जैन्तापुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जैन्तापुर
জৈন্তাপুর
ꠏꠂꠘ꠆ꠔꠣꠚꠥꠞ
—  उपजिल्ला  —
जैन्तापुर बङ्गलादेश-এ অবস্থিত
जैन्तापुर
जैन्तापुर
बाङ्लादेशको नक्शामा जैन्तापुर उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग सिलेट विभाग
जिल्ला सिलेट जिल्ला
क्षेत्रफल
 - जम्मा २५८.६९ किमी (९९.९ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 - जम्मा १२१,४५८
 जनघनत्व ४६९.५/किमी (१,२१६/वर्ग मी)
मूलबासी नाम जैन्तापुरी
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट जैन्तापुर उपजिल्लाको आधिकारिक नक्शा

जैन्तापुर (बाङ्ला: জৈন্তাপুর) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

जैन्तापुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५९' देखि २५°११' उत्तर अक्षांश र ९२°०३' देखि ९२°१४' पूर्वी देशान्तरमा अवस्थित छ। जैन्तपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८७.३३ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई भारतको मेघालय राज्यले उत्तर, कानाइघाटगोलापगञ्ज उपजिल्लाले दक्षिण, कानाइघाट उपजिल्लाले पूर्व, सिलेट सदरगोवाइनघाट उपजिल्लाले पश्चिमबाट घेरेका छन्। शाडि, गोवाइन, पिवाइन, दमदम सिमसार क्षेत्र, बड दैवा, शिलचाँद, बड डुङ्गाई, उनाइ, बलालि, नलकुरि बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्। जाफलङ पहाड यस उपजिल्लाको उत्तर पूर्वमा अवस्थित छ।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने यस युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरि आतङ्क मच्चाएका थिए। पाकिस्तानी सेनाले यस उपजिल्लाको हेमो गाँउका थुप्रै सर्वसाधारणहरूलाई गोली हानी हत्या गरेका थिए, त्यसबाहेक पाकिस्तानी सेनाले खान चिया बगानका ३० कर्मचारीहरूलाई गोली हानी सामूहिक हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १२१४५८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६३२५४ छ भने महिलाको जनसङ्ख्या ५८२०४ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०९१२३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १२०६६ छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ९२, इसाई धर्मवलम्बीको जनसङ्ख्या १७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६० रहेको छ। यस उपजिल्लामा खासिया जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा २२७ मस्जिद र ७ मन्दिर, २ गिर्जाघर र ४ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ५७.०८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २८.८१% ले पोखरी, १.८१% ले टुटी र १२.३०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २५.५४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, ५ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, १९ सामुदायिक स्वस्थ्य संस्था रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, चिया, आलु, प्याज, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया कटहर, भुइँकटर, पानको पात, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया पानको पात, चुन ढुङ्गा, बदाम, चिया लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५३.३८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १०.३२%, उद्योगमा ०.७०% वाणिज्यमा १२.६०%, सञ्चार र यातायातमा १.७९%, निर्माण क्षेत्रमा ०.७९%, सुविधामा ४.७१%, धार्मिक सेवामा ०.६४%, वैदेशिक रोजगारी तथा भाडामा ०.१५% र अन्यमा १४.९२% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय जैन्तापुर थानाको स्थापना सन् १९०३ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३५.११% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.५१% छ भने महिलाको साक्षरता दर ३०.३४%रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, १६ माध्यमिक विद्यालय, ५३ प्राथमिक विद्यालय, ११ सामुदायिक विद्यालय, ५ बाल उद्धान केन्द्र र २३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; जैन्तापुर त‌यव अली डिग्री क्याम्पस (सन् १९९५), सेण्ट्रल जैन्तापुर उच्च विद्यालय (सन् १९५५), हरिपुर उच्च विद्यालय (सन् १९५७), जैन्तापुर सरकारी उच्च विद्यालय (सन् १८६७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে জৈন্তাপুর উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "जैन्तापुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]