मौलभीबाजार जिल्ला

From विकिपिडिया
Jump to navigation Jump to search
मौलभीबाजार
মৌলভীবাজার
ꠝꠃꠟꠜꠤꠛꠣꠏꠣꠞ
—  जिल्ला  —
Sreemangal tea garden 2017-08-20.jpgश्रीमङ्गलमा रहेको चिया बगान
बाङ्लादेशको नक्शामा मौलभीबाजार जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग सिलेट विभाग
क्षेत्रफल
 - जम्मा २,७९९.३८ किमी (१,०८०.८ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ जनगणना अनुसार)
 - जम्मा १,९१९,०६२
 जनघनत्व ६८५.५/किमी (१,७७५.५/वर्ग मी)
मूलबासी नाम मौलभीबाजारी
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+०६:००)
हुलाक कोड ३२००
वेबसाइट moulvibazar.gov.bd

मौलभीबाजार बङ्गलादेशको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित सिलेट विभागको एक जिल्ला हो।[१] यो जिल्लाको नाम मौलभीबाजार नामक एक स्थानबाट राखिएको थियो।[२]

शब्दको उत्पत्ति[edit]

मौलभीबाजार जिल्लाको नाम यस जिल्लाको सदरमुकाम मौलभीबाजारका कारण भएको थियो। यो जिल्लाको नाम दुई शब्द "मौलभी" र "बाजार" शब्द मिलेर बनेको छ जसको अर्थ मौलभीको बजार हुन आउँछ।[३] मौलभीबाजारको नाम मौलभी सयद क्वाड्रातुलाको नामबाट राखिएको थियो जो यस स्थानका स्थानीय निर्णायक कर्ता र सयद हुर्मोतोलाका छोरा थिए। उनको जन्म १७५० मा गोविन्दश्री गाउँमा भएको थियो। १७७१ मा यस क्षेत्रमा मौलभी क्वाड्रातुलाले एक सानो बजार स्थापना गरेको भन्ने जनविश्वास रहेको छ जसलाई स्थानीय मानिसहरू मौलभीबाजार भन्ने गर्थे।[४][५] यो बजार नदि किनारमा र हालको पश्चिम बजारमा स्थापना गरिएको थियो तर पछि यस बजारलाई ठूलो क्षेत्रमा फैलाइएको थियो।

इतिहास[edit]

यस क्षेत्रको पश्चिम भाग, टाङ्गुबाजार मन्दिरमा सन् ९३० मा तामा उत्खनन गरिएको थियो भने ११अौँ शताब्दीमा कालापुर र श्रीमङ्गलमा पनि तामा उत्खनन गरिएको थियो। यो जिल्ला प्राचीन कालमा कामारुपा राज्यको एक भाग थियो। यस क्षेत्रमा पहिला हिन्दु र बुद्ध धर्मवलम्बीहरू बसोबास गर्ने गरेको त्यहाँका स्थानीय मानिसहरूको भनाई छ भने यस क्षेत्रको पञ्चगाउँ, राजनगरमा पहिला एक प्राचीन विश्वविद्यालय पनि रहेको थियो। इटा राज्यको सदरमुकाम राजा भानु नारायणले पत्ता लगाएका थिए। यस राज्यमा हाल बङ्गलादेशको मौलभीबाजार सदर र चन्द्रपुर पर्छन्।[६]

१३०३ मा सिलेट विभागको विजयी पश्चात् शाह जलालका थुप्रै चेलाहरू सिलेट विभागका विभिन्न क्षेत्र र बङ्गालका अन्य क्षेत्रहरूमा पनि फैलिएका थिए। सयद सुल्तानका छोरा बग्दादका शाह मुस्ताफा चन्द्रपुरमा बसाइँसराइ गरेका थिए भने उनी त्यहाँ एक सानो पहाडको चुचुरोमा आफ्ना छोरा सियाद स्मालीसँग बसेका थिए। [७]

इटा राज्यको अन्तिम राजा, राजा सुबिद नारायणले १६१० मा युद्ध हारेपश्चात् यो राज्य ख्वाजा उस्मनको कब्जामा आएको थियो तर उक्त राज्यलाई पुन मुगल राजा इस्माइल खानले सन् १६१२ मा कब्जामा लिएका थिए। मुगल शासक र बारो-भुयान्स बीचको एक महत्त्वपूर्ण युद्ध पठान उसर, कमलगञ्जमा भएको थियो जसका कारण अफगानी शासक खवाज उस्मनको मृत्यु भएको थियो। [८]

सन् १७५७ मा बिट्रिस साम्राज्यले मौलभीबाजार का चिया बगानहरू र अन्य महत्त्वपूर्ण स्थानमा कब्जा जमाएका थिए। ब्रिटिसको स्थायी निबन्ध विरुद्ध विद्रोहले सन् १८५७ मा लतुमा भएको थियो। सन् १८८२ मा यस क्षेत्रलाई महाकुमाको एक उप-विभागको रुपमा घोषित गरिएको थियो। [९]

सन् १९१२ मा यस क्षेत्रमा ब्रिटिस्ट विरुद्ध स्थानीय मानिसहरू सदर उपजिल्लाबाट आन्दोलनमा उत्रिएका थिए जसलाई स्वामी दयानन्दले आयोजना गरेका थिए भने उनी डोलगोविन्द आस्रममा शरण लिएका थिए। सन् १९२१ मा ब्रिटिस्ट विरुद्ध आन्दोलन पुरै मौलभीबाजारमा पनि फैलिएको थियो भने उक्त आन्दोलनमा छिट्तराजन दास, हुसैन अहमद मदानी र सरोजिनी नायडु पनि समावेश थिए। सन् १९६० मा दक्षिण सिलेट उप-विभागलाई महाकुमाका प्रशासकले नाम परिवर्तन गरि मौलभीबाजार राखेका थिए। [१०]

बङ्गलादेश मुक्ति युद्धकालमा मौलभीबाजार जिल्ला पहिले ४ विभागमा समावेश थियो। पाकिस्तानी सेना विरुद्ध सशस्त्र प्रतिरोधले २७ मार्च १९७१ मा मौलभीबाजारको सिराई गाँउबाट शरू भएको थियो। उक्त काण्डमा पाकिस्तानी सेनाले दुई स्थानीय मानिसलाई गोली हानि हत्या गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशक‍ मुक्तिका लागि लडिरहेका सैनिक बीच मौलभीबाजार सदर उपजिल्लामा युद्ध भएको थियो। २७ मार्च देखि पाकिस्तानी सेना र विद्रोही बीच बर्लिखा उपजिल्लामा पनि युद्ध शुरू भएको थियो। बङ्गलादेश मुक्त युद्धमा स्वतन्त्र स्वतन्त्रताका लागि लडिरहेका सैनिकहरूले सोही उपजिल्लामा केही पाकिस्तानी सेनाको पनि हत्या गरेका थिए। २९ मार्चमा बङ्गलादेशी सुमा सुरक्षामा खटिएका केही लडाकु र स्थानीय मानिसहरूको एक टोलीले पाकिस्तानी सेना माथि कमलगञ्ज भन्ने ठाउँमा आक्रमण गरेका थिए जहाँ थुप्रै पाकिस्तानी सेनाको मृत्युु भएको थियो। पाकिस्तानी सेनाले ३० अप्रिलका दिन श्रीमङ्गलमा भन्ने स्थानमा आक्रमण गरि थुप्रै सर्वसाधारणको हत्या गरेका थिए र त्यसको साथसाथै सेनाले त्यस उपजिल्लाका विभिन्न घरहरूमा आगजनी समेत गरेका थिए। ७ मे का दिन पाकिस्तानी सेनाले राजनगर उपजिल्लाको पञ्ञगनउँ भन्ने गाउँमा ५९ मानिसको हत्या गरेका थिए। मान्सिबाजामा पाकिस्तानी सेनाले १५ सर्वसाधारणको धरबारी र शाजीबारी भन्ने गाउँमा हत्या गरेका थिए। १४ मे का दिन पाकिस्तानी सेनाले उत्तर बाघ, चतुरा, महालाल, पञ्चेस्वर र राजनगर जस्ता स्थानहरूमा विभिन्न मानिसहरूको हत्या गरेका थिए भने थुप्रै घरमा आगजनी पनि गरेका थिए। त्य घटनाको केही दिन पश्चात् पाकिस्तानी सेनासँगको गोली हानाहानमा ११ स्वतन्त्रताका लागि लडिरहेका मानिसहरूको हत्या भएको थियो। २ र ३ डिसेम्बरका दिन पाकिस्तानी सेना र स्थानीय मानिसहरू बीच कलौरा उपजिल्लामा युद्ध भएको थियो। ४ डिसेम्बरका दिन स्वतन्त्रताका लागि लडिरहेका ३० लडाकुहरूले राजनगर उपजिल्लामा अवस्थित पाकिस्तानी सैनिक क्याम्पमा कब्जा जमाएका थिए। कमलगञ्ज उपजिल्लाको सिमाना क्षेत्रमा सहिद बिरश्रेष्ठ मोहम्मद महिदुर रहमनको हत्या भएको थियो। बङ्गलादेश मुक्ति युद्धका बेला पाकिस्तानी सेनाले कलउडा अस्पताल र नवीन चन्द्र उच्च विद्यालयमा सैनिक क्याम्पको स्थापना गरेका थिए र सोही बेला पाकिस्तानी सेनाले १०० स्थानीय मानिसहरूको हत्या गरेका थिए। स्वतन्त्रताका लडाकुहरूले पाकिस्तानी सेनामा अनियमित आक्रमण गरे भने लडाकुहरूले जुरी सहर क्षेत्रमा विभिन्न चिया बगानहरूमा पनि नियन्त्रण गरिका थिए। त्यपछि ४ डिसेम्बरका दिन जुरी उपजिल्ला मुक्त भएको थियो भने ६ डिसेम्बरका दिन राजनगर उपजिल्ला स्वतन्त्र भएको थियो।[११][१२]

जनशाङ्खिकि[edit]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या १७८०७९७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९०४९१८ छ भने महिलाको जनसङ्ख्या ८७५८७९ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२८१७७३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४८२९५२ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १४१८९, इसाई धर्मको २९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३० रहेको छ। यस जिल्लामा खासिया, मणिपुरी अादि जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा २९६७ मस्जिद, ६१३ मन्दिर, ५६ गिर्जाघर र २२ गुम्बाहरू रहेका छन्।

भूगोल[edit]

अवस्थित[edit]

Maulvi bazaar.jpg

मौलभीबाजार जिल्ला बङ्गलादेशको दक्षिण पूर्वमा पर्छ भने यो जिल्ला २४°०८' देखि २४°२९' उत्तर अक्षांश र ९१°३६' देखि ९२°१७' पुर्वी देशान्तरणमा अवस्थित छ। मौलभीबाजार जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६०१.८४ वर्ग किलोमिटर अोगटेको छ।[१३] यस जिल्लालाई सिलेट जिल्लाले उत्तर, भारतको त्रिपुरा र अासमा राज्यले पुर्व र हबिगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ। यस जिल्लाको कुल जनसङ्ख्या १० लाख ३८ हजार रहेको छ।

यस जिल्लाको प्रमुख नदि; मनु, धोलोई र जुरी हो जुन भारतबाट बग्छन्। वर्षेनी वर्षा ऋतुमा भारतमा अत्याधिक रुपमा पानी पर्ने भएकाले यी नदीहरू मार्फत मौलभीबाजारका विभिन्न तल्ला भूभागहरूमा बाढी जाने गरेको छ। केही वर्ष अघि देखि मौलभीबाजारका विभिन्न स्थानहरूमा बढी आउनु भन्दा अघि पूर्व सुचना पुर्‍याउन यन्त्रहरू जडान गरिएका छन्।[१४]

उपजिल्लाहरू[edit]

मौलभीबाजार जिल्लामा ७ उपजिल्लाहरू रहेका छन् जो यस प्रकार छन्; मौलभीबाजार सदर, बडलेखा, जुरी, कमलगञ्ज, कलउडा, राजनगर र श्रीमङ्गल।[१५]

यस जिल्लामा ७६ सङ्घहरू, २०६१ गाँउहरू र ५ सभा अर्थात् कमलगञ्ज, कलाउडा, श्रीमङ्गल, बाडलेखा र मौलभीबाजार छन्।[१६] यस जिल्लाको लगभग ५०,००० जनसङ्ख्या मणिपुरी, खुसास र त्रिपुरा जनजातिका हुन्। तिनीहरू यस जिल्लाको कमलगञ्ज, श्रीमङ्गल र कलउडा अपेसिलाका क्षेत्रहरूमा बस्ने गर्छन्। यस जिल्लामा ९२ वटा चिया बागानहरू छन् जसले यसलाई बङ्गलादेशको सबैभन्दा सुन्दर स्थान बनाएको छ।[१७]

अर्थतन्त्र[edit]

Tea Girl Moulvi Bazar.jpg
माधवपुर ताल
चिया बगान, श्रीमङ्गल

मौलभीबाजार जिल्लाले मुख्यतयाः बाँस, चिया, भुइँकटर, उखु, रुख कटर, सुन्तला, रबर, अाँप, कागती आदिको निर्यात गर्छ। बङ्गलादेशको १५३ चिया बगान मध्ये ९१ वटा बगानहरू मौलभीबाजार जिल्लामा अवस्थित छन्। यस क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो तीन चिया बगानहरू रहेका छन् (क्षेत्रफल र उत्पादनको हिसाबमा)। मौलभीबाजारको श्रीमङ्गल भन्ने स्थानमा पाइने भुइँकटरहरू त्यसको स्वादको लागि प्रख्यात छ। श्रीमङ्गलमा अत्याधिक रुपमा चियाको उत्पादन र खेती हुने भएकाले यसलाई बङ्गलादेशको चिया राजधानी पनि भन्ने गरिएको छ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ४०.३७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १३.१३% मजदुरी, व्यापार र उद्योगमा १.६३%, वाणिज्यमा ११.२९%, सञ्चार र यातायातमा २.२०%, रेमिटेन्समा ४.७१%, निर्माण क्षेत्रमा २.२२%, धार्मिक सेवा ०.४० र अन्य १८.२१% रहेका छन्।

यातायात[edit]

यस जिल्लामा मुख्यतया प्रयोग हुने मुख्य ट्राफिक प्रणाली साइकल रिक्साहरू, ओटो रिक्सा, गाडी, सानो-गाडी र कारहरू हुन्। प्रत्येक दिन यहाँ लगभग १०,००० रिक्साहरू चलिरहेका हुन्छन्। बस सेवा को मूल्य सन् २००८ पछि ३०% ले वृद्धि भएको छ। कलाउडा रेलवे स्टेसन, श्रीमङ्गल रेलवे स्टेसन स्टेट रेलवे स्टेसन यस जिल्लाका प्रमुख रेल स्टेसनहरू हन् जुन राष्ट्रिय बाहिरी मार्गहरूमा चल्ने गर्छ र रेलवे स्टेसन बङ्गलादेश द्वारा सञ्चालित छ।[१८]

शिक्षा[edit]

यस जिल्लाको कुल साक्षरता दर ४२.६६% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४५.६% छ भने महिलाको साक्षरता दर ३८.५% रहेको छ। यस जिल्लामा २४ क्याम्पस, १५८ माध्यमिक विद्यालय,११०३ प्राथमिक विद्यालय र १०८ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; मौलभीबाजार सरकारी कलेज (सन् १९५६), मौलभीबाजार सरकारी महिला कलेज (सन् १९८५), अब्देल गफर चौधरी महिला कलेज (सन् २०००), श्रीमङ्गल सरकारी कलेज, राजनगर डिग्री कलेज (सन् १९७३), मौलभीबाजार सरकारी उच्च माध्यमिक विद्यालय (सन् १९८१) आदि।[१९]

सन्दर्भ सामग्री[edit]

  1. सिरजुल इसलाम र अहमद जामाल, सम्पादक (२०१२), "बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय ज्ञानकोष" (दोस्रो संस्करण), एसियाटीक सोसाइटी अफ बाङ्लादेश। 
  2. "Estimates of Aman Rice, 2012-2013", बाङ्लादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट २०१३-११-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ Aug २०१३ 
  3. "इतिहास", बाङ्लादेश सरकार, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८ 
  4. (बाङ्लामा) ইসলামী বিশ্বকোষ. ढाका, बाङ्लादेश: इस्लामीक फाउण्डेसन बाङ्लादेश. September 1996. pp. ४४८–४५२. http://www.islamicfoundation.gov.bd/site/publications/45d2442d-bccb-4dd4-aa6a-57f80d977898/ইসলামী-বিশ্বকোষ. 
  5. "जानकारी", मौलभीबाजार डटकम, जनवरी २०१६, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१६ 
  6. "Zila", Moulvibazar.com, जनवरी २०१६, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  7. Sreehatter Itibritta – Purbangsho (A History of Sylhet). 
  8. Sylhet: History and Heritage. सिलेट जिल्ला, बाङ्लादेश: Bangladesh Itihas Samiti. 1999. 
  9. "Bhougolik Porichiti", Moulvibazar Gov, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८ 
  10. "मौलभीबाजार जिल्लाको जानकारी", मुसालीबिडी, अन्तिम पहुँच ३० अक्टोबर २०१३ 
  11. "मौलभीबाजार जिल्लाको इतिहास", बाङ्लामोख 
  12. "मौलभीबाजार जिल्लाको इतिहास", मौलभीबाजार जिल्ला परिषद् 
  13. "मौलभीबाजार जिल्लाको नक्शा", ডিস্ট্যান্স ফ্রম डटकम 
  14. "আজকের তাজা খবর", লন্দোনি, २३ फेब्रुअरी २०१६, अन्तिम पहुँच २१ फेब्रुअरी २०१८ 
  15. "मौलभीबाजार जिल्लाका उपजिल्लाहरू", काबिरहाट ढटकम 
  16. "मौभीबाजार जिल्लाको उपजिल्लाहरूको सूची तथा तिनको हुलाक कोड उपजिल्लाहरू", बिडिसार्चार 
  17. "बाङ्लादेशका उपजिल्लाहरू" 
  18. Sylhet city bus services hike fares on whim Archived 2009-06-15 at the वेब्याक मेसिन. New Age Metro. 4 November 2008. Retrieved 25 May 2009.
  19. मिनुद्दिन अहमद; बारुल आलम (जनवरी २००३), "बाङ्लादेश चिया अनुसन्धान संस्थान", in सिराजुल इसलाम, बाङ्लापिडिया, ढाका: एसियाटीक सोसाइटी अफ बाङ्लादेश, अन्तिम पहुँच मे १२, २०१६ 

बाह्य सूत्रहरू[edit]