कमलगञ्ज उपजिल्ला
कमलगञ्ज उपजिल्ला | |
---|---|
![]() बङ्गलादेशको नक्सामा कमलगञ्ज उपजिल्लाको अवस्थिति | |
देश | ![]() |
विभाग | सिलेट विभाग |
जिल्ला | मौलभीबाजार जिल्ला |
सरकार | |
जनसङ्ख्या (१९९१[३]) | |
• जम्मा | [२] |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | आधिकारिक नक्शा |
कमलगञ्ज (बङ्गाली: কমলগঞ্জ) बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[४]
भूगोल[सम्पादन गर्नुहोस्]
कमलगञ्ज उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°०८' देखि २४°२७' उत्तर अक्षांश र ९१°४६' देखि ९१°५०' पूर्वी देशान्तरमा अवस्थित छ। कमलगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४८५.२६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई राजनगर उपजिल्लाले उत्तर, भारतको त्रीपुरा राज्यले दक्षिण, कुलाउडा उपजिल्ला र भारतको आसाम राज्यले पूर्व, श्रीमङ्गल र मौलभीबाजार सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। धलाई नदी यस जिल्लाका प्रमुख नदी हो।
इतिहास[सम्पादन गर्नुहोस्]
बि.स १३०७ मा कमलगञ्ज क्षेत्रमा पञ्चानन सिङ्ह, कासेम आली, बैकुण्ठ श्वार्मा र थेम्बा सिङ्हको नेतृत्वमा किसान आन्दोलन शुरू भएको थियो। मुगल सेना र अफगानी सेना बीच कमलगञ्ज क्षेत्र वरपर युद्ध भएको थियो जहाँ अफगान सेनाका प्रमुख अधिकारी ख्वाजा उसमानको मृत्यु भएको थियो। यस क्षेत्र प्राचीन कालमा खाजा उसमानगड नामले परिचित थियो।[५][६]
बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने यस युद्धमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच शमशेरनगरमा युद्ध तथा प्रत्यक्ष गोली हानाहान भएको थियो।[७] २९ मार्च १९७१ मा बङ्गलादेशी लडाकुले थुप्रै पाकिस्तानी सेनाको हत्या गरेका थिए। वीरश्रेष्ठ सिपाही हामिदुर रहमानको आमबासा गाउँमा मृत्यु भएको थियो।[८]
जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]
जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २२९६४८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११७११६ छ भने महिलाको जनसङ्ख्या ११२५३२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५०१८२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७६८३६ छ।[९] त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २२७६, इसाई धर्मवलम्बीको जनसङ्ख्या २३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३३१ रहेको छ। यस उपजिल्लामा मणिपुरी, खासिया र टिपरा जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा २९३ मस्जिद, १०२ हिन्दु मन्दिर र ८ गिर्जाघरहरू रहेका छन्।[१०] यस उपजिल्लाका ७३.३१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २.२३% ले पोखरी, ७.७७% ले टुटी र १६.६९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १७.५१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[११]
अर्थतन्त्र[सम्पादन गर्नुहोस्]
यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, उखु, आलु, प्याज, चिया, बदाम, पानको पात, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर, अङ्गुर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया चिया, उखु, पानक पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५४.७१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १६.०३%, वाणिज्यमा ८.०४%, सञ्चार र यातायातमा २.५१%, निर्माण क्षेत्रमा ०.८५%, सुविधामा ३.६१%, धार्मिक सेवामा ०.३१%, वैदेशिक रोजगारी तथा भाडामा १.०७% र अन्यमा १२.८७% रहेका छन्।
प्रशासन[सम्पादन गर्नुहोस्]
प्रशासकीय कमलगञ्ज थानको स्थापना सन् १९२२ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लामा ९ सङ्घ परिषद्, ११८ मौजा र २७६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; शमशेरनगर सङ्घ परिषद्, राहिमपुर सङ्घ परिषद्, मुन्सिबाजार सङ्घ परिषद्, आलिनगर सङ्घ परिषद्, कमलगञ्ज सङ्घ परिषद्, आदमपुर सङ्घ परिषद्, इसलामपुर सङ्घ परिषद्, माधवपुर सङ्घ परिषद् र पतानुशर सङ्घ परिषद्।[१२]
शिक्षा[सम्पादन गर्नुहोस्]
यस जिल्लाको कुल साक्षरता दर ४०.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.३% छ भने महिलाको साक्षरता दर ३५.९%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; अब्दुल गफुर चौधरी महिला क्याम्पस (सन् २०००), कनली प्रसाद उच्च विद्यालय (सन् १८९५), शमसेरनगर एएटिएस उच्च विद्यालय (सन् १९२८), एमए ओहाब उच्च विद्यालय (सन् १९३३), कमलगञ्ज उच्च विद्यालय (सन् १९३४), तेँतइगाँउ रशिदउद्दिन उच्च विद्यालय (सन् १९५४), दयामयसिङ्ह उच्च विद्यालय (सन् १९७३), हाजी उस्तवार कन्या उच्च विद्यालय (सन् १९८३), आबुल फजल चौधरी उच्च विद्यालय (सन् १९८५), सुजा स्मारक उच्च विद्यालय (सन् १९९४), वासुदेवपुर सरकारी प्राथमिक विद्यालय (सन् १९३०), शमसेरनगर सरकारी प्राथमिक विद्यालय (सन् १९४६), रानीबाजार सरकारी प्राथमिक विद्यालय (सन् १९५३), राजदिघीरपार प्राथमिक विद्यालय (सन् १९७२), तेँतइगाँउ सरकनरी प्राथमिक विद्यालय (सन् १९७८) आदि।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ সমস্ত উপ-জেলার কর্মজীবনের কর্মকর্তাদের তালিকা - জনপ্রশাসন মন্ত্রণালয়, বাংলাদেশ
- ↑ [१]
- ↑ "এক নজরে কমলগঞ্জ", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ৫ জুলাই ২০১৫।
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "कमलगञ्ज उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "Patabhumi", জেলা পরিষদ, अन्तिम पहुँच २४ अप्रिल २०१९।
- ↑ "উপজেলা পটভূমি", बङ्गलादेश सरकार (बाङ्लामा), अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८।
- ↑ "ভৌগলিক পরিচিতি", मौलभीबाजार सरकार, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८।
- ↑ "इतिहास", बङ्गलादेश सरकार, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८।
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস।", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশের ১৯৯১ সালের আদমশুমারি", নভেম্বর ১০, ২০০৬।
- ↑ "ঐতিহাসিক", বাংলাদেশ সরকার (बाङ्लामा), अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।