कुलाउडा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुलाउडा

কুলাউড়া
ꠇꠥꠟꠣꠃꠠꠣ
Location of कुलाउडा
निर्देशाङ्क: २४°३१′उ॰ ९२°२′पू॰ / २४.५१७°N ९२.०३३°E / 24.517; 92.033
राज्यसिलेट विभाग
जिल्लामौलभीबाजार जिल्ला
क्षेत्रफल
 • जम्मा५४५.७३ किमी (२१०.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३६०,१९५[१]
वासिन्दा(हरू)कुलाउडी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३२३०
वेबसाइटkulaura.moulvibazar.gov.bd

कुलाउडा (बङ्गाली: কুলাউড়া) बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। सिलेट विभागको सबैभन्दा ठूलो सिमसार क्षेत्र हाकालुकी यस उपजिल्लामा अवस्थित छ।[२]

भूगोल[सम्पादन गर्ने]

कुलाउडा उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°१९' देखि २४°३९' उत्तर अक्षांश र ९१°५४' देखि ९२°०७' पूर्वी देशान्तरमा अवस्थित छ। कुलाउडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३१.६३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई फेञ्चुगञ्जबडलेखा उपजिल्लाले उत्तर, भारतको त्रीपुरा राज्यले दक्षिण, जुडी उपजिल्लाले पूर्व, कमलगञ्जराजनगर उपजिल्लाले पश्चिमबाट घेरेको छ। मनु नदी यस जिल्लाका प्रमुख नदी हो।[३]

इतिहास[सम्पादन गर्ने]

सन् १८५७ मा यस उपजिल्ला वरपरको क्षेत्रमा सिपाही विद्रोह शुरू भएको थियो भने ३०० सिपाहीले चट्टग्राम भण्डारबाट सामान चोरी गरी पृथिम पासाको जमिन्दार ग्वसाली खानका आश्रय लिएका थिए।[४] सन् १९३९ मा बिटिष्ट शासन विरुद्ध आन्दोलन गरेका कारण नवीन चन्द्र विद्यालयका थुप्रै विद्यार्थीहरूलाई निष्कासन गरिएको थियो भने तात्कालिक समयमा बेलायती सैनिकहरूले कुलाउडामा सैनिक किल्ला खडा गरेका थिए। </ref>[५]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले कुलाउडा अस्पताल र नवीन चन्द्र उच्च विद्यालयमन सैनिक किल्ला खडा गरेका थिए। बङ्गलादेश स्वतन्त्रता युद्धमा पाकिस्तानी सेनाले कुलाउडा उपजिल्लाका सय भन्दा बढी स्थानीय मानिस र बङ्गलादेशी लडाकुको विभिन्न स्थानमा हत्या गरेका थिए।[६]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३०५९५४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १५४५२० छ भने महिलाको जनसङ्ख्या १५१४३४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३७४५४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६३२४४ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ५०१७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २३९ रहेको छ।[७] यस उपजिल्लामा मणिपुरी र खासिया जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लाका ७१.६७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.०८% ले पोखरी, ९.८५% ले टुटी र १७.४०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये १३.६२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज, चिया, बदाम, पानको पात, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर, अङ्गुर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया चिया, धान, पानक‍ पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तिल र उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ८१ माछापालन केन्द्र, ७९ दुग्ध सङ्कलन केन्द्र तथा १ चल्ला उत्पादन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४३.८३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १३.५६%, वाणिज्यमा ९.६२%, सञ्चार र यातायातमा १.९४%, निर्माण क्षेत्रमा १.०७%, सुविधामा ६.४१%, धार्मिक सेवामा ०.३९%, वैदेशिक रोजगारी तथा भाडामा ४.८६% र अन्यमा १६.३२% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कुलाउडा थानको स्थापना सन् १९२२ मा भएको थियो भने सन् १० जनवरी १९९२ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। कुलाउडा नगरपालिकाको स्थापना सन् १९९६ मा भएको थियो। यस उपजिल्लामा १३ सङ्घ परिषद्, १२२ मौजा र ३३९ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; बरसचाल सङ्घ परिषद्, भुकशिमहल सङ्घ परिषद्, जायफरनगर सङ्घ परिषद्, जयचान्दि सङ्घ परिषद्, ब्राह्मणबाजार सङ्घ परिषद्, भाटेबा सङ्घ परिषद्, कादिपुर सङ्घ परिषद्, कुलाउडा सङ्घ परिषद्, टिलागाँउ सङ्घ परिषद्, हाजिपुर सङ्घ परिषद्, शरीफपुर सङ्घ परिषद्, पृथिमपाडा सङ्घ परिषद्, कर्मधा सङ्घ परिषद्, फुलतला सङ्घ परिषद्, सागरनाल सङ्घ परिषद्, गोयालबाडि सङ्घ परिषद् र बाडङ्गाँउ सङ्घ परिषद्।[८]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ५१.०८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५४% छ भने महिलाको साक्षरता दर ४८.०६%रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ३९ माध्यमिक विद्यालय, २१८ प्राथमिक विद्यालय, १६ सामुदायिक विद्यालय र ४३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कुलाउडा डिग्री क्याम्पस (सन् १९६९), याकुब तजुल महिला क्याम्पस (सन् १९९५), लाङ्ला आधुनिक क्याम्पस (सन् १९९८), योसुफ गोनी आदर्श क्याम्पस, नवीन चन्द्र उच्च विद्यालय (सन् १९०९), नयाँबाजार केसी उच्च विद्यालय (सन् १९०९), कुलाउडा कन्या उच्च विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৪ জুন ২০১৪), "এক নজরে জেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "कुलाउडा उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. কুলাউড়া উপজেলা, ছমির উদ্দিন আহমেদ; বাংলাপিডিয়া, সিডি সংস্করণ ২.০.০, ফেব্রুয়ারি ২০০২। বাংলাদেশ এশিয়াটিক সোসাইটি থেকে প্রকাশিত। পরিদর্শনের তারিখ: জানুয়ারি ২১, ২০১৩ খ্রিস্টাব্দ।
  4. सिराजुल इसलाम, सम्पादक (जनवरी २००३), "कुलाउडा उपजिल्ला", बाङ्लापिडिया, ढाका: বাংলাদেশ এশিয়াটিক সোসাইটি, आइएसबिएन 984-32-0576-6, अन्तिम पहुँच मे १२, २०१६ 
  5. "চা শিল্প", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া, বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  6. "Rare 1857 reports on Bengal uprisings", Times of India। 
  7. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস।", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  8. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]