बडलेखा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बडलेखा

বড়লেখা
ꠛꠠ꠆ꠟꠦꠈꠣ
Location of बडलेखा
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लामौलभीबाजार जिल्ला[१]
क्षेत्रफल
 • जम्मा३१५.५८ किमी (१२१.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२००,६७४
 • घनत्व६४०/किमी (१,६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३२५०
वेबसाइटbarlekha.moulvibazar.gov.bd

बडलेखा (बङ्गाली: বড়লেখা) बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो जुन बङ्गलादेशमा तृतीय स्तरको प्रशासनिक इलाका हुन्छ। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। यो उपजिल्ला बङ्गलादेशको राजधानी ढाकाबाट उत्तर-पूर्वको दिशामा अवस्थित छ। यहाँ मुख्यतया एक ग्रामीण क्षेत्र छ र अधिकांश मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्छन्।[२]

भूगोल[सम्पादन गर्ने]

बडलेखा उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°३६' देखि २४°५०' उत्तर अक्षांश र ९०°०१' देखि ९०°१८' पूर्वी देशान्तरणमा अवस्थित छ। बडलेखा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१५.५८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बियानीबाजार उपजिल्लाले उत्तर, जुडी उपजिल्लाले दक्षिण, भारतक‍ो आसाम राज्यले पूर्व, कुलाउडा, फेञ्चुगञ्जगोपालगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। सोनाई, जुडी आदि यस जिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

सन् १८५७ मा यस उपजिल्लामा ऐतिहासिक सिपाही क्रान्तिको भएको थियो भने यस क्रान्तिका बेला यस उपजिल्लाको नजिकमा रहेको शाहबाजपुरमा एउटा भयानक युद्ध भएको थियो जहाँ २६ सिपाहीहरू मारिएका थिए। ब्रिटिस शासन कालमा यस उपजिल्लामा नानकार आन्दोलन शुरू भएको थियो।बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने तात्कालिक समयमा बडलेखा उपजिल्ला क्षेत्र ४ मा अवस्थित थियो।[३] बङ्गलादेशी स्वतन्त्रता युद्धका बेला यस उपजिल्लाका स्थानीय मानिसहरूले थुप्रै पाकिस्तानी सेनाको हत्या गरेका थिए। बडलेखा उपजिल्ला ६ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।[४]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५५२२१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७७९८९ छ भने महिलाको जनसङ्ख्या ७७२३२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३०४१६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २३४८३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १२६९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५३ रहेको छ। यस उपजिल्लामा मणिपुरी, खसिया र सन्थल जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा ३५२ मस्जिद, ६५ हिन्दु मन्दिर र ९ गिर्जाघरहरू रहेका छन्। ख्वाजा मस्जिद, चन्द्रग्राम मस्जिद, शहाबाजपुर मस्जिद आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ६४.४१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १४.५६% ले पोखरी, १.०१% ले टुटी र २०.०२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७.२४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, तोरी, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कागती, भूइँकटहर, नरिवल, सुन्तला, लिची, अम्बा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चिया, धूप लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल, अस धान र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३८.७४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ९.९७%, वाणिज्यमा १०.५७%, सञ्चार र यातायातमा १.४८%, निर्माण क्षेत्रमा १.६०%, सुविधामा ४.९४%, धार्मिक सेवामा ०.४४%, वैदेशिक रोजगारी तथा भाडामा १५.५३% र अन्यमा १४.२३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बडलेखा थानको स्थापना सन् १९४० मा भएको थियो भने सन् १९८३ जुलाई १ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लामा १० सङ्घ परिषद्, १०९ मौजा र २५३ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; बर्णी सङ्घ परिषद्, दासेरबाजार सङ्घ परिषद्, निजबाहादुरपुर सङ्घ परिषद्, उओर शाहबाजपुर सङ्घ परिषद्, दक्षिण शाहबानपुर सङ्घ परिषद्, बडलेखा सङ्घ परिषद्, तालिमपुर सङ्घ परिषद्, काटलतली सङ्घ परिषद्, सजानपुर सङ्घ परिषद् र पश्चिम जुरी सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४२.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४६.३% छ भने महिलाको साक्षरता दर ३९.१%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बडलेखा डिग्री क्याम्पस (सन् १९८६), इबदुर रहमान चौधरी प्राविधिक तथा व्यावसायिक क्याम्पस (सन् २००४), सदिद्की आलियन उच्च विद्यालय (सन् १९२७), पिसी उच्च विद्यालय (सन् १९३३), शाहाबाजपुर उच्च विद्यालय (सन् १९४०), भददहार सरकारी प्राथमिक विद्यालय (सन् १८००), भटाली सरकारी उच्च विद्यालय (सन् १८०५), बडनाइ सरकारी प्राथमिक विद्यालय (सन् १८०५), सजजुल आलिया मदरसा (सन् १८९०), गङ्कुल मदरसा, चन्द्रग्राम मदरसा, दौलतपुर मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "এক নজরে বড়লেখা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ৫ জুলাই ২০১৫। 
  2. বড়লেখা উপজেলা, মাহফুজুর রহমান,গ্রাম সালদিগা ,বাংলাপিডিয়া, সিডি সংস্করণ 2.0.1; প্রকাশকাল: ফেব্রুয়ারি ২০০৮। বাংলাদেশ এশিয়াটিক সোসাইটি, ঢাকা থেকে প্রকাশিত।
  3. "উপজেলা পটভূমি", बङ्गलादेश सरकार (बाङ्लामा), अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८ 
  4. "মৌলভীবাজার জেলা ও এর উপজেলা সমূহের নামকরণের ইতিহাস", Naming History BD (बाङ्लामा), अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]