गोलापगञ्ज उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोलापगञ्ज

গোলাপগঞ্জ
ꠉꠥꠟꠣꠚꠉꠂꠘ꠆ꠎ
Location of गोलापगञ्ज
राज्यसिलेट विभाग
जिल्लासिलेट जिल्ला
क्षेत्रफल
 • जम्मा२७८.३४ किमी (१०७.४७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०१०)
 • जम्मा२६३,९५३[१]
वासिन्दा(हरू)गोलापगञ्जी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३१६०
वेबसाइटgolapganj.sylhet.gov.bd

गोलापगञ्ज (बङ्गाली: গোলাপগঞ্জ) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

गोलापगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°४१' देखि २४°५५' उत्तर अक्षांश र ९१°५५' देखि ९२°०६' पूर्वी देशान्तरणमा अवस्थित छ। गोलापगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७८.३४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई [सिलेट सदर उपजिल्ला|सिलेट सदर]] जैन्तापुर उपजिल्ला|जैन्तापुर]] र कानाइघाट उपजिल्लाले उत्तर, फेञ्चुगञ्जबडलेखा उपजिल्लाले दक्षिण, बियानीबाजारबडलेखा उपजिल्लाले पूर्व, सिलेट सदरदक्षिण सुरमा उपजिल्लाले पश्चिमबाट घेरेको छ। कुशियारा, सोनाई नदी, सिङ्गारी बाघा, फाटामाटि, पारइया, सोनाडुरी बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २६३९५३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३२१८९ छ भने महिलाको जनसङ्ख्या १३१७६४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २५२१६७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११७२५ रहेक‍ छ। त्यस्तैगरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४० रहेको छ।[३] यस उपजिल्लामा मणिपुरी र त्रिपुरा जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ४४५ मस्जिद, ३ मन्दिर र ९ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९३.०१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ८.४५% ले पोखरी, २.०५% ले टुटी र ६.४९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २८.८९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, १ सङ्घ स्वस्थ्य संस्था, ५ परिवार नियोजन संस्था, ११ सामुदायिक स्वस्थ्य संस्था, १ मातृ तथा शिशु हेरचाह केन्द्र र १ पशुचिकित्सालय रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, खुर्सानी, आलु, प्याज, फर्सी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया कटहर, केरा, भुइँकटर, नरिवल, कागती, खरबुजा, पानको पात आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया प्राकृतिक ग्यास, खुर्सानी, फर्सी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तोरी र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४० दुग्ध सङ्कलन केन्द्र तथा ७० कुखुरापालन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३४.०५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.०३%, उद्योगमा ०.९४% वाणिज्यमा १४.६४%, सञ्चार र यातायातमा ४.०१%, निर्माण क्षेत्रमा २.८८%, सुविधामा ६.१६%, धार्मिक सेवामा ०.५८%, वैदेशिक रोजगारी तथा भाडामा १८.३४% र अन्यमा १२.३७% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय गोलापगञ्ज थानाको स्थापना सन् १९२२ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ पौरसभा, ११ सङ्घ परिषद्, १०८ मौजा/महल्ला र २५६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; बाघा सङ्घ परिषद्, गोलापगञ्ज सङ्घ परिषद्, फुलबाडी सङ्घ परिषद्, लक्ष्मीपाशा सङ्घ परिषद्, बुधबारी बाजार सङ्घ परिषद्, ढाकादक्षिण सङ्घ परिषद्, लक्षणाबन्द सङ्घ परिषद्, भादेश्वर सङ्घ परिषद्, पश्चिम आमुल सङ्घ परिषद्, उत्तर बादेपाशा सङ्घ परिषद् र सरिफगञ्ज सङ्घ परिषद्। [४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४८.२४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.८९% छ भने महिलाको साक्षरता दर ४५.६४%रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, १ प्राविधिक शिक्षण संस्था, ३३ माध्यमिक विद्यालय, १६० प्राथमिक विद्यालय, १५ सामुदायिक विद्यालय, ६० बाल उद्धान केन्द्र र १९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; ढाका दक्षिण डिग्री क्याम्प, भादेश्वर महिला डिग्री क्याम्पस, ढाका दक्षिण बहुमुखी उच्च विद्यालय तथा क्याम्पस (सन्दर्भ १८९८), भादेश्वर नाछिर उद्दिन उच्च विद्यालय (सन् १९१९), एमसी एकेडेमी (सन् १९३४), फुलबाडीया मदरसा (सन् १८८२) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই ২০১৫), "এক নজরে গোলাপগঞ্জ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৬ এপ্রিল ২০১৫-मा सङ्ग्रहित। 
  2. पारभेर, आजिजुल (सन् २०१२), "गोलापगञ्ज उपजिल्ला", in इसलाम, सिराजुल; जामाल, आहमेद, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]