जगन्नाथपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जगन्नाथपुर

জগন্নাথপুর
जगन्नाथपुर उपजिल्ला
बाङ्लादेशको नक्शामा जगन्नाथपुर उपजिल्लाको अवस्थिति
बाङ्लादेशको नक्शामा जगन्नाथपुर उपजिल्लाको अवस्थिति
देशFlag of Bangladesh.svg बङ्गलादेश
जिल्लासुनामगञ्ज जिल्ला
सरकार
जनसङ्ख्या
 (१९९१[३])
 • जम्मा[२]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटjagannathpur.sunamganj.gov.bd

जगन्नाथपुर (बाङ्ला: জগন্নাথপুর) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[४]

भूगोल[सम्पादन गर्ने]

जगन्नाथपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°३१' देखि २४°४०' उत्तर अक्षांश र ९१°२७' देखि ९१°४१' पूर्वी देशान्तरमा अवस्थित छ। जगन्नाथपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३६८.२७ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई छातकसुनामगञ्ज सदर उपजिल्लाले उत्तर,हबिगञ्ज उपजिल्लाले दक्षिण, विश्वनाथपुरबालागञ्ज उपजिल्लाले पूर्व, दिराईनबीगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेका छन्। कुशिवारा, डाहुका, हअोर २५, बिल ९८, गाजिवाला, पिङ्लार हाअोर, नलुवार हाअोर, पारुवार हाअोर, जामाइकाटा बिल, बोराट बिल, फिअोरा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्। जगन्नाथपुरलाई भौगोलिक रूपमा दुई छुट्टै क्षेत्रहरूमा विभाजित गरिएको छ; माथिल्लो-जगन्नाथपुर र तल्लो-जगन्नाथपुर

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने ३१ अगष्ट १९७१ का दिन स्थानीय राजाकारहरूको (तात्कालिक पूर्वी पाकिस्तानमा बसोबास गर्ने उर्दु मातृभाषा भएका गैर बङ्गालीहरू) एक समूहले यस उपजिल्लाका श्रीरामशी उच्च विद्यालयमा एक बैठक सञ्चालन गरेका थिए जहाँ यस उपजिल्लाका सङ्घ परिषद्का सदस्य र स्थानीय मानिसहरू उपस्थित थिए। राजाकारको सहयोगमा पाकिस्तानी सेनाले।बैठक स्थललाई घेराहाली त्यहाँ उपस्थित १२६ मानिसहरूको गोली हानी बीभत्स सामूहिक हत्या गरेका थिए भने सेनाले उक्त गाउँका थुप्रै घरहरूमा आगजनी समेत गरेका थिए। ८ सेप्टेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको रानीगञ्जमा ३० सर्वसाधारणहरूको हत्या गरि १५० दोकानहरू लुटेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २२५२७१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११६४८३ छ भने महिलाको जनसङ्ख्या १०८७८८ रहेको छ।[५] धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०१८०४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २३३६५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३०, इसाई धर्मवलम्बीको जनसङ्ख्या २९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४३ रहेको छ। यस उपजिल्लामा ३६० मस्जिद र २१ मन्दिर, ७ चिहानहरू रहेका छन्।[६] यस उपजिल्लाका ७०.६५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २१.५३% ले पोखरी, १.३६% ले टुटी र ६.३६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो।[७] यस उपजिल्लाको कुल घरहरू मध्ये १३.१६% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[८]

अर्थतन्त्र[सम्पादन गर्ने]

जगन्नाथपुर सुनमगञ्ज जिल्लाको अन्न भण्डारको रूपमा परिचित छ धान उब्जाउ हुने जमिनले हाल प्रशस्त मात्रामा धान उत्पादन गराइरहेका छन्। त्यहाँ १२ वटा बैंक सहित १४ हुलाक कार्यालयहरू छन्। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कागती, केरा, लिची, पानक‍ पात, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, सुकाको माछम, आलु, तोरी, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तिल र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५७.११% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.८७%, उद्योगमा ०.४२% वाणिज्यमा ९.४२%, सञ्चार र यातायातमा ०.९६%, निर्माण क्षेत्रमा ०.८८%, सुविधामा ३.७९%, धार्मिक सेवामा ०.३४%, वैदेशिक रोजगारी तथा भाडामा ९.७०% र अन्यमा १०.५१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय जगन्नाथपुर थानाको स्थापना सन् १९२२ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। सन् १९९९ मा जगन्नाथपुर नगरपालिकाको स्थापना भएको थियो। यस उपजिल्लामा १ नगरपालिका, ८ सङ्घ परिषद्, ९ वडा, २६३ मौजा र ३१० गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; कलकलिया सङ्घ परिषद्, पाटली सङघ परिषद्, मीरपुर सङ्घ परिषद्, चिलाउडा हलिदिपुर सङ्घ परिषद्, रानीगञ्ज सङ्घ परिषद्, सैयदपुर शाहारपाडा सङ्घ परिषद्, अाशारकान्दि सङ्घ परिषद्, पाइलगाँउ सङ्घ परिषद्।[९]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४५.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.१% छ भने महिलाको साक्षरता दर ४२.३%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; जगन्नाथपुर क्याम्पस, जगन्नाथपुर स्वरूप चन्द्र सरकारी उच्च विद्यालय (सन् १९२६), पाइलगाम्हउ बिईस उच्च विद्यालय (सन् १९१९), मीरपुर सामुदायिक बहुमुखी उच्च विद्यालय (सन् १९३१), सैयदपुर पाइलट उच्च विद्यालय (सन् १९६३), नयाबन्दर बहुभाषिक उच्च विद्यालय (सन् १९७५), इसहाकपुर सामुदायिक उच्च विद्यालय (सन् १९८२), सैयदपुर सामुदायिक उच्च विद्यालय (सन् १९८२), सैयदपुर सऊदिया सिनियर मदरसा (सन् १९०३), आशारकान्दि जाकिर मोहाम्मद प्राथमिक विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. সমস্ত উপ-জেলার কর্মজীবনের কর্মকর্তাদের তালিকা - জনপ্রশাসন মন্ত্রণালয়, বাংলাদেশ
  2. [१]
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (মে ২৭, ২০১৯), "এক নজরে জগন্নাথপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट জুন ২৮, ২০১৮-मा सङ्ग्रहित। 
  4. इसलाम, सिराजुल; जामाल, आहमेद, सं (सन् २०१२). "जगन्नाथपुर उपजिल्ला". বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Jagannathpur_Upazila. 
  5. "Population Census Wing, BBS.", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. Jagannathpur - History
  7. Karim, Rezaul (जुन २००७), "Bangladeshis: Moving with the times", FORUM (The Daily Star), अन्तिम पहुँच २००७-०६-०१ 
  8. "Profile:Anwar Choudhury", BBC News, २००४-०५-२१, अन्तिम पहुँच २०१६-०८-०३ 
  9. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]