शाल्ला उपजिल्ला
शाल्ला শাল্লা | |
---|---|
विभाग | सिलेट विभाग |
जिल्ला | सुनामगञ्ज जिल्ला |
क्षेत्रफल | |
• जम्मा | २६०.७४ किमी२ (१००.६७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८९,९४१[१] |
वासिन्दा | शाल्लावाली |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक कोड | ३००० |
शाल्ला (बङ्गाली: শাল্লা) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]
भूगोल
[सम्पादन गर्नुहोस्]शाल्ला उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°३४' देखि २४°४९' उत्तर अक्षांश र ९१°०८' देखि ९१°२३' पूर्वी देशान्तरणमा अवस्थित छ। शाल्ला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६०.७४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई दिराई उपजिल्लाले उत्तर, इटना, र आजमिरिगञ्ज उपजिल्लाले दक्षिण, बानियाचङ र आजमिरिगञ्ज उपजिल्लाले पूर्व, खालियाजुरी र इटना उपजिल्लाले पश्चिमबाट घेरेका छन्। कलनी, सुरमा, पियाइन, आडिया बिल, काटिवार बिल, धुति बिल, बान्दा बिल, गाछिडोवा बिल, चाकुइ बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए। शाल्ला उपजिल्ला ७ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १०१२९८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२१२४ छ भने महिलाको जनसङ्ख्या ४९१७४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४९३७३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५१८९३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६ रहेको छ। यस उपजिल्लामा १२० मस्जिद र २६ मन्दिर, १ चिहान रहेका छन्।[३] घुङ्गिवरगाँउ शाल्ला जामे मस्जिद, श्रीहाइल साहेबबाडि जामे मस्जिद, बाहारा जामे मस्जिद, श्री श्री रामकृष्ण गोसाइर आखडा, बाहारा सोमेश्वरी मन्दिर आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८८.७३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.७१% ले पोखरी, ४.३९% ले टुटी र ६.१७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको मात्रा रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १४.७७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, २ सङ्घ स्वस्थ्य केन्द्र तथा मातृ हेरचाह केन्द्र, ६ सामुदायिक स्वस्थ्य संस्था र १ क्षयरोग निवारण संस्था रहेको छ। सन् १८९७ मा आएको भुकम्पमा परी यस उपजिल्लाका थुप्रै मानिसहरूको मृत्यु भएको थियो भने यस भुकम्पले नदीको बहाबलाई पनि परिवर्तन गरेको थियो। सन् १९९५, १९७४, १९८८ र १९९८ मा यस उपजिल्लामा बाढी आएको थियो जसका कारण हजारौँ मानिसहरूको मृत्यु भएको थियो भने त्यस बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्याएको थियो।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, बदाम, आलु, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, नरिवल, केरा, लिची, अम्बा, खरबुजा, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, सुकाको माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तील र तोरी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा १६ माछापालन केन्द्र, ३ दुग्ध सङ्कलन केन्द्र तथा ४० कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८३.९९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.५०%, उद्योगमा ०.०८% वाणिज्यमा ४.१८%, सञ्चार र यातायातमा ०.०४%, निर्माण क्षेत्रमा ०.२३%, सुविधामा २.१९%, धार्मिक सेवामा ०.१८%, वैदेशिक रोजगारी तथा भाडामा ०.१८% र अन्यमा ५.६१% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय शाल्ला थानाको स्थापना सन् १९१९ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ६७ मौजा/महल्ला, ४ र सङ्घ परिषद् र ११३ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; आटगाँउ सङ्घ परिषद्, हबिबपुर सङ्घ परिषद्, बाहाडा सङ्घ परिषद् र शाल्ला सङ्घ परिषद्।[४]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ३६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.९% छ भने महिलाको साक्षरता दर ३३.२%रहेको छ। यस उपजिल्लामा १ क्याम्पस, ९ माध्यमिक विद्यालय, ९८ प्राथमिक विद्यालय, २ सामुदायिक विद्यालय र ३ मदरसाहरू रहेका छन्। शाल्ला महाविद्यालय (सन् १९८६), सहिद आली बहुभाषिक पाइलट उच्च विद्यालय (सन् १९६८), गोविन्द चन्द्र कन्या उच्च विद्यालय (सन् १९८१), गिरिधर पाइलट उच्च विद्यालय, मासुद नगर उच्च विद्यालय, पल्लबी आदर्श उच्च विद्यालय, बाहारा प्राथमिक विद्यालय (सन् १८३१), आनन्दपुर सरकारी प्राथमिक विद्यालय (सन् १९२५), शाल्ला हासिसपया इसलामी मदरसा (सन् १९८७) आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে শাল্লা উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৫ জুলাই ২০১৫-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-१५ मिति
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "शाल्ला उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।