सामग्रीमा जानुहोस्

हबिगञ्ज सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हबिगञ्ज सदर उपजिल्ला
হবিগঞ্জ সদর
ꠢꠛꠤꠉꠂꠘ꠆ꠎ ꠡꠖꠞ
हबिगञ्ज सदर उपजिल्ला is located in बङ्गलादेश
हबिगञ्ज सदर उपजिल्ला
हबिगञ्ज सदर उपजिल्ला
बाङ्लादेशको नक्शामा हबिगञ्ज उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°२२.५′उ॰ ९१°२५′पू॰ / २४.३७५०°N ९१.४१७°E / 24.3750; 91.417निर्देशाङ्कहरू: २४°२२.५′उ॰ ९१°२५′पू॰ / २४.३७५०°N ९१.४१७°E / 24.3750; 91.417
देश बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लाहबिगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा२५३.७४ किमी (९७.९७ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१[१])
 • जम्मा२२५,४६९
 • घनत्व८८९/किमी (२३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटwww.habiganjsadar.habiganj.gov.bd

हबिगञ्ज सदर (बङ्गाली: হবিগঞ্জ সদর) बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

हबिगञ्ज सदर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°१५' देखि २४°२७' उत्तर अक्षांश र ९१°१९' देखि ९१°३०' पूर्वी देशान्तरणमा अवस्थित छ। हबिगञ्ज सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५३.७४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बानियाचङनबिगञ्ज उपजिल्लाले उत्तर, चुनारुघाटमाधवपुर उपजिल्लाले दक्षिण, बाहुबल उपजिल्लाले पूर्व र लाखाई उपजिल्लाले पश्चिमबाट घेरेको छ।खोवाई, बराक, सुताङ, रत्ना बिल, घारभाङ्गा बिल र कुकी बिल यस जिल्लाका प्रमुख नदीहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २७५०७४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४०९५१ छ भने महिलाको जनसङ्ख्या १३४१२३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २४४९६५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २९७०१ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ९०, इसाई धर्मवलम्बीको जनसङ्ख्या ८९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २२९ रहेको छ। यस उपजिल्लामा मणिपुरी, खासिया र टिपरा जनजातिहरू बसोबास गर्छन्।[३] यस जिल्लामा २१३ मस्जिद, १७ हिन्दु मन्दिर र १३ चिहानहरू रहेका छन्।शङ्कर पशा मस्जिद, दउदनगर मस्जिदर माचुलिया अखरा आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८९.०९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २.६३% ले पोखरी, ४.४२% ले टुटी र ३.८६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ५.५२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, उखु, आलु, प्याज, फर्सी, बदाम, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, उखु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ६०० माछापालन केन्द्र, ४० दुग्ध सङ्कलन केन्द्र तथा ११२ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३९.७७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १४.८१%, वाणिज्यमा १४.८१%, सञ्चार र यातायातमा २.४६%, निर्माण क्षेत्रमा १.४३%, सुविधामा ५.०९%, धार्मिक सेवामा ०.४९%, वैदेशिक रोजगारी तथा भाडामा २.०७% र अन्यमा १९.६२% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय हबिगञ्ज थानको स्थापना सन् १८९३ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लामा १० सङ्घ परिषद्, २०८ मौजा र २५९ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; लेकरा सङ्घ परिषद्, रिचि सङ्घ परिषद्, तेघरिया सङ्घ परिषद्, पैल सङ्घ परिषद्, गोपाया सङ्घ परिषद्, राजिउरा सङ्घ परिषद्, नुरपुर सङ्घ परिषद्, निजामपुर सङ्घ परिषद्, शायेस्तागञ्ज सङ्घ परिषद् र लस्करपुर सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४७.०४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.३८% छ भने महिलाको साक्षरता दर ४२.५४%रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १ प्राथमिक शिक्षक शिक्षण संस्था, १ प्राविधिक शिक्षण संस्था, २० माध्यमिक विद्यालय, १४६ प्राथमिक विद्यालय, २ बाल उद्धान केन्द्र र १६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; हबिगञ्ज सरकारी बृन्दाबन क्याम्पस, हबिगञ्ज सरकारी उच्च विद्यालय (सन् १८४३), फकिराबाद सरकारी उच्च विद्यालय (सन् १८९०), हबिगञ्ज उच्च विद्यालय (सन् १९१३), शयस्तागञ्ज उच्च विद्यालय (सन् १९१८), बिकेजिसी सरकारी कन्या उच्च विद्यालय (सन् १९२३), जिके तथा एचके उच्च विद्यालय (सन् १९२४), लसकारपुर प्राथमिक विद्यालय (सन् १८४३), हबिगञ्ज सरकारी प्राथमिक विद्यालय (सन् १८८३), निजामपुर दाखिल मदरसा (सन् १९३५), हबिगञ्ज सिनियर मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "হবিগঞ্জ সদর উপজেলা সম্পর্কিত তথ্য", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "हबिगञ्ज सदर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "হবিগঞ্জ-সদর-উপজেলা-সম্পর্কিত-তথ্য", ২১ জুন ২০১৬, मूलबाट ৩ নভেম্বর ২০১৫-मा सङ्ग्रहित। 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]