दक्षिण सुरमा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दक्षिण सुरमा

দক্ষিণ সুরমা
ꠖꠇ꠆ꠇꠤꠘ ꠡꠥꠞ꠆ꠝꠣ
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: निर्देशाङ्कहरू: २४°४८′११″N ९१°५४′५०″E / २४.८०३°N ९१.९१४°E / 24.803; 91.914
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लासिलेट जिल्ला
क्षेत्रफल
 • जम्मा१९५.४० किमी (७५.४४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २००१[१])
 • जम्मा२,५३,३८८
 • घनत्व१,३००/किमी (३,४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटdakshinsurma.sylhet.gov.bd

दक्षिण सुरमा (बङ्गाली: দক্ষিণ সুরমা) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२][३]

भूगोल[सम्पादन गर्ने]

दक्षिण सुरमा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°४३' देखि २४°५४' उत्तर अक्षांश र ९१°४७' देखि ९१°५७' पूर्वी देशान्तरणमा अवस्थित छ। दक्षिण सुरमा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९४.२६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सिलेट सदर उपजिल्लाले उत्तर, बालागञ्जफेञ्चुगञ्ज उपजिल्लाले दक्षिण, गोलापगञ्ज उपजिल्लाले पूर्व, विश्वनाथबालागञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। सुरमा, बाडभाङ्गा, बदुरा बिल, कैस्ना बिल, चालता बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २९ मार्च १९७१ का दिन पाकिस्तानी सेना यस उपजिल्लाका थुप्रै घरहरू प्रवेशगरी सर्वसाधारणहरूको गोली हानी हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८८६७५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९७११३ छ भने महिलाको जनसङ्ख्या ९१५५२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १८१००० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७६५३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २२ रहेको छ। यस उपजिल्लामा मणिपुरी र त्रिपुरा जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ४०१ मस्जिद, १६ मन्दिर र १ चिहान र ३ गिर्जाघरहरू रहेका छन्। यस उपजिल्लाका ७०.९९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २०.९% ले पोखरी, २.३८% ले टुटी र ५.७३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ८.४२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, भुइँकटर, कागती, स्याउ, खरबुजा, पानको पात आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३० माछापालन, ५ कुखुरापालन केन्द्र र १० चल्ला उत्पादन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३२.६४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.४२%, उद्योगमा १.२०% वाणिज्यमा १६.४२%, सञ्चार र यातायातमा ३.९१%, निर्माण क्षेत्रमा ५.२२%, सुविधामा ६.६४%, धार्मिक सेवामा ०.३९%, वैदेशिक रोजगारी तथा भाडामा १०.२८% र अन्यमा १७.७६% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय दक्षिण सुरमा थानाको स्थापना सन् १९८३ मा भएको थियो भने सन् २००५ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।[४] हाल यस उपजिल्लामा १० सङ्घ परिषद्हरू रहेका छन् जुन यस प्रकार छन्; सोल्लारगाँउ सङ्घ परिषद्, बरइकान्दि सङ्घ परिषद्, तेतली सङ्घ परिषद्, कुचाइ सङ्घ परिषद्, सिलाम सङ्घ परिषद्, लालाबाजार सङ्घ परिषद्, जालालपुर सङ्घ परिषद्, मोगलाबाजार सङ्घ परिषद्, दाउदपुर सङ्घ परिषद् र कामालबाजार सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ५८.७०% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६१.८५% छ भने महिलाको साक्षरता दर ५६.८५%रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २५ माध्यमिक विद्यालय, ९८ सामुदायिक विद्यालय, १० सामुदायिक विद्यालय, ४६ बाल उद्धान केन्द्र र ५० मदरसाहरू रहेका छन्। नुरजाहान महिला क्याम्पस यस उपजिल्लाको उत्कृष्ट शिक्षण संस्था हो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১ জুলাই, ২০১৬), "এক নজরে দক্ষিণ সুরমা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৬ ফেব্রুয়ারি ২০১৭-मा सङ्ग्रहित। 
  2. इसलाम, सिराजुल; जामाल, आहमेद, सम्पादकहरू (सन् २०१२), "दक्षिण सुरमा उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "अभिलेख प्रतिलिपी", दक्षिण सुरमा उपजिल्ला (बाङ्लामा), मूलबाट २०१७-०२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०४ 
  4. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৪ জুন ২০১৪), "ইউনিয়ন সমূহ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২৮ এপ্রিল ২০১৪-मा सङ्ग्रहित। 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]