सुनामगञ्ज जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुनामगञ्ज

সুনামগঞ্জ
ꠡꠥꠘꠣꠝꠉꠂꠘ꠆ꠎ
बाङ्लादेशको नक्सामा सुनामगञ्ज जिल्लाको अवस्थिति
बाङ्लादेशको नक्सामा सुनामगञ्ज जिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°०१′५१″N ९१°२४′१४″E / २५.०३०८६९°N ९१.४०३७६१°E / 25.030869; 91.403761निर्देशाङ्कहरू: २५°०१′५१″N ९१°२४′१४″E / २५.०३०८६९°N ९१.४०३७६१°E / 25.030869; 91.403761
देशबंगलादेश बाङ्लादेश
विभागसिलेट विभाग
क्षेत्रफल
 • जम्मा३,६६९.५८ किमी (१,४१६.८३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा२,४६७,९६८
 • घनत्व६७०/किमी (१,७००/वर्ग माइल)
वासिन्दा(हरू)सुनामगञ्जी
समय क्षेत्रयुटिसी+०६:०० (बाङ्लादेशी मानक समय)
हुलाक कोड
३०००
वेबसाइटwww.sunamganj.gov.bd

सुनामगञ्ज (बाङ्ला: সুনামগঞ্জ) बाङ्लादेशको पूर्वीय क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। [१]

सुनामगञ्ज जिल्ला बङ्गलादेशको पूर्वीय क्षेत्रमा पर्छ भने यो जिल्ला २४°३४' देखि २५°१२' उत्तर अक्षांश र ९१°४९' देखि ९०°५६' पुर्व देशान्तरणमा अवस्थित छ। सुनामगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३६६९.५४ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई भरातको मेघालय राज्यले उत्तर, हबिगञ्जकिशोरगञ्ज जिल्लाले दक्षिण, सिलेट जिल्लाले पूर्व र नेत्रकाना जिल्लाले पश्चिमबाट घेरेको छ।

इतिहास[सम्पादन गर्ने]

किम्बदन्ती र ऐतिहासिक घटनाहरू र जानकारी भएको यो क्षेत्रमा प्राचीन कालमा लाउडा राज्यको एक भाग थियो जसमा पश्चिमी सिलेट, हबिगञ्ज, नेत्रकोना, किशोरगञ्ज र मयमनसिंहको केही उत्तरी भाग पनि समावेश थियो।[२] सिलेटको जित पश्चात् १३०३ मा शाह कुमाल कुहाफाले यस क्षेत्रमा लाउड राज्यको शुरूवात गरेका थिए। १३०० देखि १७६५ सम्ममा हालको सुनामगञ्ज जिल्ला इकलम-इ-मुजामाबादको एक भाग थिए। मुजामाबाद राज्य १६२० सम्म स्वतन्त्र थियो भने यसलाई दिल्लीका शासकले आक्रमण गर्दै कब्जामा लिएका थिए।[३] मुजामाबाद राज्यका अन्तिम शासक हमपद कुरेसी खान थिए जो शाह कमल कुहाफाको पछिल्लो पुस्ता थिए। जलाहबादको विघटन पश्चात् (हाल सिलेट) शमशेर खानले नवाब कम फुजदारको पद लिएका थिए।

बाङ्लादेश स्वतन्त्रता अभियान[सम्पादन गर्ने]

१९७१ अप्रिल २८ का दिन चाटक उपजिल्लामा बङ्गलादेश र पाकिस्तानी सेना बीच युद्ध भएको थियो जहाँ बङ्गलादेशको मुक्तिका लागि लडिरहेका १३ मानिसहरूको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। २९ जुलाईका दिन जामलगञ्ज उपजिल्लाको सच्ना बाजारमा पाकिस्तानी सेनाले स्वतन्त्रका लागि लडिरहेका मानिसहरूको सामूहिक हत्या गरेको थियो। १२ अगस्टका दिन टेलिया गाउँमा पाकिस्तानी सेनाले ८ मानिसहरूलाई गोली हानि हत्या गरेका थिए। २५ अगस्टका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका सेना बीच युद्ध भएको थियो जहाँ ३ मानिसहरूको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए। ३१ अगस्ट १९७१ का दिन स्थानीय मानिसहरूले जगन्नाथ उपजिल्लाको श्रीरामपुर उच्च माध्यमिक विद्यालयमा एक समूह गठन गर्ने उद्देश्यका साथ गोष्ठी आयोजना गरेका थिए जहाँ अधिकांश शिक्षकहरू समावेश थिए। उक्त गोष्ठीले एक परिषद् समूहको स्थापना गरेको थियो तर उक्त खबर पाकिस्तानी सेनाले थाहा पाएपछि सेनाले १२६ जना मानिसहरूलाई जलाएर हत्या गरेका थिए। ८ सेप्टेम्बरका दिन पाकिस्तानी सेनाले १५० दोकानहरूमा तालाबन्दी गरेका थिए भने ३० जना स्थानीय मानिसको पनि हत्या गरेका थिए। पाकिस्तानी सेनाले त्यसपछि सुनामगञ्ज बजार, कृष्णनगर र असानमरा जस्ता स्थानहरूमा सामूहिक हत्या गरेका थिए। सुनामगञ्ज गोल घर र असानमारा क्षेत्रमा पाकिस्तानी सेनाले ३ स्वतन्त्र सैनिकको हत्या गरेका। पाकिस्तानी सेनासँगको गोली हानाहानमा ४८ स्वतन्त्रताका लागि लडिरहेका सैनिकको मङ्गलकोटको कृष्णनगर भन्ने ठाउँमा मृत्यु भएको थियो। सनामगञ्ज जिल्ला ७ डिसेम्बरमा १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या २०१३७३८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०३६६७८ छ भने महिलाको जनसङ्ख्या ९७७०६० रहेको छ। यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७१५०३३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २९४७६५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २८४३, इसाई धर्मको १३६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ९६१ रहेको छ। यस जिल्लामा खासिया, मणिपुरी आदि जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा गोरही, धमलिया, सुरमा आदि नदिहरू रहेका छन् ।

अर्थतन्त्र[सम्पादन गर्ने]

আলোকচিত্রে হাসন রাজা যাদুঘর।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६६.९९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ६.५२% मजदुरी, व्यापार र उद्योगमा ०.४५%, वाणिज्यमा ९.१२%, सञ्चार र यातायातमा ०.९६%, रेमिटेन्समा २.२०%, निर्माण क्षेत्रमा २.२२%, धार्मिक सेवा ०.५६ र अन्य ८.९७% रहेका छन्।[४][५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३४.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३८.१% छ भने महिलाको साक्षरता दर ३०.५% रहेको छ। यस जिल्लामा ३० क्याम्पस , १६८ माध्यमिक विद्यालय ,१०५० प्राथमिक विद्यालय, २० मन्टेस्वर, ७२ सामुदायिक शिक्षाण संस्था र १६५ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सुनामगञ्ज सरकारी कलेज (सन् १९४४), सुनामगञ्ज सरकारी मोहिला कलेज (सन् १९८४), जिनालाल अब्देन कलेज (सन् १९९२), सुला कलेज (सन् १९८६), जमालगञ्ज डिग्री कलेज (सन् १९८५), बरिखालाल विद्यालय र कलेज (सन् १९७०), बादशाहगञ्ज डिग्री कलेज (१९९४), मध्येनगर उच्च विद्यालय र कलेज (सन् १९५२), जगन्नाथ कलेज (सन् १९९२), ताहिरपुर सरकारी उच्च विद्यालय (सन् १९५०), शतिस चन्द्र कन्या उच्च माध्यमिक विद्यालय (१९४०), जमालगञ्ज उच्च विद्यालय (सन् १९४८), सतगाउँ उच्च विद्यालय (सन् १९२३) आदि हुन्।

प्रशासन[सम्पादन गर्ने]

सुनामगञ्ज जिल्लालाई ११ उपजिल्लाहरूमा विभाजन गरिएको छ जुन यस प्रकार छन्।[६]

तस्वीर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. अस्फक होसेन (सन् २०१२). "सुनामगञ्ज". बङ्गलादेश: राष्ट्रिय ज्ञानकोष (दोस्रो संस्करण). http://en.banglapedia.org/index.php?title=Sunamganj_District. 
  2. জেলা তথ্য বাতায়ন
  3. শ্রীহট্টের ইতিবৃত্ত পূর্বাংশ, দ্বিতীয় ভাগ, দ্বিতীয় খণ্ড, দ্বিতীয় অধ্যায়, গ্রন্থকার - অচ্যুতচরণ চৌধুরী তত্ত্বনিধি; প্রকাশক: মোস্তফা সেলিম; উৎস প্রকাশন, ২০০৪।
  4. সিলেট বিভাগের ইতিবৃত্ত: মোহাম্মদ মমিনুল হক, গ্রন্থ প্রকাশকাল: সেপ্টেম্বর ২০০১।
  5. রাম কানাঈ দাস' লোক সংগীত
  6. "सुनामगञ्ज जिल्लामा रहेका उपजिल्लाहरू", কাবিরহাট ডটকম 
  7. "সুনামগঞ্জ সদর উপজেলা", দ্যা বাংলাদেদ ডটনেট 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]