नरिवल, आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, माछा, केरा, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा २० माछापालन केन्द्र, १० दुग्ध सङ्कलन केन्द्र तथा ६८ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस जिल्लाको मुख्य आय स्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६३.३१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.४०%, उद्योगमा २.२१% वाणिज्यमा ८.८३%, सञ्चार र यातायातमा १.४२%, निर्माण क्षेत्रमा १.९८%, सुविधामा २.९५%, धार्मिक सेवामा ०.७३%, वैदेशिक रोजगारी तथा भाडामा ३.८४% र अन्यमा ९.४३% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय नबीगन्ज थानाको स्थापना सन् १९३९ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो यस उपजिल्लामा १३ सङ्घ परिषद्, २२० मौजा, १ पौरसभा र ३५९ गाउँहरू रहेका छन्।[४]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ३९.३८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४२.०१% छ भने महिलाको साक्षरता दर ३६.७१%रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, ३० माध्यमिक विद्यालय, १७२ प्राथमिक विद्यालय, ३ बाल उदधान केन्द्र र १५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; पानिउनादा राजीव-राबेया उच्च विद्यालय तथा क्याम्पस, नबीगन्ज जेके उच्च विद्यालय (१९१६), दिनारपुर उच्च विद्यालय (सन् १९२१), आउशकान्दि उच्च विद्यालय आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে নবীগঞ্জ উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৫ আগস্ট ২০১৫-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-१५ मिति
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "नबीगन्ज उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।