जुडी उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुडी
জুড়ী
ꠏꠥꠠꠤ
जुडी is located in बङ्गलादेश
जुडी
जुडी
निर्देशाङ्क: २४°३५′५०″उ॰ ९२°०६′५०″पू॰ / २४.५९७२२°N ९२.११३८९°E / 24.59722; 92.11389निर्देशाङ्कहरू: २४°३५′५०″उ॰ ९२°०६′५०″पू॰ / २४.५९७२२°N ९२.११३८९°E / 24.59722; 92.11389
देश बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लामौलभीबाजार जिल्ला
क्षेत्रफल
 • जम्मा१८६.३० किमी (७१.९३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२२,८५३[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३२५१
वेबसाइटjuri.moulvibazar.gov.bd

जुडी (बङ्गाली: জুড়ী) बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। यो उपजिल्ला ८ जनवरी २००५ मा ८ सङ्घ परिषद्को समायोजनबाट बनेको थियो। यो उपजिल्ला जिल्ला सदरमुकामबाट ४८ किलोमिटरको दुरीमा अवस्थित छ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

जुडी उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°२२' देखि २४°४१' उत्तर अक्षांश र ९१°०१' देखि ९२°१३' पूर्वी देशान्तरमा अवस्थित छ। जुडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३८.४४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बडलेखा उपजिल्लाले उत्तर, भारतको त्रीपुरा राज्यले दक्षिण, भारतको आसाम र त्रीपुरा राज्यले पूर्व र कुलाउडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। जुडी, हाकालुकी क्षेत्र, रागनाछडा, पुटिछडा, काडलीछडा, कुइयाछडा खाल र चालता तुरल आदि यस जिल्लाका प्रमुख नदी हो।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने तात्कालिक समयमा बङ्गलादेशक‍ मुक्तिका लागि लडिरहेका लडाकुले यस उपजिल्लाका विभिन्न चिया बगान तथा कृषि उत्पादन क्षेत्रमा एक रणनीति अपनाउन पाकिस्तानी सेनालाई यस उपजिल्लन प्रवेश गर्नबाट रोक्नका लागि त्यहाँका पुलहरू ध्वस्त पारेका थिए। २ र ३ डिसेम्बरका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको फलतला, सागरणाल र कपनापहारमा घमासान युद्ध भएको थियो। जुडी उपजिल्ला ४ डिसेम्बर १९७१ का दिन स्वतन्त्रत भएको थियो।[३]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १६८४३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८४९४८ छ भने महिलाको जनसङ्ख्या ८३४७५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११४७४८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५२६६७ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ६३० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३७८ रहेको छ। यस उपजिल्लामा मणिपुरी र खासिया जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा १७० मस्जिद, ४० हिन्दु मन्दिर र १ गिर्जाघर रहेका छन्। यस उपजिल्लाका ६६.२५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ५.७२% ले पोखरी, १.५४% ले टुटी र २६.४९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १६.४२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर, सुन्तला आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया चिया, धान, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३९.४८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १२.७७%, वाणिज्यमा ११.८५%, सञ्चार र यातायातमा १.४८%, निर्माण क्षेत्रमा ०.९४%, सुविधामा ७.३१%, धार्मिक सेवामा ०.३३%, वैदेशिक रोजगारी तथा भाडामा २.०२% र अन्यमा १८.८०% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय जुडी उपजिल्लाको‍ स्थापना सन् २६ अगष्ट १९८४ का दिन स्थापना भएको थियो। यस उपजिल्लामा ७ सङ्घ परिषदहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; जायफरनर सङ्घ परिषद्, पश्चिमजुडी सङ्घ परिषद्, पूबर्जुडी सङ्घ परिषद्, गोयलबाडी सङ्घ परिषद्, सागरनाल सङ्घ परिषद्, फुलतला सङ्घ परिषद्, मामला चलमान सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३९.७४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.०६% छ भने महिलाको साक्षरता दर ३५.५०%रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, १२ माध्यमिक विद्यालय, ७० प्राथमिक विद्यालय, ४० गैरसरकारी शिक्षण संस्था र २० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; तैयबुन्नेछा खानम एकेडेमी डिग्री क्याम्पस (सन् १९९४), जुडी उच्च विद्यालय (सन् १९९४), नयाबाजार आहमदिया फाजिल मदरसा (सन् १९५८) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "এক নজরে", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ৫ জুলাই ২০১৫। [dead link]
  2. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ জুন ২০১৪), "জুড়ী উপজেলার পটভূমী", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  3. "বিভিন্ন স্থানে মন্দিরের প্রতিমা ভাঙচুর", Prothom Alo (बङ्गालीमा) (Dhaka), १३ मार्च २०१३, मूलबाट १७ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण १७ मार्च २०१३ मिति
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]