धर्मपाशा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मपाशा उपजिल्ला
धर्मपाशा उपजिल्ला is located in बङ्गलादेश
धर्मपाशा उपजिल्ला
धर्मपाशा उपजिल्ला
Location in Bangladesh
निर्देशाङ्क: २४°५४′उ॰ ९१°१′पू॰ / २४.९००°N ९१.०१७°E / 24.900; 91.017निर्देशाङ्कहरू: २४°५४′उ॰ ९१°१′पू॰ / २४.९००°N ९१.०१७°E / 24.900; 91.017
देश बङ्गलादेश
Divisionसिलेट विभाग
Districtसुनामगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा४९६.०३ किमी (१९१.५२ वर्ग माइल)
जनसङ्ख्या
 (2011)
 • जम्मा१६४,१३१
 • घनत्व३३०/किमी (८६०/वर्ग माइल)
वासिन्दा(हरू)Jaintiapuri, Jointapuri, Zointafuri
समय क्षेत्रयुटिसी+6 (BST)
वेबसाइटOfficial Map of Jaintiapur

धर्मपाशा (बङ्गाली: ধরমপাশা) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

धर्मपाशा उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°४७' देखि २५°१२' उत्तर अक्षांश र ९०°५६' देखि ९१°११' पूर्वी देशान्तरमा अवस्थित छ। धरमपाशा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४९६.०३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको‍ मेघालय राज्यले उत्तर, मोहनगञ्जबाराहाट्टा उपजिल्लाले दक्षिण, ताहिरपुरजामालगञ्ज उपजिल्लाले पूर्व, कलमाकान्दाबारहाट्टा उपजिल्लाले पश्चिमबाट घेरेका छन्। टाङ्गायार सिमसार क्षेत्र, शियालदिया बिल, पाकेरतला बिल, फिरागाङ बिल, धरणि बिल, जालधरा बिल, धनकुनिया बिल सारदा बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८२९६९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९५००९ छ भने महिलाको जनसङ्ख्या ८७९६० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४८८१४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३३१०२ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ९२१, इसाई धर्मवलम्बीको जनसङ्ख्या ७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १२५ रहेको छ।[२] यस उपजिल्लामा गरो र मणिपुरी जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा १९२ मस्जिद र १७ मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ८३.५४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.०२% ले पोखरी, ५.२५% ले टुटी र १०.१९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १५.०९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, तोरी, लसुन, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, भूइँकटहर, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, लसुन, प्याज, केरा, माछा, आलु, तोरी, काठका सामग्री लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७९.१०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.२५%, उद्योगमा ०.२८% वाणिज्यमा ७.२५%, सञ्चार र यातायातमा ०.७७%, निर्माण क्षेत्रमा ०.२९%, सुविधामा २.०७%, धार्मिक सेवामा ०.१८%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा ५.५६% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय धर्मपाशा थानाको स्थापना सन् १९४२ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो यस उपजिल्लामा १० सङ्घ परिषद्, १८२ मौजा, १ पौरसभा र ३१३ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; बङ्शीकुन्दा (उत्तर) सङ्घ परिषद्, बङ्शीकुन्दा (दक्षिण) सङ्घ परिषद्, चामरदानी सङ्घ परिषद्, मध्यनगर सङ्घ परिषद्, पाइकुराटि सङ्घ परिषद्, सेलबरष सङ्घ परिषद्, धर्मपाशा सङ्घ परिषद्, जयश्री सङ्घ परिषद्, सुखाइड राजापुर (उत्तर) सङ्घ परिषद् र सुखाइड राजापुर सङ्घ परिषद्। यस उपजिल्लामा १९ हुलाक कार्यलय, १ सरकारी अस्पताल, १ स्वस्थ्य जाँच केन्द्र, २२ सामुदायिक स्वस्थ्य केन्द्रहरू रहेका छन्।[३]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर २६.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता २९.६% छ भने महिलाको साक्षरता दर २३%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; धर्मपाशा जनता उच्च विद्यालय, धर्मपाशा कन्या विद्यालय, धर्मपाशा डिग्री क्याम्पस, धर्मपाशा नमुना प्राथमिक विद्यालय, बादशाहगञ्ज नमुना उच्च विद्यालय, बादशाह नमुना कन्या उच्च विद्यालय, बादशाहा डिग्री क्याम्पस, खोदा बक्स सामुदायिक उच्च विद्यालय, जयश्री उच्च विद्यालय, महेशखोला उच्च विद्यालय, रउहा सकारी प्राथमिक विद्यालय, कान्दापाडा सरकारी प्राथमिक विद्यालय, कामारदानी सरकारी प्राथमिक विद्यालय, सैयदपुर सरकारी प्राथमिक विद्यालय, सिङ्पुर सरकारी प्राथमिक विद्यालय, अहमदपुर सरकारी प्राथमिक विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "धर्मपाशा उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  3. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]