बाहुबल उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाहुबल

বাহুবল
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २४°२१.३′उ॰ ९१°३२.५′पू॰ / २४.३५५०°N ९१.५४१७°E / 24.3550; 91.5417निर्देशाङ्कहरू: २४°२१.३′उ॰ ९१°३२.५′पू॰ / २४.३५५०°N ९१.५४१७°E / 24.3550; 91.5417
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लाहबिगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा२५०.६६ किमी (९६.७८ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१[१])
 • जम्मा१३७,४०२
 • घनत्व५४८/किमी (१,४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटबाहुबल उपजिल्ला

बाहुबल (बाङ्ला: বাহুবল) बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

बाहुबल उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°१५' देखि २४°२८' उत्तर अक्षांश र ९१°२८' देखि ९१°३७' पूर्वी देशान्तरणमा अवस्थित छ। बाहुबल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५०.६६ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई नविगञ्ज उपजिल्लाले उत्तर, चुनारुघाट उपजिल्लाले दक्षिण, श्रीमङ्गल उपजिल्लाले पूर्व र हबिगञ्ज सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। खोयाई र बराक आदि यस जिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

अफगानका प्रमुख ख्वाजा उस्मानले बुकाई नगरको किला छाड्दै वर्तमान बाहुबल उपजिल्लाको पुटिजुरीको गिरिपालको फेदीमा आश्रय लिएका थिए। उनले त्यहाँ एउटा किल्ला बनाए जसले युद्धका बेला रक्षाको लागि रणनीतिक महत्त्व बोकेको थियो। यद्यपि, मुगलहरूले किल्लाको फाइदा उठाई उनका भाईले यसलाई खाली गरे। अन्तमा ख्वाजा उसमानका सेनाहरू मौलभीबाजार देखि १० किलोमिटर पूर्वमा रहेको दौलम्बपुर गाउँमा पराजित भएका थिए। [३]

नामाङ्कन[सम्पादन गर्ने]

पुरातन व्यक्तिहरू विभिन्न समयमा प्रकाशित हुने पत्रपत्रिकाहरू द्वारा प्राप्त गरिएको प्रतिवेदन र जानकारीका अनुसार यो कुरा ज्ञात हुन्छ कि पुरातन समयमा कुदरत माल नामका एक जना पहलवान बाहुबल क्षेत्रमा बसोबास गर्थे। मौलभीबाजार जिल्लाको दक्षिणी भागबाट पलावान कुदरत मालसँग मल्लहरूको लडाइँ भएको थियो। दुई पहलवानहरु बीच लामो लडाई पछि उक्त युद्ध कुदरत मालको जित भएको थियो। धेरै मानिसहरूका अनुसार बाहुबलको नाम "बाहुबल" नामले दन्त्यकथाको कडा लडाईमा राखिएको छ।

यस क्षेत्रका प्राचीन मानिसहरू कहिलेकाँही हिमाली क्षेत्रमा हिंस्रक बाघको सिकार गर्ने गर्थे भने मानिसहरूले बाघको हातबाट मृगलाई बचाउने काम पनि गरेका थिए जसकारण "बाहुबल" नाम पनि यस क्षेत्रका निडर व्यक्तिको साहस र बहादुरीको प्रतीकको रूपमा देखा परेको थियो।[४]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १६७२६५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८५३८५ छ भने महिलाको जनसङ्ख्या ८१८८० रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४११२९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २५४४५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३८५, इसाई धर्मवलम्बीको जनसङ्ख्या २४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २८२ रहेको छ। यस उपजिल्लामा मणिपुरी, खासिया र टिपरा जनजातिहरू बसोबास गर्छन्।[५] यस जिल्लामा १९७ मस्जिद, १४ हिन्दु मन्दिर र ३ चिहानहरू रहेका छन्। बाहुबल जामे मस्जिद, मिरपुर जामे मस्जिद, पुटिनुरी जामे मस्जित आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८२.७६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ८.९१% ले पोखरी, १.८७% ले टुटी र ६.४६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ११.५१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, तोरी, पानको पात, पिठो, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कागती, भूइँकटहर नरिवल, अम्बा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चिया भुइकटर, कागती, रुख कटर लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल, जुट, खैनी र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६२.७१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १०.८८%, वाणिज्यमा ८.१७%, सञ्चार र यातायातमा १.८५%, निर्माण क्षेत्रमा ०.५५%, सुविधामा ३.९२%, धार्मिक सेवामा ०.३९%, वैदेशिक रोजगारी तथा भाडामा १.६८% र अन्यमा ९.८५% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बहुबल उपजिल्लाको स्थापना सन् १९२१ मा भएको थियो। यस उपजिल्लामा ७ सङ्घ परिषद्, १४६ मौजा/महल्लन र ३२५ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; बहुबल सदर सङ्घ परिषद्, साङ्घात सङ्घ परिषद्, पुटिजुरी सङ्घ परिषद्, सातकापन सङ्घ परिषद्, लामाताशी सङ्घ परिषद्, मिरपुर सङ्घ परिषद्, भादेश्वर सङ्घ परिषद्।[६][७]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३७.५०% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.१२% छ भने महिलाको साक्षरता दर ३३.७४% रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, ३० माध्यमिक विद्यालय, १४८ प्राथमिक विद्यालय, ४ बाल उद्धान केन्द्र र २५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; आलिफ सोबशान क्याम्पस (सन् १९३७), दीनानाथ इन्सिच्युट (सन् १९३७), फयजुन्नेसा उच्च विद्यालय (सन् १९६०), पुटिजुरी एससी उच्च विद्यालय, मानब कल्याण उच्च विद्यालय (सन् १९४१), मिरपुर दाखिला मदरसा (सन् १९२०) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে বাহুবল", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম, सं (सन् २०१२). "बाहुबल उपजिल्ला". বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Bahubal_Upazila. 
  3. "উপজেলার পটভূমি", Government website 
  4. "কুদরত পালোয়ানের ‘বাহুর বল’ থেকে যে উপজেলার নাম" (बाङ्लामा), Banglanews24.com, ११ Dec २०१५। 
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. [१]
  7. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]