सामग्रीमा जानुहोस्

मौलभीबाजार सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मौलभीबाजार सदर
মৌলভীবাজার সদর
ꠝꠃꠟꠜꠤꠛꠣꠏꠣꠞ ꠡꠖꠞ
मौलभीबाजार सदरको अवस्थिति
विभागसिलेट विभाग
जिल्लामौलभीबाजार जिल्ला
क्षेत्रफल
 • जम्मा३४४.३४ किमी (१३२.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३९,३७८[]
वासिन्दामौलभीबाजारी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३२००
वेबसाइटmoulvibazarsadar.moulvibazar.gov.bd

मौलभीबाजार सदर (बङ्गाली: মৌলভীবাজার সদর) बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[]

मौलभीबाजार सदर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°२४' देखि २४°३८' उत्तर अक्षांश र ९१°३६' देखि ९१°५१' पूर्वी देशान्तरणमा अवस्थित छ। मौलभीबाजार सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३४४.३४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बालागञ्जराजनगर उपजिल्लाले उत्तर, श्रीमङ्गल उपजिल्लाले दक्षिण, कमलगञ्जराजनगर उपजिल्लाले पूर्व, नबिगञ्जश्रीमङ्गल उपजिल्लाले पश्चिमबाट घेरेको छ। मनु र बराक र माथाखाली यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

सन् १९१२ मा यस उपजिल्लाको जगतिसी गाउँबाट बेलायती शासन विरुद्ध आन्दोलन शुरू भएको थियो। यही आन्दोलनका बेला ब्रिटिस विरुद्ध खलिफत नामक एक सम्मेलन सन् १९२१ मा आयोजना गरिएको थियो जहाँ रञ्जन दास, मौलाना हुसइन अहमद मदानीर सरोजिनी नमयडुले भाग जनाएका थिए। []

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने २७ मार्च १९७१ का दिन मौलभीबाजार सदर उपजिल्लामा पाकिस्तानी सेनाको प्रवेशमा अवरोध पुर्‍याउन शुरू गरिएको थियो। पाकिस्तानी सेनाले जुलुस भएको स्थानमा अचनम आक्रमण गर्दा दुई सर्वसाधारणहरूको मृत्यु भएको थियो। यस युद्धका बेला पाकिस्तानी सेना र बङ्गलादेशक‍ मुक्तिका लागि लडिरहेका लडाकु बी मौलभीबाजार सदर उपजिल्लाका कामालपुर र शेरपुर जस्ता स्थानहरूमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो। २० डिसेम्बर १९७१ का दिन मौलभीबाजार सरकारी उच्च विद्यालय परिसरमा बम विस्फोट हुँदा थुप्रै सर्वसाधारणहरूको मृत्यु तथा थुप्रै घाइते भएका थिए।

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २८१५९३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४५१५१ छ भने महिलाको जनसङ्ख्या १३६४४२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३५६०४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४५५०० छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १५३, इसाई धर्मवलम्बीको जनसङ्ख्या १७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३१९ रहेको छ। यस उपजिल्लाका ६८.६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ६.८९% ले पोखरी, १८.३६% ले टुटी र ६.१५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका २८१६ धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ९.९९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ जाँच केन्द्र, १ सङ्घ परिषद् तथा ग्रामिण क्षेत्र अस्पताल, १ परिवार नियोजन केन्द्र, १ बाल रोग स्वास्थ्य केन्द्र, १ मधुमेह अस्पताल, १ क्षयरोग अस्पताल, १ आँखा अस्पताल र १४ साना स्वास्थ्य केन्द्रहरू रहेका छन्।[]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज, चिया, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया खुर्सानी, सुकाको माछा, चिया लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४०.२२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.६१%, उद्योगमा १.९१%, वाणिज्यमा १४.५४%, सञ्चार र यातायातमा ३.९९%, निर्माण क्षेत्रमा २.६६%, सुविधामा ७.५६%, धार्मिक सेवामा ०.४९%, वैदेशिक रोजगारी तथा भाडामा ६.५१% र अन्यमा १५.५१% रहेका छन्।

प्रशासकीय मौलभीबाजार थानको स्थापना सन् १८८२ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। मौलभीबाजार नगरपालिकाको स्थापना सन् १९३० मा भएको थियो। यस उपजिल्लामा १२ सङ्घ परिषद्, १९२ मौजा र ४३४ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; खलिलपुर सङ्घ परिषद्, मनुमुख सङ्घ परिषद्, कामालपुर सङ्घ परिषद्, आपार कागाबला सङ्घ परिषद्, आखाइलकुडा सङ्घ परिषद्, एकाटुना सङ्घ परिषद्, चाँदनीघाट सङ्घ परिषद्, कनकपुर सङ्घ परिषद्, आमतै‌ल सङ्घ परिषद्, नाजिराबाद सङ्घ परिषद्, गियासनगर सङ्घ परिषद् र मोस्तफापुर सङ्घ परिषद्।[]

यस जिल्लाको कुल साक्षरता दर ४८.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.०% छ भने महिलाको साक्षरता दर ४६.१%रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, १ व्यवसायीक शिक्षण संस्था तथा क्याम्पस, १ प्राथमिक शिक्षक शिक्षण संस्था, १ नर्सिङ शिक्षण संस्था, १ युवा शिक्षण संस्था, १ नेत्रहीन उन्नति शिक्षण संस्था, १७ प्राथमिक विद्यालय, ७ सामुदायिक शिक्षण संस्था, १७ बाल उद्धान केन्द्र र ४२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मौलभीबाजार सरकारी क्याम्पस (सन् १९५६), मौलभीबाजार सरकारी महिला क्याम्पस (सन् १९८५), जगदीशी गोपालकृष्ण एम सैफउर रहमान विद्यालय तथा क्याम्पस (सन् १९१५), मौलभीबाजार सरकारी उच्च विद्यालय (सन् १८९१), काशीनाथ अलुदिन उच्च विद्यालय (सन् १९१७), आली अमजाद सरकारी कन्या उच्च विद्यालय (सन् १९३२), दारुल उलम मदरसा आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "এক নজরে মৌলভীবাজার", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ৫ জুলাই ২০১৫। [स्थायी मृत कडी]
  2. इसलाम, सिराजुल; जामाल, आहमाद, सम्पादकहरू (सन् २०१२), "मौलभीबाजार सदर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "শের সওয়ার, চাবুক মার" (बङ्गालीमा), साप्ताहिक, २००९।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१८ मिति
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]