माधवपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माधवपुर

মাধবপুর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लाहबिगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा२९४.२७ किमी (११३.६२ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१[१])
 • जम्मा२५०,०६९
 • घनत्व८५०/किमी (२,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटमावपुर उपजिल्लाको आधिकारिक नक्शा

माधवपुर (बङ्गाली: মাধবপুর) बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो।[२] यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[३]

भूगोल[सम्पादन गर्ने]

माधवपुर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २३°५८' देखि २४°१६' उत्तर अक्षांश र ९१°१६' देखि ९१°२५' पूर्वी देशान्तरणमा अवस्थित छ। माधवपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९४.२८ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई लाखाईहबिगञ्ज सदर उपजिल्लाले उत्तर, भारतको त्रिपुरा राज्यले दक्षिण, चुनारुघाट र भारतको त्रिपुरा राज्यले पूर्व, ब्राह्मणबाडियानासिरनगर उपजिल्लाले पश्चिमबाट घेरेको छ। माटियाइन र सास्ती यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २७२५७८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३८१४३ छ भने महिलाको जनसङ्ख्या १३४५३५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१६५१० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५५२३५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ६५९, इसाई धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६१ रहेको छ। यस उपजिल्लामा २५४ मस्जिद, ७ मन्दिर, ५ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९०.४४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.३७% ले पोखरी, २.५४% ले टुटी र ५.६५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये १३.५५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, सखरखण्ड र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १६ माछापालन केन्द्र, ११ दुग्ध सङ्कलन केन्द्र तथा ८५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६१.४३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.३८%, वाणिज्यमा १०.७९%, सञ्चार र यातायातमा १.५१%, निर्माण क्षेत्रमा ०.७१%, सुविधामा ६.८२%, धार्मिक सेवामा ०.३५%, वैदेशिक रोजगारी तथा भाडामा १.४८% र अन्यमा १२.५३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय माधवपुर थानाको स्थापना सन् १८०४ मा भएको थियो। यस उपजिल्लामा १ पौरसभा, ११ सङ्घ परिषद्, १८१ मौजा र २६९ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; आन्दिउरा सङ्घ परिषद्, चौमुहनी सङ्घ परिषद्, छातियाइन सङ्घ परिषद्, जगदीशपुर सङ्घ परिषद्, धर्मघर सङ्घ परिषद्, नोयापाडा सङ्घ परिषद्, बाघासुरा सङ्घ परिषद्, बहना सङ्घ परिषद्, शाहजाहानपुर सङ्घ परिषद्, बुल्ला सङ्घ परिषद् र आदाऐर सङ्घ परिषद् आदि।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४७.६७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३२.७९% छ भने महिलाको साक्षरता दर ३६.५२%रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, १० माध्यमिक विद्यालय, ११९ प्राथमिक विद्यालय, २ सामुदायिक विद्यालय, ३ बाल उद्धान केन्द्र र ८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; गोविन्दपुर सरकारी उच्च विद्यालय (सन् १८३२), आदैर लोकनाथ उच्च विद्यालय (सन् १९११), छातियाइन विश्वनाथ उच्च विद्यालय (सन् १९२१), जगदीशपुर जेसी उच्च विद्यालय (सन् १९२४), आलियाबाद आरके उच्च विद्यालय, हरषपुर दारुल उलुम इस्लामीया मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার (জুন ২০১৪), "এক নজরে মাধবপুর", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, মন্ত্রিপরিষদ বিভাগ, এটুআই, বিসিসি ও বেসিস। 
  2. "তেলিয়াপাড়া দিবস আজ", দৈনিক যায়যায়দিন, ২২ নভেম্বর ২০১৫। 
  3. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "माधवपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]