श्रीमङ्गल उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रीमङ्गल

শ্রীমঙ্গল
श्रीमङ्गल उपजिल्लामा रहेका एक चिया बगान
श्रीमङ्गल उपजिल्लामा रहेका एक चिया बगान
Location of श्रीमङ्गल
राज्यसिलेट विभाग
जिल्लामौलभीबाजार जिल्ला
क्षेत्रफल
 • जम्मा४५०.७४ किमी (१७४.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३०,८८९[१]
वासिन्दा(हरू)श्रीमङ्गोली
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३२१०-१४
वेबसाइटsreemangal.moulvibazar.gov.bd

श्रीमङ्गल (बङ्गाली: শ্রীমঙ্গল) बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

श्रीमङ्गल उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°०८' देखि २४°२८' उत्तर अक्षांश र ९१°३६' देखि ९१°४८' पूर्वी देशान्तरणमा अवस्थित छ। श्रीमङ्गल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४५०.७४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई मौलभीबाजार सदर उपजिल्लाले उत्तर, भारतको त्रिपुरा राज्यले दक्षिण, कमलगञ्ज उपजिल्लाले पूर्व, चुनारुघाट, बाहुबलनबिगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। गोपबिया, फुलछडि, उदनाछडा, बामाछडा र हाइल सिमसार क्षेत्र आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

मौसम[सम्पादन गर्ने]

Sreemangalको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत २५٫९
(७९)
२७٫९
(८२)
३२٫०
(९०)
३३٫३
(९२)
३२٫६
(९१)
३१٫९
(८९)
३१٫८
(८९)
३१٫८
(८९)
३२٫०
(९०)
३०٫९
(८८)
२९٫१
(८४)
२६٫६
(८०)
३०٫४८
(८६٫९)
न्यूनतम °से (°फे) औसत ८٫९
(४८)
११٫४
(५३)
१६٫९
(६२)
२१٫१
(७०)
२३٫२
(७४)
२४٫५
(७६)
२४٫९
(७७)
२४٫८
(७७)
२४٫५
(७६)
२१٫८
(७१)
१५٫८
(६०)
१०٫७
(५१)
१९٫०४
(६६٫३)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १२
(०٫४७)
२८
(१٫१)
९३
(३٫६६)
२१९
(८٫६२)
३६६
(१४٫४१)
४९८
(१९٫६१)
३८०
(१४٫९६)
३३१
(१३٫०३)
२६०
(१०٫२४)
१९२
(७٫५६)
३५
(१٫३८)

(०٫२४)
२,४२०
(९५٫२८)
स्रोत: Climate-data.org

इतिहास[सम्पादन गर्ने]

सन् १९६३ मा यस उपजिल्लामा किसान आन्दोलन सञ्चालन गरिएको थियो भने उक्त आन्दोलनमा प्रहरीको गोली लागि २ किसानको मृत्यु भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने ३० अप्रिल १९७१ का दिन पाकिस्तानी सेना र स्थानीय राजाकारको (पूर्वी पाकिस्तानमा बसोबार गर्ने उर्दु मातृभाषा भएका गैर बङ्गलादेशीहरू) समूह यस उपजिल्लामा प्रवेश गरी यहाँका थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार तथा घरटहराहरूमा पूर्णतया आगजनी गरी आतङ्क मच्चाएका थिए।[३]

जनशाङ्खिकी[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २७८२३२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४३०३३ छ भने महिलाको जनसङ्ख्या १३५१९९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५४३४१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११९५१६ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४२०४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ९२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७९ रहेको छ। यस उपजिल्लामा खसिया जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा १६४ मस्जिद, ३८ मन्दिरमा र १ चिहान रहेको छ। यस उपजिल्लाका ७२.०५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ४.९३% ले पोखरी, ४.१२% ले टुटी र १८.९०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये २७.०७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, २ अस्पताल, ५ परिवार नियोजन केन्द्र र २ गैरसरकारी स्वस्थ्य केन्द्र रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज, तोरी, चिया, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, खरबुजा, कागती, भूइँकटहर, अम्बा, कटहर, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया पानको पात, चिया, भुइँकटर, कागती लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १० माछापालन केन्द्र, ५५ दुग्ध सङ्कलन केन्द्र तथा ३० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३०.९०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २०.१६%, उद्योगमा १.८३% वाणिज्यमा १४.७२%, सञ्चार र यातायातमा २.९४%, निर्माण क्षेत्रमा १.२९%, सुविधामा १०.०६%, धार्मिक सेवामा ०.३६%, वैदेशिक रोजगारी तथा भाडामा १.४९% र अन्यमा १६.२५% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय श्रीमङ्गल उपजिल्लाको स्थापना सन् १९१२ मा भएको थियो भने श्रीमङ्गल नगरपालिका सन् १९३५ मा स्थापना भएको थियो। यस उपजिल्लामा ९ सङ्घ परिषद्, १२९ मौजा र २०६ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३९.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.३% छ भने महिलाको साक्षरता दर ३४.६%रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १ शिक्षक शिक्षण संस्था, २० माध्यमिक विद्यालय, १२७ प्राथमिक विद्यालय र ७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्। श्रीमङ्गल सरकारी क्याम्पस, बिटिआरआई उच्च विद्यालय तथा क्याम्पस, दि बर्डस् रेसिडेण्टियल नमुना उच्च विद्यालय तथा क्याम्पस, दशरथ बहुभाषिक उच्च विद्यालय (सन् १८९६), भिक्टोरिया उच्च विद्यालय (सन् १९२४), डोबारहाट सरकारी प्राथमिक विद्यालय (सन् १८८२), चन्द्रनाथ सरकारी प्राथमिक विद्यालय (सन् १९२४), चन्द्रनाथ प्राथमिक विद्यालय (सन् १९३४), उत्तरसुर कुलचन्द्र सरकारी प्राथमिक विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ পরিসখ্যান ব্যুরো (২৯ জুন ২০১৬), "জনসংখ্যার জনগণনা ২০১১, সিলেট", বাংলাদেশ পরিসখ্যান ব্যুরো, मूलबाट ২০১৬-০৩-০৬-मा सङ्ग्रहित। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "श्रीमङ्गल उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "Upazilar Potbhumi", Srimangal Upazila, अन्तिम पहुँच १२ Oct २०१९ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]