सिलेट सदर उपजिल्ला
सिलेट सदर
সিলেট সদর ꠍꠤꠟꠐ ꠡꠖꠞ | |
---|---|
विभाग | सिलेट विभाग |
जिल्ला | सिलेट जिल्ला[१] |
क्षेत्रफल | |
• जम्मा | ३२३.१७ किमी२ (१२४.७८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५५४,४१२ |
• घनत्व | १,०७१/किमी२ (२७७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक | ३१००-१४ |
सिलेट सदर (बङ्गाली: সিলেট সদর) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।
भूगोल
[सम्पादन गर्नुहोस्]सिलेट सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५२' देखि २५°०२' उत्तर अक्षांश र ९१°०१' देखि ९१°४०' पूर्वी देशान्तरणमा अवस्थित छ। सिलेट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२३.१७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कोम्पानीगञ्ज, गोयाइनघाट र जैन्तापुर उपजिल्लाले उत्तर, सुरमा उपजिल्लाले दक्षिण, जैन्तापुर र गोलापगञ्ज उपजिल्लाले पूर्व छातक र विश्वनाथ उपजिल्लाले पश्चिमबाट घेरेका छन्। सुरमा, कुशिवार, सिङ्डा, डबु बिल, बागोला बिल र पातामोडा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने ४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिको लागि लडिरहेका लडाकुको बीच यस उपजिल्लाका विभिन्न स्थानहरूमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जसका कारण दुवै पक्षका थुप्रै लडाकुहरूको मृत्यु भएको थियो। ५ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले सिलेट विमानस्थलमा बम विष्फोट गराएका थिए जसका कारण विमानस्थलमा ठूलो मात्रामा क्षति पुगेको थियो। उक्त घटानाको फाइदा उठाउँदै बङ्गलादेशी लडाकु सिलेट कारागारमा प्रवेश गरी २५०० सर्वसाधारणहरूलाई रिहाई गरिदिएका थिए। १९ अप्रिल १९७१ का दिन बङ्गलादेशी लडाकुले सिलेट विमानस्थलमा आक्रमण गरेका थिए। बङ्गलादेश मुक्ति युद्धका बेला विभिन्न स्थानमा पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहान तथा युद्धमा १०० भन्दा बढी बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। सिलेट सदर उपजिल्ला १६ डिसेम्बर १९७१ कन दिन स्वतन्त्र भएको थियो।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ४९३७८४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २६६७०१ छ भने महिलाको जनसङ्ख्या २२७०८३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४४१५३९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५०९१९ छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ७१७, इसाई धर्मवलम्बीको जनसङ्ख्या २३९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३७० रहेको छ। यस उपजिल्लामा खासिया र मणिपुरी जनजातिहरू बसोबास गर्छन्।[३] यस उपजिल्लामा ३७५ मस्जिद र १२ मन्दिर, २ गिर्जाघर र ६ चिहानहरू रहेका छन्। शेख सुनाउल्लाह मस्जिद, नबाबी मस्जिद, दरगाह मस्जिद, मुदरत उल्लाह मस्जिद, शाहपराण मस्जिद, आबु तुबार मस्जिद, हजरत शाहजाजालेको चिहान, हजरत शाश परानको चिहान, गरम देओवानको मजार, पाँच पीरेक चिहान, जिन्दा पीरेक चिहान, गोटाटिक शिव मन्दिर, कालीघाटेर काली मन्दिर आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ७२.११% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १६.०८% ले पोखरी, ७.६७% ले टुटी र ४.१४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७.१४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा ५ उपजिल्ला स्वस्थ्य केन्द्र, ७ सङ्घ स्वस्थ्य तथा परिवार नियोजन केन्द्र र २० निजी अस्पतालहरू रहेका छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, चिया, आलु, प्याज, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, अनार, केरा, स्याउ, अम्बा, खरबुजा, सुन्तला, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया प्राकृतिक ग्यास, चिया, पानको पात, बाँस लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तोरी, कालो खुर्सानी र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ५० माछापालन केन्द्र ५ दुग्ध सङ्कलन केन्द्र तथा १०० कुखुरापालन केन्द्र रहेका छन्।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको वाणिज्य हो। यस उपजिल्लाका १६.४४% मानिसहरू कृषि पेशामा संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.३१%, उद्योगमा १.६१% वाणिज्यमा २४.४५%, सञ्चार र यातायातमा ५.९१%, निर्माण क्षेत्रमा ३.००%, सुविधामा १७.१४%, धार्मिक सेवामा ०.३२%, वैदेशिक रोजगारी तथा भाडामा ६.३८% र अन्यमा १९.४४% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय सिलेट थानालाई सन् १९८४ मा उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ८ सङ्घ परिषद्, २७५ मौजा/महल्ला र ७०९ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; हाटखोला सङ्घ परिषद्, जलालबाद सङ्घ परिषद्, कान्दिगाँउ सङ्घ परिषद्, खादिकनगर सङ्घ परिषद्, टुलटिकार सङ्घ परिषद्, टुकेर सङ्घ परिषद्, मुगलगाँउ सङ्घ परिषद्।[४]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ५९.१४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६३.०९% छ भने महिलाको साक्षरता दर ५४.६१%रहेको छ। यस उपजिल्लामा ५ विश्वविद्यालय, ४ मेडिकल क्याम्पस, ७ क्याम्पस, ४४ माध्यमिक विद्यालय, ११५ प्राथमिक विद्यालय, ६ सामुदायिक विद्यालय, ८० बाल उद्धान केन्द्र र ३० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; शाहजालाल विज्ञान तथा प्राविधिक विश्वविद्यालय (सन् १९८७), सिलेट कृषि विश्वविद्यालय, दारुल आहसान विश्वविद्यालय, एसएजश्र ओसमानी मेडिकल क्याम्पस (सन् १९७५), सिलेट इञ्जिनियरिङ क्याम्पस, जालालाबाद सामुदायिक विद्यालय तथा क्याम्पस, एससी क्याम्पस (सन् १८८९), सिलेट संस्कृति क्याम्पस (सन् १९०२), सिलेट सरकारी पाइलट उच्च विद्यालय (सन् १९३६), राजा जिमि उच्च विद्यालय (सन् १८८६), सरकारी अग्रगामी कन्या उच्च विद्यालय (सन् १९०३), मोडेल उच्च विद्यालय (सन् १९३२), सरकारी मदन मोहन क्याम्पस (सन् १९४०), दि एइडेड उच्च विद्यालय (सन् १९४२), किशोरी मोहन कन्या विद्यालय (सन् १९४४) हजरत शाहजालाल उच्च विद्यालय, सिलेट सरकारी आलीया (सन् १९४६) आदि।[५]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই ২০১৫), "এক নজরে সিলেট সদর উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।[स्थायी मृत कडी]
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "सिलेट सदर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।
- ↑ Shahjalal University of Science and Technology वेब्याक मेसिन अभिलेखिकरण २००९-१२-२७ मिति Varsity Admission. Retrieved on 25 May 2009.