कोम्पानीगञ्ज उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोम्पानीगञ्ज
কোম্পানীগঞ্জ
ꠇꠝ꠆ꠙꠦꠘꠤꠉꠂꠘ꠆ꠎ
विभाग सिलेट विभाग
जिल्ला सिलेट जिल्ला
क्षेत्रफल
 - जम्मा २७८.५५ किमी (१०७.५ वर्ग मी)
जनसङ्ख्या
 - जम्मा ८५,१६९[१]
मूलबासी नाम कोम्पानीगञ्जी
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
हुलाक ३१४०

कोम्पानीगञ्ज (बाङ्ला: কোম্পানীগঞ্জ) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

कोम्पानीगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५८' देखि २५°११' उत्तर अक्षांश र ९१°४१' देखि ९१°५३' पूर्वी देशान्तरणमा अवस्थित छ। कोम्पानीगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७८.५५ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई भारतको मेघालय राज्यले उत्तर, सिलेट सदर, गोयाइनघाटछातक उपजिल्लाले दक्षिण, गोयाइनघाट उपजिल्लाले पूर्व र छातक उपजिल्लाले पश्चिमबाट घेरेको छ। सुरमा, पियाइन, बाअोया, लाली, लोबा, पोको सिमसार क्षेत्र, पानिछापडा, नीगार, बाउडी, कालेङ्गा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।[३]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने तात्कालिक समयमा यस क्षेत्र क्षेत्र ५ मा अवस्थित थियो। पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लामा प्रत्यक्ष गोली हानाहानमा लगभग १९ लडाकुको मृत्यु भएको थियो।[४]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ११३७८४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५९७५८ छ भने महिलाको जनसङ्ख्या ५४०२६ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०४२०० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ९५२२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६२ रहेको छ। यस उपजिल्लामा मणिपुरी र त्रिपुरा जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा २५५ मस्जिद, २२ मन्दिर र ४ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ७०.६१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १५.२४% ले पोखरी, ०.८४% ले टुटी र १०.३०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २७.५४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, ३ परिवार नियोजन केन्द्रहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, तोरी, दालचीनीको पात, पानको पात अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया अाँप, कटहर, भुइँकटर, कागती, पानको पात, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, माछा, चुन ढुङ्गा, सुन्तला लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको गाँजा र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, कुखुरापालन केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.८१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १२.८१%, उद्योगमा ०.५७% वाणिज्यमा १५.०१%, सञ्चार र यातायातमा ०.८६%, निर्माण क्षेत्रमा ०.३६%, सुविधामा १.७१%, धार्मिक सेवामा ०.२७%, वैदेशिक रोजगारी तथा भाडामा १.१८% र अन्यमा ६.४२% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कोम्पानीगञ्ज थानाको स्थापना सन् १९७६ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।[५] हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्, ७६ मौजा/महल्ला र १३१ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; इसलामपुर पश्चिम सङ्घ परिषद्, इसलामपुर पूर्व सङ्घ परिषद्, तेलिखाल सङ्घ परिषद्, इछाकलम सङ्घ परिषद्, उत्तर बणिखाई सङ्घ परिषद् र दक्षिण बणिखाई सङ्घ परिषद्।[६]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर २२.७५% रहेको छ जसमध्ये पुरुषको साक्षरता २७% छ भने महिलाको साक्षरता दर १८.०३%रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, १४ माध्यमिक विद्यालय, ५४ प्राथमिक विद्यालय, १० सामुदायिक विद्यालय, ७ बाल उद्धान केन्द्र र १८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; एम. साइफुल रहमान क्याम्पस, भाटबाइ उच्च विद्यालय (सन् १९५७), पाडुया नोयागाँउ दाखिल मदरसा (सन् १९६५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই ২০১৫), "এক নজরে কোম্পানীগঞ্জ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. "कोम्पानीगञ्ज उपजिल्ला". বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. सन् २०१२. http://en.banglapedia.org/index.php?title=Companiganj_Upazila_(Sylhet_District). 
  3. "bn:উপজেলার ঐতিহ্য", कोम्पानीगञ्ज उपजिल्लन (बाङ्लामा)। 
  4. बिसि एलेन (१९०५). Assam District Gazetteers. 2. कलकत्ता: [आसाम सरकार. 
  5. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৯ জুন ২০১৬), "up list", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]