ताहिरपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
ताहिरपुर उपजिल्ल
उपजिल्ला
बाङ्लादेशको नक्शामा ताहिरपुर उपजिल्लाको अवस्थिति
बाङ्लादेशको नक्शामा ताहिरपुर उपजिल्लाको अवस्थिति
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लासुनामगञ्ज जिल्ला
सरकार
जनसङ्ख्या
 (१९९१[३])
 • जम्मा[२]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआधिकारिक नक्शा

ताहिरपुर (बङ्गाली: তাহিরপুর) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[४]

भूगोल[सम्पादन गर्ने]

ताहिरपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २५°०१' देखि २५°१२' उत्तर अक्षांश र ९१°०२' देखि ९१°१९' पूर्वी देशान्तरमा अवस्थित छ। ताहिरपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१३.७० वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको मेघालय राज्यले उत्तर, जामालगञ्जधर्मपाशा उपजिल्लाले दक्षिण,विश्वम्भरपुर उपजिल्लाले पूर्व र धर्मपाशा उपजिल्लाले पश्चिमबाट घेरेका छन्। बाउलाई, पाटनाल, टाङ्गावार हाओर, मतिवान बिल, सङ्सार बिल, आरबियाकोना बिल, बाउयार बिल, सोनार बिलचिपति बिल, सोनातला बिल, पालाइर बिल, घरिवकुरी बिल, कुपाउडा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५५१८८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८०५३७ छ भने महिलाको जनसङ्ख्या ७४६५१ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४०११ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४०१११ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ५७८, इसाई धर्मवलम्बीको जनसङ्ख्या २३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११४ रहेको छ। यस उपजिल्लामा गरो र हाजङ जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा २३३ मस्जिद र ४५ मन्दिर, ३ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ८१.७४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १% ले पोखरी, ४.५४% ले टुटी र १२.७२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ११.६९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। सन् १९७४, १९८८ र १९९८ मा बाढी आएको थियो जसका कारण हजारौँ मानिसहरूको मृत्यु भएको थियो भने त्यस बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, तोरी,बदाम तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कागती, केरा, लिची, पानक‍ पात, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, सुकाको माछा, चुन ढुङ्गा, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तिल र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १० माछापालन केन्द्र, २० दुग्ध सङ्कलन केन्द्र तथा ७० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.०५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ७.५३%, उद्योगमा ०.३४% वाणिज्यमा ११.५६%, सञ्चार र यातायातमा १.०७%, निर्माण क्षेत्रमा ०.५७%, सुविधामा २.३०%, धार्मिक सेवामा ०.३२%, वैदेशिक रोजगारी तथा भाडामा ०.२२% र अन्यमा ८.०३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय ताहिरपुर थानाको स्थापना सन् १९२४ भएको थियो। यस उपजिल्लामा १ नगरपालिका, ७ सङ्घ परिषद्, १३६ मौजा र २४४ गाउँहरू रहेका छन्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३१.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३६.२% छ भने महिलाको साक्षरता दर २५.९%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; जयनाल आबेदीन महाविद्यालय (सन् १९९२), बादाधाट महाविद्यालय (सन् १९९४), ताहिरपुर सरकारी उच्च विद्यालय (सन् १९५०), ताहिरपुर कन्या उच्च विद्यालय (सन् १९८८), बादाघाट उच्च विद्यालय (सन् १९६२), ट्याकेरघाट चुनापाथर खनि प्रकल्प उच्च विद्यालय (सन् १९६६), जनता उच्च विद्यालय (सन् १९८९), बालिजुडी उच्च विद्यालय (सन् १९६५), ताहिरपुर हिफजुल उलुम सिनियर मदरसा, राहमानिया सिनियर मदरसा (सन् १९७३) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. সমস্ত উপ-জেলার কর্মজীবনের কর্মকর্তাদের তালিকা - জনপ্রশাসন মন্ত্রণালয়, বাংলাদেশ
  2. [१]
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১ আগস্ট ২০১৫-मा सङ्ग्रहित। 
  4. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "ताहिरपुर", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्ने]