दोवाराबाजार उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दोवाराबाजार

দোয়ারাবাজার
ꠖꠥꠀꠞꠣꠛꠣꠎꠣꠞ
Location of दोवाराबाजार
Location of दोवाराबाजार
राज्यसिलेट विभाग
जिल्लासुनामगञ्ज जिल्ला
स्थापनासन् १९७६[१]
क्षेत्रफल
 • जम्मा३२४.१९ किमी (१२५.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५७,२४०
 • घनत्व४९०/किमी (१,३००/वर्ग माइल)
वासिन्दा(हरू)दोवाराबाजारी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
३०७०
वेबसाइटwww.dowarabazar.sunamganj.gov.bd

दोवाराबाजार (बङ्गाली: দোয়ারাবাজার) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

दोवाराबाजार उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°५८' देखि २५°११' उत्तर अक्षांश र ९१°२४' देखि ९१°४३' पूर्वी देशान्तरमा अवस्थित छ। दोवाराबाजार उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२४.१९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको‍ मेघालय राज्यले उत्तर, छातक उपजिल्लाले दक्षिण र पूर्व, सुनामगञ्ज सदर उपजिल्लाले पश्चिमबाट घेरेका छन्। जडुकटा, सुरमा आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।[३]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २२०६११ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०७१२३ छ भने महिलाको जनसङ्ख्या १०१६८३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०८७४४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११५४४ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २९१, इसाई धर्मवलम्बीको जनसङ्ख्या १६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १५ रहेको छ। यस उपजिल्लामा २९५ मस्जिद र १५ मन्दिर, ४ गिर्जाघर र १ चिहान रहेका छन्। यस उपजिल्लाका ७२.७५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ११.७७% ले पोखरी, ०.४५% ले टुटी र १५.०२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १७.८२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, तोरी, लसुन, अदुवा, कपास तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कागती, केरा, लिची, भूइँकटहर, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, लसुन, प्याज, केरा, माछा, आलु, तोरी, काठका सामग्री लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तिल र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७१.१४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.८५%, उद्योगमा ०.३२% वाणिज्यमा ८.४२%, सञ्चार र यातायातमा १%, निर्माण क्षेत्रमा ०.८३%, सुविधामा २.५९%, धार्मिक सेवामा ०.३६%, वैदेशिक रोजगारी तथा भाडामा १.६१% र अन्यमा ७.८८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय दोवाराबाजार थानाको स्थापना सन् १९७६ मा भएको थियो भने सन् १९८५ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो यस उपजिल्लामा ९ सङ्घ परिषद्, १६६ मौजा र २९४ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; बाङ्लाबाजार सङ्घ परिषद्, नरसिङ्पुर सङ्घ परिषद्, दोवाराबाजार सङ्घ परिषद्, मान्नारगाँउ सङ्घ परिषद्, पाणुरगाँउ सङ्घ परिषद्, पाण्डारगाँउ सङ्घ परिषद्, दोहालिया सङ्घ परिषद्, लक्षीपुर सङ्घ परिषद्, बोगलाबाजार सङ्घ परिषद् र सुरमा सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३०.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३५% छ भने महिलाको साक्षरता दर २६.४%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बडखाल बहुमुखी विद्यालय तथा क्याम्पस (१९७०), समुज आली उच्च विद्यालय तथा क्याम्पस (१९८४), दोवाराबाजार क्याम्पस (सन् १९९३), टेङ्रा माध्यमिक विद्यालय (सन् १९६५), आमबाडी उच्च विद्यालय (सन् १९७६), घिलाछडी माध्यमिक उच्च विद्यालय तथा क्याम्पस, कलाउडा दारुसछुन्नार फाजिज मदरसा (सन् १९७४) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে দোয়ারাবাজার", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "दोवाराबाजार उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৯৩।
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्ने]