गोयाइनघाट उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोयाइनघाट

গোয়াইনঘাট
ꠉꠥꠀꠁꠘꠉꠣꠐ
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लासिलेट जिल्ला
क्षेत्रफल
 • जम्मा४८६.१ किमी (१८७.७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २००१)
 • जम्मा२०७,१७०
 • घनत्व४३०/किमी (१,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटgowainghat.sylhet.gov.bd

गोयाइनघाट (बङ्गाली: গোয়াইনঘাট) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[१][२][३]

भूगोल[सम्पादन गर्ने]

गोयाइनघाट उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५५' देखि २५°११' उत्तर अक्षांश र ९१°४५' देखि ९२°०१' पूर्वी देशान्तरणमा अवस्थित छ। गोयाइनघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४४.४८ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई भारतको मेघालय राज्यले उत्तर, सिलेट सदरजैन्तापुर उपजिल्लाले दक्षिण, जैन्तापुर उपजिल्लाले नै पूर्व र कोम्पनीगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। शाडि गोयाइन, पियाइन, दमदम सिमसार क्षेत्र, बड दैया, शिलचाँद, बड डुङ्गाई, उनाई, बलालि, नलकुरी बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २०७१७० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०७३१४ छ भने महिलाको जनसङ्ख्या ९९८५६ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १९०५१८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १५८०९ रहेक‍ छ। त्यस्तैगरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ७११, इसाई धर्मवलम्बीको जनसङ्ख्या २२ अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११० रहेको छ। यस उपजिल्लामा खसिया जनजातिहरू बसोबास गर्छन्। [४] यस उपजिल्लामा १३१ मस्जिद र ८ मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ४४.७६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ३७.७७% ले पोखरी, १.१४% ले टुटी र ९.७७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २८.८९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य जाँच केन्द्र, ३ ग्रामीण स्वस्थ्य केन्द्र, ५ परिवार नियोजन केन्द्रहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, प्याज, तोरी, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया कटहर, केरा, भुइँकटर, नरिवल, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया चिया, पानको पात, सुन्तला, माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १० माछापालन केन्द्र, २ दुग्ध सङ्कलन केन्द्र तथा २० कुखुरापालन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५९.४०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १४.१४%, उद्योगमा ०.५५% वाणिज्यमा ९.५४%, सञ्चार र यातायातमा ०.७६%, निर्माण क्षेत्रमा ०.४९%, सुविधामा २.३६%, धार्मिक सेवामा ०.४२%, वैदेशिक रोजगारी तथा भाडामा १.२४% र अन्यमा १०.८९% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय गोयाइनहाट थानाको स्थापना सन् १९०८ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ९ सङ्घ परिषद्, २६० मौजा/महल्ला र २६७ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; रुस्तमपुर सङ्घ परिषद्, पश्चिम जाफलङ् सङ्घ परिषद्, पूर्व जाफलङ सङ्घ परिषद्, लेङ्गाँडा सङ्घ परिषद्, आलीरगाँउ सङ्घ परिषद्, फतेपुर सङ्घ परिषद्, नन्दिरगाँउ सङ्घ परिषद्, तोयाकुल सङ्घ परिषद्, डौबाडी सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर २२.८२% रहेको छ जसमध्ये पुरुषको साक्षरता २७.०२% छ भने महिलाको साक्षरता दर १८.२९%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; गोयानइघाट उच्च विद्यालय, गोयाइनहाट उच्च विद्यालय (सन् १९५२), आलीगाँअो उच्च विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "গোয়াইনঘাট", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "এক নজরে গোয়াইনঘাট উপজেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, मूलबाट ২৭ জুলাই ২০১৯-मा सङ्ग्रहित। 
  3. "গোয়াইনঘাট উপজেলা - বাংলাপিডিয়া", bn.banglapedia.org, २०१९-०७-२७। 
  4. "Census Results by Upazila/Thana" (PDF), Bangladesh Bureau of Statistics, २००१, मूलबाट नोभेम्बर २४, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-२७ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]