फेञ्चुगञ्ज उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेञ्चुगञ्ज उपजिल्ला
ফেঞ্চুগঞ্জ
ꠚꠦꠍꠥꠉꠂꠘ꠆ꠎ
फेञ्चुगञ्ज उपजिल्ला is located in बङ्गलादेश
फेञ्चुगञ्ज उपजिल्ला
फेञ्चुगञ्ज उपजिल्ला
बाङ्लादेशको नक्शामा फेञ्चुगञ्ज उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°४२.५′उ॰ ९१°५६.४′पू॰ / २४.७०८३°N ९१.९४००°E / 24.7083; 91.9400निर्देशाङ्कहरू: २४°४२.५′उ॰ ९१°५६.४′पू॰ / २४.७०८३°N ९१.९४००°E / 24.7083; 91.9400
देश बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लासिलेट जिल्ला
क्षेत्रफल
 • जम्मा११४.४८ किमी (४४.२० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३८,८८१
वासिन्दाफेञ्चुगञ्जी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३११६, ३११७
वेबसाइटhttps://www.fenchuganj.sylhet.gov.bd/

फेञ्चुगञ्ज (बङ्गाली: ফেঞ্চুগঞ্জ) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[१][२][३]

भूगोल[सम्पादन गर्नुहोस्]

फेञ्चुगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°३८' देखि २४°४५' उत्तर अक्षांश र ९१°५३' देखि ९१°०२' पूर्वी देशान्तरणमा अवस्थित छ। फेञ्चुगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४४.४८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सिलेट सदर उपजिल्लाले उत्तर, राजनगरकुलाउडा उपजिल्लाले दक्षिण, गोलापगञ्ज उपजिल्लाले पूर्व र बालागञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। कुशिवरा, हाकालुकि सिमसार क्षेत्र, धुबडियन सिमसार क्षेत्र, बाराईयन बिल र टेङ्रा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ९५१६१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४८०२९ छ भने महिलाको जनसङ्ख्या ४७१२३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८४४८८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०६५५ छ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १९ रहेको छ। यस उपजिल्लामा १३१ मस्जिद र ८ मन्दिरहरू रहेका छन्।[४] यस उपजिल्लाका ७४.७२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ६.२३% ले पोखरी, ९.२८% ले टुटी र ९.७७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ११.०९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, प्याज, तोरी, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया कटहर, भुइँकटर, नरिवल, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया प्राकृतिक ग्यास, चिया, रसायन मल लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२ माछापालन केन्द्र, १८ दुग्ध सङ्कलन केन्द्र तथा २८ कुखुरापालन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३४.९५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ९.१९%, उद्योगमा ०.५५% वाणिज्यमा १३.५४%, सञ्चार र यातायातमा २.३७%, निर्माण क्षेत्रमा १.२४%, सुविधामा ११.३४%, धार्मिक सेवामा ०.३५%, वैदेशिक रोजगारी तथा भाडामा ९.१३% र अन्यमा १७.३४% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय फेञ्चुगञ्ज थानाको स्थापना सन् १९०७ मा भएको थियो भने सन् १९८० मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ५ सङ्घ परिषद्, ३० मौजा/महल्ला र ११८ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; फेञ्चुगञ्ज सङ्घ परिषद्, माइजगाँउ सङ्घ परिषद्, घिलाछडा सङ्घ परिषद्, उत्तर कशिवरा सङ्घ परिषद्, उत्तर फेञ्चुगञ्ज सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४६.२९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.९७% छ भने महिलाको साक्षरता दर ४३.५९%रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, ११ माध्यमिक विद्यालय, ३९ प्राथमिक विद्यालय, ५ सामुदायिक विद्यालय, ९ बाल उद्धान केन्द्र र २४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कासिम आली उच्च विद्यालय (सन् १९१५), फरिदा खातुन कन्या विद्यालय (सन् १९६२), हाटुभाङगा दारुल सुन्नाह दाखिल मदरसा (सन् १९६२) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "फेञ्चुगञ्ज उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "ফেঞ্চুগঞ্জ উপজেলা", fenchuganj.sylhet.gov.bd, २०१९-०७-१७। 
  3. "ফেঞ্চুগঞ্জ উপজেলা - বাংলাপিডিয়া", bn.banglapedia.org, २०१९-०७-१७। 
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-११-१० 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]