राजनगर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजनगर

রাজনগর
ꠞꠣꠏꠘꠉꠞ
उपनाम(हरू): 
राजाको सहर
Location of राजनगर
राज्यसिलेट विभाग
जिल्लामौलभीबाजार जिल्ला
क्षेत्रफल
 • जम्मा३३८.१५ किमी (१३०.५६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७४,२८०[१]
वासिन्दा(हरू)राजनगरी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३२४०
वेबसाइटrajnagar.moulvibazar.gov.bd

राजनगर (बङ्गाली: রাজনগর) बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। यस उपजिल्लामा लगभग २९,३०० घरहरू रहेका छन् भने यो उपजिल्ला ३४० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस उपजिल्लामा तीन प्रमुख नदीहरू रहेका छन् जुन राजनगरको सिमान हुँदै बग्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

राजनगर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°२६' देखि २४°३९' उत्तर अक्षांश र ९१°४४' देखि ९१°५९' पूर्वी देशान्तरणमा अवस्थित छ। राजनगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३८.१५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बालागञ्जफेञ्चुगञ्ज उपजिल्लाले उत्तर, कमलगञ्ज उपजिल्लाले दक्षिण, कुलाउडा उपजिल्लाले पूर्व र मौलभीबाजार सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। मनु र धलाई, कुशियारा, कावादिघी, फाराक्का बिल, पुखुरी बिल यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

मौसम[सम्पादन गर्ने]

राजनगरको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत २५٫५
(७८)
२७٫७
(८२)
३१٫५
(८९)
३२٫३
(९०)
३१٫९
(८९)
३१٫४
(८९)
३१٫४
(८९)
३१٫६
(८९)
३१٫७
(८९)
३०٫९
(८८)
२९٫०
(८४)
२६٫४
(८०)
३०٫११
(८६٫३)
न्यूनतम °से (°फे) औसत १०٫२
(५०)
१२٫५
(५५)
१७٫३
(६३)
२१٫०
(७०)
२२٫९
(७३)
२४٫४
(७६)
२४٫९
(७७)
२४٫९
(७७)
२४٫५
(७६)
२२٫०
(७२)
१६٫५
(६२)
११٫९
(५३)
१९٫४२
(६७)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १५
(०٫५९)
३०
(१٫१८)
११०
(४٫३३)
२६३
(१०٫३५)
४४३
(१७٫४४)
५९६
(२३٫४६)
४९७
(१९٫५७)
४२९
(१६٫८९)
३३१
(१३٫०३)
२१३
(८٫३९)
३६
(१٫४२)

(०٫२४)
२,९६९
(११६٫८९)
स्रोत: Climate-data.org

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेना र स्थानीय राजाकारको (पूर्वी पाकिस्तानमा बसोबार गर्ने उर्दु मातृभाषा भएका गैर बङ्गलादेशीहरू) समूहले यस उपजिल्लाको थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार तथा घरटहराहरूमा पूर्णतया आगजनी गरी आतङ्क मच्चाएका थिए। पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गत पर्ने मुन्सिबाजार सङ्घ परिषद्का धरबाडी र शाहजीबाडी गाउँमा १५ सर्वसाधारणहरूको हत्यम गरेका थिए। १४ मे १९७१ का दिन पाकिस्तानी सेनाले उत्तरभाग, पञ्चेश्वरी, चातुरा र राजनगरका थुप्रै घरहरूमा आगजनी र सर्वसाधारणहरूको हत्या गरेका थिए। पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहानमा ११ बङ्गलादेशी लडाकुहरू मारिएका थिए। ४ डिसेम्बर १९७१ का दिन बङ्गलादेशी लडाकुले यस उपजिल्लाको उदना चिया बगानमा रहेको पाकिस्तानी सेनाको सैनिक किल्लामा कब्जा जमाएका थिए। राजनगर ६ डिसेम्बर १९७१ का दिन स्वतन्त्रत भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १९३३०३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९७९२९ छ भने महिलाको जनसङ्ख्या ९५३७४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४७३०९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४५६०५ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १६७, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १९२ रहेको छ।[३] यस उपजिल्लामा खसिया जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३१० मस्जिद, ५१ मन्दिरमा र २० चिहानहरू रहेको छ। पाँचगाँउ दुर्गा मन्दिर, दुर्गाप्रसमद माधुर आखडा, पानिशाइल आखडा, टेङ्रा बाजार मन्दिर आदि यस उपजिल्लामा केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ६६.११% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.८०% ले पोखरी, १९.७१% ले टुटी र १३.३८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १८.६६% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज, तोरी, लुसन, अदुवा, बेसार तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चिया, भुइँकटर लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ११ माछापालन केन्द्र, २५ दुग्ध सङ्कलन केन्द्र तथा ३२ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५१.६१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १४.०७%, वाणिज्यमा ८.१६%, सञ्चार र यातायातमा १.५५%, निर्माण क्षेत्रमा १.२३%, सुविधामा ३.५५%, धार्मिक सेवामा ५.४६%, वैदेशिक रोजगारी तथा भाडामा ५.४७% र अन्यमा १४.०२% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय राजनगर थानको स्थापना सन् १९९२ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लामा ८ सङ्घ परिषद्, १४९ मौजा र २५५ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; फतेपुर सङ्घ परिषद्, उत्तरभाग सङ्घ परिषद्, मुन्सिबाजार सङ्घ परिषद्, पाँचगाँउ सङ्घ परिषद्, बाजनगर सङ्घ परिषद्, टेङ्रा सङ्घ परिषद्, कामारचाक सङ्घ परिषद् र मनमुरनगर सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३६.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.२% छ भने महिलाको साक्षरता दर ३४.१%रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, १३ माध्यमिक विद्यालय, १४२ प्राथमिक विद्यालय, १५ सामुदायिक विद्यालय र १८ मदरसाहरू।रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; राजनगर डिग्री क्याम्पस (सन् १९७३), मौलाना मुफाज्जल होसेन महिला क्याम्पस (सन् १९९४), राजनगर पौटियास उच्च विद्यालय (सन् १८९३), मेहेरुन्नेछा कन्या उच्च विद्यालय (सन् १९६५), पाँचगाँउ उच्च विद्यालय, कान्दिगाँउ उच्च विद्यालय, जनता उच्च विद्यालय, एकासन्तोष सरकारी प्राथमिक विद्यालय (सन् १८८०), घडगाँउ हेदायेतुल इसलाम मदरसा (सन् १९२६) , राजनगर डिएस फाजिल मदरसा (सन् १९७३) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৯ জুন ২০১৬), "এক নজরে রাজনগর উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৭ আগস্ট ২০১৬-मा सङ्ग्रहित। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "राजनगर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]